सोमवार, मंसिर १३, २०७८
spot_img

देउवा अरू दलसँग चुनावी तालमेलको पक्षमा छैनन् !

महाधिवेशनको संघारमा रहेको नेपाली कांग्रेसभित्र नेतृत्वले अरू दलहरूसँग चुनावी तालमेल गर्ने सहमति गरिसकेको हो कि भन्ने संशय देखा परेको छ।

nepal online patrika

नेपाल अनलाइन पत्रिका संवाददाता

spot_img

sher bahadur

नेपाल अनलाइन पत्रिका – काठमाडौं। महाधिवेशनको संघारमा रहेको नेपाली कांग्रेसभित्र नेतृत्वले अरू दलहरूसँग चुनावी तालमेल गर्ने सहमति गरिसकेको हो कि भन्ने संशय देखा परेको छ। ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

गठबन्धनभित्र रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले गठबन्धन दीर्घकालीन रहने र चुनावी तालमेल हुने दाबी गरिरहेका छन्।

आइतबार सभापति शेरबहादुर देउवाको निजी निवास बूढानिलकण्ठमा यसबारे केन्द्रीय सदस्यहरूले कुरा उठाएका थिए।

गठबन्धनले राजनीतिक समन्वय समिति बनाएको र त्यो दीर्घकालीन रहने गठबन्धनकै नेताहरूले बोलिरहेपछि केन्द्रीय सदस्यहरूले चुनावी गठबन्धन गर्ने सहमति गरिसकेको हो? भन्दै सभापति देउवाबाट जवाफ मागेका थिए।

यसबारे पूर्वमहामन्त्री प्रकाशमान सिंह सभापति देउवाप्रति खरो रूपमा उत्रिएका थिए। उनले राजनीतिक समन्वय समिति संविधानविपरीत रहेको भन्दै गठनप्रति नै असन्तुष्टि जनाएका थिए।

‘यो गठबन्धनको सरकार त हो तर गठबन्धनको नेतृत्व तपाईं (देउवा) ले नै गर्नुभएकै छ त! अनि किन चाहियो सरकारभन्दा माथि जस्तो देखिने अर्को संयन्त्र?,’ सिंहले प्रश्न गरे, ‘कम्युनिष्टहरूको दबाबमा पर्नुभएको हो? कि के हो? कम्युनिष्टकै दबाबले संयन्त्र बनाएको भन्ने चर्चा छ।’

सिंह बोल्दाबोल्दै सभापति देउवाले रोके। भने, ‘के स्पष्टीकरण चाहनुभएको हो?, हो भने सुन्नुस्- यो गठबन्धनभित्र रहेका पाँच दलबीच समन्वय गर्नका लागि बनाइएको समन्वय समिति हो। लामो समय जाँदैन। राष्ट्रिय सभा सदस्य निर्वाचनसम्मका लागि मात्रै हो।’

राष्ट्रिय सभामा फागुन २१ देखि १९ जना सदस्यको पदावधि सकिँदैछ। उक्त पदहरूमा सत्तागठबन्धनका दलहरूबीच भागबन्डा गरी नेकपा एमालेलाई एक सिट पनि जित्न नदिने दाउ सत्तागठबन्धनका नेताहरूको छ।

साथै सिंहले अरू दलहरूसँग चुनावी तालमेल गर्ने हो भन्दै सभापति देउवाको ध्यानाकर्षण गरेका थिए। कांग्रेस एक्लै चुनाव लड्न सक्षम रहेको सिंहको भनाइ थियो। सभापति देउवाले कसैसँग तालमेल गर्नेबारे सहमति नै नभएकोले हल्लाका पछि नलाग्न आग्रह गरेका थिए।

‘कसैसँग चुनावी गठबन्धन भएको छैन। कसले के भन्छ हल्लाको पछि नलागौं, कांग्रेस एक्लै लड्न सक्छ,’ देउवाको भनाइ उद्धृद गर्दै एक केन्द्रीय सदस्यले भने, ‘चुनावी गठबन्धन गर्ने भन्ने कुनै छलफल र सहमति भएको छैन। अहिले राष्ट्रिय सभामा मिलेर जाने भन्ने मात्रै त हो।’

सिंहले क्रियाशील सदस्यतामा देखिएका समस्या र कार्यकर्ताले पाएका दु:ख र हैरानीबारे पनि नेतृत्व मौन रहेकोमा सभापति देउवाको ध्यानाकर्षण गरेका थिए। सिंहले जस्तै वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि क्रियाशील सदस्यता विवाद सभापतिकै गृहजिल्ला डडेल्धुरामा देखिएको बताएका थिए।

यो पनि: माग पूरा नभए मंसिर १ देखि अनसन बस्ने कांग्रेस डडेल्धुरा सभापतिको चेतावनी

डडेल्धुरामा सभापति देउवा पक्षले गत भदौ २५ मा एकलौटी हिसावले वडा अधिवेशन गरेको थियो।

जिल्ला सभापति कर्णबहादुर मल्ललगायत फेरि वडा अधिवेशन हुनुपर्ने माग गरिरहेका छन्। माग पूरा नभए मंसिर १ देखि केन्द्रीय कार्यालय सानेपामा धर्ना बस्ने चेतावनी दिइसकेका छन्।

डडेल्धुरामा तलबाट पठाइएका नाम काटेर करिब तीन सय जनाको नाम केन्द्रबाट सभापति देउवा पक्षले थप गरेकोमा पौडेल पक्षका नेताहरूले विरोध गरिरहेका छन्। पार्टी कार्यालय सानेपामा ११६ दिनदेखि रौतहट कांग्रेसले धर्ना दिएको तर नेतृत्वले समस्या सुनेर समाधान नगरेको पौडेलको आरोप थियो।

‘नेता/कार्यकर्ताले दु:ख पाएका छन्। रोएर हिँडेका छन् तर नेतृत्व कुरा सुन्दैन,’ पौडेलको भनाइ थियो, ‘समस्या समाधान गर्ने हो कि सुतुरमुर्गले जस्तो गरी टाउको लुकाएर हिँड्ने हो?’

केन्द्रीय सदस्य गगन थापाले भने न्यायालयमा उत्पन्न परिस्थितिबारे कुरा राखे। तर समसामयिक राजनीतिक घटनाक्रमबारे बोल्ने समय नदिइएको भन्दै देउवाले बीचमै रोकेका थिए। तर थापाले आफ्ना कुरा राखिरहे।

‘अदालतमा देखिएको समस्या समाधान गर्नेबारे पार्टी मौन बस्यो भने पार्टी र यो व्यवस्थाले नै मूल्य चुकाउनुपर्छ,’ प्रधानमन्त्रीसमेत रहेका देउवाको ध्यानाकर्षण गर्दै थापाले भने।

थापाको भनाइपछि सभापति देउवाले भने, ‘अहिले त्यो पर्दैन।’ उनले अदालतभित्र देखिएको समस्या त्यहीँबाट समाधान होस् भन्ने चाहेको उल्लेख गरेका थिए।

अर्का केन्द्रीय सदस्य एनपी साउदले भने अदालतभित्र देखिएका समस्याबारे केन्द्रीय समितिमा छलफल नभएको पत्रकारहरूलाई बताएका थिए। अदालतमा देखिएको समस्या समाधान त्यहीँ भित्रबाट हुनुपर्ने उल्लेख गरेका उनले तत्काल यसमा हस्तक्षेप गर्ने पक्षमा नरहेको बताएका थिए।

कांग्रेसले मंसिर २४ देखि २६ सम्म काठमाडौंमा महाधिवेशन गर्दैछ। महाधिवेशनको मुखमा आयोजित केन्द्रीय समिति बैठकमा नेताहरूले विभिन्न धारणा राखेका थिए।

कांग्रेसमा सहमहामन्त्री थप गर्नुपर्ने कुरासमेत उठेको थियो। कांग्रेसमा विधानअनुसार ८ सहमहामन्त्री रहने व्यवस्था छ। नेताहरू व्यवस्थापन गर्न यो संख्या बढाउनुपर्ने दबाब नेतृत्वमाथि छ।

साथै कांग्रेसले महाधिवेशन गर्न सात प्रदेशमा सात नेतालाई आयोजक समिति संयोजक तोकेको छ। मंसिर १६ र १७ मा कांग्रेसले प्रदेश अधिवेशन गर्दैछ।

यो पनि: प्रदेश अधिवेशन गर्न कांग्रेसका ७ नेतालाई जिम्मेवारी, कहाँ हुन्छ अधिवेशन?

यस्तै महाधिवेशन व्यवस्थापनका लागि आवश्यक आवास, भोजन, अर्थ संकलन, मञ्च व्यवस्थापनलगायत विभिन्न उपसमिति बनेका छन्।

कांग्रेसलाई एक महिनाको बीचमा महाधिवेशन सक्ने चटारो छ। बाँकी रहेका जिल्लामा अहिले पालिका, प्रदेश अधिवेशन धमाधम भइरहेका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
एमाले महाधिवेशनको अन्तिम दिन साैराहाकाे चहलपहल
02:12
Video thumbnail
एमालेमा ओलीको डनवाद मात्रै बाँकी छ - gagan thapa
01:57
Video thumbnail
नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा केपी ओलीको सम्बोधन || KP OLI
02:09:11
Video thumbnail
प्रचण्डको घरमा भ्रष्टाचार मात्रै ज्वाईं र बुहारीको रजाइ, घर भित्र छिरेका दुर्गा प्रसाईंले खोले पोल
01:56
Video thumbnail
मन्त्रीले चासो देखाउँदा एजेण्टहरुको ठगिबाट जोगिए बैदेशिक रोजगारीमा जान लागेका युवा
02:33
Video thumbnail
हिन्दी फिल्मको डाइलग प्रसंगमा नेपाललाई ओलीको जवाफ
01:18
Video thumbnail
न्यायिक क्षेत्रमा क्यान्सर भइसकेको छ, उपचार कुखुराको अण्डा र दुबोले मन्साएर गर्न खोजिँदैछः ओली
02:03
Video thumbnail
‌ओलीको टिप्पणी : अरुका नाति नातिनीलाई बर्बाद गरिदिने प्रचण्डका दुई नातिनी बेलायत पढ्छन्
01:18
Video thumbnail
ओलीले सूर्यको धाक नदेखाए हुन्छ, त्यसमा ग्रहण लागिसक्यो - Madhav Kumar Nepal
00:45
Video thumbnail
हेर्दै जानुस् अब प्रचण्डको पत्तासाफ। प्रचण्डले गुण्डा भनेपछि आक्रोसित ओली || KP OLI
22:26

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार