सोमवार, मंसिर १३, २०७८
spot_img

देउवाको अभिव्यक्तीले राजनितीमा ठूलो तरंग, माधव नेपाल र प्रचण्डलाई छट्पटी

नेपाली काग्रेसका सभापती समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको अभिव्यक्तीले सत्तासाझेदार प्रमुख दलका नेताहरु झस्किएका छन् ।

nepal online patrika

नेपाल अनलाइन पत्रिका संवाददाता

spot_img

sher bahadur, madhav nepal, Prachanda

नेपाल अनलाइन पत्रिका – काठमाडौं। नेपाली काग्रेसका सभापती समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको अभिव्यक्तीले सत्तासाझेदार प्रमुख दलका नेताहरु झस्किएका छन् । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

सत्तासाझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधव कुमार नेपालले बोलीनै पिच्छे आगामी निर्वाचनमा काग्रेस सँग गठबन्धन गरेर जाने बताइरहँदा देउवाले नयाँ खुलासा गरेका छन् ।

प्रधानमन्त्री देउवाले आगामी निर्वाचनमा नेपाली काग्रेसले कनै पनि पार्टी सँग गठबन्धन नगर्ने र एक्लै प्रतिष्पर्धा गर्ने प्रष्ट पारेका छन् । गठबन्धनमा निर्वाचन गर्ने भनेर कोही सँग केही सम्झौता पनि आफुले नगरेको देउवाले बताएका छन् ।

आइतबार बसेको केन्द्रीय कार्यसमितिको बैठकमा उठेका प्रश्नहरुको जवाफ दिदै सभापति देउवाले आगामी चुनावमा गठबन्धन गर्नेबारे कसैसँग कुनै सहमति नभएको बतबताएका हुन् ।

उनले भनेका छन्, ‘कसैसँग पनि गठबन्धन हुन्न । एक्लै लड्ने हो । गठबन्धन गर्ने भनेर कसैसँग कुनै सहमति भएको छैन ।’त्यस्तै उनले गठबन्धन दलहरुबीच बनेको राजनीतिक समन्वय समिति राष्ट्रियसभा चुनावसम्ममात्रै सक्रिय हुने बताए ।

केहि दिन अघि मात्रै सार्वजनिक रुपमै देउवाले चुनाव सम्मै गठबन्धन जाने भन्दै कसैलाई पनि शंका नगरिदिन अनुरोध गरेका थिए तर त्यसको केहि समयमै उनले बोली फेरेका छन् । देउवाको पछिल्लो बोली पछि सत्तासाझेदार अन्य दलको मनमा चिसो पस्ने अवस्था आएको देखिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
एमाले महाधिवेशनको अन्तिम दिन साैराहाकाे चहलपहल
02:12
Video thumbnail
एमालेमा ओलीको डनवाद मात्रै बाँकी छ - gagan thapa
01:57
Video thumbnail
नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा केपी ओलीको सम्बोधन || KP OLI
02:09:11
Video thumbnail
प्रचण्डको घरमा भ्रष्टाचार मात्रै ज्वाईं र बुहारीको रजाइ, घर भित्र छिरेका दुर्गा प्रसाईंले खोले पोल
01:56
Video thumbnail
मन्त्रीले चासो देखाउँदा एजेण्टहरुको ठगिबाट जोगिए बैदेशिक रोजगारीमा जान लागेका युवा
02:33
Video thumbnail
हिन्दी फिल्मको डाइलग प्रसंगमा नेपाललाई ओलीको जवाफ
01:18
Video thumbnail
न्यायिक क्षेत्रमा क्यान्सर भइसकेको छ, उपचार कुखुराको अण्डा र दुबोले मन्साएर गर्न खोजिँदैछः ओली
02:03
Video thumbnail
‌ओलीको टिप्पणी : अरुका नाति नातिनीलाई बर्बाद गरिदिने प्रचण्डका दुई नातिनी बेलायत पढ्छन्
01:18
Video thumbnail
ओलीले सूर्यको धाक नदेखाए हुन्छ, त्यसमा ग्रहण लागिसक्यो - Madhav Kumar Nepal
00:45
Video thumbnail
हेर्दै जानुस् अब प्रचण्डको पत्तासाफ। प्रचण्डले गुण्डा भनेपछि आक्रोसित ओली || KP OLI
22:26

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार