Viber Community
Nop Ads

कम्प्युटरको क्यामेरा गतिलो छैन ? यसरी बनाउनुहोस् वेबक्याम स्मार्टफोनलाई नै

कोभिड १९ को महामारीपछि विश्वभर वेबक्यामको माग चुलिएको छ । बजारले आपूर्ति धान्न नसक्दा मूल्यले आकाश छोएको छ ।

Viber Community

नेपाल अनलाइन पत्रिका

smartphone

नेपाल अनलाइन पत्रिका – काठमाडौं। कोभिड १९ को महामारीपछि विश्वभर वेबक्यामको माग चुलिएको छ । बजारले आपूर्ति धान्न नसक्दा मूल्यले आकाश छोएको छ ।

यस्तोमा तपाईंले आफूसँग भएको एन्ड्रोइड तथा आईओएस फोन वा ट्याबलेटलाई नै एउटा गतिले वेब क्याममा बदल्न सक्नुहुन्छ । आज हामी स्मार्टफोनलाई कसरी वेबक्यामको रुपमा प्रयोग गर्ने भन्ने विषयमा बताउँदै छौं ।

एन्ड्रोइड फोन तथा ट्याब्लेटलाई यसरी बनाउनुहोस् वेबक्याम
गुगल प्ले स्टोरमा यस्ता धेरै एपहरू छन्, जसले तपाईंको एन्ड्रोइड फोनलाई वेब क्याम बनाउने दाबी गर्छन् । तीमध्ये ‘ड्रोइड क्याम’ एउटा यस्तो एप हो, जसको सेटअप पनि सजिलो छ र यसले विश्वसनीय परिणाम पनि दिनसक्छ ।

त्यसो त एन्ड्रोइड डिभाइसका लागि अन्य एपहरू पनि छन् । तर ड्रोइड क्याम प्रयोग गर्न धेरै सरल र सहज छ ।

१. सबैभन्दा पहिले यहाँ क्लिक गरेर निःशुल्क रुपमा उपलब्ध ड्रोइड क्याम एप डाउनलोड गरी फोनमा इन्स्टल गर्नुहोस् । यहाँनिर याद राख्नुहोस्, तपाईंको फोनमा एन्ड्रोइड ५.० वा त्यसभन्दा पछिको भर्सन हुन‍ जरुरी छ ।

यो एपको डेभलपर ‘डेव ४७ एप्स’ ले विण्डोज टेन र लिनक्सका लागि समेत डेस्कटप एप्लिकेसन बनाएको छ । तर म्याकओएसका लागि भने यो एप उपलब्ध छैन ।

२. सँगसँगै यहाँ क्लिक गरी आफ्नो कम्प्युटरमा पनि यो एप डाउनलोड गर्नुहोस् ।

३. एन्ड्रोइड एप इन्स्टल गरिसकेपछि डेस्कटपमा समेत एप समेत इन्स्टल गर्नुहोस् र प्रयोग गर्न तयारी हालतमा राख्नुहोस् । इन्स्टल गरिरहँदा तपाईंले एपलाई अडियो डाइभर्स इन्स्टलको अनुमति दिनुपर्ने हुन्छ ।

४. विण्डो एप रन हुन थालेपछि माथि तपाईँले विभिन्न अप्सन देख्न सक्नुहन्छ । त्यहाँ डिभाइसलाई वाई-फाई (ल्यान), यूएसबी वा वाई-फाई सर्भर कुन मार्फत कनेक्ट गराउने भन्ने विकल्पहरू रहेका हुन्छन् ।

वेब क्यामका लागि तपाईंले वाई-फाईबाट नै कनेक्ट गर्नुपर्ने हुन्छ । सेटिङमा यो बाई डिफल्ट राखिएको हुन्छ ।

५. त्यो अप्सनको तल तपाईंले एउटा बक्स देख्न सक्नुहुन्छ । जहाँ तपाईंले आफ्नो एन्ड्रोइडमा देखिएको आईपी एड्रेस राख्नुपर्ने हुन्छ । अब मोबाइलमा भएको ड्रोइड एप खोल्नुहोस् ।

त्यहाँ तपाईंले आफ्नो डिभाइसको आईपी एड्रेस देख्न सक्नुहुन्छ । अब कम्प्युटरमा गएर उक्त आईपी एड्रेसलाई ‘डिभाइस आईपी’ लेखिएको ठाउँमा राख्नुहोस् ।

६. डेस्कटप एपमा ‘स्टार्ट’ बटन थिच्नुअघि तपाईंले दुईओटा काम गर्नुपर्ने हुन्छ । सबैभन्दा पहिले ‘भिडिओ’ र ‘अडियो’ दुवै बक्स राम्ररी चेक गर्नुहोस् । यदि भिडिओ मात्र चेक गर्नुभयो भने तपाईंको माइक्रोफोनले आवाज नटिप्ने समस्या आउन सक्छ । त्यसैले दुवै बक्समा टिक लगाउनुहोस् ।

७. त्यसपछि मोबाइलमा रहेको ड्रोइडक्यामको सेटिङ खोल्न एपको माथि दायाँ पट्टी रहेको रहेको तीन थाेप्लामा क्लिक गर्नुहोस् । त्यहाँ क्यामेरा सेक्सन हुन्छ । त्यहाँ तपाईँले अगाडिको वा पछाडिको कुन क्यामेरा प्रयोग गर्न चाहेको हो, त्यो रोज्न सक्नुहुन्छ ।

सेल्फीको तुलनामा पछाडिको मेन क्यामेरा धेरै नै गुणस्तरीय हुन्छ । त्यसैले सधैँ ब्याकफेसिङ क्यामेरा नै प्रयोग गर्ने गर्नुहोस् । अन्य अप्सनहरूको सेटिङ डिफल्ट हुन्छ । त्यसैले यसलाई यत्तिकै छोडिदिनुहोस् ।

८. अब कम्प्युटर र स्मार्टफोनलाई आपसमा जोड्न कम्प्युटरमा रहेको ‘स्टार्ट’ बटन थिच्नुहोस् । अब तपाईंले आफ्नो कम्प्युटर स्क्रिनमा भिडिओको फिड हेर्न सक्नुहुन्छ ।

यदि तपाईंले भिडिओको प्रिभ्यू देख्नु भएन भने आफ्नो कम्प्युटर र एन्ड्रोइड डिभाइस दुवैलाई एउटै वाई-फाई नेटवर्क अर्थात् लोकल एरिया नेटवर्क (एलएएन) मा राख्नुहोस् । यसमा दुवै डिभाइस एउटै नेटवर्कमा हुन आवश्यक छ ।

९. अब जूम, गुगल मिट वा स्काइप मध्ये आफूले चाहेको भिडिओ कन्फ्रेन्सिङ एप खोल्नुहोस् । प्रत्येक एपको भिडिओ सेटिङमा गएर डिफल्ट क्यामेरालाई ‘ड्रोइड क्याम सोर्स टु’ वा ‘ड्रोइड क्याम सोर्स थ्री’ मा परिवर्तन गर्नुहोस् । यी दुई मध्ये एउटाले तपाईंको स्मार्टफोनको क्यामेराको भिडिओ देखाउँछ ।

१०. आफ्नो भिडिओ कन्फ्रेन्सिङ एपमा डिभाइसको माइक्रोफोनलाई डिफल्ट इन्पुट बनाउन भिडिओ कन्फ्रेन्सिङ एपको माइक्रोफोन सेक्सनमा जानुहोस् । त्यसमा अडियो इन्पुट लेखिएको हुनसक्छ । त्यहाँबाट ‘ड्रोइड क्याम भर्चुअल अडियो’ चयन गर्नुहोस् । एकपटक यति सेटिङ मिलाईसकेपछि यसले तपाईंले सोचे जस्तै काम गर्छ ।

११. यदि तपाईंले भिडिओको लागि सेल्फी क्यामेरा प्रयोग गर्दै हुनुहुन्छ र वेबक्याम बनाएको फोन प्रयोग गर्नुपर्‍यो भने पनि ड्रोइड क्यामलाई त्यसले कुनै अवरोध गर्दैन । क्यामेरा फिडलाई अवरोध नगरी तपाईंले आफ्नो काम सुचारु राख्न सक्नुहुन्छ । यतिसम्म कि तपाईंले मोबाइलको स्क्रीन अफ राख्दा समेत ड्रोइड क्यामले राम्रोसँग काम गरिरहेको हुन्छ ।

आईफोन वा आइप्याडमा के गर्ने ?
एन्ड्रोइडमा जस्तै यसका लागि आईओएसमा पनि धेरै एपहरू उपलब्ध छन् । जसले तपाईंको आईफोन वा आइप्याडलाई राम्रो वेब क्याममा परिणत गर्न सक्छन् ।

यहाँ क्लिक गरी डेभ ४७ एप्स डेभलपरले बनाएको ड्रोइड क्याम एपलाई अघि एन्ड्रोइडमा जस्तै गरी प्रयोग गर्न पनि सकिन्छ ।

अर्को उत्कृष्ट विकल्प भनेको इपोक्याम हो । यो एप प्रयोग गर्न तपाईंको डिभाइसमा आईओएस १०.३ वा त्यसभन्दा नयाँ सफ्टवेयर आवश्यक पर्छ । तर ड्रोइड क्याममा जस्तो यसमा तपाईंले केबल प्रयोग गर्नु भने पर्दैन ।

१. यहाँ क्लिक गरी एप्पल एप स्टोरबाट इपो क्याम एप डाउनलोड गरी आफ्नो फोनमा इन्स्टल गर्नुहोस् ।

२. इपो क्याम एपमा विण्डोज टेन र म्याक ओएस दुवैका लागि डेस्कटप ड्राइभर उपलब्ध छ । यो एपलाई डेस्कटपमा डाउनलोड गर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

३. तपाईंले डेस्कटप ड्राइभर इन्स्टल गरिसकेपछि अरु कुनै एप खोल्नुपर्दैन । तर तपाईंले आफ्नो आईओएस डिभाइस र कम्प्युटरलाई भने एउटै वाई-फाई वा ल्यानमा चलाउनुपर्ने हुन्छ । अब मोबाइल एप खोल्नुहोस् र भिडिओ कन्फ्रेन्सिङ एपलाई चलाउन सुरु गर्नुहोस् ।

४. आफूले प्रयोग गर्न चाहेको जुनसुकै भिडिओ कन्फ्रन्सिङ एपको क्यामेरा सेटिङमा इपो क्याम देख्न सकिनेछ । इपोक्याम छनौट गरेपछि अब तपाईंको कम्प्युटरको क्यामेरा वाई-फाईबाट कनेक्ट हन्छ । त्यसको नोटिफिकेसन तपाईंले आफ्नो कम्प्युटर स्क्रीनमा समेत देख्न सक्नुहुन्छ ।

५. यदि सुरुवातमा यो एपले राम्रो काम गर्न सकेन भने केही ट्रबल शुटिङ प्रक्रिया पनि अपनाउन सक्नुहुन्छ । यदि तपाईं कम्प्युटरमा छुट्टै एपको साटो ब्राउजरमा आधारित वेबक्याम चलाउँदै हुनुहुन्छ भने सबैभन्दा पहिले वबक्यामलाई एक्सेस दिन ब्राउजरमा अनुमति दिनुहोस् ।

एप लञ्च हुन वा कन्फ्रेन्स कल सुरु हुनु पूर्व अनुमति माग्ने नोटिफिकेसन देखा पर्नेछ । अब त्यसलाई हेर्न वेब एड्रेस बार नजिक जानुहोस् ।

६. यस्तै लोकप्रिय जूम एपको मामिलामा पछिल्लो अपडेट ४.६.११ ले इपोक्यामसँगकाे कम्प्याबिलीटी तोडेको छ । यदि जूम एपमा इपो क्याम चलाउने हो भने तपाईंलाई केही पुरानो भर्सन ४.६.७ को आवश्यकता पर्नेछ ।

तपाईंले यहाँ क्लिक गरी जूम एपका पुराना भर्सन डाउनलोड गर्न सक्नुहुन्छ । तर यसो गर्नु सुरक्षाको दृष्टिले जोखिमपूर्ण हुन्छ । यसरी ब्याकलिंक साइट प्रयोग गर्नु अनधिकृत हुनजान्छ ।

तर इपोक्याम एपमा ड्रोइड क्याममा जस्तो धेरै निःशुल्क फिचरहरू पाउन सक्नुहुन्न । उदाहरणका लागि आईओएस डिभाइसमा फ्रन्ट फेसिङ क्यामेरा प्रयोग गर्न तपाईंले एप स्टोरमा एपको रिभ्यु गर्नुपर्ने हुन्छ ।

साथै फ्री भर्सनमा तपाईंको भिडिओ फिडमा वाटरमार्क देखिन्छ । यसमा प्रतिसेकेण्ड ३० फ्रेम र ६४० बाई ४८० को रेज्युलेसन मात्र पाइन्छ ।

यसबाहेक फ्री भर्सनले तपाईंलाई डिभाइसको माइक्रोफोन प्रयोग गर्ने अनुमति समेत दिँदैन । त्यसका लागि तपाईंले आफ्नो कम्प्युटरमा ईन लाइन माइक्रोफोन फिचर भएको हेडफोन प्रयोग गर्नुपर्ने हुन्छ । तर तपाईंले ७.९९ डलर तिर्नुभयो भने यी सबै कमजोरीबाट पार पाउन सक्नुहुन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
भोट माग्न व्यस्त भीम रावल - bhim rawal
00:55
Video thumbnail
एमाले महाधिवेशनको अन्तिम दिन साैराहाकाे चहलपहल
02:12
Video thumbnail
एमालेमा ओलीको डनवाद मात्रै बाँकी छ - gagan thapa
01:57
Video thumbnail
नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा केपी ओलीको सम्बोधन || KP OLI
02:09:11
Video thumbnail
प्रचण्डको घरमा भ्रष्टाचार मात्रै ज्वाईं र बुहारीको रजाइ, घर भित्र छिरेका दुर्गा प्रसाईंले खोले पोल
01:56
Video thumbnail
मन्त्रीले चासो देखाउँदा एजेण्टहरुको ठगिबाट जोगिए बैदेशिक रोजगारीमा जान लागेका युवा
02:33
Video thumbnail
हिन्दी फिल्मको डाइलग प्रसंगमा नेपाललाई ओलीको जवाफ
01:18
Video thumbnail
न्यायिक क्षेत्रमा क्यान्सर भइसकेको छ, उपचार कुखुराको अण्डा र दुबोले मन्साएर गर्न खोजिँदैछः ओली
02:03
Video thumbnail
‌ओलीको टिप्पणी : अरुका नाति नातिनीलाई बर्बाद गरिदिने प्रचण्डका दुई नातिनी बेलायत पढ्छन्
01:18
Video thumbnail
ओलीले सूर्यको धाक नदेखाए हुन्छ, त्यसमा ग्रहण लागिसक्यो - Madhav Kumar Nepal
00:45

सम्बन्धित समाचार

अब सधैँका लागि बन्द भयो सामसङ ग्यालेक्सी नोट सिरिजका उत्पादन !

सन् २०२२ मा सामसङले नोट सिरिज अन्तर्गत नयाँ स्मार्टफोन सार्वजनिक गर्ने अपेक्षा गरिएको थियो । तर, अब भने नोट सिरिज सधैँका लागि बन्द हुने जानकारी सार्वजनिक भएको छ ।

आईफोन १२ र १२ प्रो निःशुल्क मर्मत गरिदिने एप्पलको घोषणा

हालै मात्र आईफोन ट्वेल्भ र ट्वेल्भ प्रोमा केही समस्या देखिन थालेपछि एप्पलले यी फोनहरू निशुल्कमा रुपमा मर्मत गरिदिने घोषणा गरेको छ ।

नम्बर नफेरी अर्को मोबाइल कम्पनीको सेवा लिन पाइने कानुन प्रस्ताव

उपभोक्ताले प्रयोग गरिरहेको मोबाइल सेवा प्रदायक (मोबाइल नम्बर)लाई अर्को सेवा प्रदायकको नेटवर्क (सिम)मा बदल्न सकिने गरी सरकारले ‘मोबाइल नम्बर पोर्ट्याबिलिटी’ कानुनी प्रस्ताव गरेको छ

कसरी रह्यो कम्प्युटर माउसको नाम ? यस्तो छ रोचक इतिहास

नेपाल अनलाइन पत्रिका - काठमाडौं। बाह्य संसारमा कुनैपनि चिजलाई उठाउन वा कतै लैजानका लागि हातको प्रयोग गरिन्छ । तर कम्प्युटरको संसारमा भने यही कामका...

आईफोनको पछाडि, यो कालो थोप्लाको काम के हो?

क्यामेरा एर्रे भित्रै रहेको हुँदा यसको काम के होला भन्ने अनुमान लगाउन तपाईँका लागि एउटा आधार चाहिँ हुनसक्छ । पक्कै पनि यो क्यामेरा नै हो । वास्तवमा यो स्क्यानर हो । लाइट डिटेक्सन र रिङ्गको लागि लिडार रहेको हुन्छ ।

नेपाली बजारमा भित्रियो साओमी प्याड फाइभ, कति होला मूल्य ?

साथै यसमा ७ एनएम क्वालकम स्न्याप ड्रागन ८६० चिपसेट प्रयोग गरिएको छ । ८७२० एमएएच उच्च क्षमताको ब्याट्री राखिएको साओमी प्याड फाइभ चाँडै साओमीका आधिकारिक स्टोरबाट खरिद गर्न सकिनेछ ।

ट्रेन्डिङ समाचार

ओलीले सपथ खाए र केन्द्रीय सदस्यलाई खुवाए तर रावल उठेनन्

एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले पद तथा गोपनीयताको सपथग्रहण गरेका छन् । पार्टीको महाधिवेशनस्थल सौराहामा आयोजित कार्यक्रममा उनले सपथ खाएका हुन् ।

‘नैतिक जीत’ भीम रावलको

नेकपा एमालेको महाधिवेशनमा भीम रावलले हार्ने जान्दा जान्दै अध्यक्षमा उम्मेदवारी दिए । मतदान सकिएपछि प्रफुल्लित मुद्रामा आफू जितेजसरी प्रस्तुत भए ।

भेटेरै डा. भीम रावलले दिए अध्यक्षमा निर्वाचित केपी शर्मा ओलीलाई बधाई

अध्यक्षको प्रतिस्पर्धामा हारेका नेता रावल अध्यक्ष ओलीसँगैको कुर्सीमा बसेर ओलीसँग भलाकुसारी गरिरहेका छन्।

ओलीसँग अन्तिमसम्म किन भिडिरहे रावल ?

भीम रावललाई प्रष्ट थाहा छ, उनी चुनाव जित्दैनन्। तर, पनि अन्तिमसम्म पार्टी अध्यक्षमा उठ्ने अडान राखे। रावलकै अडानका कारण एमालेको १० औं महाधिवेशन ‘सहमति’को बन्न सकेन।

भिम रावलले निर्वाचन लड्दा प्रचण्डलाई फाईदा !

नेकपा एमाले को १० औं महाधिवेशन अहिले चितवनमा भईरहेको छ । आज महाधिवेशनको अन्तिम दिन निर्वाचन प्रक्रिया भर्खरै सकिएको छ भने केही क्षण मै मत गणना सुरु हुँदैछ ।

भीम रावलले हार्ने कन्फर्म भईभई पनि ओलीसँग अन्तिमसम्म भिडिरहनुको रहस्य अर्कै !

भीम रावललाई प्रष्ट थाहा छ, उनी चुनाव जित्दैनन्। तर, पनि अन्तिमसम्म पार्टी अध्यक्षमा उठ्ने अडान राखे। रावलकै अडानका कारण एमालेको १० औं महाधिवेशन ‘सहमति’को बन्न सकेन। अध्यक्षलगायत पदाधिकारी र केन्द्रीय सदस्य छान्न चुनावी वातावरण बन्यो।

ताजा समाचार

प्रेम आले आफु चढेरै निशुल्क बस सेवा उत्घाटन गरे

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले यात्रुवाहक माइक्रोबसमा कोचिएर यात्रा गरेका छन् ।

मत परिणामको म स्वागत गर्छु : घनश्याम भुसालले भने

नेकपा एमालेको दसौं महाधिवेशनबाट घनश्याम भुसाल उपाध्यक्षमा पराजित भएका छन्। अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मतिका लागि भन्दै पेस गरेको सूचीमा असहमति जनाउँदै उम्मेदवारी दिएका भुसालले ओलीको सूचीमा रहेका अरू छ जनाभन्दा कम मत पाएपछि पराजय भोगेका हुन्।

चितवन बाट फन्किएर हिँडेका लालबावु काठमाडौँ पुगेर यसो गर्न थाले

नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन चितवनमा सम्पन्न भएको छ । एमाले नेता लालबावु पण्डितका लागी यो महाधिवेशन बिर्सनलायक परिघटना बनेको छ ।

ओलीले चाहेकै जस्तो ‘हार्डलाइनर’ टिम

चितवनमा मंगलबार सम्पन्न एमालेको दसौं महाधिवेशनबाट अध्यक्ष केपी ओलीले चाहेकै जस्तो कठोर ९हार्डलाइनर० टिम बनेको छ। वरिष्ठ उपाध्यक्षदेखि महासचिवसम्मको कार्यकारी टिमलाई हेर्ने हो भने समन्वयकारी धार छायामा परेको छ।

फुटबलर बिमलकी प्रेमिका असाध्यै बोल्ड एण्ड ब्युटिफुल छिन्, हेर्नुहोस् ११ तस्बिरमा

नेपाली राष्ट्रिय फुटबलर बिमल घर्तिमगरले आफ्नो प्रेमिका सार्वजनिक गरेका छन् ।बिमलले शनिबार आफ्नो आधिकारिक फेसबुकमा एक पोष्ट गर्दै आफ्नो प्रेमिकालाई सम्झिएको स्ट्याटस राख्दै नाम उल्लेख गरेका हुन् ।

चिसो माैसमलाई चुनाैती दिदै सेतो पहिरनमा बोल्ड साम्राज्ञी (फोटो फिचर)

चलचित्र ‘तिम्रो मेरो साथ’को छायांकन सकेपछि नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले नयाँ चलचित्रको काम गरेकी छैनन् ।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Search