spot_img

भूपेन्द्र हत्याको ‘रहस्य’ एक साता बित्दा पनि सुल्झिएन

भूपेन्द्र बडुवालको हत्या भएको एक साता पुग्दा पनि प्रहरीले त्यसको कारण पत्ता लगाउन सकेको छैन।

nepal online patrika

नेपाल अनलाइन पत्रिका संवाददाता

spot_img

bhupendra baduwal

नेपाल अनलाइन पत्रिका – काठमाडौं। भूपेन्द्र बडुवालको हत्या भएको एक साता पुग्दा पनि प्रहरीले त्यसको कारण पत्ता लगाउन सकेको छैन। गत मंगलबार राति लम्कीचुहा नगरपालिका-१ का २२ वर्षीय भूपेन्द्र बडुवालको हत्या भएको थियो। ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

हत्यामा हालसम्म ९ जना पक्राउ परेका छन्। सुरूमा ८ जना पक्राउ परेकामा आइतबार प्रहरीले थप एक जनालाई पक्राउ गरेको थियो। आरोपित पक्राउ परे पनि बडुवाल हत्याबारे कुनै ‘गुत्थी’ पत्ता नलागेको कैलाली प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतिक बिष्टले बताए।

अनुसन्धानका क्रममा प्रहरीले आइतबार लम्कीचुहा-५ का विकास खड्कालाई पक्राउ गरेको छ। ‘आरोपीहरू समातिए पनि घटना के कारणले भएको भन्ने स्पष्ट भइसकेको छैन,’ बिष्टले भने, ‘अहिले घटना अनुसन्धानका क्रममा भएकाले सबै कुरा भन्न सकिँदैन।’

घटना अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरोबाट प्रहरी निरीक्षकको नेतृत्वमा दुई जनाको टोली कैलाली पठाइएको छ। सोमबार ब्युरोबाट टोली घटनास्थल प्रस्थान गरेको ब्युरोले जनाएको छ।

हत्याको भोलिपल्ट गत बुधबार प्रहरीले आठ जनालाई पक्राउ गरेको थियो। पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका-३ चिसापानीका २४ वर्षीय महेश रावल, २० वर्षीय आर्यन देवकोटा, २० वर्षीय धिरज शाही, लम्कीचुहा नगरपालिका-१ का २२ वर्षीय कपिल श्रेष्ठ, १८ वर्षीय किशोर, टीकापुर नगरपालिका-१ का २३ वर्षीय प्रविन रिमाल, २१ वर्षीय रोहित आले र २६ वर्षीय सोहन शाह थिए।

घटनास्थलबाट सु.प.प्र.०१००८प ५५६५ नम्बरको स्कुटर र सु.प.प्र. ०१००८ प १०७२ नम्बरको मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको थियो। पक्राउ परेका २२ वर्षीय श्रेष्ठले बडुवाललाई राति ८ बजे घरबाटै ‘साथीलाई समस्या परेको छ’ भन्दै लिएर गएका थिए |लम्कीचुहाबाट श्रेष्ठले लिएर गएका बडुवालको टीकापुर नगरपालिका-१ मा हत्या गरिएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा केपी ओलीको सम्बोधन || KP OLI
02:09:11
Video thumbnail
प्रचण्डको घरमा भ्रष्टाचार मात्रै ज्वाईं र बुहारीको रजाइ, घर भित्र छिरेका दुर्गा प्रसाईंले खोले पोल
01:56
Video thumbnail
मन्त्रीले चासो देखाउँदा एजेण्टहरुको ठगिबाट जोगिए बैदेशिक रोजगारीमा जान लागेका युवा
02:33
Video thumbnail
हिन्दी फिल्मको डाइलग प्रसंगमा नेपाललाई ओलीको जवाफ
01:18
Video thumbnail
न्यायिक क्षेत्रमा क्यान्सर भइसकेको छ, उपचार कुखुराको अण्डा र दुबोले मन्साएर गर्न खोजिँदैछः ओली
02:03
Video thumbnail
‌ओलीको टिप्पणी : अरुका नाति नातिनीलाई बर्बाद गरिदिने प्रचण्डका दुई नातिनी बेलायत पढ्छन्
01:18
Video thumbnail
ओलीले सूर्यको धाक नदेखाए हुन्छ, त्यसमा ग्रहण लागिसक्यो - Madhav Kumar Nepal
00:45
Video thumbnail
हेर्दै जानुस् अब प्रचण्डको पत्तासाफ। प्रचण्डले गुण्डा भनेपछि आक्रोसित ओली || KP OLI
22:26
Video thumbnail
जबराले अदालत छोडेर जानुपर्छ
01:33
Video thumbnail
पेट्रोलियम पदार्थको मूल्य घटाउनुपर्छ - Madhav Kumar Nepal
02:19

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार