spot_img

फेरि भड्किए भीम रावल, छायो खुसीयाली कोटेश्वरमा !

नेकपा एमाले उपाध्य्रक्ष भीम रावल फेरि भड्किएका छन् । उनले एमाले छाडेर एकीकृत समाजवादी पार्टीमा प्रवेश गर्ने संकेत गरेका हुन् ।

nepal online patrika

नेपाल अनलाइन पत्रिका संवाददाता

bhim

नेपाल अनलाइन पत्रिका – काठमाडौं। नेकपा एमाले उपाध्य्रक्ष भीम रावल फेरि भड्किएका छन् । उनले एमाले छाडेर एकीकृत समाजवादी पार्टीमा प्रवेश गर्ने संकेत गरेका हुन् । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

उनको संकेतले माधव नेपाल निवास कोटेश्वरमा समेत खुसीयाली छाएको स्रोत बताउँछ । नेकपा (एमाले) का उपाध्यक्ष डा. भीमबहादुर रावलले दश बुँदे सहमति अझै कतिपय ठाउँमा कार्यान्वयन नभएको गुनासो पोखेका हुन् ।

उनले आफूहरु धेरै ठूलो जोखिम मोलेर १० बुँदे सहमति गरेको खुलासा गरे । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले दश बुँदे पार्टीका बैठकबाट अनुमोदन भैसकेको पनि स्पष्ट पारे ।

उनले एमालेलाई बलियो बनाउनको लागि नै आफूहरुले दश बुँदे सहमति गरेको सुनाए । उनले आफूहरुले पार्टी फुटाउनको लागि वा व्यक्तिगत स्वार्थको लागि दश बुँदे सहमति नगरेको पनि जिकिर गरे ।

उनले भने, हाम्रो उद्देश्य भनेको देश जोगाउने हो । म त नवौं महाधिवेशनमा निर्वाचित उपाध्यक्ष हुँ । हामीसँग दश जनामात्रै होईन, हजारौं पँक्ति छ । लाखौ देशभक्त कार्यकर्ता छन् ।

उनले अहिले एमालेका कतिपय नेताले दश बुँदे सहमति कार्यान्वयन नगर्ने, बरु छोडेर गएपनि जाउन् भन्ने खालको अभिव्यक्ति दिन थालेकोमा चिन्ता व्यक्त गरे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
साफ च्याम्पियनसिप फाइनलमा नेपाली प्रशिक्षक अलमुताईरीलाइ साफले खेल मैदानमा छिर्न प्रतिबन्ध लगायो
02:59
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार