Viber Community
Nop Ads

कांग्रेस सभापती देउवाको एक इसाराले सपना हुदैंछ चकनाचुर माधव नेपालको !

नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवाको एक इसाराले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालको सपना चकनाचुर हुन सक्ने देखिएको छ ।

Viber Community

नेपाल अनलाइन पत्रिका

madhav nepal

नेपाल अनलाइन पत्रिका – काठमाडौं। नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवाको एक इसाराले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालको सपना चकनाचुर हुन सक्ने देखिएको छ । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

पार्टीभित्र चर्को विवाद हुँदै वाग्मती प्रदेशकी मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्यले कात्तिक ४ गते विश्वासको मत लिँदैछिन । मुख्यमन्त्री शाक्यले विश्वासको मत लिन ६ दिन अघि बसेको प्रदेशसभा बैठकमा प्रस्ताव पेश गरेकी हुन् ।

२४ असोजमा मुख्यमन्त्रीले गरेको विश्वासको मत सम्बन्धी प्रस्तावको छिनोफानो कात्तिक ४ गते बस्ने प्रदेशसभा बैठकबाट हुँदैछ । भदौ २५ मा नेकपा एमाले विभाजन भएपछि मुख्यमन्त्री शाक्यले विश्वासको मत लिनुपरेको हो ।

नेपालको संविधानको धारा १८८ को उपधारा २ अनुसार तथा वाग्मती प्रदेशसभा नियमावलीको धारा १४३ को १ अनुसार शाक्यले विश्वासको मत लिनुपर्ने बाध्यता छ ।

समीकरण हेर्दा मुख्यमन्त्री शाक्यलाई विश्वासको मत लिन सहज छैन । १०९ सांसद रहेको प्रदेशसभामा शाक्यलाई आफ्नो पद जोगाउन ५५ सांसद चाहिन्छ । तर, उनको दल नेकपा एमालेसँग ४३ सांसद छन् । गठबन्धनमा आवद्ध दलसँग ५८ मत रहेको छ ।

मुख्यमन्त्री शाक्यले गठबन्धन बाहिरका दलहरुबाट साथ पाए पनि मात्र ५१ जना सांसद संख्या पुग्छ । गठबन्धनमा नभएका दलहरु विवेकशील साझाका ३, राप्रपा र नेमकिपाको २र२ र एकजना स्वतन्त्र सांसद छन् ।

प्रदेश गठबन्धनको दोस्रो मुख्य दल नेपाली कांग्रेससँग प्रदेश सभामा २२ सिट छ । कांग्रेसको जोड वाग्मतीमा आफ्नो नेतृत्वमा सरकार बनाउनेमा छ । प्रदेश संसदीय दलका नेता इन्द्र बानियाँले आफ्नो नेतृत्वमा सरकार बनाउने प्रयास भइरहेको बताए ।

२४ असोजमा बसेको पार्टी संसदीय दलको बैठकले सत्तासमीकरण मिलाउने सम्पूर्ण जिम्मेवारी नेता बानियाँलाई दिएको थियो । तर, मुख्यमन्त्री शाक्यले विश्वासको मत लिने समय नजिकिँदा समेत समीकरणमा कांग्रेसले आफ्नो ‘पोजिसन क्लियर’ गर्न सकेको छैन ।

केन्द्रीय समीकरण अनुसार प्रदेशको नेतृत्व नेकपा (एकिकृत समाजवादी) ले गर्ने गठबन्धनमा भद्र सहमति भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले २२ असोजमा मन्त्रिपरिषदलाई पूर्णता दिनुपूर्व प्रदेश १ र वाग्मतीको नेतृत्व नेकपा(एस) लाई दिने सहमति भएको थियो ।

२१ असोजमा बसेको नेकपा(एस)को केन्द्रीय कमिटी बैठकमा पार्टी अध्यक्ष माधव कुमार नेपालले प्रदेश १ र वाग्मतीमा पार्टीको नेतृत्वमा सरकार बन्ने गठबन्धनमा सहमति भएको व्रिफिङ गरेका थिए । तर, नेता बानियाँ यो विषयमा आफूहरु जानकार नभएको बताउँछन् ।

प्रदेशमा गठबन्धनको ठूलो दल नेकपा माओवादीसँग २३ सिट छ । नेकपा ९एस०सँग १३ सिट छ । नेकपा एसबाट राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्ने तयारीमा छन् । वाग्मती प्रदेश कांग्रेस संसदीय कार्यसमितिका एक पदाधिकारी केन्द्रले आफूहरुलाई केही सर्कुलर नगरेको बताउँछन् ।

“नेकपा९एस०का साथीहरु माथि सहमति भएको छ अब हाम्रोबाट राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्ने पक्का छ भन्छन्,” त्यी पदाधीकारी भन्छन्, “लिखित वा भद्र जे सहमति भए पनि हामी संसदीय दललाई जानकारी आउनुपर्ने हो, तर खै केही आएको छैन,” त्यी नेताका अनुसार कांग्रेसले वाग्मतीमा दाबी छाड्ने सम्भावना न्यून छ ।

केन्द्रबाट सत्ताको नेतृत्व सम्बन्धमा स्पष्ट कुरा नआउँदा गठबन्धनको बैठकमै कसरी प्रस्तुत हुनेमा कांग्रेसमा अलमल छ । मुख्यमन्त्रीको दाबी गरे पनि छोड्नुपर्ने अवस्था आए कुन र कति मन्त्रालयल लिने भन्ने सामान्य छलफल पार्टीमा हुन सकेको छैन ।

केन्द्रले स्पष्ट ‘रोड म्याप’ प्रदान गर्न नसक्दा गठबन्धनमा आवद्ध दलहरुको बैठक बस्न सकेको छैन । वाग्मती प्रदेशमा गठबन्धनमा आवद्ध ५ दलमध्ये ३ दलको उपस्थिती रहेको छ ।

“चाडपर्वले गर्दा गठबन्धनसँग बैठक बस्न पाएको छैन, केन्द्रले स्पष्ट यसरी कुरा मिलाउन भने पो बैठक बस्न सहज हुन्थ्यो,” त्यी पदाधिकारी भन्छन्, “दुःख चाहिँ के भने मुख्यमन्त्री पाए के–के छोड्ने नपाए के–के लिने भन्ने विषयमा प्याकेजमा डिल गर्ने वातावरण नै बनेन ।”

कांग्रेसबाट मुख्यमन्त्रीका दाबेदार तथा संसदीय दलका नेता इन्द्र बानियाँ अहिले हेटौंडामा छन् । सकेसम्म भोलि नै उनी काठमाडौं आएर प्रधानमन्त्रीसमेत रहेका सभापति देउवासँग समीकरणको विषयमा परामर्श गर्ने तयारीमा छन् । उनी निकट एक नेताका अनुसार देउवाको निर्णय अनुसार नै प्रदेश समीकरणको फाइनल हुनेछ ।

“शेरबहादुर दाइसँग परामर्श गर्न उहाँ भोलिसम्म काठमाडौं पुग्नुहुन्छ,” उनले भने, “सभापतिसँगको परामर्श नै निर्णायक हुनेछ, त्यसपछि हामी संसदीय दलको बैठक बस्छौं ।”

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
म पनि राप्रपा जस्तै राष्ट्रवादी हो - prachanda
01:33
Video thumbnail
ठगी वा अन्य कुनै समस्या परेमा हटलाइनमा फोन गर्नुस् - prem aale
02:26
Video thumbnail
भोट माग्न व्यस्त भीम रावल - bhim rawal
00:55
Video thumbnail
एमाले महाधिवेशनको अन्तिम दिन साैराहाकाे चहलपहल
02:12
Video thumbnail
एमालेमा ओलीको डनवाद मात्रै बाँकी छ - gagan thapa
01:57
Video thumbnail
नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा केपी ओलीको सम्बोधन || KP OLI
02:09:11
Video thumbnail
प्रचण्डको घरमा भ्रष्टाचार मात्रै ज्वाईं र बुहारीको रजाइ, घर भित्र छिरेका दुर्गा प्रसाईंले खोले पोल
01:56
Video thumbnail
मन्त्रीले चासो देखाउँदा एजेण्टहरुको ठगिबाट जोगिए बैदेशिक रोजगारीमा जान लागेका युवा
02:33
Video thumbnail
हिन्दी फिल्मको डाइलग प्रसंगमा नेपाललाई ओलीको जवाफ
01:18
Video thumbnail
न्यायिक क्षेत्रमा क्यान्सर भइसकेको छ, उपचार कुखुराको अण्डा र दुबोले मन्साएर गर्न खोजिँदैछः ओली
02:03

सम्बन्धित समाचार

सभामुख अग्निप्रसाद : सर्वोच्चको समस्या समाधानका लागि उपाय खोज्छु

सभामुख अग्निप्रसाद सापकोटाले सर्वोच्च अदालतमा एक महिनादेखिको समस्या समाधानका लागि उपाय खोज्ने बताएका छन् ।

बामदेब गौतम पुरानै घर फर्किएका हुन् ?

पछिल्लो समय घरमा किताब पढेर आफ्नो अधिकाशं समय ब्यतित गरिरहेका बामदेब गौतमले पुराउनै घर फर्किने संकेत गरेका छन् ।

लुम्बिनी प्रदेश समितिका लागि संस्थापनइतरले टुंग्यायो साझा उम्मेदवार (सूचीसहित)

नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्यसमितिका लागि संस्थापनइतरका पदाधिकारी उम्मेदवारहरू टुंग्याइएको छ ।

प्रेम आले ‘ब्याक टु ब्याक’ कमाल गर्न थाले, फेरि देखाए अर्को धमाका !

संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम बहादुर आलेले ब्याक टु ब्याक कमाल गर्न थालेका छन् । उनले पछिल्लो समय जनताको मन जित्नेगरी काम गर्न थालेका हुन् ।

कांग्रेस प्रवक्ता शर्मा : महाधिवेशनमा राम्रो लोकतान्त्रिक अभ्यास गर्छौं

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीको १४ औं महाधिवेशनमा राम्रो लोकतान्त्रिक अभ्यास गरिने बताएका छन् । उनले कांग्रेसमा नेतृत्वको आलोचना र विरोध गर्न पाइने पनि बताए ।

सत्ता गठबन्धन : अब प्रधानन्यायाधीश जबरा बिदामा बस्नुपर्छ

सत्तारुढ पाँच दलका शीर्ष नेताहरुको बैठकले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणालाई बिदामा बसेर कार्यवाहक प्रधानन्यायाधीश तोक्न सुझाव दिएका छन् ।

ट्रेन्डिङ समाचार

हिसिला-बाबुरामको डिभोर्स

पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई र हिसिला यमीका बिचमा ‘सम्बन्धविच्छेद’ भएको खुलासा भएको छ ।

भिम रावलले निर्वाचन लड्दा प्रचण्डलाई फाईदा !

नेकपा एमाले को १० औं महाधिवेशन अहिले चितवनमा भईरहेको छ । आज महाधिवेशनको अन्तिम दिन निर्वाचन प्रक्रिया भर्खरै सकिएको छ भने केही क्षण मै मत गणना सुरु हुँदैछ ।

देशभरका प्रहरीहरुका लागि निकै ठूलो खुसीको खबर आयो, सबैभन्दा ठूलो फाइदा तल्लो दर्जाकालाई !

सरकारले तल्लो दर्जाका प्रहरी कर्मचारीको वृत्तिविकास तथा मनोबल उच्च राख्न वरिष्ठ नायब निरीक्षक ९बसई०, वरिष्ठ हबल्दार ९बह० र सहायक हबल्दार ९सह० गरी तीन पद थप गर्ने निर्णय गरेको छ ।

चितवन बाट फन्किएर हिँडेका लालबावु काठमाडौँ पुगेर यसो गर्न थाले

नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन चितवनमा सम्पन्न भएको छ । एमाले नेता लालबावु पण्डितका लागी यो महाधिवेशन बिर्सनलायक परिघटना बनेको छ ।

लालबाबु पण्डित तत्काल माधव नेपालको पार्टीमा प्रवेश गर्दैछन् !

लालबाबु पण्डित तत्काल माधव नेपालको पार्टीमा प्रवेश गर्र्न लागेको खबर छ । नेकपा एमालेका नेता लालबाबु पण्डितले चितवनमा जारी १० औँ महाधिवेशनप्रति असन्तुष्टि जनाएका छन् ।उनले महाधिवेशनबाट असन्तुष्ट बन्दै नेकपा एमालेको सबै कार्यकारी पदबाट विदा लिने घोषणासमेत गरेका छन् ।

भीम रावलले हार्ने कन्फर्म भईभई पनि ओलीसँग अन्तिमसम्म भिडिरहनुको रहस्य अर्कै !

भीम रावललाई प्रष्ट थाहा छ, उनी चुनाव जित्दैनन्। तर, पनि अन्तिमसम्म पार्टी अध्यक्षमा उठ्ने अडान राखे। रावलकै अडानका कारण एमालेको १० औं महाधिवेशन ‘सहमति’को बन्न सकेन। अध्यक्षलगायत पदाधिकारी र केन्द्रीय सदस्य छान्न चुनावी वातावरण बन्यो।

ताजा समाचार

पशुपतिमा बाला चतुर्दशी मेलाको तयारी पूरा

दिवङ्गत पितृका नाममा महादीपदान गर्न आउने भक्तजनको आज बिहानैदेखि पशुपति क्षेत्रमा भीड लाग्न थालेको छ । बेलुकी बत्ती बालिने भए पनि आज पशुपति क्षेत्रमा लाखौँ भक्तजन आउने भएकाले ठाउँको व्यवस्था गर्न बिहानैदेखि भक्तजन आएका हुन् ।

सभामुख अग्निप्रसाद : सर्वोच्चको समस्या समाधानका लागि उपाय खोज्छु

सभामुख अग्निप्रसाद सापकोटाले सर्वोच्च अदालतमा एक महिनादेखिको समस्या समाधानका लागि उपाय खोज्ने बताएका छन् ।

बामदेब गौतम पुरानै घर फर्किएका हुन् ?

पछिल्लो समय घरमा किताब पढेर आफ्नो अधिकाशं समय ब्यतित गरिरहेका बामदेब गौतमले पुराउनै घर फर्किने संकेत गरेका छन् ।

लुम्बिनी प्रदेश समितिका लागि संस्थापनइतरले टुंग्यायो साझा उम्मेदवार (सूचीसहित)

नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्यसमितिका लागि संस्थापनइतरका पदाधिकारी उम्मेदवारहरू टुंग्याइएको छ ।

प्रेम आले ‘ब्याक टु ब्याक’ कमाल गर्न थाले, फेरि देखाए अर्को धमाका !

संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम बहादुर आलेले ब्याक टु ब्याक कमाल गर्न थालेका छन् । उनले पछिल्लो समय जनताको मन जित्नेगरी काम गर्न थालेका हुन् ।

कांग्रेस प्रवक्ता शर्मा : महाधिवेशनमा राम्रो लोकतान्त्रिक अभ्यास गर्छौं

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीको १४ औं महाधिवेशनमा राम्रो लोकतान्त्रिक अभ्यास गरिने बताएका छन् । उनले कांग्रेसमा नेतृत्वको आलोचना र विरोध गर्न पाइने पनि बताए ।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Search