मङ्लबार, मंसिर २१, २०७८
मङ्लबार, मंसिर २१, २०७८
Viber Community
Nop Ads

डण्डा चलाउने तयारी रवीन्द्र मिश्रमाथि !

विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रमाथि डण्डा चलाउने तयारी भएको छ । विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डे समूहले पार्टी अध्यक्ष मिश्रमाथि कारबाही गर्न न्याय तथा सुशासन आयोग गठन गरेको छ ।

Viber Community

नेपाल अनलाइन पत्रिका

rabindra mishra

नेपाल अनलाइन पत्रिका – काठमाडौं। विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रमाथि डण्डा चलाउने तयारी भएको छ । विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डे समूहले पार्टी अध्यक्ष मिश्रमाथि कारबाही गर्न न्याय तथा सुशासन आयोग गठन गरेको छ ।

शुक्रबार काठमाडौंमा बसेको पाण्डे समूहको केन्द्रीय कमिटी बैठकले पार्टीमा अनुशासन उल्लंघन गर्नेमाथि छानबिन गरी दोषीलाई कारबाही गर्न आशुतोष तिवारी प्रमुख रहेको न्याय तथा सुशासन आयोग गठन गर्ने निर्णय गरेको हो ।

पछिल्लो समय पार्टीका अध्यक्ष मिश्रलगायत मुख्य नेताहरुले विधान विपरीत काम गरिरहेको, पार्टीलाई गुटबन्दीको शिकार बनाएको र राजनीतिक रुपमा अलमल सृजना गरेको पाण्डे समूहले निष्कर्ष निकालेको छ ।

आयोगलाई कार्यविधि बनाएर पछिल्लो पाँच महिनाको अनुशासन उल्लंघनका घटनाहको एक हप्ताभित्र अनुसन्धान गर्ने, अभिलेखन गर्ने र सोही अनुसार कारबाही प्रत्रिलया अगाडि बढाउने जिम्मेवारी दिइएको छ ।

यसैगरी बैठकले पार्टी सुदृढीकरणका लागि प्रशिक्षण चलाउने, अभियान र संगठनलाई तलैबाट मजबुत बनाउने अभियान समेत चलाउने भएको छ ।

पार्टीमा विवाद बढेपछि मिश्र र पाण्डे समूले छुट्टाछुट्टै गतिविधि गर्दै आएका छन् । विवेकशील साझाको मिलन पाण्डे समूहको केन्द्रीय समिति बैठकका निर्णयहरु ः

आज मिति ०७८ कार्तिक १२ गते शुक्रवार विवेकशील साझा पार्टीको ८ औँ केन्द्रीय समितिको बैठक पार्टीका केन्द्रीय संयोजक मिलन पाण्डेको अध्यक्षतामा बस्यो ।

बैठकले गरेका निर्णयहरू निम्नानुसार छन्।

१. दस्ताबेजहरूका सम्वन्धमाः

१.१. दस्ताबेजलाई स्वीकार गर्ने सम्वन्धमाः

प्रस्ताव नं. १ माथि छलफल गर्दा, पछिल्लो समय पार्टीका अध्यक्ष रवीन्द्र मिश्रद्वारा सार्वजनिक गरिएको दस्ताबेज मार्ग परिवर्तन (विचार भन्दा माथि देश) र संयोजक मिलन पाण्डे लगायत सचिवालय सदस्यहरू केशव दाहाल, डा. राजेन्द्र पङ्गेनी र रन्जु दर्शनाद्वारा सार्वजनिक गरिएको वैकल्पिक राजनीतिको मूल बाटो दस्ताबेज माथि बैठकमा छलफल गरियो ।

दस्ताबेजमा व्यक्त वैचारिक, राजनीतिक विषय, आजको राजनीतिक आवश्यकता, मुद्दा, पार्टी निर्माणको मूल लक्ष्य र आगामी कार्यदिशालाई केन्द्रमा राखी गरिएको सो छलफलमा सदस्यहरूले खुल्ला विचार व्यक्त गर्दै संयोजक लगायत सचिवालय सदस्यहरूबाट प्रस्तुत मूल बाटोलाई वैकल्पिक राजनीतिको आजको राजनीतिक अभिव्यक्ति र कार्यदिशाको रूपमा स्वीकार गर्ने र अझ संवृद्ध बनाउँदै जाने निर्णय गरियो । साथै, पार्टी अध्यक्षबाट प्रस्तावित दस्ताबेजलाई वैकल्पिक राजनीतिको मूल आशय र मर्म विपरीत आएको ठहर गर्दै त्यसलाई खारेज गर्ने निर्णय गरियो ।

यसै गरी अध्यक्षद्वारा प्रस्तावित मार्ग परिवर्तनको दस्ताबेजलाई विवेकशील साझा पार्टीको विधान, एकीकरण घोषणापत्र र एकीकरण सम्झौता पत्रले सुम्पेको राजनीतिक कार्यभार विपरीत आएको बैठकले ठहर गरेको छ । सो दस्ताबेजले पार्टीको विधानलाई मिचेको, जनआन्दोलनका उपलब्धिहरूलाई अवमूल्यन गरेको र जनताको अपूर्व बलिदानबाट निर्माण गरिएको संविधानलाई निस्तेज बनाउँदै सामाजिक द्वन्द्व निम्त्याउने खतरा बढेको ठहर गर्दै पार्टीलाई पश्चगामी बाटोमा जानबाट जोगाउने र लोकतान्त्रिक, अग्रगामी र सुसंस्कृत राजनीतिको बाटोमा अविचलित भई अगाडी बढ्ने निर्णय गरियो ।

१.२. अनुशासन उलङ्घनका सम्बन्धमाः

पछिल्लो समय पार्टीमा मुख्य नेताहरूले नै विधान विपरीत काम गरिरहेको, पार्टीलाई गुटबन्दीको सिकार बनाएको, राजनीतिक रूपमा अलमल सृजना गरेको, वैचारिक द्विविधाबाट पार्टीलाई हानी गरी एकताको मूल भावनालाई कमजोर बनाएको, एकता महाधिवेशनको मुख्य कार्य योजनालाई अलमलमा पारेको र पार्टीलाई विभाजन तर्फ लगेको बैठकले ठहर गरेको छ ।

पार्टीमा देखिएको यो सङ्कट र समस्याको सुरुवात पार्टी अध्यक्षलेनै गरेको ठहर गर्दै यो बैठक पार्टी अनुशासन उलङ्घनका तमाम घटनाहरूलाई रोक्न, सुसंस्कृत राजनीतिको हाम्रो मुख्य अभिष्टलाई बचाउन र जो जो बाट अनुशासन उलङ्घनका घटनाहरू भएका छन् सो माथि छानबिन गरी दोषीलाई कार्यवाही गर्न पार्टी विधान दफा २९.२ बमोजिमको आशुतोष तिवारी प्रमुख रहेको न्याय तथा सुशासन आयोग गठन गर्ने निर्णय गरिएको छ । आयोगलाई आफ्नो कार्यविधि बनाई पछिल्लो पाँच महिनाको अनुशासन उलङ्घनका घटनाहरूको एक हप्ताभित्र अनुसन्धान गर्ने, अभिलेखन गर्ने र सोही अनुसार कार्यवाही प्रक्रिया अगाडी बढाउने समेत जिम्मेवारी दिइएको छ ।

२. ‘विवेकशील साझा पार्टी सुदृढीकरण अभियान सञ्चालन गर्नेः

बैठकमा पार्टी सङ्गठनको पछिल्लो समग्र अवस्थाबारे समीक्षा गरियो । सङ्गठनहरू अन्योलमा रहेको, तलसम्म वैचारिक अलमल रहेको, प्रशिक्षणहरू नभइरहेको, अभियानहरू कमजोर हुँदै गएको, सदस्यहरू निरासहुदै गएको र पार्टीको सार्वजनिक, नागरिक सम्बन्धहरू कमजोर भएको समीक्षा गर्दै विभिन्न व्यक्ति र समूहहरूलाई पार्टीमा आबद्ध गर्ने, प्रशिक्षण चलाउने, अभियान र सङ्गठनलाई तलैबाट मजबुत बनाउने अभियान आवश्यक देखिएकोले सो का लागि ‘विवेकशील साझा पार्टी सुदृढीकरण अभियान’ सञ्चालन गर्ने निर्णय गरियो ।

सो अभियान सञ्चालन गर्न केन्द्रमा पार्टी संयोजकको संयोजकत्वमा सम्पूर्ण केन्द्रीय सदस्यहरू सहित २०१ सदस्यीय अभियान परिचालन केन्द्रीय समिति, प्रदेशमा ५१ सदस्यीय अभियान परिचालन प्रदेश समिति, जिल्ला र नगरमा २५ सदस्यीय सदस्यीय अभियान परिचालन समितिहरू निर्माण गर्ने निर्णय गरियो ।

साथै अभियानलाई प्रभावकारी बनाउन केन्द्रीय समिति अन्तर्गत सङ्गठन निर्माण उपसमिति, अभियान सञ्चालन उपसमिति, प्रचार–प्रसार तथा प्रकाशन उपसमिति र राजनीतिक संवाद तथा प्रशिक्षण उपसमिति निर्माण गर्ने निर्णय गरियो ।

अभियान परिचालन केन्द्रीय समितिको नामावली र उपसमितिको विवरण छिट्टै सार्वजनिक गर्ने छौँ ।

३. विधान कार्यदलको विधान मस्यौदा प्रतिवेदन स्वीकार गर्नेः

बैठकमा विधान कार्यदलले प्रस्तुत गरेको पार्टीको विधान सर्वसम्मतिले स्वीकार गर्ने निर्णय गरेको छ । साथै, सो विधानलाई निरन्तर छलफलमा प्रस्तुत गर्दै अझ संवृद्ध, लोकतान्त्रिक र समावेशी बनाउने निर्णय गरिएको छ ।

४. प्रवक्ता नियुक्त गर्ने

बैठकले विवेकशील साझा पार्टीको सम्पूर्ण गतिविधि तथा सूचना सार्वजनिक सञ्चार माध्यममार्फत नागरिक समक्ष पु्रयाउन श्री हरिसप्रसाद भट्टलाई प्रवक्ता नियुक्तगर्ने निर्णय गरियो ।

५. पार्टीको कार्यदिशाबारे अभिमुखीकरण र प्रशिक्षण गर्ने

पार्टीमा पछिल्लो समय वैकल्पिक राजनीतिको औचित्य, आवश्यकता र मुद्दाहरू माथि गम्भीर बहस सृजना भएको छ । मुख्यतः पार्टी स्थापना गर्दा तय गरिएका वैचारिक तथा राजनीतिक प्रस्तावहरूलाई स्थापित गर्दै अगाडी जाने कि मार्ग परिवर्तन गर्ने र पछाडि फर्किने भन्ने विषयमा केन्द्रित यो बहसले पार्टी जीवनभित्र द्विविधा र अन्योल सृजना गरेको छ ।

जनआन्दोलनका उपलब्धिहरूको रक्षा, सामाजिक न्याय, बहुदलवादको प्रवर्द्धन र संविधानवादको पक्षमा उभिने र अगाडी जाने कि जनआन्दोलनका उपलब्धिहरूलाई उल्ट्याउने र पछाडि फर्किने भन्नेमा केन्द्रित यो बहसमा हामी जनआन्दोलनका उपलब्धिहरूको रक्षा गर्दै अगाडी जाने र वैकल्पिक राजनीतिको मूल प्रस्तावलाई अझ संवृद्ध गर्दै त्यसको पक्षमा दह्रो गरी उभिने र वैचारिक बहसलाई निरन्तर जारी राख्ने निर्णय भयो ।

६. विवेकशील साझा पार्टीको बागमती प्रदेशमा भूमिका बारेः

विवेकशील साझा पार्टीको बागमती प्रदेशमा भूमिका बारे छलफल हुँदा प्रदेशको संसदीय दलका नेताले प्रदेश सांसदहरुसंग छलफल गरी पार्टीले अङ्गीकार गर्दै आएको लाइनमा निर्णय लिन सक्ने गरी निर्णय भयो।

७. अभियानहरू सञ्चालन बारेः

पार्टीले देशव्यापी रूपमा लोकतन्त्रको पक्षमा, संविधानवादको पक्षमा, सामाजिक न्यायको पक्षमा, सुशासनको पक्षमा वकालत गर्ने र अभियान सञ्चालन गर्ने निर्णय ग¥यो। पार्टीले गर्दै आएको गुणस्तरीय र निःशुल्क शिक्षा, गुणस्तरीय र निःशुल्क स्वास्थ्य सेवा, युवा रोजगारी र महिला हिंसा विरुद्ध लगायतका अभियानहरूलाई निरन्तरता दिने निर्णय भयो।

साथीहरू, हामी सत्यको बाटोमा छौँ । हामी वैकल्पिक राजनीतिलाई स्थापित गर्ने र यसलाई अझ प्रखर र सुदृढ बनाउने अभियानमा छौँ । यसकालागि निरन्तर जुटौँ र अझै अगाडी बढौँ ।

आजका निर्णयहरूलाई कार्यान्वयन गर्ने सामूहिक प्रतिबद्धता गर्दै बैठकको अन्त्य गरियो । धन्यवाद ।

हरीशप्रसाद भट्ट

प्रवक्ता

विवेकशील साझा पार्टी

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

के.सी. : पूर्व राजाको समर्थनमा लिङ्देन अध्यक्ष बन्नु गणतन्त्रका लागि खतरा

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर के.सी.ले गणतन्त्र र धर्मनिरपेक्षता खतरामा परेको बताउनुभएको छ ।

जनार्दन शर्मा : बूढीगण्डकी जलविद्युत् आयोजना बन्छ

अर्थमन्त्री जनार्दन शर्माले बूढीगण्डकी जलविद्दुत आयोजना बनाउने र आफू अर्थमन्त्री हुँदा काम थाल्ने बताएका छन् ।त्रिपुरासुन्दरी मेलामा सोमबार आयोजित सांस्कृति कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले भने “बूढीगण्डकी बनाउने हो ।”

माधव नेपाल : आगामी निर्वाचनसम्म पाँचदलको गठबन्धन कायमै रहन्छ

एकिकृत समाजवादी पार्टी अध्यक्ष माधव नेपालले आगामी निर्वाचनसम्म पाँचदलको गठबन्धन कायमै रहने बताएका छन ।

प्रधानमन्त्री देउवा: जनतालाई दु:ख दिएर कांग्रेसले महाधिवेशनमा शक्ति प्रदर्शन गर्दैन

प्रधानमन्त्री देउवाले भने, 'कांग्रेस आफ्नो महाधिवेशनमा शक्ति प्रदर्शन गर्ने पक्षमा छैन। एमालेसँग प्रतिस्पर्धा गर्ने कुरा होइनन।

अन्तिम पटक के मागे प्रधानमन्त्री देउवाले पत्रकारहरुसंग ?

त्यसअघि देउवाले काँग्रेसले महाधिवेशन तामझामका साथ नगर्ने पनि बताएका थिए । जनतालाई दुख दिने नियत काँग्रेसको नभएको भन्दै उहाँले शक्ति प्रदर्शन नगर्ने उनले बताए ।

माधब नेपाल: ओलीको विचार, सिद्धान्त सकिएछ, पिठ्युँमा टाटु लेखेर सही गर्ने दिन आए

उनले एमालेमा विचार र सिद्धान्त सकिएपछि टाटु बनाएर अध्यक्षले सही गर्ने दिन आएको बताए। विचार र सिद्धान्त सकियो।

ट्रेन्डिङ समाचार

दु:खद खबर: नेपालमा पनि भेटियो ओमिक्रोन भेरियन्टको सङ्क्रमित

नयाँ भेरियन्ट स‌ंकमण देखिने ६६ वर्षीय एक विदेशी नागरिक र उनीसँग सम्पर्कमा आएका अर्का ७१ वर्षीय व्यक्ति रहेका छन् ।

अन्तिम अबस्थामा रामचन्द्र पौडेलले यस्तो भावुक प्रस्ताव अघि सारे, देउबाको मन पग्लिने संकेत

नेता पौडेलले सभापतिमा आकांक्षी चारजनामध्ये को बलियो छ भनेर अन्य नेता तथा कार्यकर्ताहरूलाई सोधेपछि थाहा हुने बताएको स्रोतले बतायो ।

कडा लकडाउन गर्ने निर्णय २० गतेदेखि,औषधि बाहेक अन्य सबै पसल बन्द?

२० गतेदेखि कडा लकडाउन गर्ने निर्णय, औषधि बाहेक अन्य सबै पसल बन्द।अन्ततः धरान उपमहानगरपालिकाले २० गतेदेखि लकडाउन गर्ने निर्णय गरेको छ(मंगलबार) धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकले २० गतेदेखि १३ गतेसम्म कडा लकडाउन गर्ने निर्णय गरेको हो |

४४० भोल्टको झट्का आर्जु राणालाई, अदालतको आदेशले ‘रुनु न हाँस्नु’

परराष्ट्र मन्त्रालयले ‘मंसिर ३ गते संरक्षक परिषदलाई महाधिवेशन गर्न दिनू’ भनिएको पत्र कार्यान्वयन नगर्न पनि अन्तरिम आदेश जारी गरेको छ।

आजदेखि विद्यालय बन्द

आजदेखि नीजि र सामुदायिक विद्यालय तथा शैक्षिक संस्थाहरु बन्द गरिएको छ ।

प्रधानमन्त्री देउवा : अहिलेको गठबन्धन माघ १२ गतेसम्म मात्र हो

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले अहिलेको गठबन्धन राष्ट्रिय सभा चुनावसम्म भएको बताएका छन् । सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सञ्चारकर्मीसँगको कुराकानीमा उनले राष्ट्रिय सभाको चुनावपछि गठबन्धन रहने/नरहने भन्ने विषयमा छलफल नभएको बताएका हुन् ।

ताजा समाचार

के.सी. : पूर्व राजाको समर्थनमा लिङ्देन अध्यक्ष बन्नु गणतन्त्रका लागि खतरा

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर के.सी.ले गणतन्त्र र धर्मनिरपेक्षता खतरामा परेको बताउनुभएको छ ।

जनार्दन शर्मा : बूढीगण्डकी जलविद्युत् आयोजना बन्छ

अर्थमन्त्री जनार्दन शर्माले बूढीगण्डकी जलविद्दुत आयोजना बनाउने र आफू अर्थमन्त्री हुँदा काम थाल्ने बताएका छन् ।त्रिपुरासुन्दरी मेलामा सोमबार आयोजित सांस्कृति कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले भने “बूढीगण्डकी बनाउने हो ।”

माधव नेपाल : आगामी निर्वाचनसम्म पाँचदलको गठबन्धन कायमै रहन्छ

एकिकृत समाजवादी पार्टी अध्यक्ष माधव नेपालले आगामी निर्वाचनसम्म पाँचदलको गठबन्धन कायमै रहने बताएका छन ।

अब अफिस सकिएपछि कर्मचारीलाई फोन म्यासेज या इमेल गर्न नपाइने

काम सकिएर घर पुगिसेपछि या कतिपय अवस्थामा छुट्टीका बेला पनि अफिसबाट ‘बोस’ को फोन आउने प्रवृत्ति सबैतिर व्याप्त नै रहेको छ ।

आजदेखि विद्यालय बन्द

आजदेखि नीजि र सामुदायिक विद्यालय तथा शैक्षिक संस्थाहरु बन्द गरिएको छ ।

प्रधानमन्त्री देउवा: जनतालाई दु:ख दिएर कांग्रेसले महाधिवेशनमा शक्ति प्रदर्शन गर्दैन

प्रधानमन्त्री देउवाले भने, 'कांग्रेस आफ्नो महाधिवेशनमा शक्ति प्रदर्शन गर्ने पक्षमा छैन। एमालेसँग प्रतिस्पर्धा गर्ने कुरा होइनन।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Search