spot_img

प्रचण्ड र ओली किन चितवनको माडी धाइरहेका छन् ?

चितवनको माडीमा पछिल्लो समय शीर्ष नेताको दौडधुप देखिन थालेको छ । गत कार्तिक १० गते बुधबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माडी आएका थिए ।

nepal online patrika

नेपाल अनलाइन पत्रिका संवाददाता

spot_img

kp oli, prachanda

नेपाल अनलाइन पत्रिका – काठमाडौं। चितवनको माडीमा पछिल्लो समय शीर्ष नेताको दौडधुप देखिन थालेको छ । गत कार्तिक १० गते बुधबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माडी आएका थिए । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

त्यसको एक साता बित्न नपाउदै नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पनि माडी आउँदैछन् । रामको जन्मस्थानका रुपमा माडीको अयोध्यालाई चिनाउँदै राममन्दिर निर्माणको अभियान थालेका ओलीले यस क्षेत्रलाई विशेष चासो राखेको देखिन्छ ।

माडीको अयोध्याधामलाई लिएर आली र प्रचण्डले आफ्नो अनेक धारणा व्यक्त गर्दै पनि आइरहेका छन् । माडी ९, बाँदरझुलामा आयोजित नागरिकता वितरण शिविर र पार्टी प्रशिक्षण कार्यक्रममा सहभागी हुन ६ दिनअघि माडी आएका प्रचण्डले अबको निर्वाचनमा पनि आफु चितवनबाटै लड्ने बताएका थिए ।

केही समयअघि एमालेका स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’ले प्रचण्डलाई निर्वाचनमा हराउने अभिव्यक्ति दिएका थिए भने एमाले अध्यक्ष ओलीले पनि प्रचण्डलाई हराउन घुमुरो शैलीमा अभिव्यक्ति दिँदै आएका छन् । यहि कुरा उठाउँदै प्रचण्डले फेरि आफु यहि क्षेत्रबाट चुनाव लड्ने र आफूलाई कसैले हराउन नसक्ने कुरा माडी आएर उनले पनि बताए ।

साथै उनले माडी बनाउनका लागि नभएर प्रोपोगाण्डाका लागि राम मन्दिर निर्माणको घोषणा गरिएको पनि बताएका थिए। उनले ऐतिहासिक तथ्य र अन्वेषण गरेर मात्र राम मन्दिर निर्माण गर्ने पक्षमा आफू रहेको पनि बताएका थिए । उनी माडीका कार्यक्रम सकेर फर्किएलगत्तै एमाले अध्यक्ष ओली पनि आउँदै छन् । सोमबार चितवन आएर उनी दुई दिनसम्म रहने बताइएको छ ।

उनी सोमबार भरतपुर महानगरपालिका–२९ दासढुंगामा मदन भण्डारी र जीवराज आश्रितको श्रद्धाञ्जली कार्यक्रममा सहभागी हुनेछन् भने मंगलबार माडीको कार्यक्रमको लागि आउनेछन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Facebook Notice for EU! You need to login to view and post FB Comments!

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा केपी ओलीको सम्बोधन || KP OLI
02:09:11
Video thumbnail
प्रचण्डको घरमा भ्रष्टाचार मात्रै ज्वाईं र बुहारीको रजाइ, घर भित्र छिरेका दुर्गा प्रसाईंले खोले पोल
01:56
Video thumbnail
मन्त्रीले चासो देखाउँदा एजेण्टहरुको ठगिबाट जोगिए बैदेशिक रोजगारीमा जान लागेका युवा
02:33
Video thumbnail
हिन्दी फिल्मको डाइलग प्रसंगमा नेपाललाई ओलीको जवाफ
01:18
Video thumbnail
न्यायिक क्षेत्रमा क्यान्सर भइसकेको छ, उपचार कुखुराको अण्डा र दुबोले मन्साएर गर्न खोजिँदैछः ओली
02:03
Video thumbnail
‌ओलीको टिप्पणी : अरुका नाति नातिनीलाई बर्बाद गरिदिने प्रचण्डका दुई नातिनी बेलायत पढ्छन्
01:18
Video thumbnail
ओलीले सूर्यको धाक नदेखाए हुन्छ, त्यसमा ग्रहण लागिसक्यो - Madhav Kumar Nepal
00:45
Video thumbnail
हेर्दै जानुस् अब प्रचण्डको पत्तासाफ। प्रचण्डले गुण्डा भनेपछि आक्रोसित ओली || KP OLI
22:26
Video thumbnail
जबराले अदालत छोडेर जानुपर्छ
01:33
Video thumbnail
पेट्रोलियम पदार्थको मूल्य घटाउनुपर्छ - Madhav Kumar Nepal
02:19

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार