सोमवार, मंसिर १३, २०७८
spot_img

प्रधानन्यायाधीश चोलेन्द्रविरुद्ध महाभियोग ल्याउने मिति नै बाहिरियो, मेनरोल खेले प्रचण्डले !

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग ल्याउने मिति नै बाहिरिएको छ । नेकपा (माओवादी केन्द्र) का नेता तथा राष्ट्रियसभाका सदस्य रामनारायण बिडारीले जबराविरुद्ध महाभियोगको मिति नै किटान गरेका हुन् ।

nepal online patrika

नेपाल अनलाइन पत्रिका संवाददाता

spot_img

Prachanda, cholendra

नेपाल अनलाइन पत्रिका – काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग ल्याउने मिति नै बाहिरिएको छ । नेकपा (माओवादी केन्द्र) का नेता तथा राष्ट्रियसभाका सदस्य रामनारायण बिडारीले जबराविरुद्ध महाभियोगको मिति नै किटान गरेका हुन् । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

उनले पाँच दलीय गठबन्धनले अहिले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई के गर्ने वा नगर्ने भनेर नबोल्ने स्पष्ट पारेका छन् ।

उनले भने,‘जबसम्म प्रधानन्यायाधीशले आँफैले यो समस्या समाधान गर्ने परिस्थिति देख्छ, तबसम्म पाँच दलीय गठबन्धन चुप लागेर बस्छ । तर, जब दलले प्रधानन्यायाधीशले अब यो समस्या सेटल गर्न सक्दैनन् भन्ने देख्छन, तब दलले हस्तक्षेप गर्नुपर्छ ।

मेरो विचारमा अब दलले छिट्टै हस्तक्षेप गर्छ । कति दिनभित्र हस्तक्षेप गर्छ भन्नेबारे अहिले कुनै निर्णय भएको छैन् । तर, चाँडै निर्णय हुन्छ ।’

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गदै उनले यस्तो बताएका हुन् । उनले आगामी एक हप्ताभित्र प्रधानन्यायाधीशलाई राख्ने वा नराख्नेबारे गठबन्धनमा निर्णय हुने सनसनीपूर्ण खुलासा गरे ।

उनले भने,‘राख्ने वा नराख्ने भन्दापनि उहाँले आँफै यो समस्या सेटल गर्नुहुन्छ । सेटल गर्न सक्नुभएन भने कानूनबमोजिमको काम हुन्छ । त्यो भनेको उहाँले नै भन्नुभएको छ नि, कानूनबमोजिम भनेको दुई वटा कुरा, एउटा उहाँलाई बोलाएर छलफल गरेर सहमति पनि गर्न सकिन्छ । उहाँलाई सम्मानजनक बहिर्गमन गराउन सकिन्छ ।

अर्को त्यो भएन भने, त्यो कुरा मिलेन भने महाभियोग लगाउने हो । त्यसको औषधी अरु छैन् । देश नै बिग्रिन लाग्यो, अदालत नै बिग्रिन लाग्यो, ध्वस्त नै हुनलाग्यो, डामाडोल नै हुनलाग्यो, न्यायाधीश र न्यायालय रक्तपात हुन लाग्यो भने पार्टीहरु चुप लागेर बस्छ त ?’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Facebook Notice for EU! You need to login to view and post FB Comments!

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
एमाले महाधिवेशनको अन्तिम दिन साैराहाकाे चहलपहल
02:12
Video thumbnail
एमालेमा ओलीको डनवाद मात्रै बाँकी छ - gagan thapa
01:57
Video thumbnail
नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा केपी ओलीको सम्बोधन || KP OLI
02:09:11
Video thumbnail
प्रचण्डको घरमा भ्रष्टाचार मात्रै ज्वाईं र बुहारीको रजाइ, घर भित्र छिरेका दुर्गा प्रसाईंले खोले पोल
01:56
Video thumbnail
मन्त्रीले चासो देखाउँदा एजेण्टहरुको ठगिबाट जोगिए बैदेशिक रोजगारीमा जान लागेका युवा
02:33
Video thumbnail
हिन्दी फिल्मको डाइलग प्रसंगमा नेपाललाई ओलीको जवाफ
01:18
Video thumbnail
न्यायिक क्षेत्रमा क्यान्सर भइसकेको छ, उपचार कुखुराको अण्डा र दुबोले मन्साएर गर्न खोजिँदैछः ओली
02:03
Video thumbnail
‌ओलीको टिप्पणी : अरुका नाति नातिनीलाई बर्बाद गरिदिने प्रचण्डका दुई नातिनी बेलायत पढ्छन्
01:18
Video thumbnail
ओलीले सूर्यको धाक नदेखाए हुन्छ, त्यसमा ग्रहण लागिसक्यो - Madhav Kumar Nepal
00:45
Video thumbnail
हेर्दै जानुस् अब प्रचण्डको पत्तासाफ। प्रचण्डले गुण्डा भनेपछि आक्रोसित ओली || KP OLI
22:26

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार