spot_img

११ हजार मात्रै जनसंख्या भएको देशका विदेशमन्त्रीले दिए विश्वलाई चेतावनी

सामाजिक संजालमा एउटा फोटो निकै भाइरल भइरहेको छ । फोटोमा एक व्यक्ति सुटबुटमा समुद्रमा उभिएर भाषण गरिरहेका छन् ।

nepal online patrika

नेपाल अनलाइन पत्रिका संवाददाता

spot_img

नेपाल अनलाइन पत्रिका – काठमाडौं। सामाजिक संजालमा एउटा फोटो निकै भाइरल भइरहेको छ । फोटोमा एक व्यक्ति सुटबुटमा समुद्रमा उभिएर भाषण गरिरहेका छन् ।

यो फोटो सानो देश तुवालुका विदेश मन्त्री साइमन कोफेको हो । तुवालु दक्षिणी प्रशान्त महासागरमा रहेको निकै सानो टापु देश हो जसको जनसंख्या मात्रै ११ हजार छ ।

खासमा कोफेले यस्तो तरिका अपनाएर विश्व र संयुक्त राष्ट्रसंघलाई चेतावनी दिन चाहन्थे । उनले यस्तो गरेर जलवायु परिवर्तन र यसले ल्याउन सक्ने असरहरुलाई बेवास्ता गर्दा यसको परिणाम गम्भीर हुने चेतावनी दिन चाहेका थिए ।

समाचार एजेन्सी रोयटर्सका अनुसार संयुक्त राष्ट्रसंघले जलवायु परिवर्तनका विषयमा स्कटल्याण्डको ग्लासगोमा आयोजना गरेको कोप २६ सम्मेलनमा उनले यसरी सम्बोधन गरेका थिए ।

कोफेले यो सम्मेलनमा संयुक्त राष्ट्रसंघलाई रेकर्डेड सन्देश पठाएका थिए जसमा उनले समुद्रमा उभिएर सम्बोधन गरेका छन् । कोफे आफ्ना स्टाफको साथमा समुद्र किनार पुगे ।

पृष्ठभूमिको लागि पर्दा लगाए, अगाडि पोडियम राखे । ट्राउजर घुँडासम्म सारे र पानीमा उभिएर सन्देश रेकर्ड गराए । केही समयमै उनको भिडियो भाइरल भयो ।

यो भिडियोको माध्यमबाट उनी विश्वलाई जलवायु परिवर्तनका कारण समुद्रको जलस्तर तीब्र रुपमा बढिरहेको र यसबाट तुवालुजस्ता साना टापु देश पूरै समुल्रमा विलिन हुने खतरा रहेको बताउन चाहेका थिए ।

उनले विश्वका अन्य देशहरुलाई जलवायु परिवर्तनलाई रोक्न गम्भीर कदम चाल्न सांकेतिक आगह गरेका थिए । यो भिडियोलाई तुवालुको सरकारी टेलिभिजन टिभीबीसीले प्रत्यक्ष प्रसारण गरेको थियो ।

तुवालुको राजधानी फनाफुटीको समुद्र किनारमा यो भिडियो रेकर्ड गरिएको थियो । तुवालुको षेत्रफल मात्रै २५.९ वर्ग किलोमिटर छ र यहाँको जनसंख्या ११ हजार ७९२ छ । यो देशमा कूल ९ वटा टापु छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Facebook Notice for EU! You need to login to view and post FB Comments!

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा केपी ओलीको सम्बोधन || KP OLI
02:09:11
Video thumbnail
प्रचण्डको घरमा भ्रष्टाचार मात्रै ज्वाईं र बुहारीको रजाइ, घर भित्र छिरेका दुर्गा प्रसाईंले खोले पोल
01:56
Video thumbnail
मन्त्रीले चासो देखाउँदा एजेण्टहरुको ठगिबाट जोगिए बैदेशिक रोजगारीमा जान लागेका युवा
02:33
Video thumbnail
हिन्दी फिल्मको डाइलग प्रसंगमा नेपाललाई ओलीको जवाफ
01:18
Video thumbnail
न्यायिक क्षेत्रमा क्यान्सर भइसकेको छ, उपचार कुखुराको अण्डा र दुबोले मन्साएर गर्न खोजिँदैछः ओली
02:03
Video thumbnail
‌ओलीको टिप्पणी : अरुका नाति नातिनीलाई बर्बाद गरिदिने प्रचण्डका दुई नातिनी बेलायत पढ्छन्
01:18
Video thumbnail
ओलीले सूर्यको धाक नदेखाए हुन्छ, त्यसमा ग्रहण लागिसक्यो - Madhav Kumar Nepal
00:45
Video thumbnail
हेर्दै जानुस् अब प्रचण्डको पत्तासाफ। प्रचण्डले गुण्डा भनेपछि आक्रोसित ओली || KP OLI
22:26
Video thumbnail
जबराले अदालत छोडेर जानुपर्छ
01:33
Video thumbnail
पेट्रोलियम पदार्थको मूल्य घटाउनुपर्छ - Madhav Kumar Nepal
02:19

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार