Viber Community
Nop Ads

सर्वोच्च विवादबारे ओली चुपचाप

दोस्रो पटकको प्रतिनिधिसभा विघटन पनि ब्यूताउँदै सर्वोच्च अदालतले परमादेश जारी गरेपछि बालुवाटारबाट बाहिरिएका हालका प्रमुख प्रतिपक्ष एमालेका अध्यक्ष केपी शर्मा ओली प्रत्येकजसो सार्वजनिक मञ्चमा सर्वोच्च अदालतप्रति कटु शब्द बोल्थे ।

Viber Community

नेपाल अनलाइन पत्रिका

kp oli

नेपाल अनलाइन पत्रिका – काठमाडौं। दोस्रो पटकको प्रतिनिधिसभा विघटन पनि ब्यूताउँदै सर्वोच्च अदालतले परमादेश जारी गरेपछि बालुवाटारबाट बाहिरिएका हालका प्रमुख प्रतिपक्ष एमालेका अध्यक्ष केपी शर्मा ओली प्रत्येकजसो सार्वजनिक मञ्चमा सर्वोच्च अदालतप्रति कटु शब्द बोल्थे ।

प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेताको हैसियतमा बोल्दा होस् कि पार्टीको विधान महाधिवेशनमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा ओलीले सर्वोच्चको चर्को आलोचना गरेका छन् ।

सर्वोच्च अदालतमा सेटिङ भएका कारण आफू सत्ताबाट बाहिरिनुपरेका शब्द ओलीका अभिव्यक्तिमा छुट्दैनथे । प्रतिनिधिसभा विघटन पुनःस्थापना भन्दा पनि शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपतिका नाममा सर्वोच्चले असार २८ गते जारी गरेको परमादेशप्रति ओली र उनी निकट नेताहरूको तारोमा सर्वोच्च पर्ने गरेको थियो ।

अदालत सेटिङमा चलेको, सर्वोच्चमा राजनिति भइरहेको, अदालतको विश्वसनीयता खस्किरहेको एमाले नेताहरूले बताउँदै आएका थिए । ओलीले असोज १५-१७ गतेसम्म गोदावरीमा भएको विधान महाधिवेशनमा प्रस्तुत गरेको प्रतिवेदनमा लेखेका थिए, ‘सर्वोच्चको फैसलाले कम्युनिस्ट आन्दोलन, लोकतान्त्रिक प्रणाली, संवैधानिक व्यवस्था र जनताको सर्वोच्चतामाथि चुनौती खडा गरेको छ ।’ उनले निश्चित समूहको स्वार्थ पूर्तिका लागि राजनीतिक फैसला र संविधानको अपव्याख्याको माध्यमबाट अप्रत्यक्ष रुपमा संविधानको संशोधन भएको बताउँदै आएका थिए । सर्वोच्चले राज्यका तीन वटै अंगबीचको सन्तुलनबारे संविधानको व्यवस्थालाई संशोधन गरेको आरोप लगाउँदै आएका थिए । ओलीको यो भनाइलाई उनी निकट नेताहरू ईश्वर पोखरेल, सुवासचन्द्र नेम्वाङ, शंकर पोखरेललगायतले ब्याख्या र बचाउ पनि गर्दै आएका थिए ।

सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको विषयमा प्रश्न उठाउँदै गत सोमबारयता इजलास बस्न सकेको छैन । न्यायाधीशहरूले इजलास र कानुन व्यवसायीले बहसमा सहभागीता जनाइरहेका छैनन् । उनीहरूले प्रधानन्यायाधीशबाट राजीनामा गर्न जबरालाई भन्दै आएका छन् । न्यायाधीशहरूले जबराको नेतृत्वमा न्यायपालिका अगाडि बढ्न सक्ने अवस्था नरहेको भन्दै इजलास बहिस्कार गरेका छन् ।

नेपाल बार एशोसिएसन र सर्वोच्च बार एशोसिएनले प्रधानन्यायाधीश जबरालाई राजीनामा गर्न भनिरहेका छन् । पूर्व न्यायाधीश, पूर्व प्रधानन्यायाधीशहरू, नागरिक समाजले पनि प्रधानन्यायाधीशलाई राजीनामा गर्न भनेका छन् । प्रधानन्यायाधीश जबराको नेतृत्व क्षमता, कार्यपालिकासँग भाग लिएको, न्याय निरुपणमा स्वच्छता अपनाउन नसकेको लगायतका कारण देखाउँदै उनीहरूले राजीनामा मागेका हुन् ।

न्यायपालिकाको नेतृत्वको विषयमा प्रश्न उठाउँदै सर्वोच्च अदालत ठप्प रहेको र प्रधानन्यायाधीशले मार्ग प्रसस्त कुनै हालतमा नगर्ने भनिरहेको बेला महाभियोग लगाएर निकास खोज्न राजनीतिक दलहरूलाई कानुन व्यवसायी, पूर्व न्यायाधीशलगायत नागरिक समाजले आग्रह गरिरहेको छ । यस्तै बेला कांग्रेसका १२ नेताले सर्वोच्च अदालतको विवादमा मौन नबस्न पार्टी नेतृत्वमा पत्र लेखेर आग्रह गरेका छन् । उनीहरूले न्यायालय शुद्धीकरणको लडाइँको पक्षमा पार्टी उभियोस् भनेर आग्रह गरेका हुन् ।

सर्वोच्चमा विवादको सुरुवाती चरणमा प्रमुख प्रतिपक्षका नेता ओलीले आफू नेतृत्वको सरकारले संवैधानिक अंगहरुमा नियुक्त गरेकालाई हटाउन गरिएको ‘तमासा’ भनेका थिए । त्यसपछि उनले पालिका अधिवेशनको उद्घाटन गर्दै परमादेश जारी गर्ने पाँचवटै न्यायाधीशले राजीनामा दिनुपर्ने अभिव्यक्ति दिएका थिए । ‘तपाईंहरू पाँचैजनाले सर्वसम्मतिका आधारमा परमादेश गर्नुभएको होला । अहिले एकजनाले किन ? तपाईहरू पाँचैजनाले राजीनामा गरे हुन्न ?,’ उनले भनेका थिए ।

ओलीको उक्त अभिव्यक्तिको कानुन व्यावसायीका साथै प्रधानमन्त्री देउवाले आलोचना गरेका थिए । कानुन व्यवसायीहरूले प्रधानन्यायाधीशमाथि उठेका प्रश्नलाई अरुतिर मोडेर प्रतिशोध साँध्नका लागि प्रमुख प्रतिपक्षी दलका नेताले अभिव्यक्ति दिएको बताएका थिए । त्यस्तै, प्रधानमन्त्री देउवाले भने ओलीलाई जथाभावी नबोल्ने भनेका थिए । ओलीलाई देउवाको जवाफ थियो, ‘ओलीजीले संसद भंग गरेर त्यसको खिलापमा सर्वोच्चले परमादेश जारी गरेर नेपालको संविधान बचाएको छ, प्रजातन्त्र बचाएको छ। ओलीजीले जथाभावी बोल्ने काम छैन । उहाँले कुरा बुझ्नुपर्दछ । परमादेशले राष्ट्र बचाएको छ, प्रजातन्त्र बचाएको छ। त्यसकारण परमादेश ल्याउने सबैलाई हटाउनुपर्छ भन्ने गैरजिम्मेवार कुरा गर्नहुन्न ।’

तर, सर्वोच्चमा प्रधानन्यायाधीशलाई लिएर जारी विवाद उत्कर्षतिर गइरहेको बेला भने ओलीले यस विषयमा माैनता साँधेका छन् । शनिबार दुई सार्वजनिक कार्यक्रमलाई सम्बोधन गरेका ओलीले सर्वोच्च अदालतको नामै लिएनन् ।

ओलीले चावहिलमा आयोजित सिन्धुपाल्चोक -काठमाडौं सम्पर्क मञ्चको कार्यक्रमलाई झन्डै एक घण्टा सम्बोधन गरेका थिए । उक्त कार्यक्रममा नेपाल बार एशोसिएनसको प्रांगणमा शुक्रबार वकिलहरूबीच भएको झगडाको प्रसंग दुई पटक उल्लेख गरे पनि सर्वोच्चमा जारी विवादबारे एक शब्द पनि बोलेनन् ।

ललितपुरको च्यासलमा आयोजित ‘शादूर्ल अंक ४- समृद्ध नेपाल, सुखी नेपाली’ विमोचन कार्यक्रमलाई झन्डै सवा एक घण्टा सम्बोधन गरेका ओलीले त्यहाँ पनि सर्वोच्च अदालतको विवादबारे मौनता कायम राखे ।

सर्वोच्च अदालतको विवादमा अध्यक्ष ओली मौन रहेपनि पूर्वसभामुख तथा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले भने अभिव्यक्ति दिएका छन् । संसदीय दलको बैठकलाई सम्बोधन गर्ने क्रममा र त्यसपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै नेम्वाङले सर्वोच्चमा जारी विवादले चिन्तित बनाएको र चाँडो निरुपण हुनुपर्ने बताए । ‘अहिले न्यायपालिका आफैं एउटा निष्कर्षमा पुग्नुपर्छ । न्यायपालिका आफैंले समस्या समाधान गर्नका लागि पहल गर्नुपर्छ । यो विषयमा हामीले अर्थात् राजनीतिक दलले हस्ताक्षेप गर्नु हुँदैन यो विषय न्यायापालिकालाई छाडिदिनुपर्छ,’ नेम्वाङले थपे, ‘अदालतले चाहँदा के कति सहयोग गर्नुपर्ने हो हामी सहयोग गर्छौं । अदालतको आन्तरिक मामिलामा हामीले हस्ताक्षेप गर्नुहुँदैन । यो विषयलाई अदालतले चाँडोभन्दा चाँडो टुंग्याओस् ।’

अदालतमा देखिएका विवादका विषयमा त्यस्तो नगर्न भन्नुपर्ने अवस्था आउनसक्ने पनि नेम्वाङको भनाइ थियो । उनले भने, ‘कहिले काँही कतिपय अवस्थामा दलहरूले यति चाँही नगर्नुहोस् भनेर न्यायाधीशहरूलाई भन्नुपर्ने हुन्छ । कतिपय यस्ता कुरा (सर्वोच्चमा देखिएको विवाद) अफ्ठ्यारो पारेको पनि हुनसक्छ ।’

अहिले नै राजनीतिक दलहरूले न्यायपालिकामा जारी विवादलाई लिएर बोल्दा बढी नै हतार हुने नेम्वाङको भनाइ थियो । ‘इजलास बहिष्कार गर्ने र इजालसको विषयमा प्रश्‍न उठ्न लागेको छ । यस विषयमा प्रवेश गर्दिनँ तर यो ज्याँदै गम्भीर विषय हो र त्यो अलिबढी हतार गर्नुपर्ने विषय हो,’ उनले लामो समय विवाद रहन नहुने भनाइ राखेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
एमालेले निष्कासन गरेका व्यक्ति राखेर संसद चल्न दिन्नौं - Kp Sharma Oli
01:17
Video thumbnail
पार्टीलाई एकतावद्ध बनाएर लैजानुपर्छ - Ram Chandra Poudel
01:47
Video thumbnail
म पनि राप्रपा जस्तै राष्ट्रवादी हो - prachanda
01:33
Video thumbnail
ठगी वा अन्य कुनै समस्या परेमा हटलाइनमा फोन गर्नुस् - prem aale
02:26
Video thumbnail
भोट माग्न व्यस्त भीम रावल - bhim rawal
00:55
Video thumbnail
एमाले महाधिवेशनको अन्तिम दिन साैराहाकाे चहलपहल
02:12
Video thumbnail
एमालेमा ओलीको डनवाद मात्रै बाँकी छ - gagan thapa
01:57
Video thumbnail
नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा केपी ओलीको सम्बोधन || KP OLI
02:09:11
Video thumbnail
प्रचण्डको घरमा भ्रष्टाचार मात्रै ज्वाईं र बुहारीको रजाइ, घर भित्र छिरेका दुर्गा प्रसाईंले खोले पोल
01:56
Video thumbnail
मन्त्रीले चासो देखाउँदा एजेण्टहरुको ठगिबाट जोगिए बैदेशिक रोजगारीमा जान लागेका युवा
02:33

सम्बन्धित समाचार

गगन थापा: एमाले सौराहाबाट पञ्चायत बोकेर काठमाडौं फर्कियो

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता गगन थापाले नेकपा एमाले सौराहा महाधिवेशनबाट पञ्चायत बोकेर काठमाडौं फर्किएको टिप्पणी गरेका छन् ।

अध्यक्ष नेपाल: पार्टीमा सबैको उचित मूल्याङ्कन हुन्छ

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एकीकृत समाजवादीमा विधि, पद्धति, क्षमता र योगदानका आधारमा सबै नेता तथा कार्यकर्ताको उचित मूल्याङकन गरिने बताएका छन् ।

कमल थापा र रेखा थापाबीच घम्साघम्सी !

कमल थापा र रेखा थापाबीच घम्साघम्सी चलेको छ । एजेण्डाको सन्दर्भमा दुई जनाबीच घम्साघम्सी चलेको हो ।

सुजाता कोइराला: यो नै मेरो अन्तिम चुनाव हुनेछ

नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले आफू अन्तिम पटक चुनावमा लड्ने बताएकी छिन् ।

प्रदेश एकमा मिलेका देउवा–सिटौला वागमतीमा मिलेनन, कर्णालीमा निधिका पनि उम्मेदवार

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत अहिले प्रदेशमा अधिवेशन भइरहेको छ । प्रदेश २ बाहेक ६ वटै प्रदेशमा अधिवेशन भइरहेको छ । बिहीबार अधिवेशन उदघाटन गरिएको थियो ।

पर्यटनमन्त्री आले: स्वरोजगार सिर्जना गर्न पर्यटन क्षेत्रको विकास हुनुपर्छ

नेपाल सरकारका सांस्कृतिक पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले स्वरोजगार सिर्जना गर्न पर्यटन विकासका काम आवश्यक भएको बताएका छन् ।

ट्रेन्डिङ समाचार

भिम रावलले २२३ भोटका लागी गरेको खर्च भयो सार्बजनिक, चकित पर्नुहुनेछ थाहा पाएपछि !

नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन सम्मन्न भएर आगामी कार्यकालका लागी नयाँ नेतृत्व चयन भएको छ तर यसको चर्चा चलिनैरहेको छ ।

लालबाबुले मुख खोले एमाले छाडेर नेकपा एसमा प्रवेश गर्न लागेको समाचारले तहल्का मच्चाएपछि, यतिसम्म भनेपछि कोटेश्वरमा तनाव !

नेकपा (एमाले) का प्रभावशाली नेता लालबाबु पण्डितले पार्टी छाड्न लागेको समाचारले तहल्का मच्चाएपछि उनले मुख खोलेका छन् । उनले माधव नेपाल नै झस्किनेगरी प्रतिक्रिया दिएका हुन् ।

बामदेब गौतम पुरानै घर फर्किएका हुन् ?

पछिल्लो समय घरमा किताब पढेर आफ्नो अधिकाशं समय ब्यतित गरिरहेका बामदेब गौतमले पुराउनै घर फर्किने संकेत गरेका छन् ।

कक्षा १२ को नतिजा सार्वजनिक, कक्षा १२ को नतिजा कसरी हेर्ने?

कक्षा १२ को परिक्षाफल प्रकाशित भएको छ। शुक्रबार विहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले परिक्षाफल प्रकाशित गर्ने निर्णय गरे पछि परीक्षाफल प्रकाशित गरिएकाे हाे।

एमाले र राप्रपाबीच पार्टी एकता !

भनिन्छ नि असम्भव केहि छैन, यो भनाई अझ बढि राजनीतिमा लागु हुँदै आएको छ । भर्खरै मात्र नेकपा एमालेको १० औं महाधिवशेन सकिएको छ, अहिले राप्रपाको एकता महाधिवेशन चलिरहेको छ ।

प्रेम आलेलाई यस्ता कुरा कहाँ बाट आउँछ ?फेरी भए भाइरल

ओली सरकारकै पाला देखि भाइरल मन्त्रीको परिचय बनाएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम बहादुर आले आफ्नो अभिव्यक्तीका कारण बेलाबेलामा चर्चामा आइरहन्छन् ।

ताजा समाचार

शनि भगवानले सबैलाइ संकटबाट टाडा राखुन्, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस आज शनिबारको राशिफल

आजको राशिफल बि.सं. २०७८ साल मंसिर १८ गते शनिवार ई.सं.२०२१ डिसेम्बर ४ नेपाल सम्बत ११४१ कछलागा मार्ग कृष्ण औँशी राक्षस नामक संवत्सर, सूर्य दक्क्षीणयान, हेमन्त ऋतु, मार्ग कृष्ण औँशी तिथी, चन्द्रमा वृश्चिक राशिमा, अनुराधा नक्षत्र, सुकर्मा योग, नाग करण ।

गगन थापा: एमाले सौराहाबाट पञ्चायत बोकेर काठमाडौं फर्कियो

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता गगन थापाले नेकपा एमाले सौराहा महाधिवेशनबाट पञ्चायत बोकेर काठमाडौं फर्किएको टिप्पणी गरेका छन् ।

अध्यक्ष नेपाल: पार्टीमा सबैको उचित मूल्याङ्कन हुन्छ

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एकीकृत समाजवादीमा विधि, पद्धति, क्षमता र योगदानका आधारमा सबै नेता तथा कार्यकर्ताको उचित मूल्याङकन गरिने बताएका छन् ।

कमल थापा र रेखा थापाबीच घम्साघम्सी !

कमल थापा र रेखा थापाबीच घम्साघम्सी चलेको छ । एजेण्डाको सन्दर्भमा दुई जनाबीच घम्साघम्सी चलेको हो ।

सुजाता कोइराला: यो नै मेरो अन्तिम चुनाव हुनेछ

नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले आफू अन्तिम पटक चुनावमा लड्ने बताएकी छिन् ।

प्रदेश एकमा मिलेका देउवा–सिटौला वागमतीमा मिलेनन, कर्णालीमा निधिका पनि उम्मेदवार

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत अहिले प्रदेशमा अधिवेशन भइरहेको छ । प्रदेश २ बाहेक ६ वटै प्रदेशमा अधिवेशन भइरहेको छ । बिहीबार अधिवेशन उदघाटन गरिएको थियो ।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Search