spot_img

प्रचण्डले पहिले ओली सरकार जसरी ढाले, अहिले फेरि त्यस्तै गर्न थाले देउवा आएपछि !

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड असहयोग गरेर आफूलाई माथि देखाउन कतिसम्म तल झर्न सक्छन् भन्ने तथ्य बाहिरिएको छ ।

nepal online patrika

नेपाल अनलाइन पत्रिका संवाददाता

Politics

नेपाल अनलाइन पत्रिका – काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड असहयोग गरेर आफूलाई माथि देखाउन कतिसम्म तल झर्न सक्छन् भन्ने तथ्य बाहिरिएको छ । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

उनको कदमपछि कांग्रेसीहरु रुष्ट बनेका हुन् । केपी शर्मा ओलीलाई अहसयोग गर्दै अन्तिममा बालुवाटारबाट बालकोट पुर्याएका प्रचण्डले फेरि त्यस्तै गतिविधी गर्न थालेका छन् ।

नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार नै मुगु दुर्घटना लगायतका मृतक परिवारलाई राहत र घाइतेको निःशुल्क उपचार गर्ने घोषणा गरिसकेका थिए ।

देउवाले दुर्घटना भएकै दिन सामाजिक सञ्जाल फेसबुकमा लेखेका थिए, ‘मुगु, कास्की र अछाममा भएको सडक दुर्घटनाले म स्तब्ध भएको छु । दुर्घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दछु ।

दुर्घटनामा मृत्यु भएका मृतकका परिवारलाई उचित राहत र घाइतेको उद्धार एवं निःशुल्क उपचार सरकारले गर्नेछ । सडक दुर्घटना न्यूनीकरणका लागि सार्वजनिक–निजी सवारी साधनको नियमित परीक्षण एवं मर्मत गर्न, क्षमताभन्दा बढी यात्रु नराख्न र सुरक्षाका सबै मापदण्डहरू अपनाउन पनि म सम्बन्धित सबैको ध्यानाकर्षण गराउँदछु ।’

देउवाले राहत र निःशुल्क उपचारबारे मुख खोलिसकेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिरो पल्टिन दुर्घटनाको भोलिपल्ट प्रेस विज्ञप्ति निकाले । जसमा मुगु बस दुर्घटनाका मृतक परिवारलाई उचित क्षतिपूर्ति दिन देउवा सरकारसँग आग्रह गरिएको छ ।

देउवा सरकारले मृतक परिवार र घाइतेको उपचारका लागि योजना बनाइरहेकै बेला प्रचण्डले आफ्नो पहलमा भएको देखाउन विज्ञप्तिबाजी गरेका स्रोतको दाबी छ ।

प्रचण्डको विज्ञप्तिमा उल्लेख छ, ‘दुर्घटनामा ज्यान गुमाउनुभएका दिदीबहिनी तथा दाजुभाइहरूमा भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवार तथा आफन्तजनमा गहिरो समवेदना प्रकट गर्दछु । दुर्घटनामा परी घाइते हुनुभएकाहरूमा शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु । दुर्घटनामा परी ज्यान गुमाउनेका परिवारलाई उचित क्षतिपूर्ति र घाइतेहरूको निःशुल्क स्वास्थ्योपचारका लागि सरकारसँग विशेष आग्रह गर्दछु ।’

मंगलवार दिउँसो बाँकेको नेपालगञ्जबाट मुगु जिल्ला सदरमुकाम गमगढी जाँदै गरेको भे१ख ३१६७ नम्बरको बस दुर्घटना हुँदा ३२ जनाको मृत्यु भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
साफ च्याम्पियनसिप फाइनलमा नेपाली प्रशिक्षक अलमुताईरीलाइ साफले खेल मैदानमा छिर्न प्रतिबन्ध लगायो
02:59
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार