spot_img

ओली: एमसिसी पारित गर्न देउवाले पत्र लेखेको भन्नुहुन्छ, प्रचण्ड होइन भन्नुहुन्छ

सुरूदेखि नै प्रधानन्यायाधीश चालेन्द्र शमसेर राणाको बचाउमा लाग्दै आएका पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फेरि पनि जबराको घुमाउरो ढंगमा बचाउ गरेका छन्।

nepal online patrika

नेपाल अनलाइन पत्रिका संवाददाता

spot_img

kp oli Sharma

नेपाल अनलाइन पत्रिका – काठमाडौं। सुरूदेखि नै प्रधानन्यायाधीश चालेन्द्र शमसेर राणाको बचाउमा लाग्दै आएका पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फेरि पनि जबराको घुमाउरो ढंगमा बचाउ गरेका छन्। ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

प्रधानन्यायाधीशको राजीनामा माग गर्दै नेपाल बारले आन्दोलन चर्काएका बेला एमाले अध्यक्ष ओलीले भने प्रधानमन्त्री, मन्त्री, अरू न्यायाधीशले पनि राजीनामा दिनुपर्ने बताएका छन्।

विराटनगरमा आज संचारकर्मीसँग कुरामा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा, सरकारका सबै मन्त्री र प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरासहित सर्वोच्चका सबै न्यायाधीशहरू राजीनामा दिनुपर्ने खालका भएको बताएका हुन्।

त्यसो त तिहार अघि पनि विराटनगरमा आएर एमालेले गरेका संवैधानिक नियुक्ति बदर गर्न अदालतमा तमासा गरेको आरोप लगाएका थिए।

अहिले देशैभर प्रधानन्यायाधीशले न्यायालयको गरिमा जोगाउन नसकेको भन्दै उनको राजीनामा मागिएको छ। तर, पहिलेझैं ओलीले भने घुमाउरो पारामा जबराको रक्षार्थ नै बोलिरहेका छन्। तिहारअघि उनले एमाले निर्णय बदर गर्न यसो गरिएको भन्दै भनेका थिए ‘अरू पाँचले प्रधानन्यायाधीशलाई एक्ल्याएर कामै गर्न नदिने काम भएको छ।’ त्यसरी जबराको बचाउमा आज पनि उनले बोलेका छन्।

‘जुन दिन असंवैधानिक फैसला गरियो र त्यही फैसलाका आधारमा प्रतिनिधिसभाको पुनर्स्थापना गरियो, त्यही दिनदेखि प्रधानन्यायाधीश, फैसला गर्ने अन्य न्यायाधीश राजीनामाका लागि योग्य हुनुभयो,’ अध्यक्ष ओलीले भने,‘सर्वोच्च अदालतले संविधानको व्याख्या गर्ने हो, परिवर्तन गर्ने होइन। तर, यहाँ त संवैधानिक अधिकारभन्दा बाहिर गएर मनपरी र मनलाग्दी ढंगले व्याख्या गरिएको छ।’

उनले सर्वोच्चले संविधानको धारा नै परिवर्तन गरिदिएको जिकिर गर्दै न्याय मरेको समेत दाबी गरे। ओलीले एमसिसी पारित गर्न देउवाले पत्र लेखेको र प्रचण्डले नलेखेको बताएर दुईमध्ये एकले ढाँटेको दाबी गरे। ‘शेरबहादुरजी हस्ताक्षर गरेर दिएको भन्नुहुन्छ, प्रचण्डजी होइन भन्नुहुन्छ,’ ओलीले भने, ‘दुईमध्ये एक जनाले झूट बोलेको देखियो।’

केही दिनअघि प्रधानमन्त्री शेरबहादुर देउवाले एमसिसीसम्बन्धी सम्झौता पास गर्छौं भनेर आफू र प्रचण्डले हस्ताक्षर गरेर दिइसकेको बताएका थिए। तर प्रचण्डले भने राष्ट्रिय सहमति नभई एमसिसी सम्झौता पारित गर्न सकिन्न भनेर समय मागका लागि पत्र पठाइएको दाबी गर्दै आएका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Facebook Notice for EU! You need to login to view and post FB Comments!

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा केपी ओलीको सम्बोधन || KP OLI
02:09:11
Video thumbnail
प्रचण्डको घरमा भ्रष्टाचार मात्रै ज्वाईं र बुहारीको रजाइ, घर भित्र छिरेका दुर्गा प्रसाईंले खोले पोल
01:56
Video thumbnail
मन्त्रीले चासो देखाउँदा एजेण्टहरुको ठगिबाट जोगिए बैदेशिक रोजगारीमा जान लागेका युवा
02:33
Video thumbnail
हिन्दी फिल्मको डाइलग प्रसंगमा नेपाललाई ओलीको जवाफ
01:18
Video thumbnail
न्यायिक क्षेत्रमा क्यान्सर भइसकेको छ, उपचार कुखुराको अण्डा र दुबोले मन्साएर गर्न खोजिँदैछः ओली
02:03
Video thumbnail
‌ओलीको टिप्पणी : अरुका नाति नातिनीलाई बर्बाद गरिदिने प्रचण्डका दुई नातिनी बेलायत पढ्छन्
01:18
Video thumbnail
ओलीले सूर्यको धाक नदेखाए हुन्छ, त्यसमा ग्रहण लागिसक्यो - Madhav Kumar Nepal
00:45
Video thumbnail
हेर्दै जानुस् अब प्रचण्डको पत्तासाफ। प्रचण्डले गुण्डा भनेपछि आक्रोसित ओली || KP OLI
22:26
Video thumbnail
जबराले अदालत छोडेर जानुपर्छ
01:33
Video thumbnail
पेट्रोलियम पदार्थको मूल्य घटाउनुपर्छ - Madhav Kumar Nepal
02:19

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार