spot_img

चीनको चाहना : फेरि एकजुट भएर जानुपर्छ माओवादी-एमाले

नेपालस्थित चिनियाँ राजदूत होउ यान्छीले दुई ठूला कम्युनिष्ट पार्टीहरु नेकपा एमाले र माओवादी केन्द्रले एक भएर कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउन भन्ने चीनको चाहना रहेको बताउनु भएको छ ।

nepal online patrika

नेपाल अनलाइन पत्रिका संवाददाता

Politics

नेपाल अनलाइन पत्रिका – काठमाडौं। नेपालस्थित चिनियाँ राजदूत होउ यान्छीले दुई ठूला कम्युनिष्ट पार्टीहरु नेकपा एमाले र माओवादी केन्द्रले एक भएर कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउन भन्ने चीनको चाहना रहेको बताउनु भएको छ । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को १०० वर्ष पुगेको अवसरमा नेपाली नेताहरुको विचारसहितको किताबको आज भर्चुअल विमोचन गर्दै राजदूत यान्छीले यस्तो धारणा राख्नुभएको हो ।

‘मैले देखेको छु कि एमालेले भर्खरै आफ्नो प्रथम विधान महाअधिवेशन सफलतापूर्वक सम्पन्न गरेको छ र पार्टी निर्माणलाई सुदृढ पार्न नयाँ निर्णयहरु गरेको छ । माओवादीले पार्टीको नेतृत्व सुदृढ पार्न र पार्टीको संगठन सुधारमा केन्द्रित धेरै बैठकहरु पनि गरेको छ,’ राजदूत यान्छीले सम्बोधनको क्रममा भन्नुभयो ।

राजदूत यान्छीले ती क्रियाकलापहरुले दुई पार्टीहरुद्वारा पार्टी निर्माणसँग सम्बन्धी कामलाई महत्व दिएको देखाएको आफ्नो निश्कर्ष सुनाउनु भयो । ‘म चाहन्छु कि एमाले र माओवादी आफ्नो मौलिक आकांक्षामा साँचो रहन र आफ्नो मिसन दृढतासँग राख्नको लागि संयुक्त रूपमा कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउन सक्छ,’ राजदुत यान्छीले भन्नुभयो ।

भर्चुअल कार्यक्रममा एमालेका तर्फबाट पूर्वपरराष्ट्रमन्त्री तथा प्रवक्ता प्रदीपकुमार ज्ञवाली र माओवादीका तर्फबाट पूर्वमन्त्री शक्ति बस्नेत सहभागी हुनुभएको थियो । राजदूत यान्छीले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको भने कम्युनिष्ट पार्टीको रुपमा नामै उच्चारण गर्नुभएन । उहाँले एमाले र माओवादीको मात्रै नाम लिनुभएको हो ।

‘नेपाल डायलग फोरम’ ले आयोजना गरेको उक्त कार्यक्रममा चिनियाँ राजदूत यान्छीले एक पटक मिलेका दुई कम्युनिष्ट पार्टीलाई फेरि मिलेर कम्युनिष्ट आन्दोलनसँग मिलेर लानको लागि आह्वान पनि गर्नुभयो ।

कार्यक्रममा एमाले सचिवसमेत रहनुभएका प्रवक्ता ज्ञवालीले छोटो समयमै मित्रराष्ट्र चीनले हासिल गरेको समृद्धि कम्युनिष्ट पार्टीको लागि परीक्षा भएको उल्लेख गर्नुभयो । माओवादीका नेता बस्नेतले एक सय वर्षमा चीनले हासिल गरेको सफलताको विषयमा चर्चा गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
साफ च्याम्पियनसिप फाइनलमा नेपाली प्रशिक्षक अलमुताईरीलाइ साफले खेल मैदानमा छिर्न प्रतिबन्ध लगायो
02:59
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार