Viber Community
Nop Ads

भारत न्युजिल्यान्डसँग ८ विकेटले पराजित, सेमिफाइनल यात्रा कठिन

भारतले दिएको १११ रनको लक्ष्य न्युजिल्यान्डले १४.३ ओभरमै २ विकेट गुमाएर पूरा गरेको हो । न्युजिल्यान्डको उत्कृष्ट बलिङसामु निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै भारत ११० रनमै समेटिएको थियो ।

Viber Community

नेपाल अनलाइन पत्रिका


नेपाल अनलाइन पत्रिका – काठमाडौं। जारी ट्वान्टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा भारत आफ्नो दोस्रो खेलमा पनि पराजित भएको छ । आइतबार भएको खेलमा न्युजिल्यान्डले भारतलाई ८ विकेटले हराएको हो ।
भारतले दिएको १११ रनको लक्ष्य न्युजिल्यान्डले १४.३ ओभरमै २ विकेट गुमाएर पूरा गरेको हो । न्युजिल्यान्डको उत्कृष्ट बलिङसामु निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै भारत ११० रनमै समेटिएको थियो ।
न्युजिल्यान्डका लागि डेरिल मिचेलले सर्वाधिक ४९ रन बनाए भने केन विलियम्सनले नटआउट ३३ रन बनाउँदा मार्टिन गुप्टिलले २० रनको योगदान गरे । भारतका लागि जसप्रीत बुमराले २ विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको भारतका लागि रवीन्द्र जडेजाले सर्वाधिक २६ रन बनाएका थिए । भारतका ओपनिङ ब्याट्सम्यान केएल राहुल १८ रनमा आउट भएका थिए । त्यस्तै अर्का ओपनर इशान किशनले मात्र ४ रन बनाए । रोहित शर्माले १४ रन बनाए भने कप्तान विराट कोहली पनि ९ रनमै आउट भए । आइतबार ऋषभ पन्तको पनि ब्याट चलेन । उनले १९ बल खेलेर मात्र १२ रन बनाए । त्यस्तै २४ बल सामना गरेका हार्दिक पाण्ड्याले २३ रन बनाए ।
न्युजिल्यान्डका लागि ट्रेन्ट बोल्टले उत्कृष्ट बलिङ गरेका थिए । उनले ४ ओभरमा २० रन खर्चिँदै ३ विकेट लिए । त्यस्तै इश सोधीले २ तथा टिम साउथी र आडम मिल्नले १–१ विकेट लिए ।

लगातार २ खेल हारेपछि भारतका लागि सेमिफाइनलमा स्थान बनाउन कठिन हुने भएको छ । समूहमा पाकिस्तान ३ खेलमा जित हात पार्दै ६ अंकसहित शीर्ष स्थानमा छ भने ३ खेलमध्ये २ मा जित हात पारेको अफगानिस्तान ४ अंकसहित दोस्रो स्थानमा रहेको छ । भारतले अब अफगानिस्तान, नामिबिया र स्कटल्यान्डसँग खेल्न बाँकी छ ।
बाँकी सबै खेल जिते पनि भारत अफगानिस्तान र न्युजिल्यान्डबीचको खेलको नतिजामा निर्भर हुनुपर्ने देखिन्छ । भारत अर्को चरणमा पुग्न न्युजिल्यान्डले अफगानिस्तानलाई झिनो अन्तरले मात्रै हराउनुपर्नेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?
Facebook Notice for EU! You need to login to view and post FB Comments!

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
भोट माग्न व्यस्त भीम रावल - bhim rawal
00:55
Video thumbnail
एमाले महाधिवेशनको अन्तिम दिन साैराहाकाे चहलपहल
02:12
Video thumbnail
एमालेमा ओलीको डनवाद मात्रै बाँकी छ - gagan thapa
01:57
Video thumbnail
नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा केपी ओलीको सम्बोधन || KP OLI
02:09:11
Video thumbnail
प्रचण्डको घरमा भ्रष्टाचार मात्रै ज्वाईं र बुहारीको रजाइ, घर भित्र छिरेका दुर्गा प्रसाईंले खोले पोल
01:56
Video thumbnail
मन्त्रीले चासो देखाउँदा एजेण्टहरुको ठगिबाट जोगिए बैदेशिक रोजगारीमा जान लागेका युवा
02:33
Video thumbnail
हिन्दी फिल्मको डाइलग प्रसंगमा नेपाललाई ओलीको जवाफ
01:18
Video thumbnail
न्यायिक क्षेत्रमा क्यान्सर भइसकेको छ, उपचार कुखुराको अण्डा र दुबोले मन्साएर गर्न खोजिँदैछः ओली
02:03
Video thumbnail
‌ओलीको टिप्पणी : अरुका नाति नातिनीलाई बर्बाद गरिदिने प्रचण्डका दुई नातिनी बेलायत पढ्छन्
01:18
Video thumbnail
ओलीले सूर्यको धाक नदेखाए हुन्छ, त्यसमा ग्रहण लागिसक्यो - Madhav Kumar Nepal
00:45

सम्बन्धित समाचार

यो सिजन अझै पनि जित बिहीन न्यूक्यासल: प्रिमियर लिग

विवादास्पद पेनाल्टी गोलका बाबजुद न्यूक्यासल युनाइटेड प्रिमियर लिगको यो सिजनमा अहिलेसम्म जित बिहीन छ ।

युभेन्टस जितको लयमा फर्कियो

युभेन्टस इटालियन सिरी ए फुटबलमा जितको लयमा फर्किएको छ। लिग अन्तर्गत मंगलबार राति भएको खेलमा युभेन्टसले पुछारको क्लब सालेर्नितानालाई २–० ले पराजित गरेको हो ।

दोस्रो चरणका ६ विशेषता: ए डिभिजन लिग 

दोस्रो चरणमा लिगकै प्रतिक्षित खेलमध्ये एक साविक विजेता मछिन्द्र फुटबल क्लब र साविक उपविजेता त्रिभुवन आर्मी फुटबल क्लबबीचको खेल पनि भयो ।

बेलोन डी’ओर जिते सातौंपल्ट मेस्सीले

पेरिस सेन्ट जर्मेइन (पीएसजी) तथा अर्जेन्टिनाका सुपरस्टार स्ट्राइकर लियोनल मेस्सीले वर्षको उत्कृष्ट फुटबलरका रुपमा कीर्तिमानी सातौंपल्ट बेलोन डी’ओर अवार्ड जितेका छन् ।

मेस्सी भन्छन् “२०२० को बालोन डे ओर लेवान्डोस्कीलाई दिनुपर्छ”

मेरो विचारमा फ्रान्स फुटबलले तपाईँको हक लाग्ने बालोन डे ओर दिनुपर्छ।

नेइमार घुँडाको चोटका कारण ८ हप्ता मैदान बाहिर रहने

पेरिस सेन्ट जर्मनका (पीएसजी)का फरवार्ड नेइमार घुँडाको चोटका कारण आठ हप्तासम्म मैदान बाहिर रहने भएका छन् ।

ट्रेन्डिङ समाचार

ओलीले सपथ खाए र केन्द्रीय सदस्यलाई खुवाए तर रावल उठेनन्

एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले पद तथा गोपनीयताको सपथग्रहण गरेका छन् । पार्टीको महाधिवेशनस्थल सौराहामा आयोजित कार्यक्रममा उनले सपथ खाएका हुन् ।

‘नैतिक जीत’ भीम रावलको

नेकपा एमालेको महाधिवेशनमा भीम रावलले हार्ने जान्दा जान्दै अध्यक्षमा उम्मेदवारी दिए । मतदान सकिएपछि प्रफुल्लित मुद्रामा आफू जितेजसरी प्रस्तुत भए ।

भेटेरै डा. भीम रावलले दिए अध्यक्षमा निर्वाचित केपी शर्मा ओलीलाई बधाई

अध्यक्षको प्रतिस्पर्धामा हारेका नेता रावल अध्यक्ष ओलीसँगैको कुर्सीमा बसेर ओलीसँग भलाकुसारी गरिरहेका छन्।

ओलीसँग अन्तिमसम्म किन भिडिरहे रावल ?

भीम रावललाई प्रष्ट थाहा छ, उनी चुनाव जित्दैनन्। तर, पनि अन्तिमसम्म पार्टी अध्यक्षमा उठ्ने अडान राखे। रावलकै अडानका कारण एमालेको १० औं महाधिवेशन ‘सहमति’को बन्न सकेन।

भीम रावलले हार्ने कन्फर्म भईभई पनि ओलीसँग अन्तिमसम्म भिडिरहनुको रहस्य अर्कै !

भीम रावललाई प्रष्ट थाहा छ, उनी चुनाव जित्दैनन्। तर, पनि अन्तिमसम्म पार्टी अध्यक्षमा उठ्ने अडान राखे। रावलकै अडानका कारण एमालेको १० औं महाधिवेशन ‘सहमति’को बन्न सकेन। अध्यक्षलगायत पदाधिकारी र केन्द्रीय सदस्य छान्न चुनावी वातावरण बन्यो।

ओलीलाई टक्कर दिइरहेका भीम रावलमाथि गम्भीर षडयन्त्र, के होला अब ?

एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा अध्यक्षका उम्मेदवार भीम रावलमाथि गम्भीर षडयन्त्र भएको खबर छ । ओलीलाई टक्कर दिइरहेका रावल प्यानल सूची वितरण भएकोमा आपत्ति जनाएका छन् ।

ताजा समाचार

चिसो माैसमलाई चुनाैती दिदै सेतो पहिरनमा बोल्ड साम्राज्ञी (फोटो फिचर)

चलचित्र ‘तिम्रो मेरो साथ’को छायांकन सकेपछि नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले नयाँ चलचित्रको काम गरेकी छैनन् ।

यसपाली रित्तो हात फर्किन्नौं : केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गर्दै कांग्रेस चितवनका सभापति श्रेष्ठले भने

नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । चितवनबाट हालसम्म कांग्रेस केन्द्रीय सदस्यमा कोहीपनि निर्वाचित हुन सकेका छैनन् ।

चोलेन्द्रको त भाग्य नै बलियो, फेरि आयो अर्को ठूलो खुसीको खबर !

प्रधानन्यायाधीश चोलेन्द्रको भाग्य नै बलियो रहेको पुष्टि भएको छ । उनको राजीनामालाई बटमलाइन बनाएर आन्दोलनमा उत्रिएको कानुन व्यवसायीहरुको साझा संस्था नेपाल बार एसोसिएसनले आन्दोलनबाट ‘ब्याक’ हुने संकेत दिएको छ ।

आफू हारे तर लोकतन्त्रको बिउ जोगाए : डा. भीम रावल

मंगलबार सम्पन्न नेकपा एमालेको महाधिवेशनबाट पुनः अध्यक्षमा निर्वाचित केपी शर्मा ओलीले एक हजार ८३७ मत ल्याउँदा अध्यक्षका अर्का प्रत्यासी डा. भीम रावलले जम्मा २२३ मत पाए । तर, यसलाई हारेर पनि जितिएको रुपमा अर्थ्याउँछन् डा.रावल पक्षका नेताहरू ।

हिसिला-बाबुरामको डिभोर्स

पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई र हिसिला यमीका बिचमा ‘सम्बन्धविच्छेद’ भएको खुलासा भएको छ ।

भिम रावलले निर्वाचन लड्दा प्रचण्डलाई फाईदा !

नेकपा एमाले को १० औं महाधिवेशन अहिले चितवनमा भईरहेको छ । आज महाधिवेशनको अन्तिम दिन निर्वाचन प्रक्रिया भर्खरै सकिएको छ भने केही क्षण मै मत गणना सुरु हुँदैछ ।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Search