मङ्लबार, मंसिर २१, २०७८
मङ्लबार, मंसिर २१, २०७८
Viber Community
Nop Ads

दशतिर किन घुमेको ? कस्ले घुम्नु भन्यो ? किन गएको त्यो डडेल्घुरा ? भन्दै गृहमन्त्री खाँडमाथि खनिए प्रधानमन्त्री देउवा !

बेलायतबाट फर्कँदा फर्किँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानास्थलमै प्रधानमन्त्री शेरबहादुर देउवाआफ्नै गृहमन्त्रीमाथि खनिएका पाईएको छ ।

Viber Community

नेपाल अनलाइन पत्रिका

sher bahadur

नेपाल अनलाइन पत्रिका – काठमाडौं। बेलायतबाट फर्कँदा फर्किँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानास्थलमै प्रधानमन्त्री शेरबहादुर देउवाआफ्नै गृहमन्त्रीमाथि खनिएका पाईएको छ । उनले त्यतिन्जेलसम्म कार्यवाहक प्रधानमन्त्री भनेर प्रचार गरिएका गृहमन्त्री बालकृष्ण खाँडलाई झपारेको पाइएको हो । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

कात्तिक १८ गते विहान प्रधानमन्त्री देउवाले विमानबाट उत्रनासाथ आफूलाई स्वागत गर्न पुगेका गृहमन्त्री बालकृष्ण खाँडमाथि कार्यवाहक प्रधानमन्त्री भन्दै दशतिर किन घुमेकोरु कस्ले घुम्नु भन्योरु त्यो डडेल्घुरा किन गएकोरु भन्दै भेट्नासाथ आक्रोश पोखेका थिए।

बालुवाटार स्रोतका अनुसार, प्रधानमन्त्री देउवासँग सल्लाह नगरी कार्यवाहक प्रधानमन्त्री भन्दै भनाउँदै गृहमन्त्री बालकृष्ण खाँड देउवा नभएको मौकामा देश दौडाहामा निस्किएका थिए। काठमाडौंको पशुपतिनाथमा पूजा अर्चनादेखि डडेल्घुरा, पोखरा, लुम्बिनीलगायतका ठाउँहरुमा पार्टीस्तरीय कार्यक्रमहरु गर्दै खाँडले देउवाको अनुपस्थितिका दिनहरु विताएका थिए।

पदमा अर्को व्यक्ति वहाल रहेकै अवस्थामा कुनै दोस्रो व्यक्तिलाई कार्यवाहक प्रधानमन्त्री भन्न वा लेख्न पाइने संबैधानिक व्यबस्था नभएकोमा गृहमन्त्री खाँडले अफूलाई देउवाको अनुपस्थितिमा कार्यवाहक प्रधानमन्त्री भन्दै प्रचार गराएका थिए। यो कुराले देउवाको चित्त नबुझेको स्रोतको दावी छ।

प्रधानमन्त्री देउवाले विमानबाट उत्रनासाथ आफूलाई स्वागत गर्न पुगेका गृहमन्त्री बालकृष्ण खाँडमाथि कार्यवाहक प्रधानमन्त्री भन्दै दशतिर किन घुमेको ? कस्ले घुम्नु भन्यो ? त्यो डडेल्घुरा किन गएको ? भन्दै भेट्नासाथ आक्रोश पोखेका थिए।

त्यसमाथि पनि नेपाली कांग्रेसको महाधिवेशनको सम्मुखमा राज्यको स्रोत साधन र संयन्त्रको दुरुपयोग गर्दै देश दौडाहामा निस्केर आफ्नो शक्ति प्रदर्शन गर्न खोजेको अर्थमा पनि खाडको गतिविधिलाई देउवाले बुझेका थिए। खाँड आगामी महाधिवेशनमा महामन्त्री पदमा उम्मेद्वारी दिने प्रयासमा छन् र देउवानिकटका अरु नेताहरु पनि सोही पदका आकांक्षी छन्।

आफ्नो समूहभित्र तालमेल मिलाउन नसकिरहेको अवस्थामा खाँडले आफूलाई जानकारी नै नदिई जिल्ला जिल्ला दौडाहामा गएकोमा देउवाले एयरपार्टमै असन्तुष्टि पोखेका हुन्।

त्यसो त खाँडले प्रधानमन्त्रीको हैसियतले लुम्बिनीमा राष्ट्रपति सहभागी भएको कार्यक्रममा समेत सहभागिता जनाएको र त्यहाँ राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनालाई अपमानित गरेको कुराको रिपोर्ट पनि लण्डनमा हुँदै देउवालाई गरिएको थियो।

राष्ट्रपति विद्यादेवी भण्डारीले कात्तिक १४ गते लुम्बिनीमा एउटा बहुमूल्य बुद्धको मूर्ति अनावरण गरेकी थिइन्। स्पेनको लुम्बिनी गार्डेन फाउण्डेन नामक संस्थाले म्यान्मारमा बनाएको ह्वाइट जेड नामक अति महंगो पत्थरबाट निर्माण गर्न लगाई लुम्बिनीमा स्थापना गरेको सो बुद्ध मूर्ति अनावरण कार्यक्रममा प्रधानमन्त्री सहभागी हुने कुनै पूर्वनिर्धारित कार्यक्रम थिएन।

स्पेनका सभामुखसहितका केही सांसदहरुसमेत सहभागी भएको सो कार्यक्रममा प्रधानमन्त्रीको कार्यभारसमेत सम्हालेका गृहमन्त्री खाँड अचानक लुम्बिनी पुगेका थिए। त्यसपछि प्रोटोकल मिलाउन आयोजकहरुलाई मुस्किल परेको थियो।

राष्ट्रपतिलाई आसन ग्रहण गराइसकेपछि कार्यवाहक प्रधानमन्त्री भन्दै खाँडलाई आसन ग्रहण गर्न दवाव दिइएको थियो जव कि प्रोटोकलमा मन्त्रीभन्दा माथि रहेका राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनालाई मन्चमा आसन ग्रहण गराउने कार्यक्रम तय भइसकेको थियो। तर, आयोजक अलमल परेर कार्यवाहक प्रधानमन्त्री भन्दै खांडलाई पहिला मन्चमा आसन ग्रहण गराए।

यसले अध्यक्ष तिमिल्सिनाको प्रोटोकल मिचियो र तिमिल्सिनासहित एमालेको समूहले अपमानसमेत महसुस गरेको बताइएको छ। यो कुरा पनि देउवालाई लण्डनमै सुनाइएको थियो। यी विविध कारण मिसिएकाले प्रधानमन्त्री देउवा वेलायतबाट उड्नुअघि नै खांडसंग असन्तुष्ट थिए । त्यही असन्तुष्टि विमानास्थलमा ओर्लनासाथ पोखिएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

प्रधानमन्त्री देउवा: जनतालाई दु:ख दिएर कांग्रेसले महाधिवेशनमा शक्ति प्रदर्शन गर्दैन

प्रधानमन्त्री देउवाले भने, 'कांग्रेस आफ्नो महाधिवेशनमा शक्ति प्रदर्शन गर्ने पक्षमा छैन। एमालेसँग प्रतिस्पर्धा गर्ने कुरा होइनन।

अन्तिम पटक के मागे प्रधानमन्त्री देउवाले पत्रकारहरुसंग ?

त्यसअघि देउवाले काँग्रेसले महाधिवेशन तामझामका साथ नगर्ने पनि बताएका थिए । जनतालाई दुख दिने नियत काँग्रेसको नभएको भन्दै उहाँले शक्ति प्रदर्शन नगर्ने उनले बताए ।

माधब नेपाल: ओलीको विचार, सिद्धान्त सकिएछ, पिठ्युँमा टाटु लेखेर सही गर्ने दिन आए

उनले एमालेमा विचार र सिद्धान्त सकिएपछि टाटु बनाएर अध्यक्षले सही गर्ने दिन आएको बताए। विचार र सिद्धान्त सकियो।

कमल थापाले देखाए ‘मण्डले प्रवृति’, छाडेनन् अध्यक्षको कुर्सी !

पार्टीको महाधिवेशनले पार्टीभित्र लामो समयदेखि जडा गाडेर रहेको सिन्डिकेटको अन्त्य गरेको कतिपयको धारण छ ।

१५ लाख सदस्य बनाउन प्रदेश र जिल्ला अधिवेशनको ‘होमवर्क’मा एमाले

नेता तामाङका अनुसार मङ्सिर २५ र २६ गते बस्ने दोस्रो केन्द्रीय कमिटी बैठकले हालको १९ सदस्यीय पदाधिकारीमा २६ जना थप्दै ४५ सदस्यीय स्थायी कमिटी गठन गर्नेछ ।

अन्तिम अबस्थामा रामचन्द्र पौडेलले यस्तो भावुक प्रस्ताव अघि सारे, देउबाको मन पग्लिने संकेत

नेता पौडेलले सभापतिमा आकांक्षी चारजनामध्ये को बलियो छ भनेर अन्य नेता तथा कार्यकर्ताहरूलाई सोधेपछि थाहा हुने बताएको स्रोतले बतायो ।

ट्रेन्डिङ समाचार

दु:खद खबर: नेपालमा पनि भेटियो ओमिक्रोन भेरियन्टको सङ्क्रमित

नयाँ भेरियन्ट स‌ंकमण देखिने ६६ वर्षीय एक विदेशी नागरिक र उनीसँग सम्पर्कमा आएका अर्का ७१ वर्षीय व्यक्ति रहेका छन् ।

अन्तिम अबस्थामा रामचन्द्र पौडेलले यस्तो भावुक प्रस्ताव अघि सारे, देउबाको मन पग्लिने संकेत

नेता पौडेलले सभापतिमा आकांक्षी चारजनामध्ये को बलियो छ भनेर अन्य नेता तथा कार्यकर्ताहरूलाई सोधेपछि थाहा हुने बताएको स्रोतले बतायो ।

४४० भोल्टको झट्का आर्जु राणालाई, अदालतको आदेशले ‘रुनु न हाँस्नु’

परराष्ट्र मन्त्रालयले ‘मंसिर ३ गते संरक्षक परिषदलाई महाधिवेशन गर्न दिनू’ भनिएको पत्र कार्यान्वयन नगर्न पनि अन्तरिम आदेश जारी गरेको छ।

कडा लकडाउन गर्ने निर्णय २० गतेदेखि,औषधि बाहेक अन्य सबै पसल बन्द?

२० गतेदेखि कडा लकडाउन गर्ने निर्णय, औषधि बाहेक अन्य सबै पसल बन्द।अन्ततः धरान उपमहानगरपालिकाले २० गतेदेखि लकडाउन गर्ने निर्णय गरेको छ(मंगलबार) धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकले २० गतेदेखि १३ गतेसम्म कडा लकडाउन गर्ने निर्णय गरेको हो |

आजदेखि विद्यालय बन्द

आजदेखि नीजि र सामुदायिक विद्यालय तथा शैक्षिक संस्थाहरु बन्द गरिएको छ ।

प्रधानमन्त्री देउवा : अहिलेको गठबन्धन माघ १२ गतेसम्म मात्र हो

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले अहिलेको गठबन्धन राष्ट्रिय सभा चुनावसम्म भएको बताएका छन् । सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सञ्चारकर्मीसँगको कुराकानीमा उनले राष्ट्रिय सभाको चुनावपछि गठबन्धन रहने/नरहने भन्ने विषयमा छलफल नभएको बताएका हुन् ।

ताजा समाचार

अब अफिस सकिएपछि कर्मचारीलाई फोन म्यासेज या इमेल गर्न नपाइने

काम सकिएर घर पुगिसेपछि या कतिपय अवस्थामा छुट्टीका बेला पनि अफिसबाट ‘बोस’ को फोन आउने प्रवृत्ति सबैतिर व्याप्त नै रहेको छ ।

आजदेखि विद्यालय बन्द

आजदेखि नीजि र सामुदायिक विद्यालय तथा शैक्षिक संस्थाहरु बन्द गरिएको छ ।

प्रधानमन्त्री देउवा: जनतालाई दु:ख दिएर कांग्रेसले महाधिवेशनमा शक्ति प्रदर्शन गर्दैन

प्रधानमन्त्री देउवाले भने, 'कांग्रेस आफ्नो महाधिवेशनमा शक्ति प्रदर्शन गर्ने पक्षमा छैन। एमालेसँग प्रतिस्पर्धा गर्ने कुरा होइनन।

अन्तिम पटक के मागे प्रधानमन्त्री देउवाले पत्रकारहरुसंग ?

त्यसअघि देउवाले काँग्रेसले महाधिवेशन तामझामका साथ नगर्ने पनि बताएका थिए । जनतालाई दुख दिने नियत काँग्रेसको नभएको भन्दै उहाँले शक्ति प्रदर्शन नगर्ने उनले बताए ।

धिरजसँग जोडी जम्ने सुहानाको विश्वास

सुहानाले धिरजसँग आफ्नो जोडी जम्न सक्ने आशा गरेकी छन् । सुहानाका बुबा सुनिलकुमार थापाले चलचित्र ‘भागवत गीता’ बनाउने संकेत गरिसकेका छन् ।

यस्तो छ कट्रिना-विक्कीको बिहे सेड्युल : १२० पाहुनालाई गुलाबको वर्षाले हुनेछ स्वागत !

बिहेको सुरक्षालाई कडा तुल्याइएको छ । पहिले सुरक्षा जाँच पोस्ट होटेलको ढोका र अर्कोचाहिँ उक्त भिलेजको प्रवेश द्वारमा बनाइएको छ ।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Search