सोमवार, मंसिर १३, २०७८
spot_img

रनवीर कपुर र अभिनेत्री आलिया भट्ट ‘इन्गेजमेन्ट’ गर्दै!

बलिउड अभिनेता रनवीर कपुर र अभिनेत्री आलिया भट्टको जोडीलाई प्रशंसकहरुले निकै मन पराउँछन्। प्रेम सम्बन्धमा रहेको यो जोडीको बिहेबारे केही दिनयता व्यापक चर्चा चलिरहेको छ।

nepal online patrika

नेपाल अनलाइन पत्रिका संवाददाता

spot_img

ranbir kapoor, alia bhatt

नेपाल अनलाइन पत्रिका – काठमाडौं। बलिउड अभिनेता रनवीर कपुर र अभिनेत्री आलिया भट्टको जोडीलाई प्रशंसकहरुले निकै मन पराउँछन्। प्रेम सम्बन्धमा रहेको यो जोडीको बिहेबारे केही दिनयता व्यापक चर्चा चलिरहेको छ। ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

कोइमोइका अनुसार हालै उनीहरु नोभेम्बर महिनाभित्रै इन्गेजमेन्ट गर्ने खबर सार्वजनिक भएको छ। आलिया र रनवीरको प्रेम सम्बन्ध दुई वर्षअघि एक भिडिओमार्फत् सार्वजनिक भएको थियो। भिडिओमा निर्देशक आर्यन मुखर्जीले आलियालाई रनवीरको गर्लफ्रेन्ड भनेर सम्बोधन गरेका थिए र उनीहरु दुवैले त्यो कुरा नकारेको थिएनन्।

उनीहरु सामाजिक सञ्जाल र कार्यक्रममा पनि आफ्नो सम्बन्धबारे खुलेर बोलिरहेका हुन्छन्। उनीहरुको बिहेको हल्ला सन् २०१९ देखि नै चलिरहेको थियो, तर अझै पनि रनवीर र आलियाले यो योजना आफैसँग मात्र राखिरहेका छन्। कोइमोइले एउटा रिर्पोटलाई आधार मान्दै अनुसार रनवीर र आलिया यही महिना भारतको राजस्थानस्थित इन्गेजमेन्ट समारोह आयोजना गर्ने तयारीमा रहेको जनाएको छ।

केही दिनअघि पोस्ट भएको एउटा भिडियोमा रनवीरलाई यसबारे प्रश्न गरिएको थियो जसमा उनले कुनै प्रतिक्रिया दिएका थिएनन्। रनवीर र आलिया हाल आगामी फिल्म ‘ब्रह्मस्त्र’मा सँगै अभिनय गर्दैछन्। यो फिल्म धर्मा प्रोडक्सनको ब्यानरमा बन्न लागेको हो। फिल्ममा अभिनेता अमिताभ बच्चनको पनि महत्वपूर्ण भूमिका हुने कोइमोइले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
एमाले महाधिवेशनको अन्तिम दिन साैराहाकाे चहलपहल
02:12
Video thumbnail
एमालेमा ओलीको डनवाद मात्रै बाँकी छ - gagan thapa
01:57
Video thumbnail
नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा केपी ओलीको सम्बोधन || KP OLI
02:09:11
Video thumbnail
प्रचण्डको घरमा भ्रष्टाचार मात्रै ज्वाईं र बुहारीको रजाइ, घर भित्र छिरेका दुर्गा प्रसाईंले खोले पोल
01:56
Video thumbnail
मन्त्रीले चासो देखाउँदा एजेण्टहरुको ठगिबाट जोगिए बैदेशिक रोजगारीमा जान लागेका युवा
02:33
Video thumbnail
हिन्दी फिल्मको डाइलग प्रसंगमा नेपाललाई ओलीको जवाफ
01:18
Video thumbnail
न्यायिक क्षेत्रमा क्यान्सर भइसकेको छ, उपचार कुखुराको अण्डा र दुबोले मन्साएर गर्न खोजिँदैछः ओली
02:03
Video thumbnail
‌ओलीको टिप्पणी : अरुका नाति नातिनीलाई बर्बाद गरिदिने प्रचण्डका दुई नातिनी बेलायत पढ्छन्
01:18
Video thumbnail
ओलीले सूर्यको धाक नदेखाए हुन्छ, त्यसमा ग्रहण लागिसक्यो - Madhav Kumar Nepal
00:45
Video thumbnail
हेर्दै जानुस् अब प्रचण्डको पत्तासाफ। प्रचण्डले गुण्डा भनेपछि आक्रोसित ओली || KP OLI
22:26

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार