सोमवार, मंसिर १३, २०७८
spot_img

पाँच विकास बैंकहरुले सार्वजनिक गरे लाभांश, कुनको कति ?

चालू आर्थिक वर्षको चौथो महिना चलिरहदा धितोपत्र दोस्रो बजारमा सूचीकृत कम्पनीहरुले गत आर्थिक वर्षको लाभांश प्रस्ताव गरिरहेका छन् । यसैविच विकास बैंक समूहबाट हालसम्म पाँच कम्पनीहरुले गत वर्षको लाभांश सार्वजनिक गरेका छन् ।

nepal online patrika

नेपाल अनलाइन पत्रिका संवाददाता

spot_img

नेपाल अनलाइन पत्रिका – काठमाडौं। चालू आर्थिक वर्षको चौथो महिना चलिरहदा धितोपत्र दोस्रो बजारमा सूचीकृत कम्पनीहरुले गत आर्थिक वर्षको लाभांश प्रस्ताव गरिरहेका छन् । यसैविच विकास बैंक समूहबाट हालसम्म पाँच कम्पनीहरुले गत वर्षको लाभांश सार्वजनिक गरेका छन् ।

सांग्रिला डेभलपमेण्ट बैंक, मुक्तिनाथ विकास बैंक, लुम्बिनी विकास बैंक, शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक र कामना सेवा विकास बैंकले गत वर्षको लाभांश सार्वजनिक गरिसकेका हुन् । हाल धितोपत्र दोस्रो बजारमा १६ विकास बैंकहरु सूचीकृत रहेका छन् ।

लाभांश सार्वजनिक गरेका विकास बैंक समूहतर्फका पाँच कम्पनीहरुमध्ये सांग्रिला डेभलपमेण्ट बैंकले भने कात्तिक १६ गते वार्षिक साधारण सम्पन्न गरी प्रस्तावित लाभांश पारित गरिसकेको छ । सांग्रिला डेभलपमेण्ट बैंकले यस वर्ष १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५३ प्रतिशत नगद वितरण गर्न लागेको हो ।

त्यस्तै मुक्तिनाथ विकास बैंकले १७ दशमलव ५७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ९२५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । बैंकको कात्तिक १२ गतेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरणको प्रस्ताव गरेको हो । हाल मुक्तिनाथ विकास बैंकको चुक्तापूँजी ४ अर्ब ८१ करोड रुपैयाँ भन्दा बढी रहेको छ ।

हालसम्म सार्वजनिक पाँच विकास बैंकको लाभांशमध्ये कामना सेवा विकास बैंकको सबैभन्दा बढी छ । कामना सेवा विकास बैंकले १८ दशमलव ५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ९७ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । उक्त प्रस्ताव कम्पनीले कात्तिक २३ गते पारित गर्दैछ । हाल कामना सेवा विकास बैंकको चुक्तापूँजी २ अर्ब ६५ करोड रुपैयाँ भन्दा बढी रहेको छ ।

यस वर्ष लुम्बिनी विकास बैंकले १० प्रतिशत बोनस शेयर र कर समेत ३ दशमलव ७१२ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । कम्पनीको कात्तिक ८ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी २ अर्ब ९० करोड ६४ लाख ५३ हजार रुपैयाँको आधारमा उक्त लाभांश वितरणको प्रस्ताव गरेको हो ।

त्यस्तै शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले यस वर्ष १० दशमलव ९३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५७ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । कम्पनीको कात्तिक १४ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी ३ अर्ब ४० करोड ८४ लाख रुपैयाँको आधारमा उक्त लाभांश वितरणको प्रस्ताव गरेको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
एमाले महाधिवेशनको अन्तिम दिन साैराहाकाे चहलपहल
02:12
Video thumbnail
एमालेमा ओलीको डनवाद मात्रै बाँकी छ - gagan thapa
01:57
Video thumbnail
नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा केपी ओलीको सम्बोधन || KP OLI
02:09:11
Video thumbnail
प्रचण्डको घरमा भ्रष्टाचार मात्रै ज्वाईं र बुहारीको रजाइ, घर भित्र छिरेका दुर्गा प्रसाईंले खोले पोल
01:56
Video thumbnail
मन्त्रीले चासो देखाउँदा एजेण्टहरुको ठगिबाट जोगिए बैदेशिक रोजगारीमा जान लागेका युवा
02:33
Video thumbnail
हिन्दी फिल्मको डाइलग प्रसंगमा नेपाललाई ओलीको जवाफ
01:18
Video thumbnail
न्यायिक क्षेत्रमा क्यान्सर भइसकेको छ, उपचार कुखुराको अण्डा र दुबोले मन्साएर गर्न खोजिँदैछः ओली
02:03
Video thumbnail
‌ओलीको टिप्पणी : अरुका नाति नातिनीलाई बर्बाद गरिदिने प्रचण्डका दुई नातिनी बेलायत पढ्छन्
01:18
Video thumbnail
ओलीले सूर्यको धाक नदेखाए हुन्छ, त्यसमा ग्रहण लागिसक्यो - Madhav Kumar Nepal
00:45
Video thumbnail
हेर्दै जानुस् अब प्रचण्डको पत्तासाफ। प्रचण्डले गुण्डा भनेपछि आक्रोसित ओली || KP OLI
22:26

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार