Viber Community
Nop Ads

निजी एअरलाइन्सलाई दशैँ व्यापार भ्याइनभ्याइ, निगमका जहाज ‘घाम ताप्दै’

Viber Community

नेपाल अनलाइन पत्रिका


नेपाल अनलाइन पत्रिका – काठमाडौं। हवाई सेवा प्रदायक कम्पनीका लागि दशैँ बिजनेसको उपयुक्त अवसर हो । निजी क्षेत्रका वायु सेवा प्रदायकलाई दशैँकाे व्यापार भ्याइनभ्याइ भइरहँदा राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को व्यापार भने सुस्त छ । अथवा भनौँ आन्तरिक उडानमा निगमको उपस्थिति मात्रै छ । किनकि निगमसँग उडानका लागि आवश्यक जहाज नहुनु तथा भएकाको पनि कुशल व्यवस्थापन हुन नसकेका कारण निगमका जहाज घाम ताप्ने र निजीले व्यापार गर्ने मात्रै भएको देखिन्छ ।
यो अवस्थालाई चित्रित गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले नेपाल वायु सेवा निगमलाई सबल र प्रभावकारी बनाउने उद्घोष गर्नुभएको थियो । यही असोज २२ गते सिंहदरबारमा मन्त्रालयमा पदभार ग्रहणका क्रममा मन्त्री आले भन्दै हुनुहुन्थ्यो, ‘वायु सेवा निगमका जहाज घाममा सुकिरहेका छन् । जहाज घाममा सुकाएर त पैसा आउँदैन । नागरिकले निजी एअरलाइन्सलाई विश्वास गर्ने तर सरकारी एअरलाइन्सलाई किन अविश्वास गरे यसको समाधान खोज्न जरुरी छ ।’
पर्यटन मन्त्री आलेले देशका पहाडी सबैजसो जिल्लामा १० देखि १५ करोड रुपैयाँ खर्चेर विमानस्थल बनेका भए पनि साना ट्विनअटर र एटीचार जहाजको अभावले सेवा सञ्चालनमा कठिनाइ भइरहेको भन्दै आफ्नो ध्यान त्यसतर्फ केन्द्रित हुने बताउनुभएको थियो ।
पर्यटन मन्त्रीले भनेजस्तै अहिले आन्तरिक उडानमा आम्दानी गर्ने महत्त्वपूर्ण अवसर पनि हो । पदयात्रा र पर्यटनका लागि उपयुक्त मौसमका साथै दशैँ, तिहार र छठजस्ता पर्वले आन्तरिक उडानमा यात्रु भरिभराउ छन् । एअरलाइन्सको व्यापार बढेको छ । दशैँका लागि ७० प्रतिशतभन्दा बढी टिकट बुकिङ छ । अहिले सर्वसाधारणले सामान्य हिसाबले सिट पाउनै मुस्किल छ । सोर्सफोर्सका भरमा मात्रै यात्रुले हवाई टिकट पाउँछन् । आन्तरिक हवाई यात्रुको माग बढिरहँदा सरकारी लगानीको वायु सेवा निगम निरीह बनेको छ । निजीले व्यापार ओगट्ने निगम रमिते जस्तो मात्रै बनेको छ ।
विडम्बना नै मान्नुपर्छ वायु सेवा निगमसँग अहिले मात्र १८ सिट क्षमताका दुई थान जहाज छन् । ती पनि बेला–बेला बिग्रिरहन्छन् । निगमसँग भएका दुई साना र चार थान वाई १२ जहाज बिक्रीको प्रक्रियामा छ । ती जहाज विमानस्थलमै थन्किएका छन् । निगमले काठमाण्डाै बेस भएर पूर्वी पहाडी जिल्ला ताप्लेजुङ, भोजपुर र खोटाङको लामीडाँडा र थामखर्क विमानस्थलमा साना जहाजले उडान सेवा दिँदै आएको छ भने पश्चिमी पहाडी सिमीकोट, बाजुरा, हुम्लालगायत जिल्लामा उडान गर्ने गरेको छ ।
उसै पनि निगमको हवाई टिकटका लागि माग बढ्दो थियो झनै दशैँको समयमा टिकट पाउन मुस्किल छ । जहाजको अभाव र यात्रुको माग बढेपछि निगमलाई हैरानी छ । निगमका जहाज चढ्न सर्वसाधारणले सक्दैनन्, मन्त्री, सांसद प्रहरीका ठूला मानिसले भनेपछि मात्रै टिकट मिल्ने एक सर्वसाधारणले गुनासो पोखे ।
निगमको टिकटका लागि निगमका उच्च अधिकारीलाई माथिल्लो स्तरबाट ठूलै दबाब खेप्नुपरेको छ । निगमका एक उच्च अधिकारीका अनुसार दशैँमा सर्वसाधारणले टिकट पाउँदैनन्, पावरवालाले सोर्सफोर्स गरेर मात्रै जहाज चढ्ने अवसर पाउँछन् । हुन पनि पूर्वी पहाडी भेगका गन्तव्यमा पुग्ने एक दर्जनभन्दा बढी यात्रुले टिकटका लागि भोगेको याचनाको पीडा कम दर्दनाक छैन ।
निगमले जहाज नभएरै यात्रुको माग सम्बोधन गर्न नसकेको हो । ‘आन्तरिक उडानमा हवाई यात्रुको माग बढी छ, त्यहीअनुसार बजार विस्तार गर्न सकिएको छैन किनकि निगमसँग जहाजै छैन’, निगमका एक निर्देशकले भने ।
अन्तर्राष्ट्रिय उडान र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भूमिस्त सेवा (ग्राउन्ड ह्यान्डलिङ) बापतको भरमा निगमले जीविकोपार्जन गरिरहेको छ । निगमलाई धानेकै ग्राउन्ड ह्यान्डलिङ सेवाले हो । झन्डै ५० अर्ब आर्थिक ऋण भार बेहोरिरहेको निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि दुई थान न्यारो बडी ए ३२० र दुई थान वाइडबडी ए ३३० जहाज छन् ।
यी जहाज पनि कोभिड महामारीका कारण कतिपय गन्तव्यमा पुग्नसकेका छैनन् । अन्तर्राष्ट्रिय हवाई उडान क्षेत्रमा निगमले झन्डै २० प्रतिशत व्यापार हिस्सा ओगटेको एक अधिकारीको भनाइ छ । अहिले अन्तर्राष्ट्रिय उडानको भरमा मात्रै निगम चलेको छ । आन्तरिकमा उपस्थिति मात्रै रहेको छ ।
निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले जहाज अभावका कारण यात्रुको माग बढे पनि निगको उडान विस्तार गर्न नसकिएको बताउनुभयो । उहाँले निगमलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने हो भने तत्कालै जहाज थपेर गन्तव्य विस्तार गर्नुको विकल्प नरहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘निगमले आन्तरिकतर्फ साना जहाजले हिमाली तथा पहाडी भेगका विमानस्थलमा सेवा दिइरहेको छ, जम्मा साना दुई जहाज छन्, कसरी सेवा दिने ? त्यसैले तत्कालै जहाज थप्नुपर्छ ।’
महाप्रबन्धक पौडेलका अनुसार आन्तरिक उडानतर्फ हिमाली क्षेत्रका लागि चार थान र तराई भेगका लागि चार गरी आठ थान जहाज थप्नुपर्ने हुन्छ । त्यस्तै अन्तर्राष्ट्रियतर्फ पनि कम्तीमा चार थान न्यारोबडी जहाज थप्नुपर्ने आवश्यकता छ । यसै पनि समस्याग्रस्त रहेको निगममा पछिल्लो पटक निगमभित्रका कर्मचारी ट्रेड युनियनको १०४ दिन लामो आन्दोलनले झनै अस्तव्यस्त पार्‍याे । लामो आन्दोलनका कारण निगमको व्यवसायमा दूरगामी असर पार्ने महत्त्वपूर्ण काम/कारबाही प्रभावित भएको जनाइएको छ ।
निगमलाई कम्पनी मोडलमा लैजाने प्रक्रिया अघि बढाइएसँगै निगमका कर्मचारीले गएकाे असार १८ देखि निगम केन्द्रीय कार्यालयमा धर्नालगायत कार्यक्रम गर्दै आएका थिए । पर्यटन मन्त्री आलेको पहलमा यही असोज २५ गतेदेखि आन्दोलन स्थगित गरिएको छ ।
निजी एअरलाइन्सको बिजनेस बढ्दो
निजी एअरलाइन्सलाई यतिखेर यात्रुको माग धान्नै मुस्किल छ । दशैँ तथा नजिकिएको तिहार र छठ पर्वले व्यापार मालामाल भइरहेको छ । ठूला एअरलाइन्सको दशैँका लागि ७० प्रतिशतभन्दा बढी बुकिङ छ । दशैँका लागि केही उडान सङ्ख्या थपिने बुद्ध, यती र सौर्य एअरलाइन्सले जनाएका छन् ।
शरद् ऋतुको सफा मौसममा हिमाल डाँडापखेराको दृश्यावलोकन गर्दै सहज र सुलभ यात्राका लागि यात्रुहरू पनि लालायित छन् । आन्तरिक उडानका ठूला वायु सेवा प्रदायक बुद्ध एअर, यती एअरलाइन्स, सौर्य एअर, गुण एअरलाइन्स लगायतले दशैँ बिजनेसका लागि साबिकको उडान सङ्ख्या बढाएर यात्रुको मागअनुसार सेवा दिइरहेका छन् । बुद्ध एअरलै दैनिक १४० भन्दा बढी उडान गरिरहेको छ ।
दुई साना र १३ एटिआर सहित १५ जहाजमार्फत दैनिक आठ हजारभन्दा बढी यात्रुलाई सेवा दिइरहेको छ । यती एअरलाइन्सले अहिले पाँच वटा एटिआर–७२ विमानमार्फत विभिन्न आठ गन्तव्यमा उडान भर्दै आएको छ ।
श्री एअरलाइन्सले पनि आफ्ना ६ जहाजमार्फत उडान सञ्चालन गरिरहेको छ । गुण एअरलाइन्सले पाँच वटा जहाज उडाइरहेको छ । आन्तरिकतर्फ १० हेलिकप्टरसहित १९ वायु सेवा प्रदायकले उडान भर्दै आएका छन् भने अन्तर्राष्ट्रियतर्फ तीन नेपालीसहित ३० वायु सेवा प्रदायकले उडान गर्दै आएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?
Facebook Notice for EU! You need to login to view and post FB Comments!

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
म पनि राप्रपा जस्तै राष्ट्रवादी हो - prachanda
01:33
Video thumbnail
ठगी वा अन्य कुनै समस्या परेमा हटलाइनमा फोन गर्नुस् - prem aale
02:26
Video thumbnail
भोट माग्न व्यस्त भीम रावल - bhim rawal
00:55
Video thumbnail
एमाले महाधिवेशनको अन्तिम दिन साैराहाकाे चहलपहल
02:12
Video thumbnail
एमालेमा ओलीको डनवाद मात्रै बाँकी छ - gagan thapa
01:57
Video thumbnail
नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा केपी ओलीको सम्बोधन || KP OLI
02:09:11
Video thumbnail
प्रचण्डको घरमा भ्रष्टाचार मात्रै ज्वाईं र बुहारीको रजाइ, घर भित्र छिरेका दुर्गा प्रसाईंले खोले पोल
01:56
Video thumbnail
मन्त्रीले चासो देखाउँदा एजेण्टहरुको ठगिबाट जोगिए बैदेशिक रोजगारीमा जान लागेका युवा
02:33
Video thumbnail
हिन्दी फिल्मको डाइलग प्रसंगमा नेपाललाई ओलीको जवाफ
01:18
Video thumbnail
न्यायिक क्षेत्रमा क्यान्सर भइसकेको छ, उपचार कुखुराको अण्डा र दुबोले मन्साएर गर्न खोजिँदैछः ओली
02:03

सम्बन्धित समाचार

के तपाईं परदेशबाट नेपालमा पैसा पठाउदै हुनुहुन्छ भने आजको विदेशी मुद्राको विनिमय दर यस्तो छ हेर्नुहोस्

नेपाल अनलाइन पत्रिका – काठमाडौं। नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले आज वि.सं २०७८ मंसिर...

पछिल्लो केही समयदेखि निरन्तर उकालो लागेको तरकारीको मूल्य कम भएको छैन । आज तरकारीको मूल्य कति पुग्यो ? (सूचीसहित)

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबार विभिन्न तरकारीहरूको मूल्य सूची सार्वजनिक गरेको छ ।

मन्त्री यादव: कृषि क्षेत्र समृद्ध नभएसम्म नेपाली जनता समृद्ध हुँदैन

कृषि तथा पशुपन्छी विकासमन्त्री महेन्द्रराय यादवले कृषि क्षेत्रलाई समृद्ध नबनाएसम्म नेपाली जनतामा समृद्धि नहुने जनाएका छन् ।

वैदेशिक व्यापार ६५ र आयात ६१ प्रतिशतले बढ्याे

गत आवको सुरुको चौमासिकमा चार खर्ब ४२ अर्ब ६९ करोड दुई लाख ४२ हजार रहेको मुलुुकको वैदेशिक व्यापार चालु आवको सो अवधिमा सात खर्ब ३२ अर्ब ४१ करोड ८६ लाख आठ हजार पुगेको छ ।

ज्ञानेन्द्र शाहीले कुलमानलाई भने- ‘भारतमा विद्युत बेच्नुअघि कर्णालीका अँध्यारा वस्तीमा पुर्‍याइयोस्’

भ्रष्टाचारविरुद्धका अभियान्ता ज्ञानेन्द्र शाहीले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग कर्णालीमा पूर्ण रुपमा विद्युतको पहुँच पुर्‍याउन अनुरोध गरेका छन् ।

‘मेट्रो रेल’ चलाउन असम्भव काठमाडौँमा

‘काठमाडौँमा मेट्रो रेल चलाइन्छ’ भन्ने नेताहरुको भाषण बिना अध्ययन मुखबाट प्वाक्क निस्किएको शब्द हो भन्न अब चाहिँ हिचकिचाउनुपर्ने अवस्था रहेन ।

ट्रेन्डिङ समाचार

हिसिला-बाबुरामको डिभोर्स

पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई र हिसिला यमीका बिचमा ‘सम्बन्धविच्छेद’ भएको खुलासा भएको छ ।

भिम रावलले निर्वाचन लड्दा प्रचण्डलाई फाईदा !

नेकपा एमाले को १० औं महाधिवेशन अहिले चितवनमा भईरहेको छ । आज महाधिवेशनको अन्तिम दिन निर्वाचन प्रक्रिया भर्खरै सकिएको छ भने केही क्षण मै मत गणना सुरु हुँदैछ ।

देशभरका प्रहरीहरुका लागि निकै ठूलो खुसीको खबर आयो, सबैभन्दा ठूलो फाइदा तल्लो दर्जाकालाई !

सरकारले तल्लो दर्जाका प्रहरी कर्मचारीको वृत्तिविकास तथा मनोबल उच्च राख्न वरिष्ठ नायब निरीक्षक ९बसई०, वरिष्ठ हबल्दार ९बह० र सहायक हबल्दार ९सह० गरी तीन पद थप गर्ने निर्णय गरेको छ ।

चितवन बाट फन्किएर हिँडेका लालबावु काठमाडौँ पुगेर यसो गर्न थाले

नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन चितवनमा सम्पन्न भएको छ । एमाले नेता लालबावु पण्डितका लागी यो महाधिवेशन बिर्सनलायक परिघटना बनेको छ ।

लालबाबु पण्डित तत्काल माधव नेपालको पार्टीमा प्रवेश गर्दैछन् !

लालबाबु पण्डित तत्काल माधव नेपालको पार्टीमा प्रवेश गर्र्न लागेको खबर छ । नेकपा एमालेका नेता लालबाबु पण्डितले चितवनमा जारी १० औँ महाधिवेशनप्रति असन्तुष्टि जनाएका छन् ।उनले महाधिवेशनबाट असन्तुष्ट बन्दै नेकपा एमालेको सबै कार्यकारी पदबाट विदा लिने घोषणासमेत गरेका छन् ।

भीम रावलले हार्ने कन्फर्म भईभई पनि ओलीसँग अन्तिमसम्म भिडिरहनुको रहस्य अर्कै !

भीम रावललाई प्रष्ट थाहा छ, उनी चुनाव जित्दैनन्। तर, पनि अन्तिमसम्म पार्टी अध्यक्षमा उठ्ने अडान राखे। रावलकै अडानका कारण एमालेको १० औं महाधिवेशन ‘सहमति’को बन्न सकेन। अध्यक्षलगायत पदाधिकारी र केन्द्रीय सदस्य छान्न चुनावी वातावरण बन्यो।

ताजा समाचार

पशुपतिमा बाला चतुर्दशी मेलाको तयारी पूरा

दिवङ्गत पितृका नाममा महादीपदान गर्न आउने भक्तजनको आज बिहानैदेखि पशुपति क्षेत्रमा भीड लाग्न थालेको छ । बेलुकी बत्ती बालिने भए पनि आज पशुपति क्षेत्रमा लाखौँ भक्तजन आउने भएकाले ठाउँको व्यवस्था गर्न बिहानैदेखि भक्तजन आएका हुन् ।

सभामुख अग्निप्रसाद : सर्वोच्चको समस्या समाधानका लागि उपाय खोज्छु

सभामुख अग्निप्रसाद सापकोटाले सर्वोच्च अदालतमा एक महिनादेखिको समस्या समाधानका लागि उपाय खोज्ने बताएका छन् ।

बामदेब गौतम पुरानै घर फर्किएका हुन् ?

पछिल्लो समय घरमा किताब पढेर आफ्नो अधिकाशं समय ब्यतित गरिरहेका बामदेब गौतमले पुराउनै घर फर्किने संकेत गरेका छन् ।

लुम्बिनी प्रदेश समितिका लागि संस्थापनइतरले टुंग्यायो साझा उम्मेदवार (सूचीसहित)

नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्यसमितिका लागि संस्थापनइतरका पदाधिकारी उम्मेदवारहरू टुंग्याइएको छ ।

प्रेम आले ‘ब्याक टु ब्याक’ कमाल गर्न थाले, फेरि देखाए अर्को धमाका !

संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम बहादुर आलेले ब्याक टु ब्याक कमाल गर्न थालेका छन् । उनले पछिल्लो समय जनताको मन जित्नेगरी काम गर्न थालेका हुन् ।

कांग्रेस प्रवक्ता शर्मा : महाधिवेशनमा राम्रो लोकतान्त्रिक अभ्यास गर्छौं

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीको १४ औं महाधिवेशनमा राम्रो लोकतान्त्रिक अभ्यास गरिने बताएका छन् । उनले कांग्रेसमा नेतृत्वको आलोचना र विरोध गर्न पाइने पनि बताए ।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Search