मङ्लबार, माघ ४, २०७८
मङ्लबार, माघ ४, २०७८
Poco C3

प्रचण्डका कारण सेनाभित्र लफडा, यस्तो कडा कदम चले देउबाले

नेपाली सेनाका एकजना नसियत पाएर विवादास्पद बनेका जर्नेल बाबुराम श्रेष्ठलाई प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारले उपरथीमा बढुवा गर्ने निर्णय गरेको छ।

Viber Community

नेपाल अनलाइन पत्रिका

Prachanda

नेपाल अनलाइन पत्रिका – काठमाडौं। नेपाली सेनाका एकजना नसियत पाएर विवादास्पद बनेका जर्नेल बाबुराम श्रेष्ठलाई प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारले उपरथीमा बढुवा गर्ने निर्णय गरेको छ। उनलाई सोमबारको मन्त्रिपरिषदले बढुवा गरेर मध्यकमाण्ड पोखराको कमाण्डरसमेत बनाइएको छ।

- Advertisement -Poco C3

भर्ना छनौटका बेला अनियमितताको आरोप लागेर सैनिक कारवाहीमा परेका उनलाई राजनीतिक दवावमा बढुवाको सिफारिस गरिएको उच्च सैनिक स्रोतले बताएको छ।

ब्रिगेडियर जनरल सहायक रथी हुँदा सिरहाको चौहर्वा व्यारेकमा खटाइएका उनले भर्ना छनौटका बेला भर्ना हुन चाहनेहरुलाई सिरहाको रेडक्रसक भवनमा जम्मा गरी सैनिक अधिकृतहरु पठाएर सैनिक परीक्षा र त्यसका प्रश्न उत्तरबारे सिकाउन लगाएका थिए।

यससम्बन्धी उजुरीसमेत परेपछि उनको सो गतिविधिबारे तत्कालीन उपरथी नरेश भट्टको संयोजकत्वमा कोर्टअफ इन्क्वायरीसमेत गठन गरिएको थियो। कोर्ट अफ इन्क्वायरीले उनलाई दोषी देखाएपछि उनले एकवर्ष नसियत सजाय पाएका थिए। सेनामा नसियत पाउनुलाई निकै गम्भीररुपमा लिने गरिन्छ।

यही कारण उनको बढुवा रोकिएको थियो। तर, उनलाई बढुवा गर्न उनका नातेदार पर्ने नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले सैनिक नेतृत्वलाई निकै दवाव दिँदै आएका थिए। ब्रिगेडियरका रुपमा चौहर्वा व्यारेकमा गरिएको पोष्टिङ्गमा पनि नारायणकाजीको निकै ठूलो दवावले काम गरेको थियो।

सेनामा राजनीतिक दवाव त्यो पनि माओवादी पक्षबाट छिराउनेसमेत आरोप खेपिरहेका उनलाई रक्षामन्त्रीमा मिनेन्द्र रिजाल आएपछिको उनको सेनासम्बन्धी पहिलो प्रस्ताव नै जर्नेल श्रेष्ठको बढुवा भएको छ। सेनामा माओवादी नेतृत्वले शान्ति प्रक्रियामा आएदेखि नै आफ्नो दवाव बढाउने प्रयास गरे पनि सफल हुन सकेको थिएन।

माओवादी नेताका रुपमा पहिलो रक्षामन्त्री बनाइएका तत्कालीन माआवादी नेता रामबहादुर थापा बादलले सेनाभित्र हस्तक्षेप गरी आठ जर्नेलहहरुलाई अवकास दिन खोज्दा सेनाले प्रतिकार त गरेकै थियो, अदालतले समेत उल्टाइदिएर असफल बनाइदिएको थियो।

त्यसपछि तत्कालीन सेनापति रुक्मांगद कटवाललाई हटाउन खोज्दा ठूलो काण्ड भइ तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री पदबाटै राजीनामा दिनु परेको थियो।

माओवादी लडाकूलाई नेपाली सेनामा समायोजन गर्ने क्रममा पनि बिना सैनिक मापदण्ड समूह समूह नै सामेल गराउने ठूलो प्रयासमा माओवादी असफल भएको थियो।

त्यसयता सेनाभित्रका उच्च तहका व्यक्तिहरुलाई प्रभावमा पारी त्यहाँभित्र आफ्नो प्रभाव बढाउने रणनीतिमा माओवादी नेतृत्व लाग्दै आएको छ। यो कार्यमा पनि सफलता हासिल हुन सकेको थिएन।

गोर्खा जिल्लाकै त्यसमा पनि पारिवारिक नातेदार पनि भएकाले जर्नेल बाबुराम श्रेष्ठलाई सरुवामा गरी कमाइ गर्ने स्थानमा पठाउन सके पनि उनलाई अनियमिततासम्बन्धी कारवाहीबाट बचाउन माओवादी नेता नारायणकाजीले सकेका थिएनन्।

त्यसबेला चौहर्वामा प्रशस्त बजेट गएको र नयाँ भवनहरु बनाउनुपर्ने पनि भएकाले जर्नेल श्रेष्ठले कमाइ हुने ठाउँ छानेर नेता नारायणकाजीको दवाव दिन लगाई सो ठाउंमा सरुवा मिलाएका थिए। तर, कारवाही भोगेपछि जति दवाव दिए पनि सैनिक नेतृत्वले यसअघि उनको बढुवा गर्न सकेको थिएन।

कांग्रेससँग माओवादीको संयुक्त सरकार आउनासाथ नारायणकाजी श्रेष्ठले पुन दवाव बढाएको र नयाँ सैनिक नेतृत्वले सो दवाव थेग्न नसकी श्रेष्ठको बढुवाको सिफारिस गरेको बताइएको छ।

सो सिफारिसलाई मन्त्रिपरिषद्मा निर्णयार्थ प्रस्तुत गर्नुअघि नयाँ रक्षामन्त्री तथा कांग्रेस नेता मिनेन्द्र रिजालले पुनरावलोकन गरी अनियमिततामा सजाय भएको व्यक्तिलाई बढुवा हुनबाट रोकेर सेनामा अनुशासन कायम गराउन मद्दत गर्लान भन्ने आशा गर्ने सैनिक अधिकृतहरु निराश भएका छन्।

स्रोतका अनुसार, यो भन्दा पनि बढी सेनामा अब माओवादीको प्रभाव बढ्ने खतराले हिजो माओवादीबिरुद्ध लडेर रगत बगाउने सैनिक अधिकृतहरुमा थप निराशा पनि बढेको छ। उनको अनियमित कार्यलाई भने यसअघिका सेनापतिले पूर्वाग्रह राखेर कारवाही गरेको भन्दै प्रचार गरेर पापमोचनको प्रयास भएको छ।

पदोन्नतिसँगै माओवादी नेता नारायणकाजी श्रेष्ठले उनलाई आफ्नै निर्वाचन क्षेत्र गोर्खासमेत हेर्ने जिम्मेवारी पाएको मध्य कमाण्डको कमाण्डर बनाएर पोखरा पठाउन सफलता पाएका छन्।

बीचमा अन्यथा केही भएन भने आगामी निर्वाचनसम्म उनी मध्य कमाण्डको कमाण्डर भएर रहने भएकाले कतै सैनिक शक्तिको दुरुपयोग नारायणकाजी र माओवादीका लागि हुने त होइन ? भन्ने आशंका सेनाभित्रै प्रकट हुन थालेको छ।

उनलाई बढुवा गर्न उनका नातेदार पर्ने नेकपा माओवादी केन्द्रका नेता प्रचण्ड र नारायणकाजी श्रेष्ठले सैनिक नेतृत्वलाई निकै दवाव दिँदै आएका थिए।ब्रिगेडियरका रुपमा चौहर्वा व्यारेकमा गरिएको पोष्टिङमा पनि प्रचण्ड र नारायणकाजीको निकै ठूलो दवावले काम गरेको थियो।

सेनामा राजनीतिक दवाव त्यो पनि माओवादी पक्षबाट छिराउनेसमेत आरोप खेपिरहेका उनलाई रक्षामन्त्रीमा मिनेन्द्र रिजाल आएपछिको उनको सेनासम्बन्धी पहिलो प्रस्ताव नै जर्नेल श्रेष्ठको बढुवा भएको छ।

यो भन्दा पनि बढी सेनामा अब माओवादीको प्रभाव बढ्ने खतराले हिजो माओवादीबिरुद्ध लडेर रगत बगाउने सैनिक अधिकृतहरुमा थप निराशा पनि बढेको छ। उनको अनियमित कार्यलाई भने यसअघिका सेनापतिले पूर्वाग्रह राखेर कारवाही गरेको भन्दै प्रचार गरेर पापमोचनको प्रयास हुनेछ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

१०० दिनको प्रगति सुनाएकै दिन यस्तो दुर्गती बाहिरियो मन्त्री झाँक्रीको, अब तत्काल कानुनी कठघरामा उभ्याएर कारवाही हुन्छ ?

उनको अघि पछि लागेर रिपोर्टिङमा खटिएका पत्रकार तथा मन्त्रालयका अधिकारी र पशुपति क्षेत्र विकास कोषका पदाधिकारी पनि अब कन्ट्याक्ट ट्रेसिङमा परेका छन्।

प्रचण्ड र माधवको एउटै प्रस्तावले प्रधानमन्त्री देउवाको तात्यो पारो, देशभरका एमालेहरुलाई बनायो उत्साहित !

उनीहरुबीच नौपचारिकरुपमा गरिएको यो प्रस्तावले प्रधानमन्त्री अप्ठेरोमा परेको बताइएको छ । आर्थिक भार कम हुने भन्दै दुई नेताले यस्तो प्रस्ताव गरेका हुन् ।

सबैको ध्यान चुनावको मितितर्फ गइरहेका बेला एमाले र कांग्रेसबीच भयो बोल्ड सहमती, के गर्लान् अब प्रचण्ड र माधव ?

एमालेका केन्द्रीय सदस्य निरज आचार्य स्थानीय तह चुनावको सम्मुखमा आएर तीन तहको निर्वाचन एकैपटक भन्ने बहस गर्नु निर्वाचन भाँड्ने प्रयोजनबाहेक केही नहुने बताउँछन् ।

पाँच दलीय गठबन्धन चुनावबाट नभागेको भन्दै चुनावको मिति घोषणा गरेको छ !

विपक्षी दल नेकपा एमालेले सत्तासीन दल स्थानीय तहको चुनावबाट भागेको आरोप लगाइरहेको बेला मन्त्री खतिवडाको यस्तो भनाइ आएको हो ।

एमाले सचिवालय सदस्यले नै छाडे पार्टी, दलबलसहित माधवको एसमा प्रवेश गर्ने घोषणा

उनले ओलीमा दम्भ र आडम्बर देखिएको तथा पार्टी प्रतिगमनकारी एवम् दक्षिणपन्थी भासमा भासिएको भन्दै अनेरास्ववियु जिल्ला कमिटी जुम्लाका सचिवालय सदस्यले एमाले परित्याग गरेका हुन् ।

राष्ट्रपतिकी कट्टर आलोचक झाक्रीले मन्त्री बन्ने बित्तिकै विद्या भण्डारीसँग लिइन् बदला, शीतलनिवासमा तनाव !

उनले राष्ट्रपति कार्यालयमा औपचारिक कार्यक्रम भएका बेला पार्किङ अभाव भए तालिम केन्द्रमा पार्किङ गरे पनि अन्य समयमा भने त्यसको प्रयोग नगरिने बताइन्।

ट्रेन्डिङ समाचार

योगेशहरुको राजनीतिक भविष्य नै समाप्त पार्नेगरी यसरी लागे हात धोएरै माधव नेपाल, आलेपछि अर्का मन्त्रीलाई उतारे मैदानमा !

योगेश भट्टराईको राजनीतिक भविष्य सिध्याउने अभियानमा पर्यटनमन्त्री प्रेमकुमार आलेलाई नेपालले नै अघि बढाएको स्रोत बताउछ ।

प्रचण्डको आपत्ति पछी हच्किय मोदी , लिपुलेक कालापानी फिर्ता होला त ?

यसअघि नेकपा एकीकृतत समाजवादीका नेता झलनाथ खनालले विज्ञप्ति जारी गर्दै मोदीको अभिव्यक्तिप्रति आपत्ति जनाएका थिए।

लिपुलेक विवादमा देउवा सरकार ढिलै बोलेपनि कडा बोल्यो, पत्रकार सम्मेलनबाटै यसो भन्दिएपछि हल्लियो दिल्ली !

महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग हुन् भन्दै संचार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यस्तो बताएका हुन् ।

योगेशपछि आलेले फायल अब यिनीहरुको खोल्दैछन्

सांस्कृतिक महत्व बोकेका महत्वपूर्ण जग्गा कौडीको दाममा भाडा लिई राज्यलाई नोक्शान पुर्याउनेहरुमाथि पनि उनको आँखा परेको छ । क्यासिनो चलाएर कर नतिर्नेहरु देश छाडी भाग्न लाग्दा रोकिएका छन् ।

शिव भगवानले सबैको मनोकामना पुरा गरुन, आज तपाईको भाग्य कस्तो छ, हेर्नुहोस आज सोमबारको राशिफल

आज श्री शाके १९४३ बि.स.२०७८ साल माघ ३ गते सोमबार इश्वी सन २०२२ जनवरी १७ तारीख पौष शुक्लपक्ष पूर्णिमा तिथी पुनर्वशु नक्षत्र वैधृती योग भद्रा करण चन्द्रमा मिथुन राशिमा आनन्दादि योगमा धुम्र योग राक्षसनाम संवत्सर सुर्य उत्तरायण शिशिर ऋतु पूर्णिमाव्रत, श्रीस्वस्थानीव्रतप्रारम्भ, माघस्नानप्रारम्भ, भ.पु. हहुमत्तीर्थमा त्रिवेणिमेला, चाँगुनारायण हैंगु, मिलापून्हि, दोलखा देउलाङ्गेश्वर महादेव मेला (ज्यो.प.सरोज घिमिरे)

राष्ट्रपतिकी कट्टर आलोचक झाक्रीले मन्त्री बन्ने बित्तिकै विद्या भण्डारीसँग लिइन् बदला, शीतलनिवासमा तनाव !

उनले राष्ट्रपति कार्यालयमा औपचारिक कार्यक्रम भएका बेला पार्किङ अभाव भए तालिम केन्द्रमा पार्किङ गरे पनि अन्य समयमा भने त्यसको प्रयोग नगरिने बताइन्।

ताजा समाचार

Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Our App