Viber Community
Nop Ads

चीनको घोषणा विदेशमा अब कोइला ऊर्जा केन्द्र नबनाउने

चीनले विदेशमा अब कोइला ऊर्जा केन्द्र नबनाउने घोषणा गरेको छ । मंगलबार संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै चिनियाँ राष्ट्रपति सी चिनफिङले विदेशमा नयाँ कोइला ऊर्जा योजना नबनाउने बताएका हुन् ।

Viber Community

नेपाल अनलाइन पत्रिका


नेपाल अनलाइन पत्रिका – काठमाडौं। चीनले विदेशमा अब कोइला ऊर्जा केन्द्र नबनाउने घोषणा गरेको छ । मंगलबार संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै चिनियाँ राष्ट्रपति सी चिनफिङले विदेशमा नयाँ कोइला ऊर्जा योजना नबनाउने बताएका हुन् । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

कोइला ऊर्जा केन्द्रले कार्बन उत्सर्जनको मात्रा बढाइरहेको भन्दै चिन्ता व्यक्त भइरहेका बेला चिनियाँ राष्ट्रपति सीले महत्त्पूर्ण घोषणा गरेका हुन् । यद्यपि उक्त नीतिबारे पूर्ण जानकारी भने राष्ट्रपति सीले उपलब्ध गराएका छैनन् ।

पछिल्लो समय कार्बन उत्सर्जनको मात्रा घटाउनका लागि चीनलाई कूटनीतिक दबाब दिइएको थियो । यसअघि गत वर्ष दक्षिण कोरिया र जापानले पनि कोइला ऊर्जा केन्द्र बन्द गर्ने घोषणा गरेका थिए ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरस र जलवायु परिवर्तनसम्बन्धी विशेष दूत जोन केरीले पनि चीनलाई कार्बन उत्सजर्न कम गर्नका लागि आग्रह गरेका थिए ।

विकासशील देशहरूमा कम कार्बन उत्सर्जन र हरित ऊर्जा विकासका लागि चीनले सहयोग गर्नेछ र विदेशमा नयाँ कोइला ऊर्जा योजना बनाइनेछैन,’ सीले सम्बोधनका क्रममा भने । राष्ट्रपति सीले चीनले शान्तिपूर्ण अन्तर्राष्ट्रिय सम्बन्ध बनाउनेमा जोड दिने पनि बताए ।

अमेरिकाका पूर्वविदेशमन्त्रीसमेत रहेका केरीले चिनियाँ राष्टपतिको घोषणाको स्वागत गरेका छन् । यसले कार्बन उत्सजर्न कम गर्ने योजनामा ‘ठूलो योगदान पुर्‍याउने पनि उनको भनाइ छ ।

यही अक्टोबर ३१ देखि नोभेम्बर १२ मा स्कटल्यान्डको ग्लास्गोमा संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन(कोप–२६) आयोजना हुँदैछ ।

कोप–२६ का प्रमुख आलोक शर्माले पनि राष्ट्रपति सीको घोषणाको प्रशंसा गरेका छन् । उनले आफू चीन भ्रमणमा जाँदा गरेका छलफलका विषय नै राष्ट्रपति सीबाट सम्बोधित भएको बताएका छन् ।

चिनियाँ राष्ट्रपति सीले सन् २०३० सम्म उल्लेख्य परिणाममा कार्बन उत्सर्जन कम गर्ने सन् २०६० सम्म कार्बन तटस्थताको उद्धेश्य हासिल गर्नेमा जोड दिए ।

विश्वमै सबैभन्दा बढी ‘ग्रीनहाउस ग्यास’ उत्सर्जन गर्ने चीन घरेलु ऊर्जामा भने कोइलामा बढी निर्भर रहेको छ । राष्ट्रपति सीको घोषणाको राष्ट्रसंघका महासचिव गुटेरसले समेत स्वागत गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
म पनि राप्रपा जस्तै राष्ट्रवादी हो - prachanda
01:33
Video thumbnail
ठगी वा अन्य कुनै समस्या परेमा हटलाइनमा फोन गर्नुस् - prem aale
02:26
Video thumbnail
भोट माग्न व्यस्त भीम रावल - bhim rawal
00:55
Video thumbnail
एमाले महाधिवेशनको अन्तिम दिन साैराहाकाे चहलपहल
02:12
Video thumbnail
एमालेमा ओलीको डनवाद मात्रै बाँकी छ - gagan thapa
01:57
Video thumbnail
नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा केपी ओलीको सम्बोधन || KP OLI
02:09:11
Video thumbnail
प्रचण्डको घरमा भ्रष्टाचार मात्रै ज्वाईं र बुहारीको रजाइ, घर भित्र छिरेका दुर्गा प्रसाईंले खोले पोल
01:56
Video thumbnail
मन्त्रीले चासो देखाउँदा एजेण्टहरुको ठगिबाट जोगिए बैदेशिक रोजगारीमा जान लागेका युवा
02:33
Video thumbnail
हिन्दी फिल्मको डाइलग प्रसंगमा नेपाललाई ओलीको जवाफ
01:18
Video thumbnail
न्यायिक क्षेत्रमा क्यान्सर भइसकेको छ, उपचार कुखुराको अण्डा र दुबोले मन्साएर गर्न खोजिँदैछः ओली
02:03

सम्बन्धित समाचार

आयोजकविरुद्ध रन्जितले दिए उजुरी, विवाहको बाजाले ६३ ओटा कुखुराका चल्ला मरे,

भारतमा एक अनौठो घटना भएको छ । भारतको पूर्वी उडिसा राज्यमा विवाहको बाजाका कारण ६३ ओटा कुखुरा मरेका छन् ।

चीन पठाइयो विभिन्न देशबाट पक्राउ परेका ६०० ताइवानीलाई

मानवअधिकारवादी समूह सेफगार्ड डिफेन्डर्सले एउटा अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै सो जानाकारी दिएको हो । ताइवानको सार्वभौमसत्तालाई अवमुल्यन गर्न सो कदम चालिएको डिफेन्डर्सले चीनमाथि आरोप लगाएको छ ।

एलन मस्कले स्पेसएक्सका कर्मचारीलाई दिए यस्तो निर्देशन :कम्पनी टाँट पल्टिन लागेको भन्दै

स्पेसएक्सका सह-संस्थापक एलन मस्कले कम्पनी टाँट पल्टिन लागेको भन्दै कामको गति बढाउन आफ्ना कर्मचारीहरूलाई पत्राचार गरेको तथ्य बाहिरिएको छ ।

विदेश भ्रमणमा प्रतिबन्ध पाकिस्तानी मन्त्रीहरुलाई

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले संघीय मन्त्रिपरिषद्का सदस्यहरूलाई अनुमति बिना विदेश यात्रा नगर्न निर्देशन दिएका छन्।

भारतले अन्तर्राष्ट्रिय व्यवसायिक उडान तत्काल खुला नगर्ने

डिसेम्बर १५ देखि व्यवसायिक उडान सुचारु गर्ने पूर्वनिर्धारित योजना रहेपनि यो योजना अझै पोस्टपोन्ड हुनसक्ने जनाइएको छ ।

अमेरिका- नेपाल संयुक्त सैन्य तालिम सकियो

नेपाली सेना र अमेरिकी सेनाबीच गत कात्तिक १५ गतेदेखि सञ्चालन भएको संयुक्त तालिम आज यहाँ समापन भएको छ ।

ट्रेन्डिङ समाचार

हिसिला-बाबुरामको डिभोर्स

पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई र हिसिला यमीका बिचमा ‘सम्बन्धविच्छेद’ भएको खुलासा भएको छ ।

भिम रावलले निर्वाचन लड्दा प्रचण्डलाई फाईदा !

नेकपा एमाले को १० औं महाधिवेशन अहिले चितवनमा भईरहेको छ । आज महाधिवेशनको अन्तिम दिन निर्वाचन प्रक्रिया भर्खरै सकिएको छ भने केही क्षण मै मत गणना सुरु हुँदैछ ।

देशभरका प्रहरीहरुका लागि निकै ठूलो खुसीको खबर आयो, सबैभन्दा ठूलो फाइदा तल्लो दर्जाकालाई !

सरकारले तल्लो दर्जाका प्रहरी कर्मचारीको वृत्तिविकास तथा मनोबल उच्च राख्न वरिष्ठ नायब निरीक्षक ९बसई०, वरिष्ठ हबल्दार ९बह० र सहायक हबल्दार ९सह० गरी तीन पद थप गर्ने निर्णय गरेको छ ।

चितवन बाट फन्किएर हिँडेका लालबावु काठमाडौँ पुगेर यसो गर्न थाले

नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन चितवनमा सम्पन्न भएको छ । एमाले नेता लालबावु पण्डितका लागी यो महाधिवेशन बिर्सनलायक परिघटना बनेको छ ।

लालबाबु पण्डित तत्काल माधव नेपालको पार्टीमा प्रवेश गर्दैछन् !

लालबाबु पण्डित तत्काल माधव नेपालको पार्टीमा प्रवेश गर्र्न लागेको खबर छ । नेकपा एमालेका नेता लालबाबु पण्डितले चितवनमा जारी १० औँ महाधिवेशनप्रति असन्तुष्टि जनाएका छन् ।उनले महाधिवेशनबाट असन्तुष्ट बन्दै नेकपा एमालेको सबै कार्यकारी पदबाट विदा लिने घोषणासमेत गरेका छन् ।

भीम रावलले हार्ने कन्फर्म भईभई पनि ओलीसँग अन्तिमसम्म भिडिरहनुको रहस्य अर्कै !

भीम रावललाई प्रष्ट थाहा छ, उनी चुनाव जित्दैनन्। तर, पनि अन्तिमसम्म पार्टी अध्यक्षमा उठ्ने अडान राखे। रावलकै अडानका कारण एमालेको १० औं महाधिवेशन ‘सहमति’को बन्न सकेन। अध्यक्षलगायत पदाधिकारी र केन्द्रीय सदस्य छान्न चुनावी वातावरण बन्यो।

ताजा समाचार

कामुको विषय टुंगो नलागेसम्म गोला तान्न अघि नबढ्नूस् : बारले भन्यो

नेपाल बार र सर्बोच्च बार एशोसियसनका अध्यक्षहरूले कार्यवाहक प्रधानन्यायाधीशको टुंगो नलागी इजलासमा नबस्न र गोला नतान्न न्यायाधीशहरूलाई आग्रह गरेका छन् ।

पशुपतिमा बाला चतुर्दशी मेलाको तयारी पूरा

दिवङ्गत पितृका नाममा महादीपदान गर्न आउने भक्तजनको आज बिहानैदेखि पशुपति क्षेत्रमा भीड लाग्न थालेको छ । बेलुकी बत्ती बालिने भए पनि आज पशुपति क्षेत्रमा लाखौँ भक्तजन आउने भएकाले ठाउँको व्यवस्था गर्न बिहानैदेखि भक्तजन आएका हुन् ।

सभामुख अग्निप्रसाद : सर्वोच्चको समस्या समाधानका लागि उपाय खोज्छु

सभामुख अग्निप्रसाद सापकोटाले सर्वोच्च अदालतमा एक महिनादेखिको समस्या समाधानका लागि उपाय खोज्ने बताएका छन् ।

बामदेब गौतम पुरानै घर फर्किएका हुन् ?

पछिल्लो समय घरमा किताब पढेर आफ्नो अधिकाशं समय ब्यतित गरिरहेका बामदेब गौतमले पुराउनै घर फर्किने संकेत गरेका छन् ।

लुम्बिनी प्रदेश समितिका लागि संस्थापनइतरले टुंग्यायो साझा उम्मेदवार (सूचीसहित)

नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्यसमितिका लागि संस्थापनइतरका पदाधिकारी उम्मेदवारहरू टुंग्याइएको छ ।

प्रेम आले ‘ब्याक टु ब्याक’ कमाल गर्न थाले, फेरि देखाए अर्को धमाका !

संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम बहादुर आलेले ब्याक टु ब्याक कमाल गर्न थालेका छन् । उनले पछिल्लो समय जनताको मन जित्नेगरी काम गर्न थालेका हुन् ।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Search