Viber Community
Nop Ads

चीन र अमेरिका जलवायु परिवर्तनविरुद्ध थप सहकार्य गर्न सहमत

जलवायु परिवर्तनविरुद्ध थप सहकार्य गर्न चीन र अमेरिका सहमत भएका छन् । बुधबार चीन र अमेरिकाले एक सहमति सार्वजनिक गर्दै जलवायु परिवर्तनविरुद्ध सहकार्य बढाउने घोषणा गरेका हुन् ।

Viber Community

नेपाल अनलाइन पत्रिका

नेपाल अनलाइन पत्रिका – काठमाडौं। जलवायु परिवर्तनविरुद्ध थप सहकार्य गर्न चीन र अमेरिका सहमत भएका छन् । बुधबार चीन र अमेरिकाले एक सहमति सार्वजनिक गर्दै जलवायु परिवर्तनविरुद्ध सहकार्य बढाउने घोषणा गरेका हुन् ।

ग्लास्गोमा आयोजित जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय सम्मेलनमा संयुक्त विज्ञप्ति जारी गर्दै चीन र अमेरिकाले यससम्बन्धमा सहकार्य बढाउने घोषणा गरेको अलजजिराले जनाएको छ । समाचारअनुसार मिथेन उत्सर्जन कम गर्ने, वन संरक्षण गर्ने र कोइला प्रयोग नगर्ने विषयमा दुवै मुलुक सहमत भएका छन् ।

जलवायु परिवर्तनसँग जुध्न चालिएका कदम ‘ठोस कार्यसँगै’ दोब्बर पार्ने विषयमा समेत चीन र अमेरिका सहमत भएका छन् । आफूहरूले गरेको सहमतिले पेरिस सम्झौतासम्बन्धी निर्देशिका (२०१५) र २०२५ का लागि तय गरिएका उत्सर्जन कटौतीका नयाँ लक्ष्यसहित ‘२०२० को दशकमा जलवायुसम्बन्धी गतिविधि बढाउन’ अपिल गरेको पनि दुवै मुलुकको भनाइ छ ।

त्यस्तै, दुवै मुलुकबीच भएको सहमतिमा कार्बन न्यूनीकरण (डिकार्बनाइजेशन), मिथेन उत्सर्जन कटौती र वन फँडानीविरुद्धको अभियानलाई ठोस तथा व्यावहारिक तरिकाले नियमन गर्न अपिल गरिएको छ ।

‘दुवै पक्षले विद्यमान प्रयास र पेरिस सम्झौताका लक्ष्यबीच अन्तर रहेको कुरालाई आत्मसात गरेका छौं’, जलवायु परिवर्तनका लागि चिनियाँ दूत सी झेङहुवाले बुधबार सहमति सार्वजनिक गर्दै भने, ‘यही भएर हामीले मिलेर जलवायुसम्बन्धी कदम चाल्ने छौं ।’

जलवायु परिवर्तनका लागि अमेरिकी प्रतिनिधि जोन केरीले चीनसँगको सहमतिले जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय सम्मेलन सफल हुने बताएका छन् ।

‘हामीले कोप-२६ को सफलताका लागि आफ्नो समर्थन व्यक्त गरेका छौं’, केरीले भने, ‘यति बेला हरेक कदमले अर्थ राख्छ र हाम्रासामु लामो यात्रा छ ।’

चीन र अमेरिका विश्वमै सबैभन्दा धेरै कार्बन उत्सर्जन गर्ने मुलुक हुन् । यी दुई मुलुकले समग्र कार्बन प्रदूषणको झण्डै ४० प्रतिशत हिस्सा ओगट्छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
भोट माग्न व्यस्त भीम रावल - bhim rawal
00:55
Video thumbnail
एमाले महाधिवेशनको अन्तिम दिन साैराहाकाे चहलपहल
02:12
Video thumbnail
एमालेमा ओलीको डनवाद मात्रै बाँकी छ - gagan thapa
01:57
Video thumbnail
नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा केपी ओलीको सम्बोधन || KP OLI
02:09:11
Video thumbnail
प्रचण्डको घरमा भ्रष्टाचार मात्रै ज्वाईं र बुहारीको रजाइ, घर भित्र छिरेका दुर्गा प्रसाईंले खोले पोल
01:56
Video thumbnail
मन्त्रीले चासो देखाउँदा एजेण्टहरुको ठगिबाट जोगिए बैदेशिक रोजगारीमा जान लागेका युवा
02:33
Video thumbnail
हिन्दी फिल्मको डाइलग प्रसंगमा नेपाललाई ओलीको जवाफ
01:18
Video thumbnail
न्यायिक क्षेत्रमा क्यान्सर भइसकेको छ, उपचार कुखुराको अण्डा र दुबोले मन्साएर गर्न खोजिँदैछः ओली
02:03
Video thumbnail
‌ओलीको टिप्पणी : अरुका नाति नातिनीलाई बर्बाद गरिदिने प्रचण्डका दुई नातिनी बेलायत पढ्छन्
01:18
Video thumbnail
ओलीले सूर्यको धाक नदेखाए हुन्छ, त्यसमा ग्रहण लागिसक्यो - Madhav Kumar Nepal
00:45

सम्बन्धित समाचार

तीन विद्यार्थीको मृत्यु अमेरिकाको मिशिगनस्थित विद्यालयमा अन्धाधुन्ध गोली प्रहार

एक शिक्षकसहित ८ जना घाइते भएको स्थानीय सुरक्षा अधिकारीलाई उद्धृत गर्दै अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । हाइस्कूलमा भएको गोलीकाण्डमा मृत्यु हुनेमा १६ वर्षका छात्र तथा १४ र १७ वर्षकी छात्रा रहेका छन् ।

बेलायती महारानी राष्ट्रप्रमुख नरहने: बार्बेडोस विश्वको कान्छो गणतान्त्रिक देश बन्यो

बेलायतकी महारानी एलिजाबेथलाई आफ्नो राष्ट्रप्रमुखको पदबाट औपचारिक रूपमा हटाउँदै बार्बेडोस विश्वको कान्छो गणतन्त्र बनेको हो ।

अन्तराष्ट्रिय विद्यार्थीमाथि अष्ट्रेलिया र जापानमा प्रतिबन्ध

सो निर्णयबाट विभिन्न देशका विद्यार्थी प्रभावित हुने भएका छन् । अस्ट्रेलियाले अ‍ाज १ डिसेम्बरदेखि लागू हुने गरी विदेशी विद्यार्थीमा प्रतिबन्ध लगाएको हो । यो प्रतिबन्ध दुई सातासम्म लागू हुनेछ ।

अमेरिकी राष्ट्रपतिले आयोजना गर्ने ‘समिट फर डेमोक्रेसी’ मा देउवाले भाग लिने

अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना एक सम्मेलनमा प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी हुने भएका छन् । आगामी २३ र २४ मंसिरमा उक्त सम्मेलन भर्चुअलरूपमा हुन लागेको छ ।

दर्जन बढी चिनियाँ कम्पनीमाथि अमेरिकी प्रतिबन्ध

ताइवान मामिलामा दुई मुलुकबीच तनाव बढिरहेको बेला अमेरिकी सरकारले थप १२ वटा चिनियाँ कम्पनीसँगको व्यापारमा प्रतिबन्ध लगाएको छ ।

ट्वीटरका प्रमुख कार्यकारी ज्याक डोर्सीले दिए राजीनामा

ट्वीटरका सहसंस्थापक ज्याक डोर्सीले कम्पनीको प्रमुख कार्यकारीबाट राजीनामाको घोषणा गरेका छन्।

ट्रेन्डिङ समाचार

ओलीले सपथ खाए र केन्द्रीय सदस्यलाई खुवाए तर रावल उठेनन्

एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले पद तथा गोपनीयताको सपथग्रहण गरेका छन् । पार्टीको महाधिवेशनस्थल सौराहामा आयोजित कार्यक्रममा उनले सपथ खाएका हुन् ।

‘नैतिक जीत’ भीम रावलको

नेकपा एमालेको महाधिवेशनमा भीम रावलले हार्ने जान्दा जान्दै अध्यक्षमा उम्मेदवारी दिए । मतदान सकिएपछि प्रफुल्लित मुद्रामा आफू जितेजसरी प्रस्तुत भए ।

भिम रावलले निर्वाचन लड्दा प्रचण्डलाई फाईदा !

नेकपा एमाले को १० औं महाधिवेशन अहिले चितवनमा भईरहेको छ । आज महाधिवेशनको अन्तिम दिन निर्वाचन प्रक्रिया भर्खरै सकिएको छ भने केही क्षण मै मत गणना सुरु हुँदैछ ।

भेटेरै डा. भीम रावलले दिए अध्यक्षमा निर्वाचित केपी शर्मा ओलीलाई बधाई

अध्यक्षको प्रतिस्पर्धामा हारेका नेता रावल अध्यक्ष ओलीसँगैको कुर्सीमा बसेर ओलीसँग भलाकुसारी गरिरहेका छन्।

ओलीसँग अन्तिमसम्म किन भिडिरहे रावल ?

भीम रावललाई प्रष्ट थाहा छ, उनी चुनाव जित्दैनन्। तर, पनि अन्तिमसम्म पार्टी अध्यक्षमा उठ्ने अडान राखे। रावलकै अडानका कारण एमालेको १० औं महाधिवेशन ‘सहमति’को बन्न सकेन।

भीम रावलले हार्ने कन्फर्म भईभई पनि ओलीसँग अन्तिमसम्म भिडिरहनुको रहस्य अर्कै !

भीम रावललाई प्रष्ट थाहा छ, उनी चुनाव जित्दैनन्। तर, पनि अन्तिमसम्म पार्टी अध्यक्षमा उठ्ने अडान राखे। रावलकै अडानका कारण एमालेको १० औं महाधिवेशन ‘सहमति’को बन्न सकेन। अध्यक्षलगायत पदाधिकारी र केन्द्रीय सदस्य छान्न चुनावी वातावरण बन्यो।

ताजा समाचार

पहिलो पटक गोला प्रक्रियाबाट तोकियो पेसी सर्वोच्च अदालतमा

सर्वोच्च अदालतमा बुधबारदेखि न्यायाधीशहरूलाई गोला प्रक्रियाद्वारा मुद्दाको पेसी तोकिएको छ । नेपालमा आधुनिक न्यायालयको इतिहासमा पहिलो पटक सर्वोच्चमा गोला प्रक्रियाद्वारा मुद्दाको पेसी तोकिएको हो ।

प्रेम आले आफु चढेरै निशुल्क बस सेवा उत्घाटन गरे

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले यात्रुवाहक माइक्रोबसमा कोचिएर यात्रा गरेका छन् ।

मत परिणामको म स्वागत गर्छु : घनश्याम भुसालले भने

नेकपा एमालेको दसौं महाधिवेशनबाट घनश्याम भुसाल उपाध्यक्षमा पराजित भएका छन्। अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मतिका लागि भन्दै पेस गरेको सूचीमा असहमति जनाउँदै उम्मेदवारी दिएका भुसालले ओलीको सूचीमा रहेका अरू छ जनाभन्दा कम मत पाएपछि पराजय भोगेका हुन्।

चितवन बाट फन्किएर हिँडेका लालबावु काठमाडौँ पुगेर यसो गर्न थाले

नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन चितवनमा सम्पन्न भएको छ । एमाले नेता लालबावु पण्डितका लागी यो महाधिवेशन बिर्सनलायक परिघटना बनेको छ ।

ओलीले चाहेकै जस्तो ‘हार्डलाइनर’ टिम

चितवनमा मंगलबार सम्पन्न एमालेको दसौं महाधिवेशनबाट अध्यक्ष केपी ओलीले चाहेकै जस्तो कठोर ९हार्डलाइनर० टिम बनेको छ। वरिष्ठ उपाध्यक्षदेखि महासचिवसम्मको कार्यकारी टिमलाई हेर्ने हो भने समन्वयकारी धार छायामा परेको छ।

फुटबलर बिमलकी प्रेमिका असाध्यै बोल्ड एण्ड ब्युटिफुल छिन्, हेर्नुहोस् ११ तस्बिरमा

नेपाली राष्ट्रिय फुटबलर बिमल घर्तिमगरले आफ्नो प्रेमिका सार्वजनिक गरेका छन् ।बिमलले शनिबार आफ्नो आधिकारिक फेसबुकमा एक पोष्ट गर्दै आफ्नो प्रेमिकालाई सम्झिएको स्ट्याटस राख्दै नाम उल्लेख गरेका हुन् ।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Search