Viber Community
Nop Ads

यस्ता कुखुरा पालेर एमाले नेताले लाखौंको आम्दानी गर्छन, किन्न आउनेको हारालुछ

व्यावसायिकरूपले कडकनाथ (का लो कुखुरा) पालेर काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा नम्बर १० विष्टगाउँ निवासी मुक्ति विष्टले मनग्य आम्दानी गर्दै आएका छन्।

Viber Community

नेपाल अनलाइन पत्रिका

नेपाल अनलाइन पत्रिका – काठमाडौं। व्यावसायिकरूपले कडकनाथ (का लो कुखुरा) पालेर काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा नम्बर १० विष्टगाउँ निवासी मुक्ति विष्टले मनग्य आम्दानी गर्दै आएका छन्। हिजोआज घर नजिकैको टहरामा कुखुराको खोरमा दाना दिने, स्याहार गर्ने र अण्डा टिपेर व्यवस्थापनमै उनको दिन बित्दै आएको छ। ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

विष्टको फार्ममा दैनिक २०० अण्डा उत्पादन भइरहेको छ। त्यसबाट हप्तामा करिब एक हजार चल्ला उत्पादन हुने र त्यसलाई प्रतिचल्ला २०० का दरले बिक्री हुँदै आएको छ। “यो जातको कुखुरामा प्रोटिन बढी हुने, चिल्लो नहुने र शरीरमा रोग प्रतिरोधात्मक क्षमता वृद्धि हुने भएकाले बजारमा माग धेरै बढेको छ। अब जिल्लाभर कडकनाथलाई विस्तार गर्ने योजनामा छु।” उनले भने, “पहिलोपटक भएकाले परीक्षणको रुपमा गरिएको र अब बृहत रुपमा गर्दैछु।”

यसअघि बजारमा चल्ला बिक्री भइसकेको, मासुका लागि बजारमा तीन हजारदेखि तीन हजार ५०० सम्ममा कुखुरा बिक्री हुने गरेको र भाले कुखुरा भने फार्मबाटै उनले प्रतिगोटा दुई हजारदेखि दुई हजार ५०० सम्ममा बिक्री हुँदै आएको छ। व्यक्तिगत सम्बन्धदेखि सामाजिक सञ्जालमार्फत पनि कडकनाथ विक्री भइरहेको व्यवसायी विष्टले बताए।

नेकपा एमाले काभ्रेपलाञ्चोक जिल्लाको सचिवालय सदस्यसमेत रहेका उनी पार्टी राजनीतिमा पनि सक्रिय रहनाका साथै व्यवसायलाई पनि उत्तिकै समय दिँदै आएका छन्। “पार्टीले कुनै पनि मान्छे उत्पादनसँग जोडिएन भने त्यसको राजनीतिक भविष्य छैन भनेर भनिसकेको अवस्थामा अब आफू मात्रै नभई सबै नेता तथा कार्यकर्ता कुनै न कुनै व्यवसायमा आबद्ध हुनैपर्ने अवस्था सिर्जना हुने नै छ, त्यसैले म त पहिलादेखि नै गर्दै आएको कामलाई थप व्यवस्थित पार्दै व्यावसायिक रुपमा नै अगाडि बढिरहेको छु” उनले भने। आफैँ रेखदेखका लागि खटिएका विष्टले फार्ममा दुई जनालाई रोजगारीसमेत दिएका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
म पनि राप्रपा जस्तै राष्ट्रवादी हो - prachanda
01:33
Video thumbnail
ठगी वा अन्य कुनै समस्या परेमा हटलाइनमा फोन गर्नुस् - prem aale
02:26
Video thumbnail
भोट माग्न व्यस्त भीम रावल - bhim rawal
00:55
Video thumbnail
एमाले महाधिवेशनको अन्तिम दिन साैराहाकाे चहलपहल
02:12
Video thumbnail
एमालेमा ओलीको डनवाद मात्रै बाँकी छ - gagan thapa
01:57
Video thumbnail
नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा केपी ओलीको सम्बोधन || KP OLI
02:09:11
Video thumbnail
प्रचण्डको घरमा भ्रष्टाचार मात्रै ज्वाईं र बुहारीको रजाइ, घर भित्र छिरेका दुर्गा प्रसाईंले खोले पोल
01:56
Video thumbnail
मन्त्रीले चासो देखाउँदा एजेण्टहरुको ठगिबाट जोगिए बैदेशिक रोजगारीमा जान लागेका युवा
02:33
Video thumbnail
हिन्दी फिल्मको डाइलग प्रसंगमा नेपाललाई ओलीको जवाफ
01:18
Video thumbnail
न्यायिक क्षेत्रमा क्यान्सर भइसकेको छ, उपचार कुखुराको अण्डा र दुबोले मन्साएर गर्न खोजिँदैछः ओली
02:03

सम्बन्धित समाचार

बामदेब गौतम पुरानै घर फर्किएका हुन् ?

पछिल्लो समय घरमा किताब पढेर आफ्नो अधिकाशं समय ब्यतित गरिरहेका बामदेब गौतमले पुराउनै घर फर्किने संकेत गरेका छन् ।

लालबाबुले मुख खोले एमाले छाडेर नेकपा एसमा प्रवेश गर्न लागेको समाचारले तहल्का मच्चाएपछि, यतिसम्म भनेपछि कोटेश्वरमा तनाव !

नेकपा (एमाले) का प्रभावशाली नेता लालबाबु पण्डितले पार्टी छाड्न लागेको समाचारले तहल्का मच्चाएपछि उनले मुख खोलेका छन् । उनले माधव नेपाल नै झस्किनेगरी प्रतिक्रिया दिएका हुन् ।

आयोजकविरुद्ध रन्जितले दिए उजुरी, विवाहको बाजाले ६३ ओटा कुखुराका चल्ला मरे,

भारतमा एक अनौठो घटना भएको छ । भारतको पूर्वी उडिसा राज्यमा विवाहको बाजाका कारण ६३ ओटा कुखुरा मरेका छन् ।

केपी ओलीले किन निर्वाचन चाहेनन् ? आफू निकटसङ वास्तविकता खोले

नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशन सम्पन्न भइसकेको छ । यसपटकको महाधिवेशनमा पनि केपी शर्मा ओली नै अध्यक्ष पदमा विजयी भइसकेका छन् । उनले अध्यक्षमा उठेको अर्का नेता भीम रावललाई भारी मतले हराए ।

डा.भीम रावल र घनश्याम पाखा लगाएका केपी ओलीले गरे हारेको महसुस !

१०औं राष्ट्रिय महाधिवेशनमा सिंगो पार्टी एकातिर उभिएका बेला भीम रावल, घनश्याम भूसाल र भीम आचार्य जस्ता केही नेताहरु अर्कातिर उभिए । हार्छु भन्ने जान्दाजान्दै चुनाव लडे । जसले एमालेभित्र मौलाएको ‘बा’प्रवृत्तिलाई टक्कर दिएको छ । 

पशुपतिनाथ मन्दिर परिसरमा माछा, मासु, मदिरा तथा नशालु पदार्थको बिक्री वितरण र सेवनमा प्रतिबन्ध !

जिल्ला प्रशासन कार्यालय काठमाडौंले पशुपतिनाथ मन्दिर परिसरमा माछा, मासु, मदिरा तथा नशालु पदार्थको बिक्री वितरण र सेवनमा रोक लगाएको छ ।

ट्रेन्डिङ समाचार

हिसिला-बाबुरामको डिभोर्स

पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई र हिसिला यमीका बिचमा ‘सम्बन्धविच्छेद’ भएको खुलासा भएको छ ।

भिम रावलले निर्वाचन लड्दा प्रचण्डलाई फाईदा !

नेकपा एमाले को १० औं महाधिवेशन अहिले चितवनमा भईरहेको छ । आज महाधिवेशनको अन्तिम दिन निर्वाचन प्रक्रिया भर्खरै सकिएको छ भने केही क्षण मै मत गणना सुरु हुँदैछ ।

देशभरका प्रहरीहरुका लागि निकै ठूलो खुसीको खबर आयो, सबैभन्दा ठूलो फाइदा तल्लो दर्जाकालाई !

सरकारले तल्लो दर्जाका प्रहरी कर्मचारीको वृत्तिविकास तथा मनोबल उच्च राख्न वरिष्ठ नायब निरीक्षक ९बसई०, वरिष्ठ हबल्दार ९बह० र सहायक हबल्दार ९सह० गरी तीन पद थप गर्ने निर्णय गरेको छ ।

चितवन बाट फन्किएर हिँडेका लालबावु काठमाडौँ पुगेर यसो गर्न थाले

नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन चितवनमा सम्पन्न भएको छ । एमाले नेता लालबावु पण्डितका लागी यो महाधिवेशन बिर्सनलायक परिघटना बनेको छ ।

लालबाबु पण्डित तत्काल माधव नेपालको पार्टीमा प्रवेश गर्दैछन् !

लालबाबु पण्डित तत्काल माधव नेपालको पार्टीमा प्रवेश गर्र्न लागेको खबर छ । नेकपा एमालेका नेता लालबाबु पण्डितले चितवनमा जारी १० औँ महाधिवेशनप्रति असन्तुष्टि जनाएका छन् ।उनले महाधिवेशनबाट असन्तुष्ट बन्दै नेकपा एमालेको सबै कार्यकारी पदबाट विदा लिने घोषणासमेत गरेका छन् ।

भीम रावलले हार्ने कन्फर्म भईभई पनि ओलीसँग अन्तिमसम्म भिडिरहनुको रहस्य अर्कै !

भीम रावललाई प्रष्ट थाहा छ, उनी चुनाव जित्दैनन्। तर, पनि अन्तिमसम्म पार्टी अध्यक्षमा उठ्ने अडान राखे। रावलकै अडानका कारण एमालेको १० औं महाधिवेशन ‘सहमति’को बन्न सकेन। अध्यक्षलगायत पदाधिकारी र केन्द्रीय सदस्य छान्न चुनावी वातावरण बन्यो।

ताजा समाचार

प्रधानन्यायाधीश हुँदा पनि बिवाद, नहुँदा पनि विवाद : सर्वोच्च रमिता

न्यायापालिकामा नेतृत्व नभएको भन्दै नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतमा बहस पैरवी नगर्ने अडान लिएको छ ।

देउवाको भन्दा रामचन्द्रको छवि उज्वल : कांग्रेसको चौधौं महाधिवेशन

‘हाम्रा रामचन्द्रजी टाइम्स् अफ इन्डिया उल्टोपट्टिबाट पढ्नुहुन्छ, किन उल्टो पढेको भनेर सोध्यो भने नजान्नेलाई पो उल्टो र सुल्टोको बहाना चाहिन्छ, जान्नेलाई उल्टो होस् कि सुल्टो केही फरक पर्दैन भनूँला जस्तो गर्नुहुन्छ’ एक दिन बानेश्वरको लक्ष्मीदिदीको रेष्टुराँमा चिया पिउँदै किसुनजीले रामचन्द्रजीलाई यसैगरी उडाउनु भयो ।

कामुको विषय टुंगो नलागेसम्म गोला तान्न अघि नबढ्नूस् : बारले भन्यो

नेपाल बार र सर्बोच्च बार एशोसियसनका अध्यक्षहरूले कार्यवाहक प्रधानन्यायाधीशको टुंगो नलागी इजलासमा नबस्न र गोला नतान्न न्यायाधीशहरूलाई आग्रह गरेका छन् ।

पशुपतिमा बाला चतुर्दशी मेलाको तयारी पूरा

दिवङ्गत पितृका नाममा महादीपदान गर्न आउने भक्तजनको आज बिहानैदेखि पशुपति क्षेत्रमा भीड लाग्न थालेको छ । बेलुकी बत्ती बालिने भए पनि आज पशुपति क्षेत्रमा लाखौँ भक्तजन आउने भएकाले ठाउँको व्यवस्था गर्न बिहानैदेखि भक्तजन आएका हुन् ।

सभामुख अग्निप्रसाद : सर्वोच्चको समस्या समाधानका लागि उपाय खोज्छु

सभामुख अग्निप्रसाद सापकोटाले सर्वोच्च अदालतमा एक महिनादेखिको समस्या समाधानका लागि उपाय खोज्ने बताएका छन् ।

बामदेब गौतम पुरानै घर फर्किएका हुन् ?

पछिल्लो समय घरमा किताब पढेर आफ्नो अधिकाशं समय ब्यतित गरिरहेका बामदेब गौतमले पुराउनै घर फर्किने संकेत गरेका छन् ।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Search