मङ्लबार, मंसिर २१, २०७८
मङ्लबार, मंसिर २१, २०७८
Viber Community
Nop Ads

स्मार्ट लाइसेन्सको लागि अनलाइन फाराम भर्नेको सङ्ख्या छ लाख नाघ्यो, आवेदन दिन सकिने कार्यालयमै पुगेर पनि

सवारी लाइसेन्सको आवेदन दिनेको सङ्ख्या छ लाख नाघेको छ । वैशाखमा आवेदन खुल्दा ३ लाख बढी आवेदन परेको र कात्तिक ८ देखि खुलेको आवेदनमा पनि ३ लाख बढीले फाराम भरेको यातायात व्यवस्था विभागका प्रवक्ता लोकनाथ भुषालले जानकारी दिए ।

Viber Community

नेपाल अनलाइन पत्रिका

smart license

नेपाल अनलाइन पत्रिका – काठमाडौं। सवारी लाइसेन्सको आवेदन दिनेको सङ्ख्या छ लाख नाघेको छ । वैशाखमा आवेदन खुल्दा ३ लाख बढी आवेदन परेको र कात्तिक ८ देखि खुलेको आवेदनमा पनि ३ लाख बढीले फाराम भरेको यातायात व्यवस्था विभागका प्रवक्ता लोकनाथ भुषालले जानकारी दिए । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

विभागले दुवै पटक आवेदन खुला गर्दा अनलाइन प्रणालीमा पटक पटक समस्या देखिएको थियो । सिस्टममा समस्या देखिए पनि उल्लेख्य सङ्ख्यामा आवेदन परेको भुषालले बताए ।

अनलाइन सिस्टममा समस्या देखिएपछि मङ्सिर १५ सम्मका लागि पुरानै प्रणालीबाट आवेदन पनि खुला गरिएको प्रवक्ता भुषालले बताए । ‘लाइसेन्सको लागि आवेदन दिन चाहनेले मङ्सिर १५ गतेसम्म यातायात कार्यालयमै आएर फाराम बुझाउन पनि सक्छन्,’ उनले भने ।

कोरोना महामारीलाई कारण देखाउँदै विभागले लामो समयसम्म लाइसेन्सको लागि आवेदन दिने सेवा रोक्दा लाइसेन्स बनाउनेको सङ्ख्या धेरै देखिएको छ ।

करिब छ महिनासम्म बन्द रहेको सवारी चालक अनुमति पत्रको लागि अनलाइन आवेदन दिन सकिने सेवा कात्तिक ८ गतेबाट खुलेको हो । सेवाग्राहीको सहजताका लागि अनलाइन आवेदन प्रणाली सुरु गरिएको भए पनि प्रणालीमा पटक पटक समस्या देखिदा सेवाग्राहीले सास्ती पाएका छन् ।

‘हामीले सकेसम्म सेवालाई प्रभावकारी बनाउने प्रयास गरिरहेका नै हुन्छौँ । तर निषेधाज्ञाका कारण यति धेरै चाप बढ्यो कि सामान्य अवस्थामा काम गर्ने सफ्टवेयरले समेत काम गर्न मुस्किल पर्‍यो,’ प्रवक्ता भुषालले भने, ‘हामीले प्रयोग गरेको सफ्टवेयर २०१५ मा जडान गरिएको हो । बढेको चापलाई सफ्टवेयरले धान्न सकेन र यस्तो भयो । सिस्टममा समस्या आएपछि, हाम्रा कर्मचारीहरूले दुई रातसम्म नसुतेर रातदिन खटेर सिस्टममा भएको समस्या समाधान गर्नुभएको छ । अब भने फेरि यस्तो समस्या नआउला भन्ने विषयमा हामी आशावादी छौँ ।’

यातायात व्यवस्था विभागमा काम गरिरहेका इन्जिनियर सन्तोष पोखरेल सिस्टममा देखिएको अधिकांश समस्या समाधान भइसकेको दाबी गर्छन् । भन्छन्, ‘सिस्टममा आएको ८० प्रतिशत समस्या समाधान भइसकेको छ, बाँकी काम एक-दुई दिनमै समाधान हुने छ । आवेदन खुला भएपछि दैनिक १५ लाखले वेबसाइट भिजिट गरेको पोखरेलले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

सीजी नेट यी ठाउँमा उपलब्ध छ

सीजी कम्युनिकेसन्सले जेठ महिनादेखि सुरू गरेको इन्टरनेट सेवा ‘सीजीनेट’ विभिन्न ठाउँमा विस्तार भइरहेको छ ।

गुगल सर्चका यी महत्वपूर्ण ट्रिक्स

कहिलेकाहिँ आफूले खोजेको कुराभन्दा धेरै जानकारी आएर तपाईं दिक्क हुनुहुन्छ होला, अथवा चाहेको कुरा खोज्दा नभेटिएको पनि हुनसक्छ ।

Vivo Y32 फोन 8GB सम्मको र्यामको साथ आउनेछ! स्पेसिफिकेशन र डिजाइन लीक

Vivo Y32 स्मार्टफोन कथित रूपमा चीनको TENAA वेबसाइटमा देखा परेको छ, जसमा यो Vivo Y33s जस्तै देखिन्छ। नयाँ Vivo फोनले वाटरड्रप स्टाइल डिस्प्ले नोच र ब्याक प्यानलमा मल्टी क्यामेरा सेटअप पाउन सक्छ।

एलन मस्क भए घरबारविहीन

अमेरिकाको सिलिकन भ्यालीमा रहेको आफ्नो घर बिक्री गरेसँगै एलन मस्क घरबारविहीन भएका छन् ।

ह्वावेले ब्लड प्रेसर नाप्ने पहिलाे स्मार्टवाच ल्याउँदै

ह्वावेले आउँदो डिसेम्बर २३ तारिखमा ब्लड प्रेसर मापन गर्नसक्ने कम्पनीको पहिलो स्मार्टवाच सार्वजनिक गर्ने भएको छ । ‘ह्वावे वाच डी’ नामक उक्त स्मार्टवाच कम्पनीले विशेष कार्यक्रमका बीच सार्वजनिक गर्ने अनुमान गरिएको छ । 

७ कारण मोबाइल पड्किने सम्भावित

मोबाइल पड्किएर मानिसको ज्यान गएको समाचार हामीले बेलाबखत पढिरहेका हुन्छौं । सावधान अपनाउँदा अपनाउँदै पनि कहिलेकाहिँ मोबाइल पडिक्ने वा जल्ने समस्या हुनसक्छ ।

ट्रेन्डिङ समाचार

दु:खद खबर: नेपालमा पनि भेटियो ओमिक्रोन भेरियन्टको सङ्क्रमित

नयाँ भेरियन्ट स‌ंकमण देखिने ६६ वर्षीय एक विदेशी नागरिक र उनीसँग सम्पर्कमा आएका अर्का ७१ वर्षीय व्यक्ति रहेका छन् ।

अन्तिम अबस्थामा रामचन्द्र पौडेलले यस्तो भावुक प्रस्ताव अघि सारे, देउबाको मन पग्लिने संकेत

नेता पौडेलले सभापतिमा आकांक्षी चारजनामध्ये को बलियो छ भनेर अन्य नेता तथा कार्यकर्ताहरूलाई सोधेपछि थाहा हुने बताएको स्रोतले बतायो ।

४४० भोल्टको झट्का आर्जु राणालाई, अदालतको आदेशले ‘रुनु न हाँस्नु’

परराष्ट्र मन्त्रालयले ‘मंसिर ३ गते संरक्षक परिषदलाई महाधिवेशन गर्न दिनू’ भनिएको पत्र कार्यान्वयन नगर्न पनि अन्तरिम आदेश जारी गरेको छ।

कडा लकडाउन गर्ने निर्णय २० गतेदेखि,औषधि बाहेक अन्य सबै पसल बन्द?

२० गतेदेखि कडा लकडाउन गर्ने निर्णय, औषधि बाहेक अन्य सबै पसल बन्द।अन्ततः धरान उपमहानगरपालिकाले २० गतेदेखि लकडाउन गर्ने निर्णय गरेको छ(मंगलबार) धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकले २० गतेदेखि १३ गतेसम्म कडा लकडाउन गर्ने निर्णय गरेको हो |

आजदेखि विद्यालय बन्द

आजदेखि नीजि र सामुदायिक विद्यालय तथा शैक्षिक संस्थाहरु बन्द गरिएको छ ।

प्रधानमन्त्री देउवा : अहिलेको गठबन्धन माघ १२ गतेसम्म मात्र हो

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले अहिलेको गठबन्धन राष्ट्रिय सभा चुनावसम्म भएको बताएका छन् । सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सञ्चारकर्मीसँगको कुराकानीमा उनले राष्ट्रिय सभाको चुनावपछि गठबन्धन रहने/नरहने भन्ने विषयमा छलफल नभएको बताएका हुन् ।

ताजा समाचार

अब अफिस सकिएपछि कर्मचारीलाई फोन म्यासेज या इमेल गर्न नपाइने

काम सकिएर घर पुगिसेपछि या कतिपय अवस्थामा छुट्टीका बेला पनि अफिसबाट ‘बोस’ को फोन आउने प्रवृत्ति सबैतिर व्याप्त नै रहेको छ ।

आजदेखि विद्यालय बन्द

आजदेखि नीजि र सामुदायिक विद्यालय तथा शैक्षिक संस्थाहरु बन्द गरिएको छ ।

प्रधानमन्त्री देउवा: जनतालाई दु:ख दिएर कांग्रेसले महाधिवेशनमा शक्ति प्रदर्शन गर्दैन

प्रधानमन्त्री देउवाले भने, 'कांग्रेस आफ्नो महाधिवेशनमा शक्ति प्रदर्शन गर्ने पक्षमा छैन। एमालेसँग प्रतिस्पर्धा गर्ने कुरा होइनन।

अन्तिम पटक के मागे प्रधानमन्त्री देउवाले पत्रकारहरुसंग ?

त्यसअघि देउवाले काँग्रेसले महाधिवेशन तामझामका साथ नगर्ने पनि बताएका थिए । जनतालाई दुख दिने नियत काँग्रेसको नभएको भन्दै उहाँले शक्ति प्रदर्शन नगर्ने उनले बताए ।

धिरजसँग जोडी जम्ने सुहानाको विश्वास

सुहानाले धिरजसँग आफ्नो जोडी जम्न सक्ने आशा गरेकी छन् । सुहानाका बुबा सुनिलकुमार थापाले चलचित्र ‘भागवत गीता’ बनाउने संकेत गरिसकेका छन् ।

यस्तो छ कट्रिना-विक्कीको बिहे सेड्युल : १२० पाहुनालाई गुलाबको वर्षाले हुनेछ स्वागत !

बिहेको सुरक्षालाई कडा तुल्याइएको छ । पहिले सुरक्षा जाँच पोस्ट होटेलको ढोका र अर्कोचाहिँ उक्त भिलेजको प्रवेश द्वारमा बनाइएको छ ।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Search