सोमवार, मंसिर १३, २०७८
spot_img

ओलीका मुुख्यमन्त्रीले ३ बर्षमा गर्न नसकेको काम माधवका मुख्यमन्त्रीले ३ दिनमै गरे, सबै परे चकित !

नेकपा एमालेका मुुख्यमन्त्रीहरुले ३ बर्षमा गर्न नसकेको काम माधव नेपालको एसबाट मुख्यमन्त्री बनेका प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले केही दिनमै गर्ने छनक देखाएका छन् । उनले प्रदेशको नाम जुराउन चाँडै संसदमा छलफल थाल्ने बताएका हुुन्।

nepal online patrika

नेपाल अनलाइन पत्रिका संवाददाता

spot_img

Rajendra Rai

नेपाल अनलाइन पत्रिका – काठमाडौं। नेकपा एमालेका मुुख्यमन्त्रीहरुले ३ बर्षमा गर्न नसकेको काम माधव नेपालको एसबाट मुख्यमन्त्री बनेका प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले केही दिनमै गर्ने छनक देखाएका छन् । उनले प्रदेशको नाम जुराउन चाँडै संसदमा छलफल थाल्ने बताएका हुुन्। ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

गृहजिल्ला भोजपुर जाने क्रममा सङ्खुवासभाको तुम्लिङटार विमानस्थलमा पत्रकारसँग कुरा गर्दै मुख्यमन्त्री राईले प्रदेशको पहिचान र बहुपहिचानका आधारमा सहमतिबाट जुराउने बताएका हुन्।

प्रदेशको नामकरणका लागि पहिचान बोकेका कोशी, कोशी(किराँत, किराँत, लिम्बुवान र सगरमाथा आदि नामबारे चर्चा चलेको छ।

प्रदेशको नाम कोशी, किराँत वा सगरमाथासँग जोडेर राखिने उनले बताए। नामकरणका लागि पहिचान बोकेका कोशी, किराँत र सगरमाथाबाट छलफल थाल्ने मुख्यमन्त्री राईले बताए।

प्रदेशको नामकरणका लागि सर्वदलीय बैठक वा दलका प्रमुखसँग छलफल गरिने उनले बताए। पूर्ववर्ती सरकारले संसदमा प्रयास नगरेकाले प्रदेशको नाम अहिलेसम्म राख्न नसकेको उनले बताए। नामकरणका लागि तिहारपछि संसद् सुरु हुनासाथ छलफल थाल्ने मुख्यमन्त्री राईले बताए।

यता नेकपा एकीकृत समाजवादीले पार्टीमा आउन चाहिरहेका विभिन्न राजनीतिक समूह र व्यक्तिहरूसँग वार्ता गर्न टोली गठन गरेको छ। स्रोतका अनुसार माधव नेपाल नेतृत्वको सो पार्टीले मुख्य निशाना नेकपा एमालेलाई बनाएको र एमालेका प्रभावशाली नेताहरुलाई तान्ने उसको रणनीति रहेको बुझिएको छ ।

बुधबार बसेको सचिवालय बैठकले महासचिव बेदुराम भुसाल नेतृत्वमा वार्ता टोली गठन गरेको हो। महासचिव भुसालको नेतृत्वमा उपमहासचिव गंगालाल तुलाधर र विजयकुमार पौडेल सदस्य रहेका छन्।

उक्त वार्ता टोलीले वार्तासम्बन्धी प्रस्ताव तयार गरी सचिवालयमा पेस गर्नेछ। यता नेकपा ९एकीकृत समाजवादी० का अध्यक्ष माधवकुमार नेपालले आगामी चुनावमा पाँच दलीय गठबन्धन अझ बलियो हुने बताएका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
एमाले महाधिवेशनको अन्तिम दिन साैराहाकाे चहलपहल
02:12
Video thumbnail
एमालेमा ओलीको डनवाद मात्रै बाँकी छ - gagan thapa
01:57
Video thumbnail
नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा केपी ओलीको सम्बोधन || KP OLI
02:09:11
Video thumbnail
प्रचण्डको घरमा भ्रष्टाचार मात्रै ज्वाईं र बुहारीको रजाइ, घर भित्र छिरेका दुर्गा प्रसाईंले खोले पोल
01:56
Video thumbnail
मन्त्रीले चासो देखाउँदा एजेण्टहरुको ठगिबाट जोगिए बैदेशिक रोजगारीमा जान लागेका युवा
02:33
Video thumbnail
हिन्दी फिल्मको डाइलग प्रसंगमा नेपाललाई ओलीको जवाफ
01:18
Video thumbnail
न्यायिक क्षेत्रमा क्यान्सर भइसकेको छ, उपचार कुखुराको अण्डा र दुबोले मन्साएर गर्न खोजिँदैछः ओली
02:03
Video thumbnail
‌ओलीको टिप्पणी : अरुका नाति नातिनीलाई बर्बाद गरिदिने प्रचण्डका दुई नातिनी बेलायत पढ्छन्
01:18
Video thumbnail
ओलीले सूर्यको धाक नदेखाए हुन्छ, त्यसमा ग्रहण लागिसक्यो - Madhav Kumar Nepal
00:45
Video thumbnail
हेर्दै जानुस् अब प्रचण्डको पत्तासाफ। प्रचण्डले गुण्डा भनेपछि आक्रोसित ओली || KP OLI
22:26

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार