बुधबार, मंसिर २२, २०७८
बुधबार, मंसिर २२, २०७८
Viber Community
Nop Ads

२२ जिल्लालाई सात कुकुरको जिम्मा

बाँकेको कोहलपुरमा प्रहरीको सात वटा कुकुर छन्। ती कुनै सामान्य कुकुर होइनन्, तालिम प्राप्त कुकुर हुन्। यी सात वटा कुकुरले लुम्बिनी र कर्णाली प्रदेशका २२ जिल्लामा ‘डिउटी’ गर्छन्।

Viber Community

नेपाल अनलाइन पत्रिका

नेपाल अनलाइन पत्रिका – काठमाडौं। बाँकेको कोहलपुरमा प्रहरीको सात वटा कुकुर छन्। ती कुनै सामान्य कुकुर होइनन्, तालिम प्राप्त कुकुर हुन्। यी सात वटा कुकुरले लुम्बिनी र कर्णाली प्रदेशका २२ जिल्लामा ‘डिउटी’ गर्छन्।***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

लुम्बिनी र कर्णाली प्रदेशका २२ जिल्लामा ठूलो अपराध हुँदा वा प्रहरीले अप्रेसनहरु गर्नुपर्दा कुकुरलाई लैजाने गर्दछन्। भारतसँग जोडिएका चलनचल्तीका नाकामा प्रायः यी कुकुरले डिउटी गरेको पाइन्छ। भारतबाट विस्फोटक पदार्थ, हतियार वा लागूऔषध भित्रिने भएकाले तालिम प्राप्त कुकुरसँगै प्रहरीले बेलाबेलामा नाकाहरुमा छड्ने जाँच गर्दै आएको छ।

प्रहरी निरीक्षक बासुदेव सुवेदीको नेतृत्वमा दश जना प्रहरीले यी कुकुरको रेखदेख गर्दै आएका छन्। यी कुकुरलाई माछामासु, फलफूल मिसिएको पेडागिरी डगफुड खुवाउने गरिन्छ। दश जना प्रहरीले कुकुरलाई ‘हाकिम’ को जसरी रेखदेख गर्छन्।

कुकुरका छुट्टाछुट्टै नाम छन्। कुकुरलाई फरक–फरक विधाको अनुसन्धान गर्न लगाइँदै आएको छ। नेपालगञ्जको जमुनाहा नाकामा प्रायः कुकुरले जाँच गरिरहेको देखिन्छ। यहाँ जाँच गर्न ल्याइने कुुकुरले हातहतियार, गोलीगठ्ठा र लागूऔषधकै अनुसन्धान गर्छन्। केही पहिला यहाँ लव र व्युटी नाम गरेका दुई कुकुरले भारतबाट नेपाल भित्रिएका यात्रुको सवारीसाधनदेखि सामान खोतलिरहेका थिए। त्यो दिन दुइटै कुकुरले केही फेला पारेनन्।

नेपालगञ्ज नाकाबाट लागूऔषधको ठूलो मात्रामा ओसारपसार हुने गरेको पाइन्छ। प्रहरीले नियन्त्रणमा लिइरहेको कारोबारी र लागूऔषधको मात्राले यसको पुष्टि हुन्छ। यो हेर्दा एउटा कुकुरलाई चौबीसै घण्टा जमुनाहा नाकामा परिचालन गर्दा धेरै मात्रामा लागूऔषधको कारोबार नियन्त्रण गर्न सकिने देखिन्छ।

प्रहरीले भने सात वटा कुकुरले लुम्बिनी र कर्णाली प्रदेशका २२ वटै जिल्ला हेर्नुपर्ने भएकाले एकै ठाउँमा परिचालन गर्न नसकिने बताएको छ। इलाका प्रहरी कार्यालय जमुनाहाका इन्चार्ज मीनबहादुर विष्टले नेपालगञ्ज नाकामा प्रहरी कुकुर आवश्यक भए पनि सात वटा कुकुरले दुइटा प्रदेश हेर्नुपर्ने भएकाले एकै ठाउँमा राख्न सम्भव नभएको बताए।

‘हाम्रो पालो (जमुनाहामा) रोटेसनअनुसार आउँछ’, इन्चार्ज विष्टले भने, ‘सधैं कुकुर राखेर नाकामा जाँच गर्न सकेमा लागूऔषध ओसारपसार पूर्ण रुपमा नियन्त्रण गर्न सकिन्थ्यो।’

सीमावर्ती जिल्ला भएकाले बाँकेमा छोटी नाकाहरुबाट अवैध रुपमा साना हतियार तथा लागूऔषध भित्रिने गरेको छ। मुख्य सडकबाटै लागूऔषध ओसारपसार गरेको पाइन्छ। हेटांैडाबाट लागूऔषध लिन आएका मानबहादुर रोक्का ठूलो मात्राको ब्राउनसुगर बोकेर मुख्य सडकबाटै हिँडेर नेपालगञ्जतर्फ आइरहेका थिए।

त्यसअघि उनले धेरैपटक यसरी नै ओसारपसार गरेको प्रहरीलाई बताएको छ। कात्तिक ८ गते उनी प्रहरीको फन्दामा परे। प्रहरीलाई विशेष सूचना आएकाले उनी पक्राउ परेका थिए। लागूऔषध जाँच गर्ने कुकुरलाई त्यहाँ राख्न सकेमा विशेष सूचना नचाहिन सक्छ। नेपालगञ्ज नाकाको जस्तो समस्या लुम्बिनी प्रदेशका सबै सीमावर्ती जिल्लामा छ। प्रहरीको लागूऔषध नियन्त्रण व्युरोले नाकाहरुमा चौबीसै घण्टा निगरानी राख्ने गर्छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

‘गोरे’का लगानीकर्ता ‘काले’लाई इन्टरपोलले नेपाल ल्यायो

तर यूएईमा बसिरहेका प्रहरी नियन्त्रणमा आउन सकेका थिएनन् । पक्राउ परेका अन्य प्रतिवादीहरुले चाहिँ सुन तस्करीको अभियोगमा जिल्ला अदालत, मोरङबाट सफाइ पाइसकेका छन् ।

देशप्रति समर्पित बनाउन विद्यार्थीलाई सेनाको निरन्तर तालिम: उनीहरु भविष्यमा कहाँ पुग्छन् ?

हरेक वर्ष देशका विभिन्न विद्यालयहरुमा विधार्थीहरु सैनिकको जस्ता पोसाक लगाएर प्रशिक्षण गरिरहेका भेटिन्छन्। झट्ट हेर्दा उनीहरु आर्मी बन्न लागेका हुन् कि जस्तो लाग्छ।

देशभरका प्रहरीहरुका लागि निकै ठूलो खुसीको खबर आयो, सबैभन्दा ठूलो फाइदा तल्लो दर्जाकालाई !

सरकारले तल्लो दर्जाका प्रहरी कर्मचारीको वृत्तिविकास तथा मनोबल उच्च राख्न वरिष्ठ नायब निरीक्षक ९बसई०, वरिष्ठ हबल्दार ९बह० र सहायक हबल्दार ९सह० गरी तीन पद थप गर्ने निर्णय गरेको छ ।

प्रहरीमा इन्स्पेक्टदेखि सहयोगी सम्मलाई जागिरको अवसर

नेपाल प्रहरीले कार्यालय सहयोगीदेखि प्रहरी निरीक्षक ९इन्स्पेक्टर०सम्म स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।

पक्राउ परेको केहि समयमै छुटे आरती स्ट्रिप्सका सञ्चालक सिंघल

प्रहरी स्रोतका अनुसार बुधबार राति करिब साढे ९ बजे काङ्ग्रेसका एक नेताले सिंघललाई छुटाएर लगेका हुन् । सिंघल भारतको चर्चित भूषण ग्रुपका सञ्चालक हुन् ।

केहीबेर अघि काठमाडौंमा घटेको यो अत्यत दुखदायी घटना

ढल्कुमा घर भत्किँदा चार वर्षीय बालकको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका– १७ मा अत्यन्तै जीर्ण अवस्थामा रहेको उक्त घर भत्किँदा बालक मृत्यु भएक हो ।

ट्रेन्डिङ समाचार

दु:खद खबर: नेपालमा पनि भेटियो ओमिक्रोन भेरियन्टको सङ्क्रमित

नयाँ भेरियन्ट स‌ंकमण देखिने ६६ वर्षीय एक विदेशी नागरिक र उनीसँग सम्पर्कमा आएका अर्का ७१ वर्षीय व्यक्ति रहेका छन् ।

आजदेखि विद्यालय बन्द

आजदेखि नीजि र सामुदायिक विद्यालय तथा शैक्षिक संस्थाहरु बन्द गरिएको छ ।

अन्तिम अबस्थामा रामचन्द्र पौडेलले यस्तो भावुक प्रस्ताव अघि सारे, देउबाको मन पग्लिने संकेत

नेता पौडेलले सभापतिमा आकांक्षी चारजनामध्ये को बलियो छ भनेर अन्य नेता तथा कार्यकर्ताहरूलाई सोधेपछि थाहा हुने बताएको स्रोतले बतायो ।

एकै रातमा पाँच लाख होटेल बिल आएको भन्दै मन्त्री झाक्री चौतर्फी आलोचना, बास्तविकता यस्तो रहेछ

काठमाडौंको शिवपुरी राष्ट्रिय निकुञ्ज परिसरभित्र रहेका प्रकृति रिसोर्टमा शुक्रबार साँझ अलि फरक दृष्य थियो ।

आजै अर्थमन्त्री जनार्दनले यस्तो घातक कदम चाले, देश नै धरापमा पर्यो !

नेपालमा हेजिङ गरिएको जलविद्युत् आयोजना कोरियन लगानीको माथिल्लो त्रिशुली १ (२१६ मेगावाट) मात्र हो । अघिल्लो नियमावली, २०७५ अनुसार १० वर्षका लागि माथिल्लो त्रिशुली १ को हेजिङ शुल्क प्रतिमेगावाट ८ करोड रुपैयाँ परेको देखिन्छ ।

भाजपा, एमाले, राप्रपा र राजाको अघोषित गठबन्धन, यस्तो गम्भिर सूचना कसरी बाहिरियो

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भारतको सत्तारुढ भारतीय जनता पार्टी, नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीसहित पूर्वराजा ज्ञानेन्द्र शाहको अघोषित गठबन्धन भएको निष्कर्ष निकालेका छन् । उनले यो गठबन्ध देशमा धर्मनीरपेक्षता र गणतन्त्रविरुद्ध बनेको समेत उल्लेख गरेका छन् ।

ताजा समाचार

प्रदेश १ मा आज हल्का वर्षाको सम्भावना

बिहीबार दिउँसो प्रदेश १ मा सामान्य बदली रहनेछ भने बाँकी प्रदेशका पहाडी भूभागमा पनि बदली रहनेछ । बिहीबार राति प्रदेश १ र २ का एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

के तपाईं परदेशबाट नेपालमा पैसा पठाउदै हुनुहुन्छ भने आजको विदेशी मुद्राको विनिमय दर यस्तो छ हेर्नुहोस्

नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले आज वि.सं २०७८ मंसिर २२ बुधबारका लागि अमेरीकि डलरको खरिददर १२० रुपैया ४१ पैशा तोकेको छ ।

माधब नेपाल: पदका लागि मरिहत्ते गर्नेलाई पार्टीमा ‘नो इन्ट्री’

एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति कटाक्ष गर्दै उनले गुटबन्दीको प्रवृत्ति, दक्षिणपन्थी सोच र अवसरवादका विरुद्धमा आफूहरु लागेको बताए।

कृष्ण भगवानले सबैको मनोकामना पुरा गरुन, आज तपाईको भाग्य कस्तो छ, हेर्नुहोस आज बुधबारको राशिफल

आज जन्म लिने बच्चाको मकरु राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनिया मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ ।

प्रेम आले: हवाई उडानलाई सुरक्षित बनाउन लागिपरेको छु !

हवाई उडानमा जंगली जनावार र चराचुरुङ्गी ठोक्किए दुर्घटना निम्तिने भएकाले बेलैमा सम्भावित जोखिम नियन्त्रणका लागि सम्बन्धित निकाय चनाखो हुनुपर्ने उनको धारणा थियो ।

दैनिक १० हजार स्मार्ट लाइसेन्स छाप्ने तयारी, प्राथमिकतामा यी हुन्

६ लाखमध्ये साढे तीन लाख आवेदक ट्रायल परीक्षा पास गरी लाइसेन्सको पर्खाइमा छन् । बाँकी तीन लाख आवेदकको परीक्षा भइरहेको छ । यस्तै, नयाँ १० लाखजनाले लाइसेन्सका लागि आवेदन दिएका छन् ।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Search