spot_img

प्रचण्ड: न्यायालयबारे गठबन्धनले सामूहिक धारणा बनाउँछ

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचनसम्म गठबन्धन रहने बताएका छन्।

nepal online patrika

नेपाल अनलाइन पत्रिका संवाददाता

spot_img

Prachanda

नेपाल अनलाइन पत्रिका – काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचनसम्म गठबन्धन रहने बताएका छन्।

शनिबार जनकपुरधाममा प्रेस सेन्टर नेपाल धनुषाको आयोजनामा भएको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले निर्वाचनसम्म गठबन्धन रहने र निर्वाचनका लागि पात्रको खोजीको गृहकार्यमा लाग्ने बताए।

निर्वाचनमा उम्मेदवारहरुको समेत टुङ्गो गठबन्धनले लगाउने उनको भनाइ छ। उनले मुलुकको न्यायालयको क्षेत्रमा समस्या देखिएकोले गठबन्धनका दलहरूले त्यसको लागि धारणा बनाउने प्रक्रियामा रहेको बताए।

उनले अहिले गठबन्धनको सरकार रहेकोमा गठबन्धन राम्रोसँग चलिरहेको, तर न्यायालयमा समस्या देखिएकाले गठबन्धनका नेताहरू काठमाडौँमा केन्द्रित भएर एउटा धारणा बनाउने प्रक्रियामा रहेको बताए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा केपी ओलीको सम्बोधन || KP OLI
02:09:11
Video thumbnail
प्रचण्डको घरमा भ्रष्टाचार मात्रै ज्वाईं र बुहारीको रजाइ, घर भित्र छिरेका दुर्गा प्रसाईंले खोले पोल
01:56
Video thumbnail
मन्त्रीले चासो देखाउँदा एजेण्टहरुको ठगिबाट जोगिए बैदेशिक रोजगारीमा जान लागेका युवा
02:33
Video thumbnail
हिन्दी फिल्मको डाइलग प्रसंगमा नेपाललाई ओलीको जवाफ
01:18
Video thumbnail
न्यायिक क्षेत्रमा क्यान्सर भइसकेको छ, उपचार कुखुराको अण्डा र दुबोले मन्साएर गर्न खोजिँदैछः ओली
02:03
Video thumbnail
‌ओलीको टिप्पणी : अरुका नाति नातिनीलाई बर्बाद गरिदिने प्रचण्डका दुई नातिनी बेलायत पढ्छन्
01:18
Video thumbnail
ओलीले सूर्यको धाक नदेखाए हुन्छ, त्यसमा ग्रहण लागिसक्यो - Madhav Kumar Nepal
00:45
Video thumbnail
हेर्दै जानुस् अब प्रचण्डको पत्तासाफ। प्रचण्डले गुण्डा भनेपछि आक्रोसित ओली || KP OLI
22:26
Video thumbnail
जबराले अदालत छोडेर जानुपर्छ
01:33
Video thumbnail
पेट्रोलियम पदार्थको मूल्य घटाउनुपर्छ - Madhav Kumar Nepal
02:19

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार