Viber Community
Nop Ads

पूर्वमन्त्री विष्ट : प्रचण्डले कांग्रेसलाई ‘पात विनाको नाङ्गो रुख’ बनाइदिन्छन्

नेकपा एमालेका केन्द्रीय सचिव तथा पूर्वमन्त्री गोकर्ण विष्टले वर्तमान अवस्थामा गठबन्धन कायम रहे माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसको चुनाव चिन्ह रुखलाई हल्लाएर पात समेत झारेर नाङ्गै बनाइदिने बताउनुभएको छ ।

Viber Community

नेपाल अनलाइन पत्रिका

Gokarna Bista

नेपाल अनलाइन पत्रिका – काठमाडौं। नेकपा एमालेका केन्द्रीय सचिव तथा पूर्वमन्त्री गोकर्ण विष्टले वर्तमान अवस्थामा गठबन्धन कायम रहे माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसको चुनाव चिन्ह रुखलाई हल्लाएर पात समेत झारेर नाङ्गै बनाइदिने बताउनुभएको छ । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

नेकपा एमाले सूर्यविनायक नगरपालिका वडा नं. ५ कमिटीले आज आयोजना गरेको विजय दशमी, दिपावली, नेपाल सम्वत, छठलागतयका पर्वहरुको शुभकामना कार्यक्रममा बोल्दै सचिव विष्टले प्रचण्डको इतिहासनै जहाँ छोयो त्यसलाई समाप्त पार्ने भएको दावी गर्नुभयो ।

विगतमा प्रचण्डले एमालेको बैशाखी टेकेर राजनीतिक विडो थामेको उल्लेख गर्दै पूर्वमन्त्री विष्टले एमालेलाई समाप्त पारी आफुले हालि मुहाली गर्ने सपना चकनाचुर भएपछि अहिले कांग्रेसको टाङ्मुनी छिरेको आरोप लगाउनुभयो ।

उहाँले भन्नुभयो, ‘राजनीतिक अस्थिरताका खेलाडी प्रचण्डको इतिहास नै जहाँ छोयो त्यही समाप्त पार्ने मात्र हो । मुलुकमा राजनीतिक स्थितरता ल्याउने हैन, आफ्नो स्वार्थको लागि सति जाने पहिचान प्रचण्डको बनेको छ । विगतमा एमालेको बैशाखी टेकी आफ्नो राजनीतिक भविष्यलाई थाम्नु भयो ।

प्रचण्ड अनेक बहाना तथा फुटको मानसिकता बोकी र बोकाई एमाले सक्ने राणनीतिमा प्रचण्ड हुनुहुन्थ्यो । तर एमालेलाई सक्ने रणनीतिमा सफल नभएपछि गठबन्धनको नाममा राजनीति गर्दै हुनुहुन्छ । यो गठबन्धन यही अवस्थामा रहयो भने प्रचण्डले कांग्रेसको रुखको पातलाई समेत हल्लाएर झारिदिनुहुन्छ । त्यसपछि पात विनाको नाङ्गो रुख कांग्रेस बन्ने निश्चत छ ।’

अबको दुई दशक मुलुकमा एमालेको दशक भएको उल्लेख गर्दै उहाँले एमालेसँग प्रतिष्पर्धा गर्ने कुनै पनि पार्टी नभएको दावी गर्नुभयो । अबको दुई दशक एमालेलाई कसैले आँखा नलगाउन चेतावनी दिादै सचिव विष्टले आगामी निर्वाचनमा एमालेले एक्लै सानदार बहुमतका साथ मुलुकको नेतृत्व गर्ने दावी गर्नुभयो ।

एमालेको नेतृत्व कालमा नेपाली युवाहरु विदेश जाने नभई अमेरिका, जापान, अष्ट्रलिया, युरोपलगायतका विकासित मुलुकका युवाहरु रोजगारीको लागि नेपाल आउने अवस्था सिर्जना गर्ने दावी समेत उहाँले गर्नुभयो ।

मावध नेपाल तथा झलनाथ खनाल एमालेबाट विभाजन भई समाजवादी गठन गरे पनि जनतामा कुनै फुटको असर भएको उल्लेख गर्दै उहाँले माधवले एमालेछोडेसँगै अहिले एमालेमा गुट समाप्त भएको बताउनुभयो । आगामी महाधिवेशनले गुट रहित एमाले निर्माण गर्ने समेत उहाँले उद्घोष गर्नुभयो ।

एमालेको नेतृत्व नआए मुलुक ५०औं वर्ष पछि धकेलीने दावी गर्दै उहाँले वर्तमान अलोकतान्त्रीक परमादेशी सरकार तथा गठबन्धनबाट जनताले एक रति पनि कुनै अपेक्षा गर्न नसक्ने उल्लेख गर्नुभयो । एमाले तथा केपी ओली नेतृत्वको सरकारको पालामा भएका कामहरु देखेर त्यसलाई असफल बनाउन गठबन्धनका नेताहरु सपनामा समेत बर्बराउने गरेको आरोप समेत उहाँले लगाउनुभयो । ओली नेतृत्वको सरकारले वर्तमान सरकारले असंख्य योजनाहरु वर्तमान सरकारले कटैती गरेको भन्दै उहाँले आक्रोस समेत जनाउनुभयो ।

एमाले र केपी ओली नेतृत्वको सरकारले ऐतिहासिक कामहरु गरेको उल्लेख गर्दै उहाँले त्यसको ज्वलन्त उदाहरणको लागि भक्तपुर हेरे पुग्ने समेत बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘एमालेको नेतृत्वमा विकास र समृद्धिको यात्रा कस्तो हुन्छ भन्ने प्रमाणीत गर्न भक्तपुर आएर हेरे हुन्छ, भक्तपुरको विकास र समृद्धिको तस्विर आफैं बोल्छ । विकासले भक्तपुर बदलिएको छ । भक्तपुरमा सवै सडक मुल सडक जस्तै भएका छन् । राष्ट्रिय विकासको लागि मेरुदण्ड भक्तपुर भएको छ । सवैले विकासको अभियान ग्रहण गर्न योग्य भएको छ । एमाले पार्टी र एमालेका जनप्रतिनिधिलाई विशेष धन्यवाद छ ।’

एमाले केन्द्रीय सदस्य, भक्तपुर इन्चार्ज तथा चाँगुनारायण नगरपालिकाका प्रमुख सोम मिश्रले एमाले विकास, समृद्धि, अनुशासन, राष्ट्रवाद तथा परिवर्तनको सम्बाहक भएको बताउनुभयो । न्यायको पक्षमा बोल्ने तथा अन्यायको विरुद्धमा लड्ने पार्टी एमाले भएको उल्लेख गर्दै उहाँले आगामी दिनमा एमालेको तागत देखाउने चेतावनी समेत दिनुभयो ।

एमाले केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले भक्तपुरका जनताको लागि कांग्रेसले आस लाग्दो काम नभई सास जाने मात्र काम गरेको आरोप लगाउनुभयो । नेमकिपाले सिद्धान्तप्रति विचलनका कारण भक्तपुर पछि परेको उल्लेख गर्दै उहाँले एमालेको नेतृत्व आएसँगै भक्तपुर अपमानित नभई गैरवका साथ उपस्थित हुने अवस्था बनाएको उल्लेख गर्नुभयो ।

कांग्रेसका नेताले आफ्नो शिर्ष नेतृत्वसँगको पहुँचलाई समेत सदुपयोग गर्न नसकेर भक्तपुरको विकासलाई दशकौंसम्म पछि धकेलेको आरोप लगाउँदै नेता बस्नेतले कांग्रेसका कारण भक्तपुरका केही विकासहरु रोकिएको भन्दै आक्रोस जनाउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?
Facebook Notice for EU! You need to login to view and post FB Comments!

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
भोट माग्न व्यस्त भीम रावल - bhim rawal
00:55
Video thumbnail
एमाले महाधिवेशनको अन्तिम दिन साैराहाकाे चहलपहल
02:12
Video thumbnail
एमालेमा ओलीको डनवाद मात्रै बाँकी छ - gagan thapa
01:57
Video thumbnail
नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा केपी ओलीको सम्बोधन || KP OLI
02:09:11
Video thumbnail
प्रचण्डको घरमा भ्रष्टाचार मात्रै ज्वाईं र बुहारीको रजाइ, घर भित्र छिरेका दुर्गा प्रसाईंले खोले पोल
01:56
Video thumbnail
मन्त्रीले चासो देखाउँदा एजेण्टहरुको ठगिबाट जोगिए बैदेशिक रोजगारीमा जान लागेका युवा
02:33
Video thumbnail
हिन्दी फिल्मको डाइलग प्रसंगमा नेपाललाई ओलीको जवाफ
01:18
Video thumbnail
न्यायिक क्षेत्रमा क्यान्सर भइसकेको छ, उपचार कुखुराको अण्डा र दुबोले मन्साएर गर्न खोजिँदैछः ओली
02:03
Video thumbnail
‌ओलीको टिप्पणी : अरुका नाति नातिनीलाई बर्बाद गरिदिने प्रचण्डका दुई नातिनी बेलायत पढ्छन्
01:18
Video thumbnail
ओलीले सूर्यको धाक नदेखाए हुन्छ, त्यसमा ग्रहण लागिसक्यो - Madhav Kumar Nepal
00:45

सम्बन्धित समाचार

यसपाली रित्तो हात फर्किन्नौं : केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गर्दै कांग्रेस चितवनका सभापति श्रेष्ठले भने

नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । चितवनबाट हालसम्म कांग्रेस केन्द्रीय सदस्यमा कोहीपनि निर्वाचित हुन सकेका छैनन् ।

चोलेन्द्रको त भाग्य नै बलियो, फेरि आयो अर्को ठूलो खुसीको खबर !

प्रधानन्यायाधीश चोलेन्द्रको भाग्य नै बलियो रहेको पुष्टि भएको छ । उनको राजीनामालाई बटमलाइन बनाएर आन्दोलनमा उत्रिएको कानुन व्यवसायीहरुको साझा संस्था नेपाल बार एसोसिएसनले आन्दोलनबाट ‘ब्याक’ हुने संकेत दिएको छ ।

आफू हारे तर लोकतन्त्रको बिउ जोगाए : डा. भीम रावल

मंगलबार सम्पन्न नेकपा एमालेको महाधिवेशनबाट पुनः अध्यक्षमा निर्वाचित केपी शर्मा ओलीले एक हजार ८३७ मत ल्याउँदा अध्यक्षका अर्का प्रत्यासी डा. भीम रावलले जम्मा २२३ मत पाए । तर, यसलाई हारेर पनि जितिएको रुपमा अर्थ्याउँछन् डा.रावल पक्षका नेताहरू ।

हिसिला-बाबुरामको डिभोर्स

पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई र हिसिला यमीका बिचमा ‘सम्बन्धविच्छेद’ भएको खुलासा भएको छ ।

भिम रावलले निर्वाचन लड्दा प्रचण्डलाई फाईदा !

नेकपा एमाले को १० औं महाधिवेशन अहिले चितवनमा भईरहेको छ । आज महाधिवेशनको अन्तिम दिन निर्वाचन प्रक्रिया भर्खरै सकिएको छ भने केही क्षण मै मत गणना सुरु हुँदैछ ।

कांग्रेस मोरङ सभापतिमा लिम्बु विजयी, देउवा शेखरलाई कमजोर पार्ने (पौडेल रणनीति फेल)

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत मोरङमा भइरहेको जिल्ला अधिवेशनमा केन्द्रीय सभापतिका आकांक्षी डा. शेखर कोइरालालाई कमजोर देखाउन सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीचको चुनावी तालमेलले फेल खाएको छ ।

ट्रेन्डिङ समाचार

ओलीले सपथ खाए र केन्द्रीय सदस्यलाई खुवाए तर रावल उठेनन्

एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले पद तथा गोपनीयताको सपथग्रहण गरेका छन् । पार्टीको महाधिवेशनस्थल सौराहामा आयोजित कार्यक्रममा उनले सपथ खाएका हुन् ।

‘नैतिक जीत’ भीम रावलको

नेकपा एमालेको महाधिवेशनमा भीम रावलले हार्ने जान्दा जान्दै अध्यक्षमा उम्मेदवारी दिए । मतदान सकिएपछि प्रफुल्लित मुद्रामा आफू जितेजसरी प्रस्तुत भए ।

भेटेरै डा. भीम रावलले दिए अध्यक्षमा निर्वाचित केपी शर्मा ओलीलाई बधाई

अध्यक्षको प्रतिस्पर्धामा हारेका नेता रावल अध्यक्ष ओलीसँगैको कुर्सीमा बसेर ओलीसँग भलाकुसारी गरिरहेका छन्।

ओलीसँग अन्तिमसम्म किन भिडिरहे रावल ?

भीम रावललाई प्रष्ट थाहा छ, उनी चुनाव जित्दैनन्। तर, पनि अन्तिमसम्म पार्टी अध्यक्षमा उठ्ने अडान राखे। रावलकै अडानका कारण एमालेको १० औं महाधिवेशन ‘सहमति’को बन्न सकेन।

भीम रावलले हार्ने कन्फर्म भईभई पनि ओलीसँग अन्तिमसम्म भिडिरहनुको रहस्य अर्कै !

भीम रावललाई प्रष्ट थाहा छ, उनी चुनाव जित्दैनन्। तर, पनि अन्तिमसम्म पार्टी अध्यक्षमा उठ्ने अडान राखे। रावलकै अडानका कारण एमालेको १० औं महाधिवेशन ‘सहमति’को बन्न सकेन। अध्यक्षलगायत पदाधिकारी र केन्द्रीय सदस्य छान्न चुनावी वातावरण बन्यो।

हिसिला-बाबुरामको डिभोर्स

पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई र हिसिला यमीका बिचमा ‘सम्बन्धविच्छेद’ भएको खुलासा भएको छ ।

ताजा समाचार

फुटबलर बिमलकी प्रेमिका असाध्यै बोल्ड एण्ड ब्युटिफुल छिन्, हेर्नुहोस् ११ तस्बिरमा

नेपाली राष्ट्रिय फुटबलर बिमल घर्तिमगरले आफ्नो प्रेमिका सार्वजनिक गरेका छन् ।बिमलले शनिबार आफ्नो आधिकारिक फेसबुकमा एक पोष्ट गर्दै आफ्नो प्रेमिकालाई सम्झिएको स्ट्याटस राख्दै नाम उल्लेख गरेका हुन् ।

चिसो माैसमलाई चुनाैती दिदै सेतो पहिरनमा बोल्ड साम्राज्ञी (फोटो फिचर)

चलचित्र ‘तिम्रो मेरो साथ’को छायांकन सकेपछि नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले नयाँ चलचित्रको काम गरेकी छैनन् ।

यसपाली रित्तो हात फर्किन्नौं : केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गर्दै कांग्रेस चितवनका सभापति श्रेष्ठले भने

नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । चितवनबाट हालसम्म कांग्रेस केन्द्रीय सदस्यमा कोहीपनि निर्वाचित हुन सकेका छैनन् ।

चोलेन्द्रको त भाग्य नै बलियो, फेरि आयो अर्को ठूलो खुसीको खबर !

प्रधानन्यायाधीश चोलेन्द्रको भाग्य नै बलियो रहेको पुष्टि भएको छ । उनको राजीनामालाई बटमलाइन बनाएर आन्दोलनमा उत्रिएको कानुन व्यवसायीहरुको साझा संस्था नेपाल बार एसोसिएसनले आन्दोलनबाट ‘ब्याक’ हुने संकेत दिएको छ ।

आफू हारे तर लोकतन्त्रको बिउ जोगाए : डा. भीम रावल

मंगलबार सम्पन्न नेकपा एमालेको महाधिवेशनबाट पुनः अध्यक्षमा निर्वाचित केपी शर्मा ओलीले एक हजार ८३७ मत ल्याउँदा अध्यक्षका अर्का प्रत्यासी डा. भीम रावलले जम्मा २२३ मत पाए । तर, यसलाई हारेर पनि जितिएको रुपमा अर्थ्याउँछन् डा.रावल पक्षका नेताहरू ।

हिसिला-बाबुरामको डिभोर्स

पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई र हिसिला यमीका बिचमा ‘सम्बन्धविच्छेद’ भएको खुलासा भएको छ ।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Search