Viber Community
Nop Ads

भीम रावल र घनश्याम भुसालले तताए आफ्नै बाटो, ओलीलाई ४४० भोल्टको झट्का

नेकपा एमालेका उपाध्यक्ष डा. भीमबहादुर रावल र उपमहासचिव घनश्याम भुसालले आफ्नो बाटो क्लियर गरेका छन्। दुबै जनाले नेकपा एमालेको आगामी दशैं महाधिवेशनमा अध्यक्षका लागि उमेदवारी दिने घोषणा गरेर आगामी बाटो क्लियर गरेका हुन्। 

Viber Community

नेपाल अनलाइन पत्रिका


नेपाल अनलाइन पत्रिका – काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष डा. भीमबहादुर रावल र उपमहासचिव घनश्याम भुसालले आफ्नो बाटो क्लियर गरेका छन्। दुबै जनाले नेकपा एमालेको आगामी दशैं महाधिवेशनमा अध्यक्षका लागि उमेदवारी दिने घोषणा गरेर आगामी बाटो क्लियर गरेका हुन्। ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***
नवौँ महाधिवेशनबाट कडा प्रतिस्पर्धाका विच एमालेको अध्यक्ष बनेका केपी ओली दशौँ महाधिवेशनमा पनि एक कार्यकाल थप अध्यक्ष बन्ने गरी अघि बढेका छन्। उनीसँग प्रतिशपर्धाका लागि रावल र भुसालले चुनौति दिने भएका हुन्।
ओलीसँग प्रतिष्पर्धा गरेर अध्यक्षनै बन्ने व्यक्ती नदेखिए पनि एमाले उपाध्यक्ष भिम रावल र उपमहासचिव घनश्याम भुषालले दशौँ महाधिवेशनमा आफूलाई अध्यक्षको प्रत्यासीका रुपमा उभ्याउँन थालेका छन्। अध्यक्षका सबैभन्दा बलिया प्रत्यासी महासचिव इश्वर पोखरेल भने यो दौडबाट बाहिरिएका छन्।
एमालेउपाध्यक्ष भीम बहादुर रावल र पार्टी उपमहासचिव घनश्याम भुसालबीच पार्टी अध्यक्षका लागि घम्साघम्सी हुने देखिएको छ। भुसालले जसको नीति उसकै नेतृत्व’को सिद्धान्त अनुसार मंसिरमा हुन लागेको दशौं महाधिवेशनमा अध्यक्षका लागि प्रतिस्पर्धा गर्ने संकेत गरेका छन् भने रावल त यसअघि नै अध्यक्षमा उठ्न सक्ने भन्दैं सार्वजनिक रुपमै सिग्नल दिइसकेका छन्।
एमालेको नवौं महाधिवेशनले आफ्नै विचारलाई अंगालेर अघि बढेको अवस्थामा भुसालले अब नेतृत्वमा पनि प्रतिस्पर्धा गर्न आफूलाई तयार पारिरहेको संकेत उनले आइतबार केही पत्रकारमाझ गरे।
असोज १५–१७ सम्म काठमाडौंमा भएको विधान महाधिवेशनपछि एमालेमा केपी शर्मा ओली नै सर्वसम्मत अध्यक्षका रुपमा अघि बढेको चर्चाबीच उपमहासचिव भुसालले पार्टीका सबै केन्द्रीय पदाधिकारीहरु नेतृत्वमा जान योग्य रहेको उल्लेख गरे।
‘हाम्रो पार्टीको विधानमा नै केन्द्रीय कमिटी पदाधिकारी भइसकेको व्यक्ति अध्यक्षको उम्मेदवार बन्न सक्ने स्पष्ट व्यवस्था छ,’ उनले अगाडि भने, ‘दशौं महाधिवेशनमा त्यही अनुसार अघि बढ्न सकिन्छ।अन्य पदाधिकारी साथीहरु पनि अध्यक्षका लागि योग्य हुनुहुन्छ। एमालेको मूल नेतृत्व लिन म आफैँ पनि योग्य छु।
उनले पार्टीको मूल नेतृत्व अर्थात अध्यक्ष पदका लागि प्रतिस्पर्धा गर्न आफू पनि तयार रहेको जनाउ पत्रकारहरुलाई दिए। असोज १५–१७ सम्म भएको विधान महाधिवेशनमा एमाले अध्यक्ष ओलीले ‘जसको नीति उसको नेतृत्व’ हुने बताएका थिए।भुसालले आफ्नो नीति स्थापित गर्न अध्यक्षमा ओलीलाई टक्कर दिन सकिने उल्लेख गरे।
उनले आफूहरुले ओलीसँग आत्मसमर्पण गरेको नभइ ओली नै आफ्नो विचारमा सहमत हुने विन्दुमा आइपुगेको तर्क गरेका छन्। ‘हामीले उठाएका कुरामा केपी ओलीले हिजो बिमत्ति देखाउनु भएको थियो। तर ती विषयमा उहाँ आज सहमत हुनुभएको छ,’ उनले भने, ‘संसद विघटन प्रकरणमा पनि उहाँ छलफलका लागि तयार हुनुभएको छ।
विधान महाधिवेशनमा हामीले कुरा उठाएका थियौं। तर त्यसबारे हरेक कमिटीमा लगेर विवादित नगरौं भन्ने कुरा हो। यीसहितका विषय पार्टीभित्र गम्भीर रूपमा राखेका छौं। संसद विघटनबारे पार्टीमा छलफल हुनेछ। ओली त्यसमा तयार हुनु भएको छ।
विधान महाधिवेशनले पारित गरेका नीतिबारे मंसिरमा हुने महाधिवेशनमा पनि छलफल हुने तर्क उनले गरे। विधान महाधिवेशनले जे निर्णय गर्छ, नेतृत्व चुन्ने महाधिवेशनमा छलफल हुन्छ भनेका हौं। दशौं महाधिवेशनको केही कुरा अझै सकिएको छैन,’ उनले भने।
पार्टीलाई सैद्धान्तिक रूपमा नसच्याइ राजनीतिक मामिलामा कांग्रेस–माओवादीलाई गाली गरेर मात्रै केही हुँदैन। भुसालले एमालेले आँट गरेर परिवर्तन नरोजेमा समस्या हुने बताए। एमाले प्रजातान्त्रिक अभ्यासबाट गुज्रिँदै आएको हो। हाम्रो सामूहिकता र संगठन प्रणाली पछिल्लो समय बिग्रेको छ।
हाम्रो संगठन प्रणाली ध्वस्त हुँदैछ,’ भुसालले थपे, ‘दशौं महाधिवेशन कहाँ हुँदैछ भन्ने पनि हामीबीच छलफल भएन। संस्थागत प्रणाली भत्किएकाले जताततै ओली मात्रै देखि। स्ट्याचुदेखि बुख्याचासम्म ओली नै थिए, विधान महाधिवेशनमा पनि।
यस्तै जारी रहे एमाले अझै ठूलो संकटमा जाँदैछ। उनले व्यक्तिले विधि बनाएर अरु हिँड्ने कुरा गलत भएको बताए। ‘पार्टीले संस्थागत विधि बनाएर सबै हिँडौं, व्यक्तिले विधि बनाएर अरू हिँड्नु पर्छ भन्दा हाम्रो प्रणाली भत्किएको छ।
एमालेमा विवाद हुँदा हामीले चैत ४ र ५ गते गरेको राष्ट्रिय कार्यकर्ता भेलामा पनि त्यसलाई विद्रोह होइन भनियो,’ उनले भने, ‘तर त्यहाँ सहभागी केही साथीहरू विभाजन चाहन्थे। विभाजन गर्नुपर्छ भन्ने साथीहरू पनि यसमा सहमत हुनुहुन्न।
नेपालको राजनीतिक इतिहासमा गजबको घटनाहरुले निरन्तरता पाइरहेका छन् । यी रोचक घटनाहरुबीच अर्को रोचक घटना हुने संकेतहरु देखिएको छ । नेपालका प्रमुख राजनीतिक दलहरु नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र तीनवटै दल खारेज हुनसक्ने देखिएको छ।
उनीहरु संविधानसभामार्फत् आफैले जारी गरेको संविधान पालना नगर्दा खारेजीको अवस्थामा पुग्न लागेका हुन्। संविधानको धारा २६९ को उपधारा ४ बमोजिम दल दर्ताका लागि निवेदन दिंदा राजनीतिक दलले पूरा गर्नुपर्ने शर्तमा ५ वर्ष या विशेष परिस्थितिमा साँढे ५ वर्षभित्र पदाधिकारीको निर्वाचन हुने व्यवस्था हुनुपर्छ भनिएको छ।
तेस्तै, राजनीतिक दलसम्बन्धी ऐनको दफा १३ मा कुनै दलले ऐन वा अन्य संघीय कानून बमोजिम निर्वाचन आयोगलाई बुझाउनुपर्ने अन्य विवरण वा प्रतिवेदन नबुझाएमा वा संविधान वा संघीय कानून बमोजिम दल दर्ता हुन पूरा गर्नुपर्ने शर्त पूरा नगरेमा त्यस्तो दलको दर्ता कायम नरहने उल्लेख छ ।
२०७२ सालमा जारी भएको संविधानमा कुनैपनि दलको पदाधिकारीको निर्वाचन साँढे ५ वर्षभित्र गरिसक्नुपर्ने व्यवस्था राख्ने काँग्रेस, एमाले र माओवादी केन्द्रका नेताहरु नै प्रमुख हुन्। उनीहरुले यो संविधानलाई विश्वको उत्कृष्ट संविधान भनेका थिए । तर, संविधानको धारा २६९ मा लेखिएको राजनीतिक दलसम्बन्धी व्यवस्था उनीहरु आफैले पालना गरेनन्।
नेकपा एमालेले महाधिवेशन नगरेको ७ वर्ष भइसकेको छ। नेकपा माओवादी केन्द्रले महाधिवेशन नगरेको त्योभन्दा बढी समय भइसकेको छ। एमालेको नवौं महाधिवेशन २०७१ सालमा भएको थियो। एमाले र माओवादी केन्द्र एक भई २०७५ सालमा नेपाल कम्युनिस्ट पार्टी गठन भएपछि साँढे ५ वर्षको व्यवस्थातर्फ बेवास्ता भयो।
तर, नेकपा नाम जुधेर सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रलाई ब्युँताइदियो। २३ फागुन २०७७ को यो फैसलाले दुवै पार्टीको स्थिति पूर्वअवस्थामा पुग्यो। संविधानको धारा २६९ लाई आधार मान्ने हो भने एमालेको कार्यसमिति अवैधानिक भइसकेको छ । माओवादी पनि अवैधानिक भइसकेको छ।
निर्वाचन आयोगमा दुवै दल दर्ता हुन सक्ने अवस्था छैन। एमाले आन्तरिक विवादमा रुमल्लिएको छ। माओवादी नयाँ कार्यसमिति चयनतर्फ गम्भीर छैन। संविधानमा स्पष्ट रुपमा साँढे ५ वर्षभित्र नयाँ कार्यसमिति चयन गर्नुपर्ने भनिएकाले उक्त अवधिभित्र पदाधिकारीको निर्वाचन नगर्ने एमाले र माओवादी केन्द्र खारेज हुनसक्छन्।
काँग्रेसको अवस्था पनि त्यही छ। नेपाली राजनीतिमा लामो इतिहास बोकेका पार्टीहरु खारेज हुने बाटोमा पुगेका छन्। तर तीनै पार्टीले महाधिवेशनको मिति तय गरिसकेकाले पार्टीको नाम जोगिने झिनो आशा बाँकी नै छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
म पनि राप्रपा जस्तै राष्ट्रवादी हो - prachanda
01:33
Video thumbnail
ठगी वा अन्य कुनै समस्या परेमा हटलाइनमा फोन गर्नुस् - prem aale
02:26
Video thumbnail
भोट माग्न व्यस्त भीम रावल - bhim rawal
00:55
Video thumbnail
एमाले महाधिवेशनको अन्तिम दिन साैराहाकाे चहलपहल
02:12
Video thumbnail
एमालेमा ओलीको डनवाद मात्रै बाँकी छ - gagan thapa
01:57
Video thumbnail
नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा केपी ओलीको सम्बोधन || KP OLI
02:09:11
Video thumbnail
प्रचण्डको घरमा भ्रष्टाचार मात्रै ज्वाईं र बुहारीको रजाइ, घर भित्र छिरेका दुर्गा प्रसाईंले खोले पोल
01:56
Video thumbnail
मन्त्रीले चासो देखाउँदा एजेण्टहरुको ठगिबाट जोगिए बैदेशिक रोजगारीमा जान लागेका युवा
02:33
Video thumbnail
हिन्दी फिल्मको डाइलग प्रसंगमा नेपाललाई ओलीको जवाफ
01:18
Video thumbnail
न्यायिक क्षेत्रमा क्यान्सर भइसकेको छ, उपचार कुखुराको अण्डा र दुबोले मन्साएर गर्न खोजिँदैछः ओली
02:03

सम्बन्धित समाचार

प्रेम आले ‘ब्याक टु ब्याक’ कमाल गर्न थाले, फेरि देखाए अर्को धमाका !

संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम बहादुर आलेले ब्याक टु ब्याक कमाल गर्न थालेका छन् । उनले पछिल्लो समय जनताको मन जित्नेगरी काम गर्न थालेका हुन् ।

कांग्रेस प्रवक्ता शर्मा : महाधिवेशनमा राम्रो लोकतान्त्रिक अभ्यास गर्छौं

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीको १४ औं महाधिवेशनमा राम्रो लोकतान्त्रिक अभ्यास गरिने बताएका छन् । उनले कांग्रेसमा नेतृत्वको आलोचना र विरोध गर्न पाइने पनि बताए ।

सत्ता गठबन्धन : अब प्रधानन्यायाधीश जबरा बिदामा बस्नुपर्छ

सत्तारुढ पाँच दलका शीर्ष नेताहरुको बैठकले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणालाई बिदामा बसेर कार्यवाहक प्रधानन्यायाधीश तोक्न सुझाव दिएका छन् ।

सभामुख सापकोटा नेतृत्वको नेपाली प्रतिनिधिमण्डल स्वदेश फिर्ता

अन्तरव्यवस्थापिका सङ्घ (आइपियु) को १४३ औँ सम्मेलनमा सहभागी भएर सभामुख अग्निप्रसाद सापकोटा नेतृत्वको संसदीय टोली आज बिहान स्वदेश फर्किएको छ।

लालबाबुले मुख खोले एमाले छाडेर नेकपा एसमा प्रवेश गर्न लागेको समाचारले तहल्का मच्चाएपछि, यतिसम्म भनेपछि कोटेश्वरमा तनाव !

नेकपा (एमाले) का प्रभावशाली नेता लालबाबु पण्डितले पार्टी छाड्न लागेको समाचारले तहल्का मच्चाएपछि उनले मुख खोलेका छन् । उनले माधव नेपाल नै झस्किनेगरी प्रतिक्रिया दिएका हुन् ।

सभामुख सापकोटा : संसद र सर्वोच्चको समस्या समाधानको उपाय खोज्छु

सभामुख अग्निप्रसाद सापकोटाले संसदको गतिरोध र सर्वोच्च अदालतमा देखिएको समस्या समाधानका लागि उपाय खोज्ने बताएका छन् ।

ट्रेन्डिङ समाचार

हिसिला-बाबुरामको डिभोर्स

पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई र हिसिला यमीका बिचमा ‘सम्बन्धविच्छेद’ भएको खुलासा भएको छ ।

भिम रावलले निर्वाचन लड्दा प्रचण्डलाई फाईदा !

नेकपा एमाले को १० औं महाधिवेशन अहिले चितवनमा भईरहेको छ । आज महाधिवेशनको अन्तिम दिन निर्वाचन प्रक्रिया भर्खरै सकिएको छ भने केही क्षण मै मत गणना सुरु हुँदैछ ।

देशभरका प्रहरीहरुका लागि निकै ठूलो खुसीको खबर आयो, सबैभन्दा ठूलो फाइदा तल्लो दर्जाकालाई !

सरकारले तल्लो दर्जाका प्रहरी कर्मचारीको वृत्तिविकास तथा मनोबल उच्च राख्न वरिष्ठ नायब निरीक्षक ९बसई०, वरिष्ठ हबल्दार ९बह० र सहायक हबल्दार ९सह० गरी तीन पद थप गर्ने निर्णय गरेको छ ।

चितवन बाट फन्किएर हिँडेका लालबावु काठमाडौँ पुगेर यसो गर्न थाले

नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन चितवनमा सम्पन्न भएको छ । एमाले नेता लालबावु पण्डितका लागी यो महाधिवेशन बिर्सनलायक परिघटना बनेको छ ।

लालबाबु पण्डित तत्काल माधव नेपालको पार्टीमा प्रवेश गर्दैछन् !

लालबाबु पण्डित तत्काल माधव नेपालको पार्टीमा प्रवेश गर्र्न लागेको खबर छ । नेकपा एमालेका नेता लालबाबु पण्डितले चितवनमा जारी १० औँ महाधिवेशनप्रति असन्तुष्टि जनाएका छन् ।उनले महाधिवेशनबाट असन्तुष्ट बन्दै नेकपा एमालेको सबै कार्यकारी पदबाट विदा लिने घोषणासमेत गरेका छन् ।

भीम रावलले हार्ने कन्फर्म भईभई पनि ओलीसँग अन्तिमसम्म भिडिरहनुको रहस्य अर्कै !

भीम रावललाई प्रष्ट थाहा छ, उनी चुनाव जित्दैनन्। तर, पनि अन्तिमसम्म पार्टी अध्यक्षमा उठ्ने अडान राखे। रावलकै अडानका कारण एमालेको १० औं महाधिवेशन ‘सहमति’को बन्न सकेन। अध्यक्षलगायत पदाधिकारी र केन्द्रीय सदस्य छान्न चुनावी वातावरण बन्यो।

ताजा समाचार

प्रेम आले ‘ब्याक टु ब्याक’ कमाल गर्न थाले, फेरि देखाए अर्को धमाका !

संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम बहादुर आलेले ब्याक टु ब्याक कमाल गर्न थालेका छन् । उनले पछिल्लो समय जनताको मन जित्नेगरी काम गर्न थालेका हुन् ।

कांग्रेस प्रवक्ता शर्मा : महाधिवेशनमा राम्रो लोकतान्त्रिक अभ्यास गर्छौं

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीको १४ औं महाधिवेशनमा राम्रो लोकतान्त्रिक अभ्यास गरिने बताएका छन् । उनले कांग्रेसमा नेतृत्वको आलोचना र विरोध गर्न पाइने पनि बताए ।

सत्ता गठबन्धन : अब प्रधानन्यायाधीश जबरा बिदामा बस्नुपर्छ

सत्तारुढ पाँच दलका शीर्ष नेताहरुको बैठकले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणालाई बिदामा बसेर कार्यवाहक प्रधानन्यायाधीश तोक्न सुझाव दिएका छन् ।

सभामुख सापकोटा नेतृत्वको नेपाली प्रतिनिधिमण्डल स्वदेश फिर्ता

अन्तरव्यवस्थापिका सङ्घ (आइपियु) को १४३ औँ सम्मेलनमा सहभागी भएर सभामुख अग्निप्रसाद सापकोटा नेतृत्वको संसदीय टोली आज बिहान स्वदेश फर्किएको छ।

लालबाबुले मुख खोले एमाले छाडेर नेकपा एसमा प्रवेश गर्न लागेको समाचारले तहल्का मच्चाएपछि, यतिसम्म भनेपछि कोटेश्वरमा तनाव !

नेकपा (एमाले) का प्रभावशाली नेता लालबाबु पण्डितले पार्टी छाड्न लागेको समाचारले तहल्का मच्चाएपछि उनले मुख खोलेका छन् । उनले माधव नेपाल नै झस्किनेगरी प्रतिक्रिया दिएका हुन् ।

सभामुख सापकोटा : संसद र सर्वोच्चको समस्या समाधानको उपाय खोज्छु

सभामुख अग्निप्रसाद सापकोटाले संसदको गतिरोध र सर्वोच्च अदालतमा देखिएको समस्या समाधानका लागि उपाय खोज्ने बताएका छन् ।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Search