spot_img

सर्वोच्चमा लफडा, सर्वोच्चको गेटभित्र छिर्न निषेध चोलेन्द्रलाई

कांग्रेस सभापति शेरबहादुर देउवालाई अदालतबाटै प्रधानमन्त्री तोक्न लगाउने अभियन्ताहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवरालाई सर्वोच्च अदालतमा छिर्न निषेध गरिएको छ।

nepal online patrika

नेपाल अनलाइन पत्रिका संवाददाता

Cholendra

नेपाल अनलाइन पत्रिका – काठमाडौं। कांग्रेस सभापति शेरबहादुर देउवालाई अदालतबाटै प्रधानमन्त्री तोक्न लगाउने अभियन्ताहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवरालाई सर्वोच्च अदालतमा छिर्न निषेध गरिएको छ। ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

प्रधानन्यायाधीश जवराले पदीय मर्यादा मिचेर सत्तामा लेनदेन गरेको प्रमाणित भइसकेकोले उनलाई अदालतमा प्रवेश गर्न दिन नहुने तर्क परमादेसवाला कानून ब्यवसायीले गरेका हुन् ।

सत्तारुढ गठबन्धनले परमादेशको पुरस्कार स्वरुप प्रधानन्यायाधीश जवराका जेठान गजेन्द्र हमाललाई मन्त्री बनाएपछि कानून ब्यवसायीहरुले सत्तारुढ गठबन्धन र अदालतको नेतृत्वप्रति आक्रोशसमेत पोखेका छन्।

देउवालाई अदालतबाटै प्रधानमन्त्री बनाउने अभियानमा लागेकामध्ये एक अधिबक्ता ओमप्रकाश अर्यालले सत्तामा साझेदारी प्रमाणित भइसकेकोले प्रधानन्यायाधीशलाई सर्वोच्च फर्कनै दिन नहुने बताए । उनले भने, ‘प्रधानन्यायाधीशले यसअघि दुई जनालाई, दीपक तिमिल्सिना र गजेन्द्र हमाललाई मन्त्री बनाउने कुरा भएको थियो।

प्रधानन्यायधीशले भाग खोज्नुभयो भन्ने समाचार आएका थिए, त्यो कुरा हिजोबाट पुष्टि भयो । अब उहाँ न्यायिक आचरणमा हुनुहुन्न ।न्यायिक नैतिकताको धरातल समाप्त भैसकेको छ । उनीमाथि प्रश्न उठ्यो । नेपाल बार एशोसिएसन र लिगल कम्युनिटीभित्र गम्भीर छलफल भैरहेको छ।

संगठित रुपमा अहिले केही गर्न अप्ठयारो छ । बारले दशैंपछि आन्दोलनका कार्यक्रम आउँछन् भनेको छ, अब हामीले निर्णायक काम गर्नुपर्नेछ ।’उनले न्यायापालिकाको नेतृत्वले कार्यपालिकामा हिस्सा खोज्नु भनेको दुर्भाग्यपुर्ण भएको बताए।

प्रधानन्यायधीशले आफ्नो पद दुरुपयोग गर्छ भने कानूनी क्षेत्रका मान्छे मात्रै नभएर सबैले यसको विरोध गर्नुपर्छ । अब सर्वोच्च अदालतभित्र प्रधानन्यायाधीशलाई छिर्न दिने कि नदिने ? यो बहस चलाउनुपर्छ।

खिलराज रेग्मीलाई पनि हिजो फिर्ता हुन दिएनौ। कार्यकारिणी आचरण देखाएको व्यक्ति अब न्यायपालिकामा योग्य छैन्। स्वयम सर्वोच्च अदालतभित्रबाट प्रतिवाद हुनुपर्छ,’अर्यालको भनाई छ।

यसैगरि, मोरङको कर्सियास्थित सिटिजन्स बैंकको शाखा लुटपाटमा माओवादीको नाम जोडिएको छ । जनयुद्धमा यहि तरिकाले बैंक लुटिएको भन्दै धेरैले सामाजिक संजालमा माओवादीमाथि अनुसन्धान गर्न दवाव दिएका छन् । लुटपाटमा एक नेपालीसहित ८ जनाको संलग्नता छ। जसमध्ये ७ जना भारतीय नागरिक हुन्।

बैंकको सो शाखाबाट २१ लाख ७० हजार ५ सय ६३ रुपैयाँ लुटिएको छ । सो रकम लुटेरा समूहले नै लुटेर लगेको निष्कर्षमा प्रहरी पुगेको छ ।आइतबार राती ८ जनाको समूहले बैंक लुटपाट गरेको थियो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीका अनुसार सोमबार राति करिब १० बजे बैंकले २१ लाखभन्दा बढी रकम लुटपाट भएको जानकारी गराएको हो।

उनले लुटपाटमा संलग्न मुख्य योजनाकारसहित तीन जनालाई पक्राउ गरेको बताए। प्रहरी उपरीक्षक जिसीका अनुसार मुख्य योजनाकार विराटनगरका पुरुष हुन्। लुटपाटमा संलग्न अन्य सबै भारतीय नागरिक हुन्। उनीहरुले एकअर्कालाई नचिने पनि मुख्य योजनाकारलाई भने चिनेको बयान दिएका छन्।

सोमबार साँझसम्म बैंकले लुटपाटको असफल प्रयास भएको बताएको थियो । तर बैंकमा भएको पैसाको हिसाब गर्दा लुटेरा समूहले पैसा लगेको पुष्टि भएको हो । मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालका अनुसार बैंकले २१ लाख ७० हजार ५ सय ६३ रुपैयाँ लुटिएको जानकारी गराएको छ ।

लुटपाट भएको रकम भेटिएको छैन । प्रहरीका अनुसार चारवटा मोटसाइकलमा ८ जनाको समूह आएको थियो । ती मध्ये एउटा मोटरसाइकलसहित तीन जना पक्राउ परेका छन् । लुटपाटमा प्रयोग भएको पेस्तोल पनि भेटिएको छ ।

८ जनाको लुटेरा समूह बैंक भित्र प्रवेश गर्दा सुरक्षा गार्ड शितल कुँवरले रोक्ने प्रयास गरे । लुटेरा समूहले पेस्तोल देखाएपछि कुँवरले उनीहरुको हतियार खोस्न खोजे । सो क्रममा लुटेरा समूहले २ राउण्ड गोली चलायो ।

एक राउण्ड गोली सुरक्षा गार्ड ३७ वर्षीय शितल कुँवरको घाँटीको पछाडिपट्टी भन्दा केही तल लागेको छ । लुटेरा समूहले चलाएको अर्को गोली भने आफ्नै सदस्यलाई लाग्यो ।

प्रहरी उपरीक्षक जिसीले ७–८ जनाको समूहले योजनावद्ध रुपमा लुटपाट गरेको बताए । लुटपाटको घटनाको मुख्य योजनाकार महानगरपालिका–३ मुनालपथका ३२ वर्षीय श्याम मुखिया भएको र अन्य भारतीय नागरिकलाई उनले नै बोलाएको प्रहरीले बताएको छ ।

पक्राउ पर्नेमा मुखियासहित भारतको अररिया जिल्लाको शिवपुरका सुनिल यादव र विजय बहरदार छन् । पक्राउ परेका बहरदारको तिघ्रामा गोली लागेको छ । घाइतेलाई लिएर भाग्दै गर्दा सीमावर्ती क्षेत्रबाट उनीहरु पक्राउ परेका हुन्।

लुटेरा समूहलाई पक्राउ गर्दा प्रहरीले गोली नचलाएको बताउँदै प्रहरी उपरीक्षक जिसीले भने, ‘अनुसन्धानका क्रममा लुटेरा समूहका सदस्यलाई आफ्नै समूहले चलाएको गोली लागेको देखिएको छ ।’ यसअघि लुटेरा समूहलाई पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको भनिएको थियो।

उनीहरुले लुटपाटमा प्रयोग गरेको पेस्तोल पनि भेटिएको प्रहरीले जनाएको छ। तर सो समूहका अन्य व्यक्ति र लुटिएको रकम भने भेटिएको छैन । फरार भएका व्यक्ति भारतीय नागरिक भएकाले भारत नै भागेको हुनसक्ने प्रहरीले जनाएको छ।

घटनापछि प्रहरीले सीमावर्ती क्षेत्रमा उच्च सतर्कता अपनाएको छ। मोरङका प्रमुख जिल्ला अधिकारी दाहालले सीमावर्ती क्षेत्रमा उच्च सतर्कता अपनाइएको र भारतीय पक्षसँग समन्वय गरेर फरार व्यक्तिहरुको खोजी गरिरहेको बताए।

लुटेर समूहको गोली प्रहारबाट घाइते भएका सुरक्षा गार्ड कुँवरको उपचारमा मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले चासो देखाएका छन्। लुटपाट गर्ने समूहलाई रोक्ने क्रममा गोली लागेर घाइते भएका कुँवरको स्वास्थ्य अवस्थाबारे दाहाल अस्पतालमा पुगेर बुझेका थिए।

सो क्रममा उनले उपचारमा कुनै कसर बाँकी नराख्न अस्पताल प्रशासनलाई निर्देशन दिएका छन्। उनले कुँवरकी श्रीमती नानुमाया र उनका आफन्तलाई भेटेर उपचारमा कुनै कसर बाँकी नराख्ने बताएका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
साफ च्याम्पियनसिप फाइनलमा नेपाली प्रशिक्षक अलमुताईरीलाइ साफले खेल मैदानमा छिर्न प्रतिबन्ध लगायो
02:59
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार