शनिबार, मंसिर १८, २०७८
शनिबार, मंसिर १८, २०७८
Viber Community
Nop Ads

महाधिवेशनमा ओलीले यस्तो बनाउदै छन आफु अनुकुल टिम, उनको रोजाईका पदाधिकारी यी हुन् !

नेकपा एमालेको दसौं राष्ट्रिय महाधिवेशनका लागि शनिबार एकैपटक प्रतिनिधि छनोट भएसँगै पदाधिकारीका आकांक्षीले आन्तरिक दौडधुप पनि सुरु गरेका छन् ।

Viber Community

नेपाल अनलाइन पत्रिका

Yamale

नेपाल अनलाइन पत्रिका – काठमाडौं। नेकपा एमालेको दसौं राष्ट्रिय महाधिवेशनका लागि शनिबार एकैपटक प्रतिनिधि छनोट भएसँगै पदाधिकारीका आकांक्षीले आन्तरिक दौडधुप पनि सुरु गरेका छन् । मंसिर १० देखि १२ सम्म चितवनमा हुने महाधिवेशनले २ सय २५ सदस्यीय केन्द्रीय कमिटी र १५ सदस्यीय पदाधिकारी निर्वाचित गर्दै छ । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

नयाँ कमिटीको पदाधिकारीमा अन्य नेता पनि आकांक्षी भएकाले एमालेभित्र नेतृत्व व्यवस्थापनको विषय जटिल बन्ने देखिन्छ । अध्यक्ष केपी शर्मा ओलीनिकट मात्रै नभएर एकीकरणको प्रक्रियाबाट आएका पूर्वमाओवादी केन्द्रका नेताहरूको चाहना र दाबी पदाधिकारीमा छ ।

हाल एमालेभित्र अध्यक्ष ओली पक्ष, दसबुँदे सहमति गर्ने नेताहरू र पूर्वमाओवादी गरी तीन समूह अस्तित्वमा छन् । पदाधिकारीमा तिनै समूहका नेताको भिन्दाभिन्दै रणनीतिसहितको दाबी छ ।

ओली एकताको सन्देश दिने गरी शक्ति सन्तुलन पनि मिलाउने र अनुकूल टिम बनाउने योजनामा रहेका बेला पूर्वमाओवादी नेताहरू ओलीसँग सहकार्य गरेर धेरै पद प्राप्त गर्ने रणनीतिमा छन् भने दसबुँदे सहमति गर्ने नेताहरू सम्माजनक पद पाए सर्वसम्मतिका लागि तयार, नभए प्रतिस्पर्धामा उत्रने दाउमा छन् ।

एक वरिष्ठ उपाध्यक्षका लागि हालका उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, महासचिव पोखरेल, पूर्वमाओवादी नेता रामबहादुर थापा र स्थायी कमिटी सदस्य नेम्वाङले चाहना व्यक्त गरेका छन् । गोदावरीमा गत महिना भएको विधान महाधिवेशनमा वरिष्ठ उपाध्यक्ष पद सिर्जना गर्न माग गर्ने अधिकांश प्रतिनिधि महासचिव पोखरेलनिकट थिए ।

एमाले विधानले कुनै पनि पदाधिकारी दुई कार्यकालभन्दा बढी एउटै पदमा निर्वाचित हुन रोक लगाएका कारण महासचिव पोखरेललाई व्यवस्थापन ओलीका लागि चुनौती बनेको छ । पहिलेदेखि झिनो स्वरमा अध्यक्षमा दाबी गरेका पोखरेलले पछिल्लो समय भने ओली निर्विकल्प भएको बताउँदै आएका छन् । ओलीको सद्भाव पनि पोखरेलतर्फै रहेको नेताहरू बताउँछन् ।

सर्वसम्मत नेतृत्वमा सहमति भए रावल पनि यो पदका लागि आकांक्षी हुन् । अर्को महाधिवेशनबाट ७० वर्षे उमेर हद लाग्ने भएकाले पोखरेल र रावल अध्यक्ष नभए पनि वरिष्ठ उपाध्यक्ष बन्न चाहन्छन् । ओलीले पूर्वमाओवादी नेता थापालाई वरिष्ठ उपाध्यक्ष बनाउन नसक्ने अवस्थामा उपाध्यक्ष बनाउन सक्छन् ।

एक महासचिवमा हालका उपमहासचिव विष्णु पौडेल, नवौं महाधिवेशनमा झिनो मतले महासचिवमा पराजित सुरेन्द्र पाण्डे, लुम्बिनीका पूर्वमुख्यमन्त्री शंकर पोखरेल र गण्डकीका पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ मुख्य आकांक्षी छन् । पौडेललाई सुवास नेम्वाङसहित दसबुँदे सहमति गर्ने केही नेताको पनि समर्थन छ ।

एक उपमहासचिवका लागि हालका सचिव प्रदीप ज्ञवाली, गोकर्ण विष्ट, योगेश भट्टराई र भीम आचार्य मुख्य आकांक्षी छन् । तर ओलीको सद्भाव ज्ञवालीलाई रहेको नेताहरू बताउँछन् ।

७ सचिवमा रघुवीर महासेठ, किरण गुरुङ, छविलाल विश्वकर्मा, विष्णु रिमाल, खगराज अधिकारी, बिन्दा पाण्डे, लेखराज भट्ट, भानुभक्त ढकालसम्मको दाबी रहेको नेताहरू बताउँछन् ।

अहिले सचिवमा प्रदीप ज्ञवाली, भीम आचार्य, पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट र योगेश भट्टराई छन् । उपाध्यक्षको दाबी गरिरहेका टोपबहादुर रायमाझीले कम्तीमा पनि सचिव बन्ने चाहना राखेका छन् ।

नवौं महाधिवेशनमा ओली प्यानलबाट उठेका महासेठ र रिमाल सचिवमा पराजित भएका थिए । त्यतिबेला वामदेवनिकट किरण गुरुङ उपाध्यक्षमा पराजित भएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?
Facebook Notice for EU! You need to login to view and post FB Comments!

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

प्रचण्ड: दलहरुबीचको सहमतिबिना प्रधानन्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव ल्याउने अवस्था छैन

सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दलबीचको सहमतिबिना प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसद्मा महाअभियोग प्रस्ताव ल्याउने अवस्था नरहेको बताएका छन्।

राजु गुरु: हिम्मत भए विष्णु पौडेल मसँग चुनाव लडेर जित्नु

नेकपा एकिकृत समाजवादीका केन्द्रीय सदस्य राजु गुरुङले पार्टीमा आर्कषण बढ्दै गएको भन्दै कमजोर आकल नगर्न आग्रह गरेका छन ।

किन बोलाए संसद देउवले ? एमसीसी पास गर्नेदेखि जबरालाई महाअभियोग लगाउनेसम्म यस्तो छ तयारी

शेर बहादुर देउवा सरकारले संघीय संसदको नवौं अधिवेशन अन्त्य गरेको ४५ दिनपछि दशौं अधिवेशनको बैठक बोलाएपछि विभिन्न राजनीतिक दलले आशंकाको नजरले हेरेका छन् ।

ओलीकै अगाडी ९० वर्षीया भद्रकुमारी घलेको घोषणा, ‘षडयन्त्र गरेर ओली नेतृत्वको सरकार ढालिए पनि जनमतबाट पुनः सत्तामा ओलीको आगमल हुन्छ’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शनिबार पूरानी राजनीतिज्ञ ९० वर्षीया भद्रकुमारी घलेको मैतिदेवीस्थित निवासमापúेका थिए ।

केपी ओली: एक वर्षभित्रमा एमालेको सरकार बन्छ

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सरकारमा आउन एक वर्ष पनि पर्खनु नपर्ने बताएका छन् ।

ओली: नटबोल्ट फुस्केर गए, एमाले सरकारमा आउन एक वर्ष पर्खिनु पर्दैन

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सरकारमा आउन एक वर्ष पनि पर्खनु नपर्ने बताएका छन् ।

ट्रेन्डिङ समाचार

भिम रावलले २२३ भोटका लागी गरेको खर्च भयो सार्बजनिक, चकित पर्नुहुनेछ थाहा पाएपछि !

नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन सम्मन्न भएर आगामी कार्यकालका लागी नयाँ नेतृत्व चयन भएको छ तर यसको चर्चा चलिनैरहेको छ ।

कडा लकडाउन गर्ने निर्णय २० गतेदेखि,औषधि बाहेक अन्य सबै पसल बन्द?

२० गतेदेखि कडा लकडाउन गर्ने निर्णय, औषधि बाहेक अन्य सबै पसल बन्द।अन्ततः धरान उपमहानगरपालिकाले २० गतेदेखि लकडाउन गर्ने निर्णय गरेको छ(मंगलबार) धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकले २० गतेदेखि १३ गतेसम्म कडा लकडाउन गर्ने निर्णय गरेको हो |

यहि अबस्थामा चुनाव भए कांग्रेस १०३,एमाले ६०,माओवादी ५१ र समाजवादीले ४६ सिट जित्ने : सबैभन्दा ठुलो मत सर्भेक्षण

आमनिर्वाचन २०७४ मा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच चुनावी गठबन्धन भएको थियो । यो गठबन्धनले स्पष्ट बहुमत ल्याएको थियो ।

कक्षा १२ को नतिजा सार्वजनिक, कक्षा १२ को नतिजा कसरी हेर्ने?

कक्षा १२ को परिक्षाफल प्रकाशित भएको छ। शुक्रबार विहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले परिक्षाफल प्रकाशित गर्ने निर्णय गरे पछि परीक्षाफल प्रकाशित गरिएकाे हाे।

भीम रावल माधब नेपालको नेकपा एसमा प्रबेश गर्दैछन ?

नेकपा एमालेको १० औं महाधिवेशनमा अध्यक्षमा उमेदवारी दिएका नेता डा भीम बहादुर रावल अध्यक्ष पदमा हारेपछि हाल मौन अवस्थामा छन्।

अब होमवर्क गर्न छोडिदिनुस्, भोलिदेखी विद्यालय अनिश्चितकाललाई बन्द !!

भारतीय राजधानी दिल्लीका सम्पूर्ण विद्यालयहरु शुक्रबारदेखि अर्को सूचना नआएसम्म बन्द हुने भएका छन् । वायु प्रदूषणको विकराल अवस्थाको कारण यस्तो निर्णय गर्नुपरेको वातावरणमन्त्री गोपाल राईले बताए ।

ताजा समाचार

अमेरिका: ताइवानविरुद्ध कुनै कदम चाले चीनले भयानक परिणाम बेहोर्नुपर्छ

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले चीनले ताइवानमाथि अधिकार जमाउन कुनै पनि कदम चाले ‘भयानक परिणाम’को सामना गर्नुपर्ने चेतावनी दिएका छन्।

प्रचण्ड: दलहरुबीचको सहमतिबिना प्रधानन्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव ल्याउने अवस्था छैन

सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दलबीचको सहमतिबिना प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसद्मा महाअभियोग प्रस्ताव ल्याउने अवस्था नरहेको बताएका छन्।

राजु गुरु: हिम्मत भए विष्णु पौडेल मसँग चुनाव लडेर जित्नु

नेकपा एकिकृत समाजवादीका केन्द्रीय सदस्य राजु गुरुङले पार्टीमा आर्कषण बढ्दै गएको भन्दै कमजोर आकल नगर्न आग्रह गरेका छन ।

राति निन्द्रामा बर`बरराउदै हिड्नुकाे यस्ताे रहेछ कारण

राति निन्द्रामा बर`बरराउदै हिड्नुकाे यस्ताे रहेछ कारण ! प्राय मानिसहरुले दिउसको कुरा राति सपनामा देख्ने गरेका हुन्छन् ।

५ र्‍याम “मिथक र गलत धारणाहरू” जुन वास्तवमा सत्य होइनन्

यदि तपाइँ र्‍याम साइजको साइज मिलाउनुभयो भने के हुन्छ? वा र्‍याम मोड्युलहरूको पूर्ण रूपमा गलत बेमेल?

किन बोलाए संसद देउवले ? एमसीसी पास गर्नेदेखि जबरालाई महाअभियोग लगाउनेसम्म यस्तो छ तयारी

शेर बहादुर देउवा सरकारले संघीय संसदको नवौं अधिवेशन अन्त्य गरेको ४५ दिनपछि दशौं अधिवेशनको बैठक बोलाएपछि विभिन्न राजनीतिक दलले आशंकाको नजरले हेरेका छन् ।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Search