spot_img

पुरुषभन्दा नोबेल पाउने महिलाको संख्या नगण्य, अहिलेसम्म ५९ महिला पुरस्कृत

सन् १९०१ मा नोबेल पुरस्कार स्थापना भएपछि अहिलेसम्म जम्मा ५९ जना महिला यो पुरस्कारबाट सम्मानित भएका छन् । पुरस्कार वितरणमा लैंगिक बिभेद हुने गरेको चर्चा चलिरहेका बेला पुरुषको तुलनामा नोबेल पुरस्कार पाउने महिलाको संख्या नगण्य देखिएको हो ।

nepal online patrika

नेपाल अनलाइन पत्रिका संवाददाता

नेपाल अनलाइन पत्रिका – काठमाडौं। सन् १९०१ मा नोबेल पुरस्कार स्थापना भएपछि अहिलेसम्म जम्मा ५९ जना महिला यो पुरस्कारबाट सम्मानित भएका छन् । पुरस्कार वितरणमा लैंगिक बिभेद हुने गरेको चर्चा चलिरहेका बेला पुरुषको तुलनामा नोबेल पुरस्कार पाउने महिलाको संख्या नगण्य देखिएको हो ।

यो वर्ष पनि एक मात्र महिलाले नोबेल पुरस्कार पाएकी छिन् । अमेरिकी मूलकी फिलपिनी पत्रकार मारिया रेसा यसै साता यो पुरस्कारबाट सम्मानित भएकी थिइन् । नोबेल कमिटीले रुसी पत्रकार दिमित्री मुरातोभसँगै रेसालाई नोबेल शान्ति पुरस्कार दिने घोषणा गरेको थियो ।

नोबेल पुरस्कार विजेतामा महिलाको संख्या थोरै हुने गरेको रोयल स्विडिश एकेडेमी अफ साइन्सेसका प्रमुख योरान हानसन स्वीकार्छन् । ‘नोबेल विजेतामा महिलाको संख्या न्युन हुनु दुःखद विषय हो ।’ हानसन भन्छन् ।

पुरस्कार कुनै लिंग वा निश्चित जातका आधारमा नभई व्यक्तिले गरेको मुल्यांकनका आधारमा दिइनु पर्ने उनको भनाई छ । स्वडिश उद्योगपति अल्फ्रेड नोबेलले मृत्यु हुनु एक वर्षअघि सन् १८९५ मा सो पुरस्कारको स्थापना गर्ने घोषणा गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
साफ च्याम्पियनसिप फाइनलमा नेपाली प्रशिक्षक अलमुताईरीलाइ साफले खेल मैदानमा छिर्न प्रतिबन्ध लगायो
02:59
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार