Viber Community
Nop Ads

३ सातापछि विदेशी विद्यार्थी अष्ट्रेलिया प्रवेश गर्न पाउने, नेपालीबारे अन्योल

अष्ट्रेलियाले करिब २० महिनापछि विदेशी विद्यार्थीलाई अष्ट्रेलिया ल्याउने भएको छ । न्यु साउथ वेल्स सरकारले नमुना कार्यक्रमका रुपमा हरेक महिना ५ सय विद्यार्थीलाई यही डिसेम्बरको पहिलो सातादेखि ल्याउने भएको छ ।

Viber Community

नेपाल अनलाइन पत्रिका

नेपाल अनलाइन पत्रिका – काठमाडौं। अष्ट्रेलियाले करिब २० महिनापछि विदेशी विद्यार्थीलाई अष्ट्रेलिया ल्याउने भएको छ । न्यु साउथ वेल्स सरकारले नमुना कार्यक्रमका रुपमा हरेक महिना ५ सय विद्यार्थीलाई यही डिसेम्बरको पहिलो सातादेखि ल्याउने भएको छ ।

यस योजनामा कोरोना भाइरसविरुद्धको दुवै खोप लगाइसकेका विद्यार्थीले क्वारेन्टाइनसमेत बस्न नपर्ने भएको छ । अष्ट्रेलियाले महत्वका साथ सुरु गर्न लागेको यो कार्यक्रम अन्य राज्यमासमेत विस्तारै सुरु हुनेछ ।

पहिलो चरणको कार्यक्रम अन्तर्गत यही डिसेम्बरको पहिलो सातादेखि हरेक महिना ५ सय विदेशी विद्यार्थीलाई अष्ट्रेलिया भित्र्याउने योजना सरकारको छ । यस चरणमा कोरोना भाइरसविरुद्धको दुवै खोप लगाइसकेका विद्यार्थीलाई मात्र यस कार्यक्रममा सहभागी गराइने सरकारी सूचनामा जनाइएको छ ।

विगत लामो समयदेखिको तयारी र न्यु साउथ वेल्स राज्यको दोस्रो खोपको मात्र ८० प्रतिशतभन्दा माथि पुगिसकेका कारण यस कार्यक्रमलाई तीव्रता साथ अघि बढाइएको हो ।

डिसेम्बर ६ तारिखमा चार्टर गरिएको पहिलो विमान मार्फत् सिंगापुर, क्यानाडा, चीन लगायत १५ देशबाट विद्यार्थीले अष्ट्रेलिया प्रवेश पाउनेछन् । यस्तै भारत लगायत अन्य दक्षिण एसियाली देशका विद्यार्थीलाईसमेत केही समयपछि दोस्रो उडान मार्फत् अष्ट्रेलिया ल्याइने योजना सार्वजनिक गरिएको छ । तर पनि नेपाली विद्यार्थीका बारेमा भने अहिलेसम्म सार्वजनिक रुपमा कुनै जानकारी दिइएको छैन ।

न्यु साउथ वेल्सको सरकारी निकायले दक्षिण एसियाली राज्य उल्लेख गरेको भए पनि नेपाली विद्यार्थी आउन पाउने/नपाउने बारेमा केही बताइएको छैन ।

न्यु साउथ वेल्सको शैक्षिक निकायमा उपलब्द्ध जानकारी अनुसार अष्ट्रेलियाको नियमन निकायले स्वीकृती दिएका खोपको दुवै मात्रा लगाएका विद्यार्थीले क्वारेन्टाइन बस्नुपर्ने छैन ।

अष्ट्रेलियाले चीनमा उत्पादित सिनोभ्याक र भारतमा उत्पादित कोभिसील्डलाईसमेत अनुमति दिइसकेका कारण ती देशहरूबाट विद्यार्थीको आगमनमा सहज भएको हो । यद्यपि विद्यार्थीले यहाँ आउनुअघि कोरोना भाइरसको नेगेटिभ नतिजा आएको प्रमाण देखाउनुपर्नेछ ।

अष्ट्रेलियामा अध्ययनरत विदेशी विद्यार्थीको संख्यामा तेस्रो नम्बरमा रहे पनि नेपालबाट विद्यार्थी आउने वा नआउने बारेमा कुनै जानकारी नदिइएकोमा व्यवसायीले चिन्ता व्यक्त गरेका छन् ।

यहाँका सञ्चारमाध्यमका अनुसार विदेशी विद्यार्थीले अष्ट्रेलियाको अर्थतन्त्रमा करिब ४० अर्ब डलर बराबरको योगदान दिने गरेका छन् । न्यु साउथ वेल्स राज्यले सन् २०२१ मा कोरोना भाइरसका कारण विद्यार्थी आउन नपाएपछि ५ अर्ब डलर गुमाएको छ जुन सन् २०२२ को अन्त्यसम्ममा ११ अर्ब पुग्नसक्ने अनुमान गरिएको छ ।

यस्तै यसै राज्यमा मात्र ९५ हजार पूर्णकालीन रोजगारी बराबरको जनशक्ति अन्तर्राष्ट्रिय विद्यार्थीले सिर्जना गरिरहेका छन् । राज्यका प्रिमियर डोमिनिक पेरोटेटले विदेशी विद्यार्थीले अर्थतन्त्रमा मात्र योगदान गर्ने नभई समुदायको अभिन्न अंगसमेत भएको बताएका छन् । उनले विदेशी विद्यार्थीलाई पुनः स्वागत गर्न आफहरू तयार रहेको जनाएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected]mail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
एमालेले निष्कासन गरेका व्यक्ति राखेर संसद चल्न दिन्नौं - Kp Sharma Oli
01:17
Video thumbnail
पार्टीलाई एकतावद्ध बनाएर लैजानुपर्छ - Ram Chandra Poudel
01:47
Video thumbnail
म पनि राप्रपा जस्तै राष्ट्रवादी हो - prachanda
01:33
Video thumbnail
ठगी वा अन्य कुनै समस्या परेमा हटलाइनमा फोन गर्नुस् - prem aale
02:26
Video thumbnail
भोट माग्न व्यस्त भीम रावल - bhim rawal
00:55
Video thumbnail
एमाले महाधिवेशनको अन्तिम दिन साैराहाकाे चहलपहल
02:12
Video thumbnail
एमालेमा ओलीको डनवाद मात्रै बाँकी छ - gagan thapa
01:57
Video thumbnail
नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा केपी ओलीको सम्बोधन || KP OLI
02:09:11
Video thumbnail
प्रचण्डको घरमा भ्रष्टाचार मात्रै ज्वाईं र बुहारीको रजाइ, घर भित्र छिरेका दुर्गा प्रसाईंले खोले पोल
01:56
Video thumbnail
मन्त्रीले चासो देखाउँदा एजेण्टहरुको ठगिबाट जोगिए बैदेशिक रोजगारीमा जान लागेका युवा
02:33

सम्बन्धित समाचार

आज एमसिसि फिर्ता हुन्छ ? अमेरिकामा यस्तो तयारी हुँदैछ !

अमेरिकाको वासिङटन डीसीस्थित मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को बोर्ड बैठक बस्दैछ।नेपालको संसद्‍मा एमसीसी टेबल हुन नसकिरहेका बेला वासिङटन डीसीस्थित मुख्यालयले बोर्ड बैठक बोलाएको हो।

एमसीसी पास गर्न २८ मंसिरमा संसद बैठक

अमेरिकी सहयोगसम्बन्धी एमसीसी पारित गर्न २८ मंसिरका लागि संसद बैठक डाक्न सिफारिश भए अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले दुवै सदनको बैठक आव्हान गरेको खुलेको छ । उक्त दिनभित्र एमसीसीबारे टुंगो लगाउन अमेरिकाले समयसीमा दिएको छ ।

यसवर्ष संसारमा सर्वाधिक प्रयोग भएका दश उत्कृष्ट इमोजी

डिजिटल टेक्स्टको आधारमा २०१९ मा सबैभन्दा धेरै प्रयोग हुने १० मध्ये नौ इमोजीहरू यस वर्ष शीर्ष १० मा परेका छन्।

महिलालाई प्रतिबन्ध लगाउदा अफगानिस्तानलाई १ अर्ब डलर घाटा

अफगानिस्तानमा तालवानले यही अगस्टमा सत्तापलट गरेसँगै महिलाहरुलाई यसअघि गर्दै आएको काम गर्न प्रतिबन्ध लगाउदै आएको छ । तर, यो प्रतिबन्ध तालिवानकै लागि प्रत्युत्पादक साबित हुने देखिएको छ ।

माइक्रोसफ्टको चेतावनी गुगल क्रोम प्रयोग नगर्न

विण्डाेजमा हुने आफ्नै डिफल्ट वेब ब्राउजर ‘माइक्रोसफ्ट एज’ को प्रयोग बढाउन माइक्राेसफ्टले नयाँ उपाय रचेकाे छ ।

नेपाल-कतार श्रम वार्तामा मुख्य सात विषयमा छलफल हुँदै

कतारसँग भएको श्रम सम्झौताअनुसार गठित समितिको बैठक नेपालमा शुरु भएको हो । यसका लागि बिहीबार कतारको श्रम अधिकारीहरुको टोली नेपाल आएका थिए ।

ट्रेन्डिङ समाचार

भिम रावलले २२३ भोटका लागी गरेको खर्च भयो सार्बजनिक, चकित पर्नुहुनेछ थाहा पाएपछि !

नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन सम्मन्न भएर आगामी कार्यकालका लागी नयाँ नेतृत्व चयन भएको छ तर यसको चर्चा चलिनैरहेको छ ।

लालबाबुले मुख खोले एमाले छाडेर नेकपा एसमा प्रवेश गर्न लागेको समाचारले तहल्का मच्चाएपछि, यतिसम्म भनेपछि कोटेश्वरमा तनाव !

नेकपा (एमाले) का प्रभावशाली नेता लालबाबु पण्डितले पार्टी छाड्न लागेको समाचारले तहल्का मच्चाएपछि उनले मुख खोलेका छन् । उनले माधव नेपाल नै झस्किनेगरी प्रतिक्रिया दिएका हुन् ।

बामदेब गौतम पुरानै घर फर्किएका हुन् ?

पछिल्लो समय घरमा किताब पढेर आफ्नो अधिकाशं समय ब्यतित गरिरहेका बामदेब गौतमले पुराउनै घर फर्किने संकेत गरेका छन् ।

कक्षा १२ को नतिजा सार्वजनिक, कक्षा १२ को नतिजा कसरी हेर्ने?

कक्षा १२ को परिक्षाफल प्रकाशित भएको छ। शुक्रबार विहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले परिक्षाफल प्रकाशित गर्ने निर्णय गरे पछि परीक्षाफल प्रकाशित गरिएकाे हाे।

एमाले र राप्रपाबीच पार्टी एकता !

भनिन्छ नि असम्भव केहि छैन, यो भनाई अझ बढि राजनीतिमा लागु हुँदै आएको छ । भर्खरै मात्र नेकपा एमालेको १० औं महाधिवशेन सकिएको छ, अहिले राप्रपाको एकता महाधिवेशन चलिरहेको छ ।

प्रेम आलेलाई यस्ता कुरा कहाँ बाट आउँछ ?फेरी भए भाइरल

ओली सरकारकै पाला देखि भाइरल मन्त्रीको परिचय बनाएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम बहादुर आले आफ्नो अभिव्यक्तीका कारण बेलाबेलामा चर्चामा आइरहन्छन् ।

ताजा समाचार

शनि भगवानले सबैलाइ संकटबाट टाडा राखुन्, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस आज शनिबारको राशिफल

आजको राशिफल बि.सं. २०७८ साल मंसिर १८ गते शनिवार ई.सं.२०२१ डिसेम्बर ४ नेपाल सम्बत ११४१ कछलागा मार्ग कृष्ण औँशी राक्षस नामक संवत्सर, सूर्य दक्क्षीणयान, हेमन्त ऋतु, मार्ग कृष्ण औँशी तिथी, चन्द्रमा वृश्चिक राशिमा, अनुराधा नक्षत्र, सुकर्मा योग, नाग करण ।

गगन थापा: एमाले सौराहाबाट पञ्चायत बोकेर काठमाडौं फर्कियो

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता गगन थापाले नेकपा एमाले सौराहा महाधिवेशनबाट पञ्चायत बोकेर काठमाडौं फर्किएको टिप्पणी गरेका छन् ।

अध्यक्ष नेपाल: पार्टीमा सबैको उचित मूल्याङ्कन हुन्छ

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एकीकृत समाजवादीमा विधि, पद्धति, क्षमता र योगदानका आधारमा सबै नेता तथा कार्यकर्ताको उचित मूल्याङकन गरिने बताएका छन् ।

कमल थापा र रेखा थापाबीच घम्साघम्सी !

कमल थापा र रेखा थापाबीच घम्साघम्सी चलेको छ । एजेण्डाको सन्दर्भमा दुई जनाबीच घम्साघम्सी चलेको हो ।

सुजाता कोइराला: यो नै मेरो अन्तिम चुनाव हुनेछ

नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले आफू अन्तिम पटक चुनावमा लड्ने बताएकी छिन् ।

प्रदेश एकमा मिलेका देउवा–सिटौला वागमतीमा मिलेनन, कर्णालीमा निधिका पनि उम्मेदवार

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत अहिले प्रदेशमा अधिवेशन भइरहेको छ । प्रदेश २ बाहेक ६ वटै प्रदेशमा अधिवेशन भइरहेको छ । बिहीबार अधिवेशन उदघाटन गरिएको थियो ।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Search