spot_img

त्यसै भनेका रहेनछन् प्रचण्डले आउने चुनावमा माओवादीलाई १ नम्बर पार्टी बनाउछु, दशैंको मुखैमा खुमलटारबाट बाहिरियो यस्तो मास्टरप्लान !

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आउने चुनावमा माओवादी केन्द्रलाई १ नम्बर पार्टी बनाउछु भनेका थिए ।

nepal online patrika

नेपाल अनलाइन पत्रिका संवाददाता

Prachanda

नेपाल अनलाइन पत्रिका – काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आउने चुनावमा माओवादी केन्द्रलाई १ नम्बर पार्टी बनाउछु भनेका थिए । त्यस्तो भन्दैं भाषण गरेको केही दिन नबित्दैं खुमलटारबाट आगामी चुनावको आक्रामक रणनीति बाहिरिएको हो । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

विगतको समिक्षा गर्दै भविष्यका लागि शक्ति सञ्चयमा लागेका छन् । उनले महत्वाकांक्षी योजनासहित आक्रामक रणनीतिहरु चाल्ने तयारी गरेका छन् ।

प्रचण्डले २०७४ को आमनिर्वाचनमा माओवादीले समानुपातिकतर्फ पाएको मतभन्दा झण्डै तेब्बर पार्टी सदस्य बनाउने रणनीति बढाइसकेका छन् । वडा, पालिका, प्रदेश क्षेत्र, क्षेत्र, जिल्ला, प्रदेश हुँदै केन्द्रसम्म बढीभन्दा बढी जिम्मेवारी थपेर पार्टी सदस्यता बढाउने रणनीति बनाएका छन् ।

प्रचण्डले पहिले संगठन विस्तार गर्दै लाने र अन्य शक्तिसँग पनि एकता वा चुनावी गठबन्धनको पहल थालिसकेका छन् । उनले विचार मिल्ने दल र समूहसँग एकता वा गठबन्धनको प्रस्तावहरु सारिसकेका छन् ।

एमालेबाट फुटेको नेकपा एससँग नेकपा माओवादी केन्द्रको एकता हुने सम्भावना छ । पूर्वमाओवादीसँग पनि प्रचण्डले एक ठाउँमा आउने गरी कुरा चलाइसकेको खुलाइसकेका छन् । डा. बाबुराम भट्टराई, मोहन वैद्य किरण, नेत्रविक्रम चन्द्र विप्लव, गोपाल किराँतीलगायतलाई एक ठाउँमा ल्याउने प्रचण्डको प्रयासबारे खुलासा भइसकेको छ ।

प्रचण्डले चाहेको जस्तो मन मिल्ने कम्युनिस्ट शक्तिसँग एकता भएमा उनलाई चुनावमा बलियो बनाउन सक्छ । पूर्वमाओवादी मात्र एकजुट हुँदा उनीहरुको स्थिति बलियो हुने निश्चित छ । त्यसमाथि पनि नेकपा एमालेबाट अलग भएर बनेको नेकपा एस साथमा आउँदा प्रचण्डको पल्लाभारी हुनसक्छ ।

सत्ता गठबन्धनमा महत्वपूर्ण मन्त्रालयसहित रहेकाले पनि माओवादीलाई लाभ पुग्न सक्छ । माओवादीले अर्थ, ऊर्जा, शिक्षा जस्ता महत्वपूर्ण मन्त्रालय पाएको छ । शक्ति सञ्चयका लागि यी मन्त्रालय महत्वपूर्ण सावित हुन सक्छन् ।

३१ लाख पार्टी सदस्यता बनाउने, विचार र उद्देश्य मिल्ने शक्तिहरुसँग गठबन्धन मिलाउने रणनीतिका साथ बढेका प्रचण्डले अबको चुनावमा एक नम्बरको दल बन्ने दाबी गरेका छन् । अहिले झट्ट हेर्दा प्रचण्ड कमजोर देखिएका छन् । तर, उनले शक्ति सञ्चय गर्दै बढेका छन् । यसले उनको महत्वाकांक्षी योजनामा साथ दिइरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
साफ च्याम्पियनसिप फाइनलमा नेपाली प्रशिक्षक अलमुताईरीलाइ साफले खेल मैदानमा छिर्न प्रतिबन्ध लगायो
02:59
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार