सोमवार, मंसिर १३, २०७८
spot_img

प्रधानन्यायाधीश चोलेन्द्रको भाग्य नै बलियो, न्यायाधीशहरुले यस्तो निर्णय गरे !

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराका लागि खुसीको खबर छ । न्यायाधीशहरु प्रधानन्यायाधीश चोलेन्द्रकै लाइनमा आउन थालेका हुन् ।

nepal online patrika

नेपाल अनलाइन पत्रिका संवाददाता

spot_img

Cholendra

नेपाल अनलाइन पत्रिका – काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराका लागि खुसीको खबर छ । न्यायाधीशहरु प्रधानन्यायाधीश चोलेन्द्रकै लाइनमा आउन थालेका हुन् । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

प्रधानन्यायाधीश चोलेन्द्र राजीनामा नदिने चट्टाने अडानमा कायमै रहेपछि न्यायाधीशहरु गलेका छन् । उनीहरु भोलिबाट इजलासमा फर्कने भएका छन् ।

विद्रोहमा उत्रिएका न्यायाधीशहरुबीच नै मतभेद हुन थालेपछि नयाँ परिस्थिति सृजना भएको हो । सोमबारबाट कतिपय न्यायाधीशहरु इजलासमा फर्किइसकेका छन् ।

आज प्रधानन्यायाधीश जबराले अधिकांश न्यायाधीशहरुको इजलास तोकेर कठोर निर्णय सम्म पुग्ने संकेत गरेका थिए । उनले काममा फर्कन या पद त्याग गर्न दबाब दिने रणनीति समेत बनाएका थिए ।

अदालतमा सुधारका लागि आफू तयार रहेको तर राजीनामा कुनै हालतमा नदिने जबराले अडान छाडेनन् । उनले आज पनि कानुन व्यवसायी हकहित संरक्षण तथा शुद्धीकरण अभियानको ज्ञापनपत्र बुझ्दै राजीनामा नदिने स्पष्ट पारेका थिए । जबराले संविधान अनुसार मात्र आफू चल्ने भन्दै बर्हिगमन पनि त्यही अनुसार गर्न चुनौती दिदै आएका छन् ।

तिहार सुरु हुनै लाग्दा नेपाली काँग्रेस र नेकपा एमालेनिकट कानुन व्यवसायीहरुको संगठनले विज्ञप्ति जारी गरी प्रधानन्यायाधीश जबराको राजीनामाको विपक्षमा आफूलाई उभ्याएका थिए । न्यायधीशहरुले इजलास बहिष्कार गरेकोमा आलोचना समेत गरेका थिए । उनीहरुको विज्ञप्तिबाट जबरालाई बलियो साथ रहेको संकेत मिलेको थियो ।

तिहार लगत्तै प्रधानन्यायाधीश जबरा इजलास तोक्ने निर्णयमा पुगे । उनले धमाधम इजलास तोकेर न्यायाधीशहरुलाई इजलासमा फर्कन वाध्य पार्न थाले । विद्रोहमा उत्रिएका न्यायाधीशहरुबीच नै मतभेद भएपछि परिस्थिति बदलियो । अब भोलिबाट अदालतको काम सुचारु हुने अवस्था विकास भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
एमाले महाधिवेशनको अन्तिम दिन साैराहाकाे चहलपहल
02:12
Video thumbnail
एमालेमा ओलीको डनवाद मात्रै बाँकी छ - gagan thapa
01:57
Video thumbnail
नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा केपी ओलीको सम्बोधन || KP OLI
02:09:11
Video thumbnail
प्रचण्डको घरमा भ्रष्टाचार मात्रै ज्वाईं र बुहारीको रजाइ, घर भित्र छिरेका दुर्गा प्रसाईंले खोले पोल
01:56
Video thumbnail
मन्त्रीले चासो देखाउँदा एजेण्टहरुको ठगिबाट जोगिए बैदेशिक रोजगारीमा जान लागेका युवा
02:33
Video thumbnail
हिन्दी फिल्मको डाइलग प्रसंगमा नेपाललाई ओलीको जवाफ
01:18
Video thumbnail
न्यायिक क्षेत्रमा क्यान्सर भइसकेको छ, उपचार कुखुराको अण्डा र दुबोले मन्साएर गर्न खोजिँदैछः ओली
02:03
Video thumbnail
‌ओलीको टिप्पणी : अरुका नाति नातिनीलाई बर्बाद गरिदिने प्रचण्डका दुई नातिनी बेलायत पढ्छन्
01:18
Video thumbnail
ओलीले सूर्यको धाक नदेखाए हुन्छ, त्यसमा ग्रहण लागिसक्यो - Madhav Kumar Nepal
00:45
Video thumbnail
हेर्दै जानुस् अब प्रचण्डको पत्तासाफ। प्रचण्डले गुण्डा भनेपछि आक्रोसित ओली || KP OLI
22:26

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार