spot_img

रातारात माधव नेपालका कट्टर विरोधी बनेका योगेश भट्टराईमाथि आपत !

नेकपा एमालेका सचिव योगेश भट्टराईलाई अर्को आपत आएको छ । नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठनले नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठनले आफूहरूसँग जोरी नखोज्न चेतावनी दिएको हो ।

nepal online patrika

नेपाल अनलाइन पत्रिका संवाददाता

spot_img

yogesh

नेपाल अनलाइन पत्रिका – काठमाडौं। नेकपा एमालेका सचिव योगेश भट्टराईलाई अर्को आपत आएको छ । नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठनले नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठनले आफूहरूसँग जोरी नखोज्न चेतावनी दिएको हो । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

शुक्रबार विज्ञप्ति जारी गर्दै अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले हालै भट्टराईले दिएको आफ्नो पार्टीप्रतिको अभिव्यक्तिमा गम्भीर आपत्ती जनाएको हो।

केही दिनअघि एमालेको महाधिवेशनबारे जानकारी आयोजित कार्यक्रममा बोल्दै एमाले प्रचार विभाग प्रमुखसमेत रहेका भट्टराईले माधवकुमार नेपाल नेतृत्वको पार्टी अवैध गर्भधारणबाट जन्मिएको भन्दै उसको ठेगाना पनि नभएकाले महाधिवेशनमा निम्तो नदिने बताएका थिए।

त्यसको जवाफमा एकीकृत समाजवादीको विद्यार्थी संगठन प्रतिगामीको मतियार भएर क्रान्तिकारीसँग जोरी नखोज्न चेतावनी दिएको हो।

तपाईंको प्रतिगामी पार्टी एमालेको पार्टी कार्यालय कहाँ छ ? करोडौं राजस्व छल्नेले दानमा दिएको घरमा पार्टी कार्यालय राख्नेले सिसाको घरमा बसेर ढुंगा हानेको कत्ति पनि सुहाएन। जनताको व्यवस्थालाई कमजोर बनाएर ‘वा’ प्रवृत्तिलाई खुसी बनाउँदै नवप्रतिगामीको खरानी कति दिनसम्म घसिरहने हो ?,’ पराजुलीले जारी गरेको विज्ञप्तिमा भनिएको छ,

‘हिजो आफैंले ओली प्रतिगमनविरूद्ध देशभर घन्काएको नारा याद छ कि छैन ? कति चाँडै प्रतिगामीको मतियार बन्ने भूत जागृत भएको हो ? ’ विज्ञप्तिमा प्रतिगमनको सेवकका रूपमा क्रान्तिकारीहरूसँग जोरी नखोज्न चेतावनी दिइएको छ भने कसको ठेगाना कहाँ हो ? आगामी निर्वाचनमा सार्वभौम नेपाली नागरिकले देखाइदिने उल्लेख गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा केपी ओलीको सम्बोधन || KP OLI
02:09:11
Video thumbnail
प्रचण्डको घरमा भ्रष्टाचार मात्रै ज्वाईं र बुहारीको रजाइ, घर भित्र छिरेका दुर्गा प्रसाईंले खोले पोल
01:56
Video thumbnail
मन्त्रीले चासो देखाउँदा एजेण्टहरुको ठगिबाट जोगिए बैदेशिक रोजगारीमा जान लागेका युवा
02:33
Video thumbnail
हिन्दी फिल्मको डाइलग प्रसंगमा नेपाललाई ओलीको जवाफ
01:18
Video thumbnail
न्यायिक क्षेत्रमा क्यान्सर भइसकेको छ, उपचार कुखुराको अण्डा र दुबोले मन्साएर गर्न खोजिँदैछः ओली
02:03
Video thumbnail
‌ओलीको टिप्पणी : अरुका नाति नातिनीलाई बर्बाद गरिदिने प्रचण्डका दुई नातिनी बेलायत पढ्छन्
01:18
Video thumbnail
ओलीले सूर्यको धाक नदेखाए हुन्छ, त्यसमा ग्रहण लागिसक्यो - Madhav Kumar Nepal
00:45
Video thumbnail
हेर्दै जानुस् अब प्रचण्डको पत्तासाफ। प्रचण्डले गुण्डा भनेपछि आक्रोसित ओली || KP OLI
22:26
Video thumbnail
जबराले अदालत छोडेर जानुपर्छ
01:33
Video thumbnail
पेट्रोलियम पदार्थको मूल्य घटाउनुपर्छ - Madhav Kumar Nepal
02:19

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार