Viber Community
Nop Ads

जलविद्युतमा रेमिट्यान्सको लगानी अध्ययनमै सीमित

नदी प्रवाहमा आधारित परियोजनाका लागि सरकारले तोकेको कोटा सकिएपछि नेपाल विद्युत प्राधिकरणले रेमिट हाइड्रोका दुबै परियोजनाले पीपीएका लागि निवेदन दिएपनि निर्णय दिएको छैन ।

Viber Community

नेपाल अनलाइन पत्रिका

नेपाल अनलाइन पत्रिका – काठमाडौं। नदी प्रवाहमा आधारित परियोजनाका लागि सरकारले तोकेको कोटा सकिएपछि नेपाल विद्युत प्राधिकरणले रेमिट हाइड्रोका दुबै परियोजनाले पीपीएका लागि निवेदन दिएपनि निर्णय दिएको छैन ।

२५ कात्तिक, काठमाडौं । वैदेशिक रोजगारीमा रहेका नेपालीको लगानीमा जलविद्युत उत्पादन गर्ने बनाउने सरकारको योजनामा चरम ढिलाइ भएको छ । सरकारले ताप्लेजुङको घुन्साखोला र सिम्बुवाखोलामा रेमिट्यान्स लगानी गरी जलविद्युत उत्पादन गर्ने योजना अघि बढाएको थियो ।

त्यसका लागि जलविद्युत लगानी तथा विकास कम्पनी (एचआईडीसीएल) ले जिम्मा पाएको छ । विद्युत प्राधिकरणले नदी प्रवाहमा आधारित परियोजनाहरुको विद्युत् खरीद सम्झौता (पीपीए) रोक्दा परियोजना अघि बढाउन ढिलाइ भएको कम्पनीको दावी छ ।

‘घुन्साको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार छ, सिम्बुवाको पनि एक महिनाभित्रै तयार हुन्छ, परियोजना अघि बढाउन पीपीए कुरिरहेका छौं’ जलविद्युत लगानी तथा विकास कम्पनीका प्रमुख कार्यकारी अधिकृत अर्जुनकुमार गौतमले भने ।
घुन्साको ७१.५ मेगावाट र सिम्बुवाको ५३.७ मेगावाट जडित क्षमता छ । एचआईडीसीएलले यी आयोजना बनाउन दुईवटा कम्पनी स्थापना गरेको छ । घुन्साखोलालाई अघि बढाउन रेमिट हाइड्रो लिमिटेड र सिम्बुवाखोला आयोजनाका लागि सिम्बुवा रेमिट हाइड्रो लिमिटेड स्थापना भएको छ ।

एचआईडीसीएलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अर्जुनकुमार गौतम लाइसेन्स पाएको ५ वर्षसम्म अध्ययनमै सीमित रहनु पर्दा असन्तुष्ट छन् । ‘घुन्साको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार छ, पुनरावलोकनको चरणमा छौं,’ उनले भने, ‘सिम्बुवाको पनि एक महिनाभित्रै डीपीआर प्राप्त हुने अवस्था छ ।’

दुवै आयोजनाको वातावरण प्रभाव मूल्यांकन प्रतिवेदन तयार भइसकेको उनले बताए ।

डीपीआर तयार भएपछि परियोजना निर्माण गर्न ठेक्का लगाउने तयारी हुन्छ । त्यसअघि निर्माण कम्पनीले कम्पनीले पहिलो वित्तीय स्रोत सुनिश्चित (फाइनान्सियल क्लोजर) गर्नुपर्ने हुन्छ । ‘विद्युत प्राधिकरणसँग पीपीए नभई फाइनान्सियल क्लोजर गर्न सकिँदैन,’ सीईओ गौतमले उनले भने, ‘परियोजना अघि बढाउन पीपीए कुरिरहेका छौं ।’

नदी प्रवाहमा आधारित परियोजनाका लागि सरकारले तोकेको कोटा सकिएपछि प्राधिकरणले करिब २ वर्षदेखि पीपीए रोकेको छ । रेमिट हाइड्रोका दुबै परियोजनाले पीपीएका लागि निवेदन दिएपनि प्राधिकरणले निर्णय दिएको छैन ।

सीईओ गौतमका अनुसार पीपीए भएको एक वर्षभित्र दुबै आयोजना निर्माण सुरु गर्न सकिन्छ । दुबै आयोजनामा सरकारी स्वामित्वको जलविद्युत विकास कम्पनीको ५१ प्रतिशत शेयर लगानी रहनेछ । त्यसपछि विदेशमा कार्यरत नेपालीहरुका लागि निश्चित प्रतिशत शेयरको ग्यारेन्टी गर्ने सरकारको योजना छ ।

विदेशमा कमाएको रकम प्रतिफल आउने आयोजनामा लगानी गर्न नपाएका नेपालीका लागि यो निकै राम्रो अवसर थियो । आयोजनामा करिब ४९ प्रतिशत लगानीका लागि आईपीओ अर्थात् साधारण शेयर जारी गर्ने कम्पनीको योजना छ । विदेशमा कार्यरत नेपाली कामदारले पाउने आईपीओ प्रतिशत तय हुन भने बाँकी छ । ताप्लेजुङका स्थानीय र सर्वसाधारणलाई पनि शेयर लगानी गर्न दिने योजना छ ।

‘शेयर संरचना र लगानीको मोडालिटीबारे अन्तिम निर्णय भइसकेको छैन’, सीईओ गौतम भन्छन्, ‘लगानीको मोडालिटी टुंग्याएर अघि बढ्न हामीलाई अब धेरै समय लाग्ने छैन ।’

नेपालमा वैधानिक च्यानलबाट वार्षिक करिब साढे ९ खर्ब रेमिट्यान्स भित्रिन्छ । यसमध्ये झण्डै ८२ प्रतिशत रकम उपभोगमा सकिन्छ ।

‘विदेशमा रहेका नेपालीको आम्दानीलाई उत्पादनमुलक क्षेत्रमा लगानी गर्न अवसर दिनेगरी यि आयोजना अघि बढाउन खोजेका हौं,’ सीईओ गौतम भन्छन्, ‘त्यसबारे रेमिट्यान्स भित्र्याउने कम्पनीहरुसँग छलफल गर्दा लगानी ल्याउन असहज नहुने अवस्था पाएका छौं ।’

सरकारले आर्थिक वर्ष २०७०/०७१ कै बजेटमा विदेशमा रहेका नेपालीको लगानीमा ‘रेमिट हाइड्रो’ बनाउने उदघोष गरेको थियो । यी आयोजना निर्माणका लागि २५ अर्बभन्दा बढी लगानी लाग्ने अनुमान छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
म पनि राप्रपा जस्तै राष्ट्रवादी हो - prachanda
01:33
Video thumbnail
ठगी वा अन्य कुनै समस्या परेमा हटलाइनमा फोन गर्नुस् - prem aale
02:26
Video thumbnail
भोट माग्न व्यस्त भीम रावल - bhim rawal
00:55
Video thumbnail
एमाले महाधिवेशनको अन्तिम दिन साैराहाकाे चहलपहल
02:12
Video thumbnail
एमालेमा ओलीको डनवाद मात्रै बाँकी छ - gagan thapa
01:57
Video thumbnail
नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा केपी ओलीको सम्बोधन || KP OLI
02:09:11
Video thumbnail
प्रचण्डको घरमा भ्रष्टाचार मात्रै ज्वाईं र बुहारीको रजाइ, घर भित्र छिरेका दुर्गा प्रसाईंले खोले पोल
01:56
Video thumbnail
मन्त्रीले चासो देखाउँदा एजेण्टहरुको ठगिबाट जोगिए बैदेशिक रोजगारीमा जान लागेका युवा
02:33
Video thumbnail
हिन्दी फिल्मको डाइलग प्रसंगमा नेपाललाई ओलीको जवाफ
01:18
Video thumbnail
न्यायिक क्षेत्रमा क्यान्सर भइसकेको छ, उपचार कुखुराको अण्डा र दुबोले मन्साएर गर्न खोजिँदैछः ओली
02:03

सम्बन्धित समाचार

के तपाईं परदेशबाट नेपालमा पैसा पठाउदै हुनुहुन्छ भने आजको विदेशी मुद्राको विनिमय दर यस्तो छ हेर्नुहोस्

नेपाल अनलाइन पत्रिका – काठमाडौं। नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले आज वि.सं २०७८ मंसिर...

पछिल्लो केही समयदेखि निरन्तर उकालो लागेको तरकारीको मूल्य कम भएको छैन । आज तरकारीको मूल्य कति पुग्यो ? (सूचीसहित)

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबार विभिन्न तरकारीहरूको मूल्य सूची सार्वजनिक गरेको छ ।

मन्त्री यादव: कृषि क्षेत्र समृद्ध नभएसम्म नेपाली जनता समृद्ध हुँदैन

कृषि तथा पशुपन्छी विकासमन्त्री महेन्द्रराय यादवले कृषि क्षेत्रलाई समृद्ध नबनाएसम्म नेपाली जनतामा समृद्धि नहुने जनाएका छन् ।

वैदेशिक व्यापार ६५ र आयात ६१ प्रतिशतले बढ्याे

गत आवको सुरुको चौमासिकमा चार खर्ब ४२ अर्ब ६९ करोड दुई लाख ४२ हजार रहेको मुलुुकको वैदेशिक व्यापार चालु आवको सो अवधिमा सात खर्ब ३२ अर्ब ४१ करोड ८६ लाख आठ हजार पुगेको छ ।

ज्ञानेन्द्र शाहीले कुलमानलाई भने- ‘भारतमा विद्युत बेच्नुअघि कर्णालीका अँध्यारा वस्तीमा पुर्‍याइयोस्’

भ्रष्टाचारविरुद्धका अभियान्ता ज्ञानेन्द्र शाहीले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग कर्णालीमा पूर्ण रुपमा विद्युतको पहुँच पुर्‍याउन अनुरोध गरेका छन् ।

‘मेट्रो रेल’ चलाउन असम्भव काठमाडौँमा

‘काठमाडौँमा मेट्रो रेल चलाइन्छ’ भन्ने नेताहरुको भाषण बिना अध्ययन मुखबाट प्वाक्क निस्किएको शब्द हो भन्न अब चाहिँ हिचकिचाउनुपर्ने अवस्था रहेन ।

ट्रेन्डिङ समाचार

हिसिला-बाबुरामको डिभोर्स

पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई र हिसिला यमीका बिचमा ‘सम्बन्धविच्छेद’ भएको खुलासा भएको छ ।

भिम रावलले निर्वाचन लड्दा प्रचण्डलाई फाईदा !

नेकपा एमाले को १० औं महाधिवेशन अहिले चितवनमा भईरहेको छ । आज महाधिवेशनको अन्तिम दिन निर्वाचन प्रक्रिया भर्खरै सकिएको छ भने केही क्षण मै मत गणना सुरु हुँदैछ ।

देशभरका प्रहरीहरुका लागि निकै ठूलो खुसीको खबर आयो, सबैभन्दा ठूलो फाइदा तल्लो दर्जाकालाई !

सरकारले तल्लो दर्जाका प्रहरी कर्मचारीको वृत्तिविकास तथा मनोबल उच्च राख्न वरिष्ठ नायब निरीक्षक ९बसई०, वरिष्ठ हबल्दार ९बह० र सहायक हबल्दार ९सह० गरी तीन पद थप गर्ने निर्णय गरेको छ ।

चितवन बाट फन्किएर हिँडेका लालबावु काठमाडौँ पुगेर यसो गर्न थाले

नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन चितवनमा सम्पन्न भएको छ । एमाले नेता लालबावु पण्डितका लागी यो महाधिवेशन बिर्सनलायक परिघटना बनेको छ ।

लालबाबु पण्डित तत्काल माधव नेपालको पार्टीमा प्रवेश गर्दैछन् !

लालबाबु पण्डित तत्काल माधव नेपालको पार्टीमा प्रवेश गर्र्न लागेको खबर छ । नेकपा एमालेका नेता लालबाबु पण्डितले चितवनमा जारी १० औँ महाधिवेशनप्रति असन्तुष्टि जनाएका छन् ।उनले महाधिवेशनबाट असन्तुष्ट बन्दै नेकपा एमालेको सबै कार्यकारी पदबाट विदा लिने घोषणासमेत गरेका छन् ।

भीम रावलले हार्ने कन्फर्म भईभई पनि ओलीसँग अन्तिमसम्म भिडिरहनुको रहस्य अर्कै !

भीम रावललाई प्रष्ट थाहा छ, उनी चुनाव जित्दैनन्। तर, पनि अन्तिमसम्म पार्टी अध्यक्षमा उठ्ने अडान राखे। रावलकै अडानका कारण एमालेको १० औं महाधिवेशन ‘सहमति’को बन्न सकेन। अध्यक्षलगायत पदाधिकारी र केन्द्रीय सदस्य छान्न चुनावी वातावरण बन्यो।

ताजा समाचार

त्रिविमा आन्तरिक प्रतियोगिताको विद्यार्थी संगठनहरुको विरोध

त्रिभुवन विश्वविद्यालयमा करारमा कार्यरत जनशक्तिलाई आन्तरिक प्रक्रियाबाट स्थायी गराउन तयारी गरेकामा विभिन्न विद्यार्थी सङ्गठनले आपत्ति जनाएका छन्।

उपप्राध्यापक बनाउन खोजिएपछि त्रिविमा अखिलको तालाबन्दी : करारलाई स्वत

नेकपा (एमाले) निकट अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालयको सिनेट बैठकले ऐन संशोधन गरेर अस्थायी र करार सेवामा कार्यरतले मात्रै उपप्रध्यापकमा प्रतिस्पर्धा गर्न पाउनेगरी बनाइएको नियमको विरोध गरेको छ । अनेरास्ववियुले त्रिविमा तालाबन्दीसमेत गरेको छ ।

प्रधानन्यायाधीश हुँदा पनि बिवाद, नहुँदा पनि विवाद : सर्वोच्च रमिता

न्यायापालिकामा नेतृत्व नभएको भन्दै नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतमा बहस पैरवी नगर्ने अडान लिएको छ ।

देउवाको भन्दा रामचन्द्रको छवि उज्वल : कांग्रेसको चौधौं महाधिवेशन

‘हाम्रा रामचन्द्रजी टाइम्स् अफ इन्डिया उल्टोपट्टिबाट पढ्नुहुन्छ, किन उल्टो पढेको भनेर सोध्यो भने नजान्नेलाई पो उल्टो र सुल्टोको बहाना चाहिन्छ, जान्नेलाई उल्टो होस् कि सुल्टो केही फरक पर्दैन भनूँला जस्तो गर्नुहुन्छ’ एक दिन बानेश्वरको लक्ष्मीदिदीको रेष्टुराँमा चिया पिउँदै किसुनजीले रामचन्द्रजीलाई यसैगरी उडाउनु भयो ।

कामुको विषय टुंगो नलागेसम्म गोला तान्न अघि नबढ्नूस् : बारले भन्यो

नेपाल बार र सर्बोच्च बार एशोसियसनका अध्यक्षहरूले कार्यवाहक प्रधानन्यायाधीशको टुंगो नलागी इजलासमा नबस्न र गोला नतान्न न्यायाधीशहरूलाई आग्रह गरेका छन् ।

पशुपतिमा बाला चतुर्दशी मेलाको तयारी पूरा

दिवङ्गत पितृका नाममा महादीपदान गर्न आउने भक्तजनको आज बिहानैदेखि पशुपति क्षेत्रमा भीड लाग्न थालेको छ । बेलुकी बत्ती बालिने भए पनि आज पशुपति क्षेत्रमा लाखौँ भक्तजन आउने भएकाले ठाउँको व्यवस्था गर्न बिहानैदेखि भक्तजन आएका हुन् ।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Search