spot_img

देउवा सरकारमा उद्योगमन्त्री बन्ने नेताको नाम नै भयो सार्वजनिक, सपथ कहिले हुदैंछ ?

प्रधानमन्त्री शेरबहादुर देउवाले बनाउने नयाँ मन्त्रीको नाम सार्वजनिक भएको छ । प्रम देउवाले सुनिलबहादुर थापालाई उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बनाउने तयारी गरेका हुन् ।

nepal online patrika

नेपाल अनलाइन पत्रिका संवाददाता

sher bahadur deuba

नेपाल अनलाइन पत्रिका – काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले बनाउने नयाँ मन्त्रीको नाम सार्वजनिक भएको छ । प्रम देउवाले सुनिलबहादुर थापालाई उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बनाउने तयारी गरेका हुन् । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

अहिले उद्योग मन्त्रालयको जिम्मेवारी पनि स्वयम प्रधानमन्त्री देउवाले नै सम्हाल्दै आएका छन् । असोज २२ गते गैरसांसदको रुपमा गजेन्द्रबहादुर हमाललाई उद्योगमन्त्री बनाईएको थियो । तर, उनले दुई दिन बित्न नपाउँदै मन्त्री पदबाट राजीनामा दिएका थिए ।

हमालले राजीनामा दिएपछि उक्त मन्त्रालयको जिम्मेवारी पनि देउवाले आँफै सम्हालेका छन् । उद्योग मन्त्रालयको जिम्मेवारी कसलाई दिने भन्नेबारे प्रधानमन्त्री देउवाले भित्रभित्रै तयारी गरिरहेका छन् । प्रधानमन्त्रीनिकट विश्वस्त सूत्रका अनुसार यसपटक प्रधानमन्त्री देउवाले राप्रपाबाट कांग्रेस प्रवेश गरेका सुनिलबहादुर थापालाई उद्योग मन्त्रालयमा पठाउने तयारी गरेका छन् ।

थापा सांसद भने छैनन् । सांसद नभएपनि संविधानतः ६ महिनाको लागि मन्त्री हुन पाउने व्यवस्था छ । थापा यसअघि पनि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री भैसकेका छन् ।

उनको भारतसँग अत्यन्तै सुमधुर सम्बन्ध छ । उता, प्रधानमन्त्री देउवालाई पार्टीभित्रकै केही नेताले भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहेका राज्यमन्त्री उमेश श्रेष्ठलाई उद्योग मन्त्रालयको जिम्मेवारी दिनुपर्ने भन्दै लविङ गरिरहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
साफ च्याम्पियनसिप फाइनलमा नेपाली प्रशिक्षक अलमुताईरीलाइ साफले खेल मैदानमा छिर्न प्रतिबन्ध लगायो
02:59
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार