spot_img

प्रचण्डको माओवादी प्रवेश गर्दैछन् जसपाका बाबुराम !

नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) को एकीकरण हुने भएको छ । पार्टी एकीकरण गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेको प्रस्तावलाई जनता समाजवादी पार्टीले सकारात्मक रुपमा लिएको प्रतिक्रिया दिएको हो ।

nepal online patrika

नेपाल अनलाइन पत्रिका संवाददाता

spot_img

prachanda, baburam

नेपाल अनलाइन पत्रिका – काठमाडौं। नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) को एकीकरण हुने भएको छ । पार्टी एकीकरण गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेको प्रस्तावलाई जनता समाजवादी पार्टीले सकारात्मक रुपमा लिएको प्रतिक्रिया दिएको हो । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

सर्लाहीमा आयोजित कार्यक्रममा प्रचण्डले माओवादी र जसपाबीच छिटो भन्दा छिटो एकता गर्न प्रस्ताव गरेपछि जसपाका एक प्रभावशाली नेता मनिष सुमनले आफूहरु पनि एकताकै पक्षमा रहेको बताए ।

तर त्यसका लागि प्रदेशको सिमांकन फेर्ने, नागरिकताको समस्या समाधान गर्नुपर्ने र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने लगाययका मधेसी जनताका मागहरु सम्बोधन गर्न प्रचण्ड तयार हुनुपर्ने उनले बताए ।

आफूहरुका यी माग सम्बोधन गर्न प्रचण्ड तयार भए एकीकरण टाढा नरहेको पनि उनले बताए । सर्लाहीमा आयोजित कार्यक्रममा प्रचण्डले जसपा अध्यक्ष उपेन्द्र यादव र नेता महिन्द्रराय यादवलाई छिटो पार्टी एकता गर्न अपील गरेका थिए ।

क्षेत्रीय पार्टीबाट मधेसी र पहाडीया जनताको मुक्ति नहुने दाबी गर्दै प्रचण्डले एकीकरण गरेर पार्टीलाई टापु हैन महासागर बनाउन प्रस्ताव गरे । प्रचण्डले पार्टी एकता गरेमा जसपाका नेताहरुलाई सम्मान र अधिकार दिन कुनै कमि नहुने आश्वासन दिए ।

पार्टी एकीकरणको प्रस्तावका लागि प्रचण्डलाई धन्यवाद दिँदै जसपा नेता सुमनले साच्चै एकता चाहने हो भने मधेसका माग र मुद्दाको सम्बोधन हुनुपर्ने बताए । अन्यथा एकीकरणको कुरा भाषणमा मात्रै सीमित हुने उनले बताए । प्रचण्डले नागरिकता लगायतका विषयमा पनि सत्ता पक्ष र प्रतिपक्षबीच संवाद गरेर निर्णयमा पुगिने बताएका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा केपी ओलीको सम्बोधन || KP OLI
02:09:11
Video thumbnail
प्रचण्डको घरमा भ्रष्टाचार मात्रै ज्वाईं र बुहारीको रजाइ, घर भित्र छिरेका दुर्गा प्रसाईंले खोले पोल
01:56
Video thumbnail
मन्त्रीले चासो देखाउँदा एजेण्टहरुको ठगिबाट जोगिए बैदेशिक रोजगारीमा जान लागेका युवा
02:33
Video thumbnail
हिन्दी फिल्मको डाइलग प्रसंगमा नेपाललाई ओलीको जवाफ
01:18
Video thumbnail
न्यायिक क्षेत्रमा क्यान्सर भइसकेको छ, उपचार कुखुराको अण्डा र दुबोले मन्साएर गर्न खोजिँदैछः ओली
02:03
Video thumbnail
‌ओलीको टिप्पणी : अरुका नाति नातिनीलाई बर्बाद गरिदिने प्रचण्डका दुई नातिनी बेलायत पढ्छन्
01:18
Video thumbnail
ओलीले सूर्यको धाक नदेखाए हुन्छ, त्यसमा ग्रहण लागिसक्यो - Madhav Kumar Nepal
00:45
Video thumbnail
हेर्दै जानुस् अब प्रचण्डको पत्तासाफ। प्रचण्डले गुण्डा भनेपछि आक्रोसित ओली || KP OLI
22:26
Video thumbnail
जबराले अदालत छोडेर जानुपर्छ
01:33
Video thumbnail
पेट्रोलियम पदार्थको मूल्य घटाउनुपर्छ - Madhav Kumar Nepal
02:19

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार