बुधबार, मंसिर २२, २०७८
बुधबार, मंसिर २२, २०७८
Viber Community
Nop Ads

यस्तो छ ओलीको जुक्ति दस भाईको टुङगो लगाउने, यी दुई पद सहित यसरी हुदै छ पद बाँडफाँड !

दस बुँदे सहमति कार्यान्वयन नगरेको भन्दै नेकपा एमाले डडेल्धुराका तत्कालीन जिल्ला अध्यक्ष डा.तारा जोशीको नेतृत्वमा ३६ जना नेता कार्यकर्ता कात्तिक २४ गते माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीतिर लागे।

Viber Community

नेपाल अनलाइन पत्रिका

Yamale

नेपाल अनलाइन पत्रिका – काठमाडौं। दस बुँदे सहमति कार्यान्वयन नगरेको भन्दै नेकपा एमाले डडेल्धुराका तत्कालीन जिल्ला अध्यक्ष डा.तारा जोशीको नेतृत्वमा ३६ जना नेता कार्यकर्ता कात्तिक २४ गते माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीतिर लागे। ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

१४ भ्रातृ संगठन प्रमुखसहित एकीकृत समाजवादी प्रवेश गरेका डा.जोशीले एमाले अध्यक्ष केपी शर्मा ओलीमा निरंकुशता हाबी भएको आरोप लगाए। दस बुँदेलाई लिएर एमालेमा अझै असन्तुष्टि देखिन्छ।

दसौँ महाधिवेशनमा खासगरी सो सहमति गरेर माधव नेपालको साथ छाडेका र माओवादी केन्द्र त्यागेर एमालेमै बसेका नेताहरुको व्यवस्थापन गर्न अध्यक्ष केपी ओलीलाई हम्मे पर्ने देखिएको छ।

मंसिर १०–१२ चितवनमा हुने महाधिवेशनमा १५ पदाधिकारी पदमा दुवै पक्षलाई समेट्नुपर्ने दबाबमा ओली छन्। ती नेताहरुको उचित व्यवस्थापन नभए निर्विरोध अध्यक्ष चयन हुन खोजेका ओलीलाई त धक्का लाग्छ नै, नेताहरुलाई समेत जोगाउन हम्मे पर्ने देखिन्छ।

असार २७ गते दस बुँदे सहमति गरेर माधव नेपालको साथ छाडेका उपाध्यक्ष भीम रावल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, उपमहासचिव घनश्याम भुसाल, सचिव भीम आचार्य, गोकर्ण विष्ट, योगेश भट्टराई, स्थायी कमिटी सदस्यहरु सुरेन्द्र पाण्डे, रघुजी पन्त लगायत नेताहरु पदाधिकारीका आकांक्षी छन्।

त्यस्तै रामबहादुर थापा बादल, लेखराज भट्ट, टोपबहादुर रायमाझी र मणि थापालाई पदाधिकारी तथा अन्य पूर्व माओवादी नेताहरुले केन्द्रीय सदस्यको आशा गरेका छन्।

यदि ती नेताहरुले उचित जिम्मेवारी नपाए असन्तुष्टि चर्किने नेताहरु बताउँछन्।उपाध्यक्ष रावलले दसौँ महाधिवेशनमा अध्यक्षमै चुनाव लड्ने बताइसकेका छन्। उनी आफ्ना पक्षका नेताहरुसँग परामर्शमा छन्।

यस्तै सुरेन्द्र पाण्डेले पनि महासचिवका लागि दाबी गरिरहेका छन्। नवौँ महाधिवेशनमा पाण्डे ईश्वर पोखरेलसँग जम्मा ६ मतले पराजित भएका थिए। पाण्डेले एक हजार ३० मत ल्याउँदा पोखरेलले एक हजार ३६ मत ल्याएर महासचिवमा निर्वाचित भएका थिए।

त्यही भएर दसौँ महाधिवेशनमा महासचिवभन्दा तलको पदमा नउठ्ने उनको अडान छ।‘महासचिवभन्दा तल्लो पदमा झरेर उठ्ने कुरा भएन,’ पाण्डेले भने, ‘मेरो स्वाभाविक दाबी महासचिवमा छ, त्योभन्दा माथि जान पनि सकिन्छ। नेताहरुसँग छलफलमै छु।

माधव नेपालको साथ छाडेपछि उनी ओलीनिकट देखिएका छन्। उनी दसौँ राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समितिको सहसंयोजक छन्।ओलीले नवौँ महाधिवेशनबाट पदाधिकारी बनेका नेतामध्ये रावल, शाक्य, पाण्डे र भुसालको व्यवस्थापन १५ पदाधिकारीभित्र गर्नैपर्ने अवस्था छ। यस्तै बादल, भट्ट, रायमाझी र थापालाई पनि समेट्नै पर्ने बाध्यता छ।

यसैगरी ओलीलाई वर्षौंदेखि साथ दिइरहेका ईश्वर पोखरेल, विष्णु पौडेल, पृथ्वी सुब्बा गुरुङ, सुवास नेम्वाङ, प्रदीप ज्ञवाली र शंकर पोखरेललाई पनि पदाधिकारीमा राख्नैपर्ने छ।

नेताहरुको उचित व्यवस्थापन नभए त्यसले समस्या ल्याउने उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले बताइन्।‘१५ पदाधिकारीमा कसलाई कसरी छान्ने, हामी बसेर छलफल गर्छौँ,’ शाक्यले नेपालखबरसँग भनिन्, ‘सिंगो पार्टी एक रहेको सन्देश दिन दस बुँदे सहमतिमा रहेका नेताहरु र पूर्व माओवादीका नेताहरु समेट्नुपर्छ। सबै समेटेर एमाले बनाउनुपर्छ।’

शाक्यले एमाले विभाजनमा नलाग्ने सबै नेताले महाधिवेशनबाट उचित जिम्मेवारी पाउनुपर्ने बताइन्।‘हामीले फलानो ग्रुप भन्नुहुँदैन, एमालेमा रहेपछि उहाँहरु सबैको व्यवस्थापन गर्नुपर्छ, मै सबैथोक भन्नुहुन्न, जति पद छ सबैलाई मिलाएर समेट्नुपर्छ,’ शाक्यले भनिन्।

अहिले एमालेको विधान अनुसार पदाधिकारीमा एक अध्यक्ष, वरिष्ठसहित ५ उपाध्यक्ष, ७ सचिव, एक महासचिव, र एक उपमहासचिवको व्यवस्था छ। केन्द्रीय सदस्य महेश बस्नेतले अध्यक्षबाहेक अन्य सबै पदमा निर्वाचन हुने बताए।

अध्यक्षबाहेक सबै पदमा चुनाव हुने देखिन्छ,’ बस्नेतले भने अध्यक्ष ओली यसपटक कुनै पदाधिकारीमा यसलाई जिताऊ, उसलाई नजिताऊ भनेर मुख खोल्ने पक्षमा हुनुहुन्न।’

निर्वाचनको स्थितिमा दस बुँदे सहमतिको वकालत गरिरहेका रावल, भुसाल, पन्त लगायतका नेताहरु पदाधिकारीमा चुनिने सम्भावना कम छ। किनभने देशभर प्रतिनिधि चयनलाई हेर्दा उनीहरुको पक्षमा माहोल बन्ने सम्भावना देखिँदैन।

विभिन्न जिल्लामा भएका प्रतिनिधि चयनप्रति नेताहरुले असन्तुष्टि जनाएका छन्। केन्द्रीय सदस्य झपट रावलले महाधिवेशन प्रतिनिधि छनोटप्रति तीव्र असन्तुष्टि व्यक्त गरेका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

माधब नेपाल: पदका लागि मरिहत्ते गर्नेलाई पार्टीमा ‘नो इन्ट्री’

एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति कटाक्ष गर्दै उनले गुटबन्दीको प्रवृत्ति, दक्षिणपन्थी सोच र अवसरवादका विरुद्धमा आफूहरु लागेको बताए।

प्रेम आले: हवाई उडानलाई सुरक्षित बनाउन लागिपरेको छु !

हवाई उडानमा जंगली जनावार र चराचुरुङ्गी ठोक्किए दुर्घटना निम्तिने भएकाले बेलैमा सम्भावित जोखिम नियन्त्रणका लागि सम्बन्धित निकाय चनाखो हुनुपर्ने उनको धारणा थियो ।

पौडेल पक्षले छान्यो साझा उम्मेदवार सार्वजनिक गर्ने भोलि

चाक्सीबारीस्थित नेता प्रकाशमान सिंहको निवासमा मंगलबार बसेको पौडेल समूहको बैठकपछि नेता पौडेलले केही प्रक्रिया पुर्‍याउन बाँकी रहेको भन्दै त्यो निर्णय भोलि बेलुका सार्वजनिक हुने बताए ।

माधव नेपाल: एमालेको अबौं सम्पति ओलीले खोसेर लगेका छन्

‘जोड्दै जाने हो भने कति अरब पुग्ने हो भौतिक सम्पती, नगदहरु पनि छन्,’ उनले भने,‘यी सबै खोसेर लगेका छन् उनीहरुले, कब्जा गरेका छन् तर पनि केहीबात छैन फेरि आर्जन गरौंला ।

देउवा सरकारका यी मन्त्री दलबलसहित सुुटुुक्क भारत छिरेपछि…

देशको मन्त्री अर्को देश जानका लागि प्रधानमन्त्री कार्यालयमार्फत परराष्ट्र मन्त्रालयबाट अनुमति लिनुपर्छ तर मन्त्री यादवले त्यस्तो कुनै अनुमति नलिएको स्रोतले बतायो ।

गगन थापा: कांग्रेस अब पनि नसुध्रिए समाप्त हुन्छ

नेता थापाले नौ लाख पार्टीका कार्यकर्तालाई कांग्रेसको रुख चिन्हमा मत नहाले कांग्रेस सकिन्छ भन्ने बोध गराए मात्रै विजयी बन्ने बताए ।

ट्रेन्डिङ समाचार

दु:खद खबर: नेपालमा पनि भेटियो ओमिक्रोन भेरियन्टको सङ्क्रमित

नयाँ भेरियन्ट स‌ंकमण देखिने ६६ वर्षीय एक विदेशी नागरिक र उनीसँग सम्पर्कमा आएका अर्का ७१ वर्षीय व्यक्ति रहेका छन् ।

आजदेखि विद्यालय बन्द

आजदेखि नीजि र सामुदायिक विद्यालय तथा शैक्षिक संस्थाहरु बन्द गरिएको छ ।

अन्तिम अबस्थामा रामचन्द्र पौडेलले यस्तो भावुक प्रस्ताव अघि सारे, देउबाको मन पग्लिने संकेत

नेता पौडेलले सभापतिमा आकांक्षी चारजनामध्ये को बलियो छ भनेर अन्य नेता तथा कार्यकर्ताहरूलाई सोधेपछि थाहा हुने बताएको स्रोतले बतायो ।

एकै रातमा पाँच लाख होटेल बिल आएको भन्दै मन्त्री झाक्री चौतर्फी आलोचना, बास्तविकता यस्तो रहेछ

काठमाडौंको शिवपुरी राष्ट्रिय निकुञ्ज परिसरभित्र रहेका प्रकृति रिसोर्टमा शुक्रबार साँझ अलि फरक दृष्य थियो ।

आजै अर्थमन्त्री जनार्दनले यस्तो घातक कदम चाले, देश नै धरापमा पर्यो !

नेपालमा हेजिङ गरिएको जलविद्युत् आयोजना कोरियन लगानीको माथिल्लो त्रिशुली १ (२१६ मेगावाट) मात्र हो । अघिल्लो नियमावली, २०७५ अनुसार १० वर्षका लागि माथिल्लो त्रिशुली १ को हेजिङ शुल्क प्रतिमेगावाट ८ करोड रुपैयाँ परेको देखिन्छ ।

भाजपा, एमाले, राप्रपा र राजाको अघोषित गठबन्धन, यस्तो गम्भिर सूचना कसरी बाहिरियो

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भारतको सत्तारुढ भारतीय जनता पार्टी, नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीसहित पूर्वराजा ज्ञानेन्द्र शाहको अघोषित गठबन्धन भएको निष्कर्ष निकालेका छन् । उनले यो गठबन्ध देशमा धर्मनीरपेक्षता र गणतन्त्रविरुद्ध बनेको समेत उल्लेख गरेका छन् ।

ताजा समाचार

माधब नेपाल: पदका लागि मरिहत्ते गर्नेलाई पार्टीमा ‘नो इन्ट्री’

एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति कटाक्ष गर्दै उनले गुटबन्दीको प्रवृत्ति, दक्षिणपन्थी सोच र अवसरवादका विरुद्धमा आफूहरु लागेको बताए।

कृष्ण भगवानले सबैको मनोकामना पुरा गरुन, आज तपाईको भाग्य कस्तो छ, हेर्नुहोस आज बुधबारको राशिफल

आज जन्म लिने बच्चाको मकरु राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनिया मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ ।

प्रेम आले: हवाई उडानलाई सुरक्षित बनाउन लागिपरेको छु !

हवाई उडानमा जंगली जनावार र चराचुरुङ्गी ठोक्किए दुर्घटना निम्तिने भएकाले बेलैमा सम्भावित जोखिम नियन्त्रणका लागि सम्बन्धित निकाय चनाखो हुनुपर्ने उनको धारणा थियो ।

दैनिक १० हजार स्मार्ट लाइसेन्स छाप्ने तयारी, प्राथमिकतामा यी हुन्

६ लाखमध्ये साढे तीन लाख आवेदक ट्रायल परीक्षा पास गरी लाइसेन्सको पर्खाइमा छन् । बाँकी तीन लाख आवेदकको परीक्षा भइरहेको छ । यस्तै, नयाँ १० लाखजनाले लाइसेन्सका लागि आवेदन दिएका छन् ।

अब स्कुलमै पाइने कक्षा १२ को प्रमाण पत्र

बोर्डले आफ्ना क्षेत्रीय कार्यालयबाट यसअघि ट्रान्सक्रिप्ट, माइग्रेसन र प्रोभिजनल प्रमाण पत्र वितरण गर्दै आएको थियो।

पौडेल पक्षले छान्यो साझा उम्मेदवार सार्वजनिक गर्ने भोलि

चाक्सीबारीस्थित नेता प्रकाशमान सिंहको निवासमा मंगलबार बसेको पौडेल समूहको बैठकपछि नेता पौडेलले केही प्रक्रिया पुर्‍याउन बाँकी रहेको भन्दै त्यो निर्णय भोलि बेलुका सार्वजनिक हुने बताए ।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Search