सोमवार, मंसिर १३, २०७८
spot_img

शिल्पा र राज कुन्द्राविरुद्ध मुद्दा दर्ता, नयाँ मामिला के हो ?

बलिउड नायिका शिल्पा शेट्टी तथा उनका श्रीमान् राज कुन्द्राविरुद्ध मुम्बईको बान्द्रा पुलिस स्टेशनमा मुद्दा दर्ता भएको छ ।

nepal online patrika

नेपाल अनलाइन पत्रिका संवाददाता

spot_img

Silpa, raj shetty

नेपाल अनलाइन पत्रिका – काठमाडौं। बलिउड नायिका शिल्पा शेट्टी तथा उनका श्रीमान् राज कुन्द्राविरुद्ध मुम्बईको बान्द्रा पुलिस स्टेशनमा मुद्दा दर्ता भएको छ । नितिन बराई नामका व्यक्तिले शिल्पा र राजले सन् २०१४ देखि हालसम्म स्पा र जिम फ्रेन्चाइजी बाँड्ने नाममा थुप्रै पटक धोका दिएको आरोप लगाएका छन् । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

नितिनले यो मामिलामा काशिफ खान, दर्शित शाह र उनका केही साथीलाई पनि आरोपी बनाएका छन् । यद्यपि, काशिफ र दर्शित को हुन् र शिल्पा–राजको कम्पनीमा उनीहरुको के भूमिका छ त्यसबारे पत्ता लाग्न सकेको छैन ।

१.५ करोड भारु लगानी गराएर धोका दिएको आरोपः

नितिनका अनुसार उनले पुणेको कोरेगाँवमा शिल्पा र राजको कम्पनी ‘मेसर्स एसएफएल प्राइभेट कम्पनी’ को जिम र स्पाको फ्रेन्चाइजी खोलेका थिए । आरोपीले उनलाई १ करोड ५९ लाख २७ हजार भारु लगानी गर्न लगाए र ती पैसा नीजि प्रयोग गरेको आरोप लगाए । नितिनका अनुसार उनले पैसा फिर्ता माग्न थालेपछि आरोपीले धम्काउन सुरु गरे ।

शिल्पा र राजसँग छिट्टै सोधपुछ हुने सम्भावनाः

नितिनको ऊजुरीपश्चात् बान्द्रा प्रहरीले शिल्पा शेट्टी, राज कुन्द्रासमेत अन्य आरोपीविरुद्ध मुद्दा दर्ता गराएर अनुसन्धान सुरु गरेको छ । प्रहरीले यो मामिलामा छिट्टै आरोपीसँग सोधपुछ गर्न सक्छ । राज कुन्द्रा र शिल्पाको पक्ष थाहा पाएपछि प्रहरीले छिट्टै उनीसँग सम्पर्क गर्न सक्छ ।

पोर्न केसमा जमानतपछि देखिएका छैनन् राजः

पोर्नोग्राफी मामिलामा राज कुन्द्रा जेलबाट छुटेपछि खासै सार्वजनिक स्थानमा देखिएका छैनन् । उनले १ नोभेम्बरमा आफ्नो ट्वीटर र इन्स्टाग्राम अकाउन्ट डिलिट पनि गरेका थिए । पोर्नोग्राफी केसमा पक्राउ परेका राज कुन्द्रा २ महिनापछि २० सेप्टेम्बरमा बम्बे हाईकोर्टबाट जमानत पाएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
एमाले महाधिवेशनको अन्तिम दिन साैराहाकाे चहलपहल
02:12
Video thumbnail
एमालेमा ओलीको डनवाद मात्रै बाँकी छ - gagan thapa
01:57
Video thumbnail
नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा केपी ओलीको सम्बोधन || KP OLI
02:09:11
Video thumbnail
प्रचण्डको घरमा भ्रष्टाचार मात्रै ज्वाईं र बुहारीको रजाइ, घर भित्र छिरेका दुर्गा प्रसाईंले खोले पोल
01:56
Video thumbnail
मन्त्रीले चासो देखाउँदा एजेण्टहरुको ठगिबाट जोगिए बैदेशिक रोजगारीमा जान लागेका युवा
02:33
Video thumbnail
हिन्दी फिल्मको डाइलग प्रसंगमा नेपाललाई ओलीको जवाफ
01:18
Video thumbnail
न्यायिक क्षेत्रमा क्यान्सर भइसकेको छ, उपचार कुखुराको अण्डा र दुबोले मन्साएर गर्न खोजिँदैछः ओली
02:03
Video thumbnail
‌ओलीको टिप्पणी : अरुका नाति नातिनीलाई बर्बाद गरिदिने प्रचण्डका दुई नातिनी बेलायत पढ्छन्
01:18
Video thumbnail
ओलीले सूर्यको धाक नदेखाए हुन्छ, त्यसमा ग्रहण लागिसक्यो - Madhav Kumar Nepal
00:45
Video thumbnail
हेर्दै जानुस् अब प्रचण्डको पत्तासाफ। प्रचण्डले गुण्डा भनेपछि आक्रोसित ओली || KP OLI
22:26

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार