शनिबार, मंसिर १८, २०७८
शनिबार, मंसिर १८, २०७८
Viber Community
Nop Ads

नेपाली सेनाका मेजरलाई नेपाल प्रहरीले लगायो हतकडी

नेपाली सेनाका एक मेजरलाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले कैलालीको लम्कीचुहा नगरपालिका–३ गोराङ्गेस्थित सुदूरपश्चिम पृतना तालिम शिक्षालयका मेजर अशोकजंग शाहीलाई हतियारसहित नियन्त्रणमा लिएको छ।

Viber Community

नेपाल अनलाइन पत्रिका

Nepali Army

नेपाल अनलाइन पत्रिका – काठमाडौं। नेपाली सेनाका एक मेजरलाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले कैलालीको लम्कीचुहा नगरपालिका–३ गोराङ्गेस्थित सुदूरपश्चिम पृतना तालिम शिक्षालयका मेजर अशोकजंग शाहीलाई हतियारसहित नियन्त्रणमा लिएको छ। कैलालीको चिसापानीस्थित इलाका प्रहरी कार्यालयले गएराति मदिरा सेवन गरेर होहल्ला गर्दै हिँडेका नेपाली सेनाका एक मेजरलाई नियन्त्रणमा लिएको हो। ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

प्रहरीले लम्कीचुहा नगरपालिका–३ गोराङ्गेस्थित सुदूरपश्चिम पृतना तालिम शिक्षालयका मेजर शाहीलाई हतियार सहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। स्रोतका अनुसार उनी मदिराको नशामा लठ्ठिएर स्थानीयलाई गालीगलौज गरिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको थियो।

उनी रातिको समयमा स्थानीय संगम होटलमा छिरेका थिए। उनले होटल सञ्चालक हर्क रावललाई गालीगलौज गर्नुका साथै हातपातको प्रयास समेत गरेका थिए। होटल सञ्चालक रावलले मेजर शाही मदिराले लठ्ठिएर आफ्नो होटल भित्र छिरेको बताए।

‘उनी मदिराले लठ्ठ थिए। होटलमा छिर्ने बित्तिकै मसँग अभद्र व्यवहार गरे। हामी चारजना थियौं’, उनले भने, ‘साथीहरुले बाहिर पठाए। त्यसपछि उनी हतियार सहित सडकमा होहल्ला गर्दै हिँडेछन्।’

होटलबाट निस्केका मेजर शाही शिक्षालय पुगेर एकजना डयुटीमा रहेका सैनिकलाई लिएर फेरी करिव ४ किलोमिटर टाढा रहेको चिसापानी बजार पुगेका थिए। उनी बजार पुग्ने बित्तिकै सर्वसाधारणलाई गालीगलौज गर्दै हिँडेका थिए। स्थानीयका अनुसार सो क्रममा उनले केही व्यक्तिलाई हातपात समेत गरेका थिए।

उनी राइफल समातेर बजारमा डुल्न थालेपछि केहीबेर चिसापानीको माहौल त्रसित बनेको थियो। त्यसपछि उनलाई प्रहरीले घेरा हालेर नियन्त्रणमा लिएका थिए। स्थानीयले प्रहरीले मेजर शाहीलाई सुरक्षा दिएको भन्दै इलाका प्रहरी कार्यालय चिसापानीमा ढुंगामुढा गरेका छन्।

उनीहरुले मेजर शाहीलाई कारवाहीको माग गरेका छन्। प्रहरीको नियन्त्रणमा रहेका मेजर शाहीले मदिराको नशाले मात्तिएर गल्ती गरेको भन्दै माफी मागेका छन्। उनलाई लिन पृतनाको टोली प्रहरी कार्यालय पुगेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

राप्रपाको चुनाव अझै सुरु भएन, बिहानैदेखि लाइन बसेका प्रतिनिधि आक्रोशित

बिहान ८ बजेदेखि हुने भनिएको राप्रपाको चुनाव अझैसम्म सुरु हुन सकेको छैन । निर्धारित समयमा मतदान सुरु नभएको भन्दै बिहानैदेखि लाइनमा बसेका प्रतिनिधिले आक्रोश व्यक्त गर्न थालेका छन् । यद्यपि, अबको केही समयपछि मतदान सुरु हुने बताइएको छ ।

अब होमवर्क गर्न छोडिदिनुस्, भोलिदेखी विद्यालय अनिश्चितकाललाई बन्द !!

भारतीय राजधानी दिल्लीका सम्पूर्ण विद्यालयहरु शुक्रबारदेखि अर्को सूचना नआएसम्म बन्द हुने भएका छन् । वायु प्रदूषणको विकराल अवस्थाको कारण यस्तो निर्णय गर्नुपरेको वातावरणमन्त्री गोपाल राईले बताए ।

कडा लकडाउन गर्ने निर्णय २० गतेदेखि,औषधि बाहेक अन्य सबै पसल बन्द?

२० गतेदेखि कडा लकडाउन गर्ने निर्णय, औषधि बाहेक अन्य सबै पसल बन्द।अन्ततः धरान उपमहानगरपालिकाले २० गतेदेखि लकडाउन गर्ने निर्णय गरेको छ(मंगलबार) धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकले २० गतेदेखि १३ गतेसम्म कडा लकडाउन गर्ने निर्णय गरेको हो |

आज सूर्यग्रहण लाग्दै, नेपालबाट नदेखिने

आज सूर्यग्रहण लाग्दैछ । सूर्य ग्रहण दक्षिण अमेरिका, अस्ट्रेलिया, दक्षिण अफ्रिका र दक्षिण एट्लान्टिकका देशबाट मात्रै देख्न सकिने खगोलविद्हरुले बताएका छन् ।

बालविवाह न्यूनीकरणका लागि मतदान

यहाँ बालविवाह न्यूनीकरण गर्नु ठीक कि बेठीक भन्दै मतदान भइरहेको छ । उमेर नपुग्दै विवाह गर्ने क्रम बढ्दै गएको भन्दै विद्यार्थी, अभिभावक जनप्रतिनिधिहरू मतदानमा सहभागी भएका छन् ।

कक्षा १२ को नतिजा सार्वजनिक, कक्षा १२ को नतिजा कसरी हेर्ने?

कक्षा १२ को परिक्षाफल प्रकाशित भएको छ। शुक्रबार विहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले परिक्षाफल प्रकाशित गर्ने निर्णय गरे पछि परीक्षाफल प्रकाशित गरिएकाे हाे।

ट्रेन्डिङ समाचार

भिम रावलले २२३ भोटका लागी गरेको खर्च भयो सार्बजनिक, चकित पर्नुहुनेछ थाहा पाएपछि !

नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन सम्मन्न भएर आगामी कार्यकालका लागी नयाँ नेतृत्व चयन भएको छ तर यसको चर्चा चलिनैरहेको छ ।

कडा लकडाउन गर्ने निर्णय २० गतेदेखि,औषधि बाहेक अन्य सबै पसल बन्द?

२० गतेदेखि कडा लकडाउन गर्ने निर्णय, औषधि बाहेक अन्य सबै पसल बन्द।अन्ततः धरान उपमहानगरपालिकाले २० गतेदेखि लकडाउन गर्ने निर्णय गरेको छ(मंगलबार) धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकले २० गतेदेखि १३ गतेसम्म कडा लकडाउन गर्ने निर्णय गरेको हो |

यहि अबस्थामा चुनाव भए कांग्रेस १०३,एमाले ६०,माओवादी ५१ र समाजवादीले ४६ सिट जित्ने : सबैभन्दा ठुलो मत सर्भेक्षण

आमनिर्वाचन २०७४ मा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच चुनावी गठबन्धन भएको थियो । यो गठबन्धनले स्पष्ट बहुमत ल्याएको थियो ।

कक्षा १२ को नतिजा सार्वजनिक, कक्षा १२ को नतिजा कसरी हेर्ने?

कक्षा १२ को परिक्षाफल प्रकाशित भएको छ। शुक्रबार विहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले परिक्षाफल प्रकाशित गर्ने निर्णय गरे पछि परीक्षाफल प्रकाशित गरिएकाे हाे।

भीम रावल माधब नेपालको नेकपा एसमा प्रबेश गर्दैछन ?

नेकपा एमालेको १० औं महाधिवेशनमा अध्यक्षमा उमेदवारी दिएका नेता डा भीम बहादुर रावल अध्यक्ष पदमा हारेपछि हाल मौन अवस्थामा छन्।

अब होमवर्क गर्न छोडिदिनुस्, भोलिदेखी विद्यालय अनिश्चितकाललाई बन्द !!

भारतीय राजधानी दिल्लीका सम्पूर्ण विद्यालयहरु शुक्रबारदेखि अर्को सूचना नआएसम्म बन्द हुने भएका छन् । वायु प्रदूषणको विकराल अवस्थाको कारण यस्तो निर्णय गर्नुपरेको वातावरणमन्त्री गोपाल राईले बताए ।

ताजा समाचार

राजु गुरु: हिम्मत भए विष्णु पौडेल मसँग चुनाव लडेर जित्नु

नेकपा एकिकृत समाजवादीका केन्द्रीय सदस्य राजु गुरुङले पार्टीमा आर्कषण बढ्दै गएको भन्दै कमजोर आकल नगर्न आग्रह गरेका छन ।

राति निन्द्रामा बर`बरराउदै हिड्नुकाे यस्ताे रहेछ कारण

राति निन्द्रामा बर`बरराउदै हिड्नुकाे यस्ताे रहेछ कारण ! प्राय मानिसहरुले दिउसको कुरा राति सपनामा देख्ने गरेका हुन्छन् ।

५ र्‍याम “मिथक र गलत धारणाहरू” जुन वास्तवमा सत्य होइनन्

यदि तपाइँ र्‍याम साइजको साइज मिलाउनुभयो भने के हुन्छ? वा र्‍याम मोड्युलहरूको पूर्ण रूपमा गलत बेमेल?

किन बोलाए संसद देउवले ? एमसीसी पास गर्नेदेखि जबरालाई महाअभियोग लगाउनेसम्म यस्तो छ तयारी

शेर बहादुर देउवा सरकारले संघीय संसदको नवौं अधिवेशन अन्त्य गरेको ४५ दिनपछि दशौं अधिवेशनको बैठक बोलाएपछि विभिन्न राजनीतिक दलले आशंकाको नजरले हेरेका छन् ।

ओलीकै अगाडी ९० वर्षीया भद्रकुमारी घलेको घोषणा, ‘षडयन्त्र गरेर ओली नेतृत्वको सरकार ढालिए पनि जनमतबाट पुनः सत्तामा ओलीको आगमल हुन्छ’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शनिबार पूरानी राजनीतिज्ञ ९० वर्षीया भद्रकुमारी घलेको मैतिदेवीस्थित निवासमापúेका थिए ।

केपी ओली: एक वर्षभित्रमा एमालेको सरकार बन्छ

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सरकारमा आउन एक वर्ष पनि पर्खनु नपर्ने बताएका छन् ।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Search