बुधबार, मंसिर २२, २०७८
बुधबार, मंसिर २२, २०७८
Viber Community
Nop Ads

प्रधानन्यायाधीश चोलेन्द्रलाई बल्ल मिल्यो ठूलो राहत, अनौठो घटना सर्वोच्चमा घट्यो !

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई राहत मिल्ने संकेत देखिन थालेका छन् । सर्वोच्चमा अनौठो घटना घटेको छ ।

Viber Community

नेपाल अनलाइन पत्रिका

Cholendra ranthanidai

नेपाल अनलाइन पत्रिका – काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई राहत मिल्ने संकेत देखिन थालेका छन् । सर्वोच्चमा अनौठो घटना घटेको छ । कानुन व्यवसायीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको प्रवेश रोक्न आइतबार सर्वोच्च अदालतको मूलगेटमा धर्ना दिइरहेका थिए । त्यस क्रममा बारका पदाधिकारी, वरिष्ठ अधिवक्ता र अधिवक्ताहरूले धारणा राखे । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

वरिष्ठ अधिवक्ता एकराज भण्डारीले बोलिरहँदा भने अवस्था तनावग्रस्त बन्यो । सडकमा एक्कासि धेरै मोटरसाइकलले हर्न बजाएको र एक्सेलेटर दबाएको आवाज आयो । त्यसले धर्ना बिथोलियो ।

९५ वर्षीय वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीसहितका कानुन व्यवसायीहरू जुर्मुराएर नाराबाजी गर्न तम्सिए । वरिष्ठ अधिवक्ता भण्डारीले भने बाहिर सडकमा देखिएको दृश्यतर्फ इंगित गर्दै ‘यो चोलेन्द्र प्रवृत्ति हो’ भनेर टिप्पणी गरे ।

दुई दर्जनभन्दा बढी मोटरसाइकलमा आएका युवाले सडकका दुवै लेन कब्जा गरेका थिए । उनीहरूमध्ये एक जनाले राष्ट्रिय झन्डा पनि बोकेका थिए । ती युवाको अग्रपंक्तिमा ‘हन्ड्रेड्स ग्रुप’ का अध्यक्ष बब्लु गुप्ता थिए ।

उनी कहिले आफैं नारा भट्याउँथे भने कहिले अरूले भट्याएका नारा पछ्याउँथे । नारा लेखिएका पम्प्लेट केहीले बोकेका थिए । उनीहरूले प्रधानन्यायाधीश जबराले राजीनामा दिन नहुने बरु अन्य न्यायाधीश र वरिष्ठ अधिवक्ताहरू दोषी रहेको भन्दै प्रतिक्रिया दिइरहेका थिए ।

करिब १५ मिनेटको नाराबाजीपछि प्रहरीले उनीहरूलाई तितरबितर पार्नुका साथै केहीलाई नियन्त्रणमा लिएको थियो । प्रहरीले नियन्त्रणमा लिएकामध्येका एक युवकले न्यायालय खुला गराउनका लागि आफूहरूले नाराबाजी गरेको बताए ।

‘हामी कुनै विदेशी दलाल होइनौं । हामी नेपाली जनताका लागि सदैव सडक संघर्ष गरेर ज्यान दिन र मर्न पनि तयार छौं,’ प्रहरीको भ्यानभित्रबाट उनी भन्दै थिए, ‘अहिले जनताले भन्दा पनि राजाले न्याय पाउनुपर्छ ।’

गुप्ता संस्थापक रहेको ‘हन्ड्रेड्स ग्रुप’ कोरोना महामारीका बेला गरिएको लकडाउनमा मजदुरहरूलाई खाना वितरण गरेर चर्चामा आएको थियो । गुप्ताले कपडा नभएकाका लागि अनामनगरलगायत विभिन्न ठाउँमा ‘कपडा बैंक’ पनि खोलेका थिए ।

पछिल्लो समय यो समूह एमसीसी सम्झौताविरुद्ध लागेको गुप्ताको फेसबुक पेजबाट देखिन्छ । गुप्ताले दुई दिनअघिदेखि मात्रै सर्वोच्चमा जारी विवादबारे फेसबुकमा स्टाटस पोस्ट गरेका छन् । त्यसयताका अधिकांश पोस्ट प्रधानन्यायाधीश जबराको पक्षमा र १९ न्यायाधीश तथा बारको विपक्षमा देखिन्छन् । यसबारे थप बुझ्न खोज्दा गुप्ताले फोन रिसिभ गरेर पनि बोलेनन् । त्यसपछि उनले आफ्ना दुवै फोन नम्बर सम्पर्क हुन नसक्ने बनाए ।

गुप्तासँगै लागेर सर्वोच्च पुगेका ९ र तारा बराललगायत अर्को समूहका ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएर छाडेको थियो । पक्राउ परेकामा गोरखाका नूरप्रसाद अधिकारी पनि थिए । ‘सत्य र न्याय अभियान’ को संयोजकका रूपमा आफूलाई चिनाउने नूरप्रसादकी आमा गंगामाया लामो समयदेखि पटकपटक आमरण अनशन गर्दै आएकी छन् ।

कान्छो छोरा कृष्णलाई माओवादीले हत्या गरेको र उनीहरूलाई कारबाही गर्नुपर्ने माग गंगामायाको छ । प्रहरीले अधिवक्ताहरू स्वागत नेपाल, तोयनाथ ढुंगाना, कृष्ण प्रसाईं र नवीन मैनालीलाई नियन्त्रणमा लिएको थियो ।

बारको प्रांगणबाट नियन्त्रणमा लिइएका उनीहरूलाई प्रहरीले केही बेरमै छाडेको थियो । यो समूह बारले कालोपट्टी बाँधेर प्रधानन्यायाधीश जबराको विरोध थालेदेखि नै जबराको पक्षमा छ । उनीहरूले पछिल्लो समय १९ न्यायाधीश र बारको खुलेर आलोचना गरिरहेका छन् । उनीहरूले माइतीघरमा कोणसभा पनि गर्दै आएका छन् ।

उनीहरूले शुक्रबार रित्तो इजलासमा बहस गरेका थिए । नेपाल बार महासचिव लीलामणि पौडेलले भने बिचौलियाबाट उठाएको पैसा र भ्रटाचारीको पैसा खाएर आन्दोलन बिथोल्ने काम गरिएको प्रतिक्रिया दिए । युवा परिचालनमा प्रधानन्यायाधीशको संलग्नता रहेको उनको भनाइ थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

माधब नेपाल: पदका लागि मरिहत्ते गर्नेलाई पार्टीमा ‘नो इन्ट्री’

एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति कटाक्ष गर्दै उनले गुटबन्दीको प्रवृत्ति, दक्षिणपन्थी सोच र अवसरवादका विरुद्धमा आफूहरु लागेको बताए।

प्रेम आले: हवाई उडानलाई सुरक्षित बनाउन लागिपरेको छु !

हवाई उडानमा जंगली जनावार र चराचुरुङ्गी ठोक्किए दुर्घटना निम्तिने भएकाले बेलैमा सम्भावित जोखिम नियन्त्रणका लागि सम्बन्धित निकाय चनाखो हुनुपर्ने उनको धारणा थियो ।

पौडेल पक्षले छान्यो साझा उम्मेदवार सार्वजनिक गर्ने भोलि

चाक्सीबारीस्थित नेता प्रकाशमान सिंहको निवासमा मंगलबार बसेको पौडेल समूहको बैठकपछि नेता पौडेलले केही प्रक्रिया पुर्‍याउन बाँकी रहेको भन्दै त्यो निर्णय भोलि बेलुका सार्वजनिक हुने बताए ।

माधव नेपाल: एमालेको अबौं सम्पति ओलीले खोसेर लगेका छन्

‘जोड्दै जाने हो भने कति अरब पुग्ने हो भौतिक सम्पती, नगदहरु पनि छन्,’ उनले भने,‘यी सबै खोसेर लगेका छन् उनीहरुले, कब्जा गरेका छन् तर पनि केहीबात छैन फेरि आर्जन गरौंला ।

देउवा सरकारका यी मन्त्री दलबलसहित सुुटुुक्क भारत छिरेपछि…

देशको मन्त्री अर्को देश जानका लागि प्रधानमन्त्री कार्यालयमार्फत परराष्ट्र मन्त्रालयबाट अनुमति लिनुपर्छ तर मन्त्री यादवले त्यस्तो कुनै अनुमति नलिएको स्रोतले बतायो ।

गगन थापा: कांग्रेस अब पनि नसुध्रिए समाप्त हुन्छ

नेता थापाले नौ लाख पार्टीका कार्यकर्तालाई कांग्रेसको रुख चिन्हमा मत नहाले कांग्रेस सकिन्छ भन्ने बोध गराए मात्रै विजयी बन्ने बताए ।

ट्रेन्डिङ समाचार

दु:खद खबर: नेपालमा पनि भेटियो ओमिक्रोन भेरियन्टको सङ्क्रमित

नयाँ भेरियन्ट स‌ंकमण देखिने ६६ वर्षीय एक विदेशी नागरिक र उनीसँग सम्पर्कमा आएका अर्का ७१ वर्षीय व्यक्ति रहेका छन् ।

आजदेखि विद्यालय बन्द

आजदेखि नीजि र सामुदायिक विद्यालय तथा शैक्षिक संस्थाहरु बन्द गरिएको छ ।

अन्तिम अबस्थामा रामचन्द्र पौडेलले यस्तो भावुक प्रस्ताव अघि सारे, देउबाको मन पग्लिने संकेत

नेता पौडेलले सभापतिमा आकांक्षी चारजनामध्ये को बलियो छ भनेर अन्य नेता तथा कार्यकर्ताहरूलाई सोधेपछि थाहा हुने बताएको स्रोतले बतायो ।

एकै रातमा पाँच लाख होटेल बिल आएको भन्दै मन्त्री झाक्री चौतर्फी आलोचना, बास्तविकता यस्तो रहेछ

काठमाडौंको शिवपुरी राष्ट्रिय निकुञ्ज परिसरभित्र रहेका प्रकृति रिसोर्टमा शुक्रबार साँझ अलि फरक दृष्य थियो ।

आजै अर्थमन्त्री जनार्दनले यस्तो घातक कदम चाले, देश नै धरापमा पर्यो !

नेपालमा हेजिङ गरिएको जलविद्युत् आयोजना कोरियन लगानीको माथिल्लो त्रिशुली १ (२१६ मेगावाट) मात्र हो । अघिल्लो नियमावली, २०७५ अनुसार १० वर्षका लागि माथिल्लो त्रिशुली १ को हेजिङ शुल्क प्रतिमेगावाट ८ करोड रुपैयाँ परेको देखिन्छ ।

भाजपा, एमाले, राप्रपा र राजाको अघोषित गठबन्धन, यस्तो गम्भिर सूचना कसरी बाहिरियो

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भारतको सत्तारुढ भारतीय जनता पार्टी, नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीसहित पूर्वराजा ज्ञानेन्द्र शाहको अघोषित गठबन्धन भएको निष्कर्ष निकालेका छन् । उनले यो गठबन्ध देशमा धर्मनीरपेक्षता र गणतन्त्रविरुद्ध बनेको समेत उल्लेख गरेका छन् ।

ताजा समाचार

के तपाईं परदेशबाट नेपालमा पैसा पठाउदै हुनुहुन्छ भने आजको विदेशी मुद्राको विनिमय दर यस्तो छ हेर्नुहोस्

नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले आज वि.सं २०७८ मंसिर २२ बुधबारका लागि अमेरीकि डलरको खरिददर १२० रुपैया ४१ पैशा तोकेको छ ।

माधब नेपाल: पदका लागि मरिहत्ते गर्नेलाई पार्टीमा ‘नो इन्ट्री’

एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति कटाक्ष गर्दै उनले गुटबन्दीको प्रवृत्ति, दक्षिणपन्थी सोच र अवसरवादका विरुद्धमा आफूहरु लागेको बताए।

कृष्ण भगवानले सबैको मनोकामना पुरा गरुन, आज तपाईको भाग्य कस्तो छ, हेर्नुहोस आज बुधबारको राशिफल

आज जन्म लिने बच्चाको मकरु राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनिया मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ ।

प्रेम आले: हवाई उडानलाई सुरक्षित बनाउन लागिपरेको छु !

हवाई उडानमा जंगली जनावार र चराचुरुङ्गी ठोक्किए दुर्घटना निम्तिने भएकाले बेलैमा सम्भावित जोखिम नियन्त्रणका लागि सम्बन्धित निकाय चनाखो हुनुपर्ने उनको धारणा थियो ।

दैनिक १० हजार स्मार्ट लाइसेन्स छाप्ने तयारी, प्राथमिकतामा यी हुन्

६ लाखमध्ये साढे तीन लाख आवेदक ट्रायल परीक्षा पास गरी लाइसेन्सको पर्खाइमा छन् । बाँकी तीन लाख आवेदकको परीक्षा भइरहेको छ । यस्तै, नयाँ १० लाखजनाले लाइसेन्सका लागि आवेदन दिएका छन् ।

अब स्कुलमै पाइने कक्षा १२ को प्रमाण पत्र

बोर्डले आफ्ना क्षेत्रीय कार्यालयबाट यसअघि ट्रान्सक्रिप्ट, माइग्रेसन र प्रोभिजनल प्रमाण पत्र वितरण गर्दै आएको थियो।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Search