शनिबार, मंसिर १८, २०७८
शनिबार, मंसिर १८, २०७८
Viber Community
Nop Ads

ममाथि एकपक्षीय ढंगले तथ्यहीन, भ्रमपूर्ण र अनर्गल आरोप लगाइयो : प्रधानन्यायाधीशले भने

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आन्दोलित सहकर्मी न्यायाधीश र नेपाल बार एसोसिएसनलाई वार्तामा बोलाएका छन् ।

Viber Community

नेपाल अनलाइन पत्रिका

cholendra

नेपाल अनलाइन पत्रिका – काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आन्दोलित सहकर्मी न्यायाधीश र नेपाल बार एसोसिएसनलाई वार्तामा बोलाएका छन् । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

सोमबार एक विज्ञप्ति जारी गर्दै सो आग्रह गरेका हुन् । उनले आफूमाथि एकपक्षीय ढंगले तथ्यहीन, भ्रमपूर्ण र अनर्गल आरोप लगाइएको पनि बताएका छन् ।

सहकर्मी १९ जना न्यायाधीश र नेपाल बार एसोसिएसनले जबराको राजीनामा माग्दै आन्दोलन गरिरहेका बेला प्रधानन्यायाधीशले यस्तो कुरा गरेका हुन् ।

कार्यपालिकासँग भागबण्डा खोजेको आरोप लगाउँदै जबराको राजीनामा मागेर दुई सातादेखि बार निरन्तरत आन्दोलनमा छ ।

यस्तो छ विज्ञप्ति :

नेपाल बार एसोसिएसनको तर्फबाट मिति २०७४/७/२५ मा सर्वोच्च अदालत परिसरमा आयोजित धर्ना क्रममा भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दछ । साथै, उक्त घटनामा नेपाल बार एसोसिएसनका सचिवलगायत केही कानुन व्यवसायीहरूलाई चोटपटक लागेको भन्ने जानकारीमा आएको हुँदा उहाहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गर्दछ । यस्ता प्रकारका गतिविधिहरू आगामी दिनमा दोहोरिन नदिन न्यायपालिका प्रमुखको हैसियतबाट प्रतिबद्धता व्यक्त गर्दछ । नेपाल बार एसोसियसन, सर्वाेच्च अदालत बार एसोसिएसनलगायतका बार ईकाइहरू न्यायपालिकाको अभिन्न अङ्ग हुन् । वर्तमान पारस्थितिमा देखिएका गतिरोधहरूको सम्बोधनको उपयक्त विकल्प संवाद नै रहेको हुँदा नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनलाई संवादका लागि आह्वान समेत गर्दछु । कानुन र संविधानको व्याख्यामा उठेका वा उठन सक्ने विवादको निरूपण गर्ने राज्यको अंगका रूपमा न्यायपालिकाको सबैभन्दा विशालतम पक्ष नागरिकको विश्वास हो । आज न्यायपालिकाभित्र उत्पन्न भएको गतिरोधका कारण नागरिकका प्रश्नहरू हामीतर्फ नै सोझिएका छन् ।

जनताले विश्वासको शीरमा राख्दै आएको यस संस्थाको गरिमा र सम्मानलाई जोगाउनु न्यायपालिका भित्रका सबै अवयवहरूको साझा दायित्व हो । नेपालको प्रधानन्यायाधीशका रूपमा मेरो अग्रसरता यस प्रक्रियामा जति आवश्यक छ, त्यतिकै अग्रसरता बार एसोसिएसन र यसका ईकाइहरूबाट पनि अपेक्षा गरिएको हुन्छ भन्न अतिशयोक्ति हुँदैन । न्यायको एकै रथका दुई पाङ्गाका रूपमा रहेका बार र बेन्चले आफ्नो दायित्व मनन गरी न्यायको रथलाई फेरि जनताको सेवामा निर्वाध गुडाइरहनुपर्ने चुनौती हाम्रासामु खडा भएको छ । यस गम्भीर परिस्थितिलाई मध्यनजर गर्दै न्यायपालिकाको संस्थागत सुधार र सवलीकरणका लागि हामीबीच हालसालै भएका संवाद र अन्तरक्रियाबाट प्राप्त सुझाव एवम् माननीय न्यायाधीश हरिकृष्ण कार्कीको प्रतिवेदनसहित विभिन्न समयमा न्यायपालिका स्वयंले गठन गरेका आयोगका प्रतिवेदनहरू कार्यान्वयन गर्ने सन्दर्भमा खुला हृदयका साथ अग्रसरता लिन म सधैं तयार रहेको यथार्थ पुनः अनुरोध गर्न चाहन्छ ।

सबै सरोकारवाला पक्षले आफ्ना जिम्मेवारीको सिंहावलोकन गर्दै स्वतन्त्र न्यायपालिकाको अस्तित्वलाई अझ सम्मानपूर्ण रूपमा अघि बढाउनुको विकल्प देखिंदैन । मैले अत्यन्त दुःखका साथ भन्नुपर्दछ, विगतका केहि हप्ता हाम्रो न्यायपालिकाको इतिहासमा कहिल्यै हुन नहुने वा हुन नपर्ने घटनाहरूको कारणबाट स्मरण गरिनेछन् । नेपाली जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई संस्थागत गर्दै संविधानसभाबाट जारी नेपालको संविधानको सफल कार्यान्वयन गर्न राज्यका सबै अंगसहित राज्यका सम्पूर्ण निकायहरू एकताबद्ध हुनुपर्ने खाँचो रहेकै समयमा संविधानद्वारा स्थापना भएको सर्वोच्च न्यायिक अङ्ग र यसका प्रमुखमाथि एकपक्षीय ढगले निरन्तर रुपमा अत्यन्तै तथ्यहीन, भ्रमपूर्ण र÷ अनर्गल आरोप लगाउने काम भइरहनु अत्यन्त चिन्ताजनक विषय हो।

प्रधानन्यायाधीश सर्वोच्च अदालत आम जनताले न्याय पाउने अन्तिम पवित्र संस्था हो । यसभन्दा माथि र पवित्र अन्य कुनै संस्था छैनन् । हामी सबैको आशा र भरोसाको केन्द्रका रुपमा रहेको न्यायपालिकामाथि यसप्रकारले एकोहोरो प्रहार भइरहंदा हुने क्षतिले राज्यका अन्य निकायसहित हामी सबैलाई क्षति पुग्ने कुरामा सम्बन्धित सबैले मनन् गर्नुपर्ने अबस्था उत्पन्न भएको छ ।

सर्वोच्च न्यायिक धरोहरका रूपमा रहेको सर्वोच्च अदालतलाई लामो समय अनिर्णयको बन्दी बनाउँदा उत्पन्न हुने परिणामले हामी न्यायपालिका सम्बद्ध सबैलाई त प्रताडित गरेको छ नै, यसले समग्र राष्ट्रलाई समेत मर्माहत र दुखित बनाएको छ।

यसबीचका घटनाक्रमले न्यायपालिकाको पवित्रता, गरिमा एवम् न्यायिक सर्वोच्चताको हाम्रो महान विरासतमाथि जसरी प्रश्न उठेको छ, त्यसका सम्भावित दूरगामी प्रभावको कल्पना मात्रले पनि हाम्रो हृदय कम्पित हुनुपर्दछ । यसले न्यायापालिका मात्र होइन, हाम्रो लोकतन्त्रको समग्र आधारलाई कमजोर बनाउँछ ।

अर्कोतर्फ, हामीले बिर्सनै नहुने पक्ष के छ भने हाम्रो संविधानले न्याय प्राप्त गर्ने जनताको अधिकारलाई मौलिक हकको रूपमा रेखांकित गरेको छ । तसर्थ विद्यमान गतिरोधलाई तत्काल अन्त्य गरी बन्दी प्रत्यक्षीकरण सहित नागरिकको न्याय प्राप्त गर्ने मौलिक अधिकार तथा न्याय निरूपण गर्ने हाम्रो कर्तव्यलाई निरन्तरता दिने वातावरण सिर्जना गर्नुपर्दछ भन्नु कुनै दुईमत रहनुपर्ने विषय होइन । यसको एकमात्र उपाय संवाद मात्रै रहेकाले तत्काल यसतर्फ संवेदनशील भइदिन सम्बद्ध सरोकारवाला पक्षमा फेरि एकपटक मेरो हृदयको गहिराईबाट हार्दिक आह्वान गर्दछ ।

न्यायपालिकाले सधैभरी विधिको बाटो मात्र हिँड्नुपर्दछ भन्ने मान्यतालाई आत्मसात गरेको हुन्छ । विधिभन्दा बाहिरबाट न्यायपालिकालाई हिडाउने प्रयासहरू कहि कतैबाट हुँदा सम्पूर्ण न्यायपालिका एकताबद्ध भई आवश्यक आत्मावलोकन सहित सामना गर्दै आएको छ । जनताको न्यायिक अधिकारको रक्षा गर्ने कर्तव्य एवं अधिकार न्यायपालिकासंग मात्र सुरक्षित रहेको तथ्यलाई हृदयंगम गरी यसको निर्वाध कार्यान्वयनतर्फ हामी सबैको दायित्व रहनुपर्दछ । कर्तव्य निर्वाह गर्ने सिलसिलामा यदाकदा प्रश्नहरू उठ्दा त्यसलाई तत्काल सम्बोधन गर्दै बार एसोसिएसन र न्यायपालिकाबीच हातेमालो गरी एक अर्काको परिपूरकका रुपमा नै अगाडि बढ्दै आएको हाम्रो इतिहास म फेरि स्मरण गर्दछ । पारस्परिकता र हार्दिकताको त्यो कम जहाँबाट टेको छ, त्यहिबाट समाधानको सम्भावना खोज्न सकिन्छ । विधिको पक्षमा दृढतापूर्वक उभिदै न्यायपालिकाको एकै परिवारभित्र देखिएका समस्याको हल गर्न विग्रहको बाटो छोडी संवादको मार्ग रोजौं भनी पुनः सबैमा हार्दिक आव्हान गर्दछ ।

२९ कात्तिक २०७०
चोलेन्द्र शमशेर जबरा
प्रधानन्यायाधीश

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?
Facebook Notice for EU! You need to login to view and post FB Comments!

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

माधब नेपाल: चुनावबाट ओली एमाले पुरै पत्तासाफ हुन्छ

नेकपा (एकीकृत समाजवादीं) पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आउँदो चुनावमा गठबन्धनले एमालेलाई पत्तासाफ पार्ने दाबी गरेका छन् । उनले गठबन्धन कसैले टुटाउन खोजे पनि नटुट्ने, बरु सशक्त भएर अगाडि बढ्ने बताए ।

२०५२ सालको सुकुम्बासी विष्णु पौडेल अहिले बालुवाटारको जग्गाको मालिक कसरी बने?

चर्चित पत्रकार रवि लामिछानेले आफ्नो कार्यक्रममा भनेका छन,०५२ सालको सुकुम्बासी विष्णु पौडेल अहिले बालुवाटारको जग्गाको मालिक कसरी बने?

डा. बाबुरा भट्टराई: संविधान संशोधन गर्न पार्टी प्रतिबद्ध छ |

सत्ता साझेदार दल जनता समाजवादी पार्टी संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले तत्काल संविधान संशोधन गरेर अघि बढ्न आफ्नो पार्टी प्रतिबद्ध रहेको बताएका छन् ।

प्रचण्ड: महाअभियोग राजनीतिक समझदारीमा भरपर्छ

सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दलहरुबीच सहमति नभई प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध महाअभियोग प्रस्ताव ल्याउने अवस्था नरहेको बताएका छन् । 

रेखाको अफर कुन्ति शाहीलाई- वैशाखमा फिल्म बनाउँदैछु, हिरोइनको त मिल्दैन आमाको रोल दिउँला

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) महामन्त्रीका उम्मेदवार रेखा थापा र कुन्ति शाही वाकयुद्धमा उत्रिएका छन् ।

प्रचण्ड : ओली विदेशी एजेण्डा हुन, विदेशीको अगाडि आत्मसमर्पण गरेर संविधान कुल्चने चेष्टा गरे

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशीको अगाडि आत्मसमर्पण गरेर संविधान कुल्चने चेष्टा गरेको बताएका छन्।

ट्रेन्डिङ समाचार

भिम रावलले २२३ भोटका लागी गरेको खर्च भयो सार्बजनिक, चकित पर्नुहुनेछ थाहा पाएपछि !

नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन सम्मन्न भएर आगामी कार्यकालका लागी नयाँ नेतृत्व चयन भएको छ तर यसको चर्चा चलिनैरहेको छ ।

कडा लकडाउन गर्ने निर्णय २० गतेदेखि,औषधि बाहेक अन्य सबै पसल बन्द?

२० गतेदेखि कडा लकडाउन गर्ने निर्णय, औषधि बाहेक अन्य सबै पसल बन्द।अन्ततः धरान उपमहानगरपालिकाले २० गतेदेखि लकडाउन गर्ने निर्णय गरेको छ(मंगलबार) धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकले २० गतेदेखि १३ गतेसम्म कडा लकडाउन गर्ने निर्णय गरेको हो |

यहि अबस्थामा चुनाव भए कांग्रेस १०३,एमाले ६०,माओवादी ५१ र समाजवादीले ४६ सिट जित्ने : सबैभन्दा ठुलो मत सर्भेक्षण

आमनिर्वाचन २०७४ मा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच चुनावी गठबन्धन भएको थियो । यो गठबन्धनले स्पष्ट बहुमत ल्याएको थियो ।

कक्षा १२ को नतिजा सार्वजनिक, कक्षा १२ को नतिजा कसरी हेर्ने?

कक्षा १२ को परिक्षाफल प्रकाशित भएको छ। शुक्रबार विहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले परिक्षाफल प्रकाशित गर्ने निर्णय गरे पछि परीक्षाफल प्रकाशित गरिएकाे हाे।

भीम रावल माधब नेपालको नेकपा एसमा प्रबेश गर्दैछन ?

नेकपा एमालेको १० औं महाधिवेशनमा अध्यक्षमा उमेदवारी दिएका नेता डा भीम बहादुर रावल अध्यक्ष पदमा हारेपछि हाल मौन अवस्थामा छन्।

अमेरिकाले दियो कसैलाई नदिएको कुरा केपी ओलीलाई, सबै आश्चर्यमा !

नेकपा एमालेका अध्यक्ष निर्वाचित भएपछि अमेरिकाले केपी शर्मा ओलीलाई खुलेर बधाई दियो । कम्युनिस्ट नाम सुन्न नचाहने अमेरिकाले ओलीलाई बधाई दिएपछि धेरैको चासो बढेको छ ।

ताजा समाचार

माधब नेपाल: चुनावबाट ओली एमाले पुरै पत्तासाफ हुन्छ

नेकपा (एकीकृत समाजवादीं) पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आउँदो चुनावमा गठबन्धनले एमालेलाई पत्तासाफ पार्ने दाबी गरेका छन् । उनले गठबन्धन कसैले टुटाउन खोजे पनि नटुट्ने, बरु सशक्त भएर अगाडि बढ्ने बताए ।

२०५२ सालको सुकुम्बासी विष्णु पौडेल अहिले बालुवाटारको जग्गाको मालिक कसरी बने?

चर्चित पत्रकार रवि लामिछानेले आफ्नो कार्यक्रममा भनेका छन,०५२ सालको सुकुम्बासी विष्णु पौडेल अहिले बालुवाटारको जग्गाको मालिक कसरी बने?

डा. बाबुरा भट्टराई: संविधान संशोधन गर्न पार्टी प्रतिबद्ध छ |

सत्ता साझेदार दल जनता समाजवादी पार्टी संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले तत्काल संविधान संशोधन गरेर अघि बढ्न आफ्नो पार्टी प्रतिबद्ध रहेको बताएका छन् ।

प्रचण्ड: महाअभियोग राजनीतिक समझदारीमा भरपर्छ

सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दलहरुबीच सहमति नभई प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध महाअभियोग प्रस्ताव ल्याउने अवस्था नरहेको बताएका छन् । 

रेखाको अफर कुन्ति शाहीलाई- वैशाखमा फिल्म बनाउँदैछु, हिरोइनको त मिल्दैन आमाको रोल दिउँला

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) महामन्त्रीका उम्मेदवार रेखा थापा र कुन्ति शाही वाकयुद्धमा उत्रिएका छन् ।

१४१ स्मार्टफोन :ह्वावेको हार्मोनी ओएस अपग्रेड

ह्वावेले हालसम्म १४१ वटा डिभाइसमा हार्मोनी ओएस २.० अपग्रेड गरेको छ । यीमध्ये १३५ वटा डिभाइसमा स्टेबल भर्सन उपलब्ध छ भने पाँच वटामा बेटा भर्सन उपलब्ध गराइएको छ ।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Search