सोमवार, मंसिर १३, २०७८
spot_img

सच्याए आधा गल्ती चोलेन्द्रले, गणेश रेग्मीको रिट संवैधानिक इजलासमा पठाइयो

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले संवैधानिक नियुक्ति लगायतका विषयमा परेको रिटको गल्ती आंशिकरुपमा सच्याएका छन् । न्यायाधीश हरि फुयाँलको एकल बेञ्चमा परेको गणेश रेग्मीको रिट अब संवैधानिक इजलासमा हेरिने भएको छ ।

nepal online patrika

नेपाल अनलाइन पत्रिका संवाददाता

spot_img

Cholendra Shumsher

नेपाल अनलाइन पत्रिका – काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले संवैधानिक नियुक्ति लगायतका विषयमा परेको रिटको गल्ती आंशिकरुपमा सच्याएका छन् । न्यायाधीश हरि फुयाँलको एकल बेञ्चमा परेको गणेश रेग्मीको रिट अब संवैधानिक इजलासमा हेरिने भएको छ । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

प्रधानन्यायाधीश जबराले प्रशासनिक निर्णयमार्फत रेग्मीको रिट संवैधानिक इजलासमा पठाउने निर्णय गरेका हुन् । सर्वोच्च अदालत सञ्चालन (संवैधानिक इजलास) सञ्चालन नियमावली २०७२ को नियम १७(२) ख बमोजिम डा.गणेश रेग्मीको मुद्दा संवैधानिक इजलासमा पठाउने निर्णय भएको सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले बताए ।

प्रधान न्यायाधीशको निर्णयका आधारमा सो रिट संवैधानिक इजलासमा पठाइसकिएको प्रवक्ता दाहालले बताए । रेग्मीको रिटलाई संवैधानिक इजलासमा पठाई पाउँ भन्दै दीपकविक्रम मिश्रले निवेदन दिएका थिए । सोही निवदेनउपर कारवाही गर्दै जबराले सो रिट संवैधानिक इजलासमा पठाएका हुन् ।

केपी ओली प्रधानमन्त्री भएका बेला अध्यादेशमार्फत संवैधानिक आयोगहरूमा चार दर्जन व्यक्तिलाई नियुक्त गरिएको मुद्दा अहिले सर्वोच्च अदालतमा विचाराधीन छ । यो रिट संवैधानिक इजलासमा छ । संवैधानिक परिषद्का सदस्यसमेत रहेका र नियुक्तिहरूमा आफ्नो भागसमेत लिएको आरोप लागेका प्रधानन्यायाधीश जबरालाई समेत यो रिटमा विपक्षी बनाइएको छ ।

आफूलाई विपक्षी बनाइएको मुद्दाको पेशी तोक्ने र सुनुवाइ प्रक्रियामा समेत प्रधानन्यायाधीश जबराले बस्न नमिल्ने प्रश्न उठेपछि यसअघि जबरा आफैँले सो रिटको सुनुवाइ प्रक्रियामा संलग्न नहुने घोषणा गरेका थिए ।

सर्वोच्च बारसँग भएको छलफलमा सो रिटको सुनुवाइ वा पेशीमा सहभागी नहुने घोषणा गरेका जबराले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर आफ्नो अपमान भएको भन्दै इजलासमा बस्ने वातावरण बनाइदिन आग्रह गरेका थिए । त्यसपछि देउवाले वरिष्ठ वकिलहरूलाई बालुवाटारमा बोलाएर यसबारे विज्ञप्ति जारी गरिदिने भनेका थिए । तर, वरिष्ठ कानुनविद्हरुले देउवाको प्रस्ताव मानेनन् ।

त्यसको भोलिपल्ट गणेश रेग्मीका नामबाट सर्वोच्च अदालतमा एउटा रिट दर्ता भयो । प्रधानन्यायाधीशको अनुपस्थितिमा संवैधानिक इजलास बस्नै मिल्दैन भन्ने माग गर्दै परेको सो रिटमाथि भोलिपल्टै अन्तरिम आदेश जारी भयो ।

प्रधानन्यायाधीश, एमाले अध्यक्ष केपी ओली र समावेशी आयोगमा रामकृष्ण तिमल्सेनासमेतको निकटता देखिने गरी सो रिट तयार गरेर संवैधानिक इजलासलाई पङ्गु बनाइएको आरोप लाग्दै आएको छ ।

अन्ततः हरि फुयाँलको एकल बेञ्चबाट संवैधानिक इजलासको निर्णयविरुद्ध आदेश जारी भयो । तोकिएको सुनुवाइ समेत रोक्दै प्रधानन्यायाधीशको अनुपस्थितिमा संवैधानिक इजलासमा बस्न मिल्दैन भन्ने आदेश फुयाँलको बेञ्चले सुनाएपछि अहिलेसम्म संवैधानिक परिषद्को नियुक्ति सम्बन्धी मुद्दा अघि बढ्न सकिरहेको छैन ।

यसैबीच सर्वोच्च बारसँग प्रधानन्यायाधीशले गरेको छलफलपछि उनले रेग्मीको यो रिटलाई संवैधानिक इजलासमा पठाउने र बारले वरिष्ठ अधिवक्तालाई एमिकस क्युरीका रूपमा पठाउने सहमति भएको थियो । तर, जबराले सहमति विपरीत संवैधानिक इजलासमा नपठाइ नियमित प्रक्रियाबाटै सो रिटको सुनुवाइ गर्न खोजेपछि बारले एमिकस क्युरी पठाउन मानेको छैन ।

पछिल्लो समयमा आफ्नो राजीनामा माग्दै आन्दोलन चर्कन थालेपछि जबराले रेग्मीको रिटलाई संवैधानिक इजलासमा पठाउने प्रशासनिक निर्णय लिएका हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
एमाले महाधिवेशनको अन्तिम दिन साैराहाकाे चहलपहल
02:12
Video thumbnail
एमालेमा ओलीको डनवाद मात्रै बाँकी छ - gagan thapa
01:57
Video thumbnail
नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा केपी ओलीको सम्बोधन || KP OLI
02:09:11
Video thumbnail
प्रचण्डको घरमा भ्रष्टाचार मात्रै ज्वाईं र बुहारीको रजाइ, घर भित्र छिरेका दुर्गा प्रसाईंले खोले पोल
01:56
Video thumbnail
मन्त्रीले चासो देखाउँदा एजेण्टहरुको ठगिबाट जोगिए बैदेशिक रोजगारीमा जान लागेका युवा
02:33
Video thumbnail
हिन्दी फिल्मको डाइलग प्रसंगमा नेपाललाई ओलीको जवाफ
01:18
Video thumbnail
न्यायिक क्षेत्रमा क्यान्सर भइसकेको छ, उपचार कुखुराको अण्डा र दुबोले मन्साएर गर्न खोजिँदैछः ओली
02:03
Video thumbnail
‌ओलीको टिप्पणी : अरुका नाति नातिनीलाई बर्बाद गरिदिने प्रचण्डका दुई नातिनी बेलायत पढ्छन्
01:18
Video thumbnail
ओलीले सूर्यको धाक नदेखाए हुन्छ, त्यसमा ग्रहण लागिसक्यो - Madhav Kumar Nepal
00:45
Video thumbnail
हेर्दै जानुस् अब प्रचण्डको पत्तासाफ। प्रचण्डले गुण्डा भनेपछि आक्रोसित ओली || KP OLI
22:26

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार