Viber Community
Nop Ads

भारतीय मानवअधिकार आयोगद्वारा तुइन घटनाबारेअनुसन्धानमा

भारतको राष्ट्रिय मानवअधिकार आयोगले नेपाली नागरिक जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता हुने गरी भारतीय सशस्त्र सीमा बल (एसएसबी) बाट गराइएको घटनामा अनुसन्धान अघि बढाएको छ ।

Viber Community

नेपाल अनलाइन पत्रिका

नेपाल अनलाइन पत्रिका – काठमाडौं। भारतको राष्ट्रिय मानवअधिकार आयोगले नेपाली नागरिक जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता हुने गरी भारतीय सशस्त्र सीमा बल (एसएसबी) बाट गराइएको घटनामा अनुसन्धान अघि बढाएको छ ।

दार्चुलाको व्यास–२ मालघाटस्थित सीमा नदी महाकालीमा हालिएको तुइन । यो तुइन तर्दातर्दै गत साउन १५ मा भारतीय सुरक्षाकर्मीले लट्ठा खुस्काउँदा जयसिंह धामी नदीमा बेपत्ता भएका थिए ।

नेपालको राष्ट्रिय मानवअधिकार आयोगको पत्रको उत्तर दिँदै भारतको आयोगले दार्चुलामा भएको उक्त घटनामा औपचारिक रूपमै उजुरी दर्ता गरेर अनुसन्धान थालेको जानकारी दिएको छ । नेपालको आयोगको पत्रलाई उजुरी मानेर भारतीय आयोगले अनुसन्धान अघि बढाएको हो ।

आयोग (नेपाल) का प्रवक्ता टीकाराम पोखरेलका अनुसार आयोगले भारतीय आयोगलाई २०७८ भदौ २५ (सेप्टेम्बर १०) मा पत्र पठाउँदै घटनाबारे सत्यतथ्य पत्ता लगाउन आग्रह गरेको थियो । २०७८ साउन १५ मा दार्चुलाको व्यास गाउँपालिका–२, माल (खाङदाङ) का ३३ वर्षीय धामी मालघाट–गस्कु जोड्ने तुइनबाट महाकाली नदी पार गरेर भारतीय भूमि हुँदै सदरमुकाम खलंगा आउने क्रममा थिए । मालघाटबाट नदी तरेर पारिपट्टि पुग्नै लाग्दा भारतीय भूमि गस्कुमा रहेका एसएसबीका सुरक्षाकर्मीले तुइनको लट्ठा खुस्काइदिएपछि नदीमा खसेका धामी अझै बेपत्ता छन् । जिल्ला प्रशासन कार्यालय दार्चुलाले घटनाको अनुसन्धानमा सघाउन माग गर्दै भोलिपल्टै पिथौरागढस्थित भारतीय जिल्लाधिकारीलाई पत्र पठाएको थियो ।

घटनाको तेस्रो दिन साउन १७ मा सरकारले गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । समितिले करिब १ महिना लगाएर तयार पारेको प्रतिवेदन भदौ १५ मा गृहमन्त्री बालकृष्ण खाँणलाई बुझाएको थियो । प्रतिवेदनमा ‘दार्चुला घटना एसएसबीको उपस्थिति र संलग्नतामा घटाइएको’ भन्दै भारत सरकारबाटै यसबारे थप अनुसन्धान गरी दोषीलाई कारबाही र धामीका परिवारलाई उचित राहत/क्षतिपूर्ति भराउन सिफारिस गरिएको थियो ।

त्यसको तीन दिनपछि भदौ १८ मा परराष्ट्र मन्त्रालयले नेपालस्थित दूतावासमार्फत भारतलाई ‘कूटनीतिक नोट’ पठाउँदै घटनामा संलग्न एसएसबीका सुरक्षाकर्मीमाथि अनुसन्धान गरी कारबाही र धामीका परिवारलाई राहत/क्षतिपूर्ति भराउन आग्रह गरेको थियो । कूटनीतिक नोट पठाएको २ महिना बितिसक्दा पनि भारत सरकारले त्यसको जवाफ पठाएको छैन ।

नेपालको मानवअधिकार आयोगले भने गृह मन्त्रालयको प्रतिवेदनलाई आधार मान्दै घटनाको थप छानबिनका लागि भारतीय मानवअधिकार आयोगले पत्र लेखेको थियो । भारतीय मानवअधिकार आयोगले उजुरी दर्ता गरेसँगै भारतीय प्रशासनलाई समेत तुइन घटनामा एसएसबीको संलग्नताबारे निष्पक्ष अनुसन्धानका लागि थप दबाब पुगेको छ ।

‘दार्चुला तुइन घटना व्यक्तिको बाँच्न पाउने विश्वव्यापी मानवअधिकारको पनि विरुद्धमा छ, त्यसलाई समेत ध्यानमा राख्दै हामीले भारतीय समकक्षी कार्यालयलाई घटनाको छानबिनका लागि आग्रह गरेका थियौं,’ आयोगका प्रवक्ता पोखरेलले कान्तिपुरसित भने, ‘हामीले पठाएको पत्र उजुरीकै रूपमा ग्रहण गरी भारतीय आयोगले दर्ता भइसकेको जानकारी औपचारिक रूपमै आइसकेको छ ।’ उजुरी दर्तापछिको अवस्थाबारे भने कुनै जानकारी नआएको पोखरेलले बताए ।

१२ वर्षअघि पनि कामको सिलसिलामा भारतीय सीमावर्ती बजार जमुनिया गएका रौतहट सरमुजवाका मुकुल राय यादवको एसएसबीको कुटाइबाट मृत्यु भएको घटनामा मानवअधिकार आयोगकै पहलमा दोषीमाथी कारबाही र पीडितका परिवारलाई भारत सरकारले आर्थिक सहयोग उपलब्ध गराएको थियो । २०६६ असोज १७ मा नेपाल–भारत सीमावर्ती क्षेत्र जमुनिया गएका यादवलाई एसएसबीका सुरक्षाकर्मीले नियन्त्रणमा लिई मरणासन्न हुने गरी कुटपिट गरेका थिए । दिउँसो २ बजे घाइते अवस्थामा घर पुगेका उनको भोलिपल्ट मृत्यु भयो । घटनालाई लिएर असोज २० मा नेपाल र भारतीय सीमा सुरक्षा अधिकारीबीच बैठक बस्यो ।

राष्ट्रिय मानवअधिकार आयोगले पनि अनुसन्धान गरी घटनामा भारतीय सुरक्षाकर्मीको कुटाइबाट यादवको मृत्यु भएको प्रतिवेदन बनायो । त्यसको जानकारी गराउँदै घटनामा संलग्नलाई कारबाहीको दायरामा ल्याउने सम्बन्धमा पहल गरिदिन भारतीय राष्ट्रिय मानवअधिकार आयोगलाई पत्राचार गर्‍यो । भारतीय आयोगले पनि आन्तरिक अनुसन्धानमा एसएसबीको संलग्नता किटान गर्दै दोषीमाथी कारबाही र पीडितका परिवारलाई ५ लाख भारतीय रुपैयाँ उपलब्ध गराउन निर्देशन दिएको थियो ।

आयोगको निर्देशनअनुसार नै घटनाको ८ वर्षपछि २०७४ मा भारतीय गृह मन्त्रालयले नेपालस्थित दूतावासमार्फत मृतकको परिवारलाई आर्थिक सहयोग उपलब्ध गराएको थियो । दार्चुला घटनामा समेत आयोगले लिएको पहलअनुसार एसएसबीमाथि अनुसन्धान भए दोषीलाई कारबाही र बेपत्ता धामीका परिवारलाई भारतबाट आर्थिक सहयोग आउन सक्छ । धामीको परिवारलाई नेपाल सरकारले १० लाख रुपैयाँ सहयोग गरिसकेको छ । नेपालले दार्चुला घटनासम्बन्धी भारतलाई पठाएको कूटनीतिक नोटमा समेत बेपत्ता भएका धामीको परिवारलाई उचित राहत एवं क्षतिपूर्ति भराउन भनेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?
Facebook Notice for EU! You need to login to view and post FB Comments!

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
म पनि राप्रपा जस्तै राष्ट्रवादी हो - prachanda
01:33
Video thumbnail
ठगी वा अन्य कुनै समस्या परेमा हटलाइनमा फोन गर्नुस् - prem aale
02:26
Video thumbnail
भोट माग्न व्यस्त भीम रावल - bhim rawal
00:55
Video thumbnail
एमाले महाधिवेशनको अन्तिम दिन साैराहाकाे चहलपहल
02:12
Video thumbnail
एमालेमा ओलीको डनवाद मात्रै बाँकी छ - gagan thapa
01:57
Video thumbnail
नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा केपी ओलीको सम्बोधन || KP OLI
02:09:11
Video thumbnail
प्रचण्डको घरमा भ्रष्टाचार मात्रै ज्वाईं र बुहारीको रजाइ, घर भित्र छिरेका दुर्गा प्रसाईंले खोले पोल
01:56
Video thumbnail
मन्त्रीले चासो देखाउँदा एजेण्टहरुको ठगिबाट जोगिए बैदेशिक रोजगारीमा जान लागेका युवा
02:33
Video thumbnail
हिन्दी फिल्मको डाइलग प्रसंगमा नेपाललाई ओलीको जवाफ
01:18
Video thumbnail
न्यायिक क्षेत्रमा क्यान्सर भइसकेको छ, उपचार कुखुराको अण्डा र दुबोले मन्साएर गर्न खोजिँदैछः ओली
02:03

सम्बन्धित समाचार

आयोजकविरुद्ध रन्जितले दिए उजुरी, विवाहको बाजाले ६३ ओटा कुखुराका चल्ला मरे,

भारतमा एक अनौठो घटना भएको छ । भारतको पूर्वी उडिसा राज्यमा विवाहको बाजाका कारण ६३ ओटा कुखुरा मरेका छन् ।

चीन पठाइयो विभिन्न देशबाट पक्राउ परेका ६०० ताइवानीलाई

मानवअधिकारवादी समूह सेफगार्ड डिफेन्डर्सले एउटा अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै सो जानाकारी दिएको हो । ताइवानको सार्वभौमसत्तालाई अवमुल्यन गर्न सो कदम चालिएको डिफेन्डर्सले चीनमाथि आरोप लगाएको छ ।

एलन मस्कले स्पेसएक्सका कर्मचारीलाई दिए यस्तो निर्देशन :कम्पनी टाँट पल्टिन लागेको भन्दै

स्पेसएक्सका सह-संस्थापक एलन मस्कले कम्पनी टाँट पल्टिन लागेको भन्दै कामको गति बढाउन आफ्ना कर्मचारीहरूलाई पत्राचार गरेको तथ्य बाहिरिएको छ ।

विदेश भ्रमणमा प्रतिबन्ध पाकिस्तानी मन्त्रीहरुलाई

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले संघीय मन्त्रिपरिषद्का सदस्यहरूलाई अनुमति बिना विदेश यात्रा नगर्न निर्देशन दिएका छन्।

भारतले अन्तर्राष्ट्रिय व्यवसायिक उडान तत्काल खुला नगर्ने

डिसेम्बर १५ देखि व्यवसायिक उडान सुचारु गर्ने पूर्वनिर्धारित योजना रहेपनि यो योजना अझै पोस्टपोन्ड हुनसक्ने जनाइएको छ ।

अमेरिका- नेपाल संयुक्त सैन्य तालिम सकियो

नेपाली सेना र अमेरिकी सेनाबीच गत कात्तिक १५ गतेदेखि सञ्चालन भएको संयुक्त तालिम आज यहाँ समापन भएको छ ।

ट्रेन्डिङ समाचार

हिसिला-बाबुरामको डिभोर्स

पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई र हिसिला यमीका बिचमा ‘सम्बन्धविच्छेद’ भएको खुलासा भएको छ ।

भिम रावलले निर्वाचन लड्दा प्रचण्डलाई फाईदा !

नेकपा एमाले को १० औं महाधिवेशन अहिले चितवनमा भईरहेको छ । आज महाधिवेशनको अन्तिम दिन निर्वाचन प्रक्रिया भर्खरै सकिएको छ भने केही क्षण मै मत गणना सुरु हुँदैछ ।

देशभरका प्रहरीहरुका लागि निकै ठूलो खुसीको खबर आयो, सबैभन्दा ठूलो फाइदा तल्लो दर्जाकालाई !

सरकारले तल्लो दर्जाका प्रहरी कर्मचारीको वृत्तिविकास तथा मनोबल उच्च राख्न वरिष्ठ नायब निरीक्षक ९बसई०, वरिष्ठ हबल्दार ९बह० र सहायक हबल्दार ९सह० गरी तीन पद थप गर्ने निर्णय गरेको छ ।

चितवन बाट फन्किएर हिँडेका लालबावु काठमाडौँ पुगेर यसो गर्न थाले

नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन चितवनमा सम्पन्न भएको छ । एमाले नेता लालबावु पण्डितका लागी यो महाधिवेशन बिर्सनलायक परिघटना बनेको छ ।

लालबाबु पण्डित तत्काल माधव नेपालको पार्टीमा प्रवेश गर्दैछन् !

लालबाबु पण्डित तत्काल माधव नेपालको पार्टीमा प्रवेश गर्र्न लागेको खबर छ । नेकपा एमालेका नेता लालबाबु पण्डितले चितवनमा जारी १० औँ महाधिवेशनप्रति असन्तुष्टि जनाएका छन् ।उनले महाधिवेशनबाट असन्तुष्ट बन्दै नेकपा एमालेको सबै कार्यकारी पदबाट विदा लिने घोषणासमेत गरेका छन् ।

भीम रावलले हार्ने कन्फर्म भईभई पनि ओलीसँग अन्तिमसम्म भिडिरहनुको रहस्य अर्कै !

भीम रावललाई प्रष्ट थाहा छ, उनी चुनाव जित्दैनन्। तर, पनि अन्तिमसम्म पार्टी अध्यक्षमा उठ्ने अडान राखे। रावलकै अडानका कारण एमालेको १० औं महाधिवेशन ‘सहमति’को बन्न सकेन। अध्यक्षलगायत पदाधिकारी र केन्द्रीय सदस्य छान्न चुनावी वातावरण बन्यो।

ताजा समाचार

पशुपतिमा बाला चतुर्दशी मेलाको तयारी पूरा

दिवङ्गत पितृका नाममा महादीपदान गर्न आउने भक्तजनको आज बिहानैदेखि पशुपति क्षेत्रमा भीड लाग्न थालेको छ । बेलुकी बत्ती बालिने भए पनि आज पशुपति क्षेत्रमा लाखौँ भक्तजन आउने भएकाले ठाउँको व्यवस्था गर्न बिहानैदेखि भक्तजन आएका हुन् ।

सभामुख अग्निप्रसाद : सर्वोच्चको समस्या समाधानका लागि उपाय खोज्छु

सभामुख अग्निप्रसाद सापकोटाले सर्वोच्च अदालतमा एक महिनादेखिको समस्या समाधानका लागि उपाय खोज्ने बताएका छन् ।

बामदेब गौतम पुरानै घर फर्किएका हुन् ?

पछिल्लो समय घरमा किताब पढेर आफ्नो अधिकाशं समय ब्यतित गरिरहेका बामदेब गौतमले पुराउनै घर फर्किने संकेत गरेका छन् ।

लुम्बिनी प्रदेश समितिका लागि संस्थापनइतरले टुंग्यायो साझा उम्मेदवार (सूचीसहित)

नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्यसमितिका लागि संस्थापनइतरका पदाधिकारी उम्मेदवारहरू टुंग्याइएको छ ।

प्रेम आले ‘ब्याक टु ब्याक’ कमाल गर्न थाले, फेरि देखाए अर्को धमाका !

संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम बहादुर आलेले ब्याक टु ब्याक कमाल गर्न थालेका छन् । उनले पछिल्लो समय जनताको मन जित्नेगरी काम गर्न थालेका हुन् ।

कांग्रेस प्रवक्ता शर्मा : महाधिवेशनमा राम्रो लोकतान्त्रिक अभ्यास गर्छौं

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीको १४ औं महाधिवेशनमा राम्रो लोकतान्त्रिक अभ्यास गरिने बताएका छन् । उनले कांग्रेसमा नेतृत्वको आलोचना र विरोध गर्न पाइने पनि बताए ।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Search