Viber Community
Nop Ads

दलाल र कर्मचारीको मिलेमतोमा जग्गा खण्डीकरण, कानून कहिले बन्ला ?

प्रत्येक वर्षको असोजदेखि कात्तिकसम्म गाउँघरमा धान काट्ने र कोदो भित्राउने मारामार हुन्छ। गाउँघरमा बस्ने दाजुभाइ तथा दिदीबहिनीहरू सहर आएका छन्।

Viber Community

नेपाल अनलाइन पत्रिका


नेपाल अनलाइन पत्रिका – काठमाडौं। प्रत्येक वर्षको असोजदेखि कात्तिकसम्म गाउँघरमा धान काट्ने र कोदो भित्राउने मारामार हुन्छ। गाउँघरमा बस्ने दाजुभाइ तथा दिदीबहिनीहरू सहर आएका छन्। भने कति त खाडीमा काम गर्न पुगेका छन्।  ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

अहिले गाउँमा बसोबास गर्ने बुढाबुढी मात्र बाँकी छन्। कोही मर्दा र पर्दा सहायता गर्नको लागि गाउँमा कोही पनि बाँकी छैनन्। गाउँ नै भने पनि के गर्नु कतिको खेती गर्ने र कमाइ खाने जग्गा नै छैन। जग्गा हुने जति जग्गा बाझो राखेर उनीहरू अरू कै देशमा पसिना बगाउन गएका छन्। केही वर्षअघि देखि गाउँमा बस्ने मानिसहरूले पनि खानेकुराहरू किनेर खान सुरु गरिसकेको छन्।

आफ्नो खेतबारीमा उब्जाएको खाने त कमै मात्र होलान्। बुढापाका काम गर्न सक्दैनन्। कमाउने दियो कमाउने मान्छे भेट्दैन। खेतबारी बाझै बसे पनि भोको बस्न त सकिन्न। जति नै भए पनि पेट भोको बस्न मान्दैन। त्यही भएर अरूको देशबाट ल्याएको खाद्यवस्तु किनेर खानुपर्ने बाध्यता छ। मधेस उब्जनी हुने जग्गा र उपत्यका भित्रका खेतीयोग्य जग्गा सबै दलालीले प्लानिंग गरेको छन्। भएको जति जग्गा खण्डीकरण गरेर त्यसलाई खण्डीकरण गरेर बिक्री वितरण भइरहेको छ। पहाडमा पानी नलाग्ने जग्गा बाझै छ। पानी लाग्ने उब्जनी हुने जग्गा जति घर बनाएर सिद्धिसकेको छ।

पच्चीस वर्ष अगाडि उपत्यका भित्र र मधेसमा एउटै व्यक्तिको नाममा बिस रोपनीदेखि तीन बिघासम्म जग्गा थियो। उपत्यकामा बस्नेसँग पनि जग्गा धेरै थिए। अहिले उनीहरूसँग चार आनादेखि पाँच आनासम्म जग्गा छैन। यिनीहरू आफ्नो जग्गामा खेती किसानी गर्थे। वर्षभरि आफ्नो घरपरिवारलाई खान पुग्ने गरी अन्न उब्जनी गर्थे। जग्गा प्लानिंग गर्ने र आवासीय क्षेत्रमा परिवर्तन गर्ने कम्पनीहरूले पहिलेका किसानसँग गुन्द्रुकको भाउमा खरिद गरे। डाँडाकाँडा भएका जग्गालाई डोजरले सम्म्याएर बेच्नको लागि रोपनी रोपनी जग्गालाई चक्ली बनाएर दलालीहरूले टुक्रा पारे।

एउटै कित्तामा बिस रोपनीसम्म जग्गा थियो तर जग्गा दलालीहरूले त्यसलाई खण्डीकरण गरेर चार आनामा परिवर्तन गरेको छन्। उपत्यकाका तिन जिल्लामा केही वर्ष अघिसम्म धान रोप्थे। धान रोपेको देख्दा कतिको मन प्रफुल्लित हुन्थ्यो। तर अहिले उपत्यकाका यी तिन जिल्लामा उब्जनी हुने जग्गा भेट्न मुस्किल छ। भएका जति जग्गा सबै घर बनाएर सिद्धिसकेको छ। जनसंख्या प्रत्येक दिन तीव्र गतिले बढेको छ। मान्छेलाई जन्मिने बित्तिकै खाना चाहिन्छ। बरु लुगा जस्तो लगाए पनि हुन्छ। दुई तिन आनामा जग्गा किनेर घर बनाउँछन्। घर बनाउँदा माटो चेक नगरी घर बनाउँछन्।

एउटा घर तीन चार तला बनाउँछन्। घरबेटीहरू आफू एक तलामा बस्छन् बाँकी सबै बहालमा। आफ्नो मर्जी भाँडा उठाउँछन्। राज्यलाई घर बहाल करसम्म तिर्दैनन्। २०७२ वैशाख १२ गते भूकम्प आयो। कमशल र थोरै जग्गामा बनेको घरहरू भत्किएर मान्छे मरे। भूकम्पपछि सरकारले घर बनाउनको लागि नयाँ मापदण्ड ल्यायो। थोरै जमिनमा घर बनाउन नदिने। खुल्ला जग्गा छोड्नै पर्ने नियम पनि बनेको थियो। त्यस्तै कमशल माटोमा घर बनाउन नदिने भनिएको थियो। यो पनि मेयर र वडाध्यक्षले कार्यान्वयनमा लगेनन्।

अहिले पनि थोरै जमिन र कमशल माटोमा घर बनाउन दिएको छन्। पहिलेको बुढा पाखाले भनेको उपत्यकाभित्र यो बेलामा धान पाकेर पहेँलो हुन्थ्यो रे। अहिले उपत्यकामा भएको बच्चादेखि बुढालाई धान पाकेको हेर्न पहाड जानपर्छ। सबै जग्गाजमिन भूमि सुधार मन्त्रालय र भूमि सुधार विभागले खेतीयोग्य जमिनमा घर बनाउन दिँदा मासिसकेको छ। जसको कारण दैनिक उपभोग्य खाद्यवस्तु सबै अन्य मुलुकबाट आयात गर्नुपर्छ। हाम्रो देशको पैसा सबै अरू देशले लगिरहेको छ। अर्कोतिर देशलाई समेत निकै घाटा छ। नेपालमा भएको खेतीयोग्य जमिनहरू मासिसकेपछि नेपालीहरू अरू देशमा काम गर्नको लागि निस्किए।

उनीहरूसँग भएको बल, बुद्धि अरू देशको प्रयोगमा आइरहेको छ। अरू देशको विकासमा नेपालीहरूको ठूलो योगदान रह्यो। नेपालमा भएका मान्छेहरूलाई खाने बस्ने प्रवृत्तिले गर्दा विभिन्न रोग देखा पर्न थालेको छ। काम गरौं, पसिना बगाऔं भन्नलाई त जग्गा पनि बाँकी हुनुपर्‍यो। अहिले पैसाभन्दा पनि खाद्यान्न सामग्री महँगो भएको छ। हरियो तरकारीदेखि लिएर अन्नमा समेत हामी अरू देशमा परनिर्भर छौ। उपत्यकाभित्र सरकार र महानगरपालिकाले जथाभाबी घर बनाउन शहर होइन अरू नै केही बन्यो। व्यवस्थित शहर भनेको त शहर जस्तो नै देखिँदैन।

अहिले हामीले तरकारीदेखि नुन तेलसम्म अरू देशबाट आउँछ। बाँकी भएको जमिन कसरी बचाउन सकिन्छ भन्नेतर्फ सरकारको ध्यान गएको छैन। कतिले खेतीयोग्य जमिनमा घर बनाएर भाँडा उठाएर करोडौं उठाइरहेको छन्। किसानहरू अझै पनि यही जमिनमा आफ्नो रगतपसिनाको अंश खोजिरहेको छन्। अनि करचाहिँ बराबरी हुन्छ। कसैले त्यही जमिनमा घर बनाएर बहालमा लगाएर करोडौंको मालिक बनेका छन्। भने किसानहरूले त आफ्नो गुजारा चलाइरहेको छन्। अनि कर बसरी बराबर भयो ? सरकारले जग्गा दश वर्गमा वर्गीकरण गरे पनि कार्यान्वयनमा गएको छैन।

भूमि सुधार मन्त्रालय र भूमि सुधार विभागले २०७७ भदौ ८ गते भूमिसम्बन्धी मस्यौदा तयार गरेर मन्त्रीपरिषद्मा पठाएको थियो। त्यही पनि यो ऐन मन्त्रीपरिषद्ले पारित गरेन। दश वर्षमा छुट्याएको जग्गा मन्त्रिपरिषद्ले यत्तिकै थन्काइदिएको छ। मन्त्रिपरिषद्ले सो ऐन पारित नगर्दा कार्यान्वयनमा लग्न अप्ठ्यारो परेको भूमिसुधार मन्त्रालयको एक कर्मचारीले बताए। जग्गा प्लानिगं गर्नेहरूको कत्रो पहुँच रहेछ भन्ने यहाँबाट प्रष्ट देखिन्छ। मन्त्रालयबाट गएको त्यो फाइल जग्गा दलालीहरूले मुख्यसचिवको टेबुलमा अड्काइदिएका छन्।

केपी ओलीको सरकारले यो ऐन पारित गरेन। यो ऐनको फाइल अहिले पनि दराजमा थन्किरहेको छ। केपी ओली र जग्गा दलालीको मिलेमतोमा यो ऐन दराजमा थन्किएको छ। शेरबहादुर देउवा २०७८ असार २९ गते प्रधानमन्त्री भए। तर यो ऐनलाई उनको सरकारले पनि पारित गरेन। अहिले आएको नयाँ भूमिसुधार मन्त्रालयले चासो दिन्छन् कि ? उनी पनि जग्गा दलालीसँगै मिल्ने त होइनन् ? गुठी, मठमन्दिर, पार्टी पौवा, धारा पधेरो सरकारी जग्गा कति व्यक्तिको नाममा गएको छ। उनले त्यसलाई खोजेर सरकारको नाममा ल्याउन सक्लान्!

उपत्यकाभित्र भएका ६ सय ३४ वटा ढुंगेधारा थिए। पार्टी पौवा र मठमन्दिरका जग्गा कहाँ गए। सरकारी कर्मचारी र जग्गा दलालीले गर्दा यी सबै जग्गा व्यक्तिको नाममा गइसकेको छ। वडाध्यक्ष र मेयरले थोरै जग्गामा पैसा खाएर घर बनाउनको लागि घर बनाउनको लागि नक्सा पास गरेको छन्। खेतीयोग्य जमिनमा घर बनाउन स्वीकृत दिएका छन्। भने सरकारी सम्पत्ति कहाँ छन् अत्तोपत्तो कसैलाई छैन।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?
Facebook Notice for EU! You need to login to view and post FB Comments!

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
म पनि राप्रपा जस्तै राष्ट्रवादी हो - prachanda
01:33
Video thumbnail
ठगी वा अन्य कुनै समस्या परेमा हटलाइनमा फोन गर्नुस् - prem aale
02:26
Video thumbnail
भोट माग्न व्यस्त भीम रावल - bhim rawal
00:55
Video thumbnail
एमाले महाधिवेशनको अन्तिम दिन साैराहाकाे चहलपहल
02:12
Video thumbnail
एमालेमा ओलीको डनवाद मात्रै बाँकी छ - gagan thapa
01:57
Video thumbnail
नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा केपी ओलीको सम्बोधन || KP OLI
02:09:11
Video thumbnail
प्रचण्डको घरमा भ्रष्टाचार मात्रै ज्वाईं र बुहारीको रजाइ, घर भित्र छिरेका दुर्गा प्रसाईंले खोले पोल
01:56
Video thumbnail
मन्त्रीले चासो देखाउँदा एजेण्टहरुको ठगिबाट जोगिए बैदेशिक रोजगारीमा जान लागेका युवा
02:33
Video thumbnail
हिन्दी फिल्मको डाइलग प्रसंगमा नेपाललाई ओलीको जवाफ
01:18
Video thumbnail
न्यायिक क्षेत्रमा क्यान्सर भइसकेको छ, उपचार कुखुराको अण्डा र दुबोले मन्साएर गर्न खोजिँदैछः ओली
02:03

सम्बन्धित समाचार

आयोजकविरुद्ध रन्जितले दिए उजुरी, विवाहको बाजाले ६३ ओटा कुखुराका चल्ला मरे,

भारतमा एक अनौठो घटना भएको छ । भारतको पूर्वी उडिसा राज्यमा विवाहको बाजाका कारण ६३ ओटा कुखुरा मरेका छन् ।

के तपाईं परदेशबाट नेपालमा पैसा पठाउदै हुनुहुन्छ भने आजको विदेशी मुद्राको विनिमय दर यस्तो छ हेर्नुहोस्

नेपाल अनलाइन पत्रिका – काठमाडौं। नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले आज वि.सं २०७८ मंसिर...

पछिल्लो केही समयदेखि निरन्तर उकालो लागेको तरकारीको मूल्य कम भएको छैन । आज तरकारीको मूल्य कति पुग्यो ? (सूचीसहित)

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबार विभिन्न तरकारीहरूको मूल्य सूची सार्वजनिक गरेको छ ।

पशुपतिनाथ मन्दिर परिसरमा माछा, मासु, मदिरा तथा नशालु पदार्थको बिक्री वितरण र सेवनमा प्रतिबन्ध !

जिल्ला प्रशासन कार्यालय काठमाडौंले पशुपतिनाथ मन्दिर परिसरमा माछा, मासु, मदिरा तथा नशालु पदार्थको बिक्री वितरण र सेवनमा रोक लगाएको छ ।

मन्त्री यादव: कृषि क्षेत्र समृद्ध नभएसम्म नेपाली जनता समृद्ध हुँदैन

कृषि तथा पशुपन्छी विकासमन्त्री महेन्द्रराय यादवले कृषि क्षेत्रलाई समृद्ध नबनाएसम्म नेपाली जनतामा समृद्धि नहुने जनाएका छन् ।

वैदेशिक व्यापार ६५ र आयात ६१ प्रतिशतले बढ्याे

गत आवको सुरुको चौमासिकमा चार खर्ब ४२ अर्ब ६९ करोड दुई लाख ४२ हजार रहेको मुलुुकको वैदेशिक व्यापार चालु आवको सो अवधिमा सात खर्ब ३२ अर्ब ४१ करोड ८६ लाख आठ हजार पुगेको छ ।

ट्रेन्डिङ समाचार

हिसिला-बाबुरामको डिभोर्स

पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई र हिसिला यमीका बिचमा ‘सम्बन्धविच्छेद’ भएको खुलासा भएको छ ।

भिम रावलले निर्वाचन लड्दा प्रचण्डलाई फाईदा !

नेकपा एमाले को १० औं महाधिवेशन अहिले चितवनमा भईरहेको छ । आज महाधिवेशनको अन्तिम दिन निर्वाचन प्रक्रिया भर्खरै सकिएको छ भने केही क्षण मै मत गणना सुरु हुँदैछ ।

देशभरका प्रहरीहरुका लागि निकै ठूलो खुसीको खबर आयो, सबैभन्दा ठूलो फाइदा तल्लो दर्जाकालाई !

सरकारले तल्लो दर्जाका प्रहरी कर्मचारीको वृत्तिविकास तथा मनोबल उच्च राख्न वरिष्ठ नायब निरीक्षक ९बसई०, वरिष्ठ हबल्दार ९बह० र सहायक हबल्दार ९सह० गरी तीन पद थप गर्ने निर्णय गरेको छ ।

चितवन बाट फन्किएर हिँडेका लालबावु काठमाडौँ पुगेर यसो गर्न थाले

नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन चितवनमा सम्पन्न भएको छ । एमाले नेता लालबावु पण्डितका लागी यो महाधिवेशन बिर्सनलायक परिघटना बनेको छ ।

लालबाबु पण्डित तत्काल माधव नेपालको पार्टीमा प्रवेश गर्दैछन् !

लालबाबु पण्डित तत्काल माधव नेपालको पार्टीमा प्रवेश गर्र्न लागेको खबर छ । नेकपा एमालेका नेता लालबाबु पण्डितले चितवनमा जारी १० औँ महाधिवेशनप्रति असन्तुष्टि जनाएका छन् ।उनले महाधिवेशनबाट असन्तुष्ट बन्दै नेकपा एमालेको सबै कार्यकारी पदबाट विदा लिने घोषणासमेत गरेका छन् ।

भीम रावलले हार्ने कन्फर्म भईभई पनि ओलीसँग अन्तिमसम्म भिडिरहनुको रहस्य अर्कै !

भीम रावललाई प्रष्ट थाहा छ, उनी चुनाव जित्दैनन्। तर, पनि अन्तिमसम्म पार्टी अध्यक्षमा उठ्ने अडान राखे। रावलकै अडानका कारण एमालेको १० औं महाधिवेशन ‘सहमति’को बन्न सकेन। अध्यक्षलगायत पदाधिकारी र केन्द्रीय सदस्य छान्न चुनावी वातावरण बन्यो।

ताजा समाचार

देउवाको भन्दा रामचन्द्रको छवि उज्वल : कांग्रेसको चौधौं महाधिवेशन

‘हाम्रा रामचन्द्रजी टाइम्स् अफ इन्डिया उल्टोपट्टिबाट पढ्नुहुन्छ, किन उल्टो पढेको भनेर सोध्यो भने नजान्नेलाई पो उल्टो र सुल्टोको बहाना चाहिन्छ, जान्नेलाई उल्टो होस् कि सुल्टो केही फरक पर्दैन भनूँला जस्तो गर्नुहुन्छ’ एक दिन बानेश्वरको लक्ष्मीदिदीको रेष्टुराँमा चिया पिउँदै किसुनजीले रामचन्द्रजीलाई यसैगरी उडाउनु भयो ।

कामुको विषय टुंगो नलागेसम्म गोला तान्न अघि नबढ्नूस् : बारले भन्यो

नेपाल बार र सर्बोच्च बार एशोसियसनका अध्यक्षहरूले कार्यवाहक प्रधानन्यायाधीशको टुंगो नलागी इजलासमा नबस्न र गोला नतान्न न्यायाधीशहरूलाई आग्रह गरेका छन् ।

पशुपतिमा बाला चतुर्दशी मेलाको तयारी पूरा

दिवङ्गत पितृका नाममा महादीपदान गर्न आउने भक्तजनको आज बिहानैदेखि पशुपति क्षेत्रमा भीड लाग्न थालेको छ । बेलुकी बत्ती बालिने भए पनि आज पशुपति क्षेत्रमा लाखौँ भक्तजन आउने भएकाले ठाउँको व्यवस्था गर्न बिहानैदेखि भक्तजन आएका हुन् ।

सभामुख अग्निप्रसाद : सर्वोच्चको समस्या समाधानका लागि उपाय खोज्छु

सभामुख अग्निप्रसाद सापकोटाले सर्वोच्च अदालतमा एक महिनादेखिको समस्या समाधानका लागि उपाय खोज्ने बताएका छन् ।

बामदेब गौतम पुरानै घर फर्किएका हुन् ?

पछिल्लो समय घरमा किताब पढेर आफ्नो अधिकाशं समय ब्यतित गरिरहेका बामदेब गौतमले पुराउनै घर फर्किने संकेत गरेका छन् ।

लुम्बिनी प्रदेश समितिका लागि संस्थापनइतरले टुंग्यायो साझा उम्मेदवार (सूचीसहित)

नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्यसमितिका लागि संस्थापनइतरका पदाधिकारी उम्मेदवारहरू टुंग्याइएको छ ।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Search