सोमवार, मंसिर १३, २०७८
spot_img

केपी शर्मा ओली : राज्यको नीति निर्माणमा सहयोग पुग्छ, जनगणनामा सहयोग गरौं

नेकपा (एमाले) अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जनगणना प्रयोजनका लागि घरमा आउने गणकलाई सही विवरण टिपाएर सबैले सहयोग अपिल गरेका छन्।

nepal online patrika

नेपाल अनलाइन पत्रिका संवाददाता

spot_img

kp oli Sharma

नेपाल अनलाइन पत्रिका – काठमाडौं। नेकपा (एमाले) अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जनगणना प्रयोजनका लागि घरमा आउने गणकलाई सही विवरण टिपाएर सबैले सहयोग अपिल गरेका छन्। ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

एक भिडियो सन्देशमार्फत ओलीले जनगणनाबाट प्राप्त तथ्याङ्क अनुसार राज्यलाई नीति निर्माणमा सहयोग पुग्ने बताएका हुन्।

उनले सबैलाई सही विवरण टिपाउने सन्देश प्रवाह गर्न र जनगणनालाई पूर्ण रुपमा सफल पार्न सहयोग गर्न आह्वान गरेका छन्।

राष्ट्र विकासका लागि आवश्यक पर्ने महत्त्वपूर्ण तथ्यांक उपलब्ध गराउने जनगणनाले समाजको स्तर, विकासको स्तर, कुन क्षेत्रमा अगाडि छौं, कुन क्षेत्रमा ध्यान दिनुपर्ने छ, आयस्रोत, रोजगारी, शैक्षिक अवस्थालगायतको विषयको जानकारी हुने र राज्यलाई नीति निर्माणमा सहयोग पुग्ने उनको भनाई छ।

ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रपश्चात पहिलो जनगणना पनि भएकाले संघीयता अवलम्बन गरिसकेपछि यसले जनतालाई राज्यले उपलब्ध गराउने सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन के कस्तो रणनीति अपनाउनु पर्छ भन्ने जानकारी प्राप्त हुने बताए।

उनले उनले जनगणनाबाट प्राप्त तथ्याङ्क प्रयोग गरेर लक्षित वर्गको उत्थानका लागि योजना बनाउन सकिने उनको भनाइ छ।

आफ्ना नागरिकलाई सहज सेवा प्रवाह गर्न जनगणनाको तथ्याङ्कले सघाउ पुग्ने ओलीको विश्वास छ। अध्यक्ष ओलीले आफ्ना नेता, कार्यकर्ता, जनप्रतिनिधिहरु लगायत सम्पूर्णलाई जनगणनामा खटिएका कर्मचारी ९गणक० लाई पूर्ण रुपमा सहयोग गर्न समेत आह्वान गरेका छन्।

केन्द्रीय तथ्यांक विभागले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट राष्ट्रिय जनगणना सुरु गर्ने भएको छ। बिहान साढे ९ बजे राष्ट्रपति भण्डारीको जनगणना गरिँदैछ। यस्तै बिहान ११ बजे प्रधानमन्त्री शेरबहादुर देउवाको जनगणना गरिनेछ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
एमाले महाधिवेशनको अन्तिम दिन साैराहाकाे चहलपहल
02:12
Video thumbnail
एमालेमा ओलीको डनवाद मात्रै बाँकी छ - gagan thapa
01:57
Video thumbnail
नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा केपी ओलीको सम्बोधन || KP OLI
02:09:11
Video thumbnail
प्रचण्डको घरमा भ्रष्टाचार मात्रै ज्वाईं र बुहारीको रजाइ, घर भित्र छिरेका दुर्गा प्रसाईंले खोले पोल
01:56
Video thumbnail
मन्त्रीले चासो देखाउँदा एजेण्टहरुको ठगिबाट जोगिए बैदेशिक रोजगारीमा जान लागेका युवा
02:33
Video thumbnail
हिन्दी फिल्मको डाइलग प्रसंगमा नेपाललाई ओलीको जवाफ
01:18
Video thumbnail
न्यायिक क्षेत्रमा क्यान्सर भइसकेको छ, उपचार कुखुराको अण्डा र दुबोले मन्साएर गर्न खोजिँदैछः ओली
02:03
Video thumbnail
‌ओलीको टिप्पणी : अरुका नाति नातिनीलाई बर्बाद गरिदिने प्रचण्डका दुई नातिनी बेलायत पढ्छन्
01:18
Video thumbnail
ओलीले सूर्यको धाक नदेखाए हुन्छ, त्यसमा ग्रहण लागिसक्यो - Madhav Kumar Nepal
00:45
Video thumbnail
हेर्दै जानुस् अब प्रचण्डको पत्तासाफ। प्रचण्डले गुण्डा भनेपछि आक्रोसित ओली || KP OLI
22:26

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार