बुधबार, मंसिर २२, २०७८
बुधबार, मंसिर २२, २०७८
Viber Community
Nop Ads

ईन्द्र बहादुर आङबोले भने ‘झापाका व्यापारीबाट केपी ओलीलाई घु’स बुझाउन एक अर्ब उ’ठा’ए’को डा’टा मसँग छ’

प्रदेश एकका प्रदेश सभा सदस्य ईन्द्र बहादुर आङबोले केहीदिन अघि प्रदेश सभामा गरेको संबोधनलाई लिएर चौतर्फी टिप्पणी भइरहेको छ ।

Viber Community

नेपाल अनलाइन पत्रिका

नेपाल अनलाइन पत्रिका – काठमाडौं। प्रदेश एकका प्रदेश सभा सदस्य ईन्द्र बहादुर आङबोले केहीदिन अघि प्रदेश सभामा गरेको संबोधनलाई लिएर चौतर्फी टिप्पणी भइरहेको छ । निवर्तमान आर्थिक मामिला तथा योजना मन्त्री समेत रहेका आङबोले निवर्तमान प्रधानमन्त्री केपी ओलीले ज्ञानेन्द्र सरकारले पनि गर्न नसकेको ऐतिहासिक भ्र’ष्टा’चार गरेको आरोप उनले संसदमै लगाए ।

झापाको गिरीबन्धु टि स्टेटको ३ सय ४१ विघा जग्गा संघीय सरकारले भूमि सुधार ऐन नै संशोधन गरेर भू’मा’फिया र द’ला’ललाई बुझाएको उनको आरोप छ । आखिर गिरीबन्धु जग्गा प्रकरण के हो ? यसको विवाददेखि अ’नि’यमि’ततासम्मको आरोपबारे आङबोसँग दियोपोस्टले केही जिज्ञासा राखेको थियो । प्रस्तुत छ उनीसँग दियोपोस्टका लागि सुदीप विश्वकर्माले गरेको अन्तर्वार्ताको पूर्णपाठ :

गिरीबन्धु टि स्टेटको जग्गा विवाद के हो ? यो भूमि सुधार ऐन २०२१ आउनु अघिको कुरा हो । जब हदबन्दी लगाउने कुरा आयो । अरु कम्पनिहरुले हदबन्दी भन्दा बढीको जग्गा किनेर कम्पनिको नाममा ल्याएका हुन् ।

नेपालमा रहेका २ सय ६९ वटा कम्पनिले हदबन्दीभन्दा बढी जग्गा किनेर कम्पनिको नाममा राखेका छन् । झापाको गिरीबन्धु टि स्टेट लगायत चारवटा कम्पनिहरुले हदबन्दीभन्दा बढी जग्गा नै आफ्नो कम्पनिमा राखेका हुन् । किनेका होइनन् । हदबन्दीभन्दा बढी जग्गा उनीहरुको नाममा राख्दा सरकारसँग उनीहरुको सम्झौता के छ भने जुनदिनसम्म चिया बगान हामीले सञ्चालन गर्छौं त्यतिबेलासम्म चियाबगान चल्छ । सञ्चालन गर्न नसकेको बेला हामीले राज्यलाई बुझाइदिन्छौँ भनेर हस्ताक्षर गरेको छ ।

यो जग्गा राज्यकै हो ? त्यो जमिन राज्यको हो । हदबन्दी भन्दा बढीको जमिनमा उनीहरुको संरक्षण मात्रै हो । हदबन्दी भन्दा बढीको जमिन सरकारले जफत गरेर लैजाने थियो । जफत हुने जमिनलाई उनीहरुले कम्पनिको नाममा राखेको हो । अहिले उनीहरुले चियाबारी सञ्चालन गरिराखेका छन् । चिया कम्पनि नाफामा चलिराखेको छ । हजारौँ मजदुरहरुले प्रत्यक्ष अप्रत्यक्ष रोजगारी रोजगारी पाएका छन् । त्यहाँको पर्यावरणको हिसाबले पनि राम्रो छ । अहिले यो जग्गा विर्तामोड बजारमा फैलिसकेपछाडी मुल्य महँगो भयो ।

देशका ठूला मिडिया यसमा चुपचाप छन् । मेरो दाबी के छ भने यो त ललिता निवास भन्दा सयौँ गुणा ठूलो भ्र’ष्टा’चार हो । राज्यको सम्पत्ति भूमा’फि’या र द’ला’ललाई दिने जुन निर्णय भएको छ यो अर्बौंको च’ल’खे’ल र क’मि’श’न लिएर काम गरिएको छ ।

बाँकी रहेको ९४ कम्पनिले निवेदन दिएको छ भने अब भोलीको सरकारले दिने कि नदिने त ? नदिने हो भने एउटा नजिर बन्छ दिने हो भने देश सकिन्छ । यो असाध्यै ठूलो र कहालीलाग्दो भ्र’ष्टा’चा’र हो । ललिता निवास भन्दा धेरै गुणा ठूलो भ्र’ष्टा’चा’र हो । यसलाई मिलाउन भू’मा’फि’याहरुले अधिकांश ठाउँमा प्रभावमा पार्न खोजिरहेका छन् ।

राजा ज्ञानेन्द्रकै पालादेखि यो बगान सार्ने र सस्तो जग्गासँग सट्टा भर्ना गर्ने र त्यो ठाउँमा जग्गा प्लटिङ गर्ने खेल भएको हो । धेरै विवादित हुने भएका कारण राजा ज्ञानेन्द्रले पनि आँट गरेनन् ।

नेपालमा लोकतन्त्रीक गणतन्त्र आएपछि बनेका सबै प्रधानमन्त्रीले यो जग्गा स’ट्टा’प’ट्टा गर्न निरन्तर कोशिस गर्दै आएका थिए । कुनै न कुनै रुपमा त्यो सुचना हामीले पाइराखेका थियौँ । हामीले हाम्रा निकटका मान्छे मार्फत यो काम गर्न हुँदैन भन्ने कुरा विगतदेखि उठाउँदै आएका छौँ ।

यो राज्यको सम्पत्ति हो । किन भने जुन दिन कम्पनि चल्न सक्दैन त्यो दिन राज्यको सम्पत्ति हुन्छ भनेर कागजै गरेको छ । भू’मा’फि’याको चंगुलमा परेर यो जग्गा सट्टा पट्टा गर्न हुन्न भनेर हामीले आवाज उठाउँदै आएका छौँ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?
Facebook Notice for EU! You need to login to view and post FB Comments!

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

माधब नेपाल: पदका लागि मरिहत्ते गर्नेलाई पार्टीमा ‘नो इन्ट्री’

एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति कटाक्ष गर्दै उनले गुटबन्दीको प्रवृत्ति, दक्षिणपन्थी सोच र अवसरवादका विरुद्धमा आफूहरु लागेको बताए।

प्रेम आले: हवाई उडानलाई सुरक्षित बनाउन लागिपरेको छु !

हवाई उडानमा जंगली जनावार र चराचुरुङ्गी ठोक्किए दुर्घटना निम्तिने भएकाले बेलैमा सम्भावित जोखिम नियन्त्रणका लागि सम्बन्धित निकाय चनाखो हुनुपर्ने उनको धारणा थियो ।

पौडेल पक्षले छान्यो साझा उम्मेदवार सार्वजनिक गर्ने भोलि

चाक्सीबारीस्थित नेता प्रकाशमान सिंहको निवासमा मंगलबार बसेको पौडेल समूहको बैठकपछि नेता पौडेलले केही प्रक्रिया पुर्‍याउन बाँकी रहेको भन्दै त्यो निर्णय भोलि बेलुका सार्वजनिक हुने बताए ।

माधव नेपाल: एमालेको अबौं सम्पति ओलीले खोसेर लगेका छन्

‘जोड्दै जाने हो भने कति अरब पुग्ने हो भौतिक सम्पती, नगदहरु पनि छन्,’ उनले भने,‘यी सबै खोसेर लगेका छन् उनीहरुले, कब्जा गरेका छन् तर पनि केहीबात छैन फेरि आर्जन गरौंला ।

देउवा सरकारका यी मन्त्री दलबलसहित सुुटुुक्क भारत छिरेपछि…

देशको मन्त्री अर्को देश जानका लागि प्रधानमन्त्री कार्यालयमार्फत परराष्ट्र मन्त्रालयबाट अनुमति लिनुपर्छ तर मन्त्री यादवले त्यस्तो कुनै अनुमति नलिएको स्रोतले बतायो ।

गगन थापा: कांग्रेस अब पनि नसुध्रिए समाप्त हुन्छ

नेता थापाले नौ लाख पार्टीका कार्यकर्तालाई कांग्रेसको रुख चिन्हमा मत नहाले कांग्रेस सकिन्छ भन्ने बोध गराए मात्रै विजयी बन्ने बताए ।

ट्रेन्डिङ समाचार

दु:खद खबर: नेपालमा पनि भेटियो ओमिक्रोन भेरियन्टको सङ्क्रमित

नयाँ भेरियन्ट स‌ंकमण देखिने ६६ वर्षीय एक विदेशी नागरिक र उनीसँग सम्पर्कमा आएका अर्का ७१ वर्षीय व्यक्ति रहेका छन् ।

अन्तिम अबस्थामा रामचन्द्र पौडेलले यस्तो भावुक प्रस्ताव अघि सारे, देउबाको मन पग्लिने संकेत

नेता पौडेलले सभापतिमा आकांक्षी चारजनामध्ये को बलियो छ भनेर अन्य नेता तथा कार्यकर्ताहरूलाई सोधेपछि थाहा हुने बताएको स्रोतले बतायो ।

आजदेखि विद्यालय बन्द

आजदेखि नीजि र सामुदायिक विद्यालय तथा शैक्षिक संस्थाहरु बन्द गरिएको छ ।

एकै रातमा पाँच लाख होटेल बिल आएको भन्दै मन्त्री झाक्री चौतर्फी आलोचना, बास्तविकता यस्तो रहेछ

काठमाडौंको शिवपुरी राष्ट्रिय निकुञ्ज परिसरभित्र रहेका प्रकृति रिसोर्टमा शुक्रबार साँझ अलि फरक दृष्य थियो ।

४४० भोल्टको झट्का आर्जु राणालाई, अदालतको आदेशले ‘रुनु न हाँस्नु’

परराष्ट्र मन्त्रालयले ‘मंसिर ३ गते संरक्षक परिषदलाई महाधिवेशन गर्न दिनू’ भनिएको पत्र कार्यान्वयन नगर्न पनि अन्तरिम आदेश जारी गरेको छ।

कडा लकडाउन गर्ने निर्णय २० गतेदेखि,औषधि बाहेक अन्य सबै पसल बन्द?

२० गतेदेखि कडा लकडाउन गर्ने निर्णय, औषधि बाहेक अन्य सबै पसल बन्द।अन्ततः धरान उपमहानगरपालिकाले २० गतेदेखि लकडाउन गर्ने निर्णय गरेको छ(मंगलबार) धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकले २० गतेदेखि १३ गतेसम्म कडा लकडाउन गर्ने निर्णय गरेको हो |

ताजा समाचार

माधब नेपाल: पदका लागि मरिहत्ते गर्नेलाई पार्टीमा ‘नो इन्ट्री’

एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति कटाक्ष गर्दै उनले गुटबन्दीको प्रवृत्ति, दक्षिणपन्थी सोच र अवसरवादका विरुद्धमा आफूहरु लागेको बताए।

कृष्ण भगवानले सबैको मनोकामना पुरा गरुन, आज तपाईको भाग्य कस्तो छ, हेर्नुहोस आज बुधबारको राशिफल

आज जन्म लिने बच्चाको मकरु राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनिया मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ ।

प्रेम आले: हवाई उडानलाई सुरक्षित बनाउन लागिपरेको छु !

हवाई उडानमा जंगली जनावार र चराचुरुङ्गी ठोक्किए दुर्घटना निम्तिने भएकाले बेलैमा सम्भावित जोखिम नियन्त्रणका लागि सम्बन्धित निकाय चनाखो हुनुपर्ने उनको धारणा थियो ।

दैनिक १० हजार स्मार्ट लाइसेन्स छाप्ने तयारी, प्राथमिकतामा यी हुन्

६ लाखमध्ये साढे तीन लाख आवेदक ट्रायल परीक्षा पास गरी लाइसेन्सको पर्खाइमा छन् । बाँकी तीन लाख आवेदकको परीक्षा भइरहेको छ । यस्तै, नयाँ १० लाखजनाले लाइसेन्सका लागि आवेदन दिएका छन् ।

अब स्कुलमै पाइने कक्षा १२ को प्रमाण पत्र

बोर्डले आफ्ना क्षेत्रीय कार्यालयबाट यसअघि ट्रान्सक्रिप्ट, माइग्रेसन र प्रोभिजनल प्रमाण पत्र वितरण गर्दै आएको थियो।

पौडेल पक्षले छान्यो साझा उम्मेदवार सार्वजनिक गर्ने भोलि

चाक्सीबारीस्थित नेता प्रकाशमान सिंहको निवासमा मंगलबार बसेको पौडेल समूहको बैठकपछि नेता पौडेलले केही प्रक्रिया पुर्‍याउन बाँकी रहेको भन्दै त्यो निर्णय भोलि बेलुका सार्वजनिक हुने बताए ।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Search