Viber Community
Nop Ads

चोलेन्द्रसँग विनोद चौधरीको भन्दा बढि पैसा रहेको खुलासा !

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग धनाढ्य विनाद चौधरीको भन्दा बढी भएको खुलासा भएको छ । बरिष्ठ अधिवक्ता डा. दिनेश त्रिपाठीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले केपी ओलीकै शैली अपनाएको आरोप लगाएका छन् ।

Viber Community

नेपाल अनलाइन पत्रिका

 

binod chaudhary, cholendra

नेपाल अनलाइन पत्रिका – काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग धनाढ्य विनाद चौधरीको भन्दा बढी भएको खुलासा भएको छ । बरिष्ठ अधिवक्ता डा. दिनेश त्रिपाठीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले केपी ओलीकै शैली अपनाएको आरोप लगाएका छन् । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

उनले भने,‘हिजो ओलीले पनि भिजेलान्ते प्रयोग गरेकै हो। अहिले ओलीकै शैली चोलेन्द्र शमशेर जबराले अपनाएका छन् । चोलेन्द्र शमशेर कमरेड ओलीको फोटोकपीबाहेक केही पनि होईन् । उहाँसँग रचनात्मक दिमाग छैन् ।’ उनले बारले प्रधानन्यायाधीश जबराको राजीनामा माग्न ढिलो गरेको टिप्पणी गरे । उनले भने,‘जब उहाँ असंवैधानिक रुपमा बोलाईएको संवैधानिक परिषद्को बैठकमा जानुभयो, त्यतिबेला नै मैले उहाँको राजीनामा मागेको थिएँ । म त निरन्तर बोल्दै आएको छु । बारले आन्दोलनमा ढिलाई गर्यो, यो सत्य हो ।’

आज (सोमबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनले प्रधानन्यायाधीशले संवैधानिक प्रक्रियाबाट हटाउ भनेको उल्लेख गर्दै प्रधानन्यायाधीश जबरा भने संविधानतः असफल भैसकेको दाबी गरे । उनले भने–‘संविधानको धारा १३६ अनुसार उहाँ प्रभावकारी ढंगले कामकारबाही सञ्चालन गर्न पूर्ण रुपमा असफल हुनुभयो । उहाँ बेञ्च तोकनुहुन्छ, तर सहकर्मी न्यायाधीशहरु बहिष्कार गर्नुहुन्छ, उहाँ असक्षम भैसक्नुभयो । अब कुन संविधानअनुसार प्रधानन्यायधीश हुनुहुन्छ ? उहाँले आफ्नो संवैधानिक दायित्व पूरा गर्न सक्नुभएन । तपाईँलाई अब संविधानको धारा १३६ ले नै चिन्न छोडिसक्यो । तपाईँ यसैपनि पदमुक्त हुनुभयो । उहाँले सर्वोच्च अदालतमा प्रहरी परिचालन गर्नुभयो । भिजिलान्ते प्रयोग गर्नुभएको छ ।’

उनले अहिले प्रधानन्यायाधीश जबरासँग विनोद चौधरीको भन्दा बढि पैसा छ भनेर चर्चा चलेको पनि स्मरण गराए । उनले भने,‘यो कुरा सुन्दा हाम्रो कान नै अपवित्र हुन्छ । यो चर्चा चल्नु आँफैमा पनि प्रधानन्यायाधीश या कुनै पनि न्यायाधीशको पद विवाद भन्दा मुक्त हुनुपर्छ ।

यत्रो हाई भोल्टेज कन्ट्रोभर्सीमा परेपछि संसारमा कुनै पनि प्रधानन्याधीश पदमा बस्दैनन् । प्रधानन्यायाधीशले कार्यपालिकामा भाग खोज्ने, राजदूत र संवैधानिक निकायमा भाग खोज्छ र ? संविधान र विधिको शासनको रक्षक हुनुपर्ने होईन ? आम नागरिक जनताको शीर निहुरिएको छ। उहाँले त संस्थाको अपमान गर्नुभयो । मयर्दामाथि अपमान गर्नुभयो । अदालतमा प्रहरी र शक्ति प्रयोग गर्दै हुनुहुन्छ, यो अदालतको अवहेलना हो ।’

उनले प्रधानन्यायाधीश जबराले आफूमाथि लागेको आरोप फेश गर्ने क्षमता नभएर शक्तिको सहारा लिएको पनि आरोप लगाए । उनले भने,‘हिजो ज्ञानेन्द्रले पनि कु गरेका थिए, सेना परिचालन गरेका थिए । उनी समाप्त भए ।

त्यो बेलामा पनि प्रतिकार समिति बनाईएको थियो । हाम्रो आन्दोलन सत्य र नैतिकतामा आधारित छ । यसको नैतिक शक्ति छ । उहाँ त केपी ओलीकै मतियार हो । अहिलेको आन्दोलन सेवाग्राहीको लागि हो । न्यायालयमा न्याय किनबेच गरिनुहुँदैन्।’

उनले प्रधानन्यायाधीश जबराले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्नु नै अशोभनीय भएको सुनाए । उनले भने,‘यही आधारमा पनि उहाँले पदत्याग गर्नुपर्छ । पद त्याग गनुपर्ने एक हजार कारण छन् ।

उहाँ त हिजो संसद् विघटनको बेलामा पनि बेन्चमा अल्पमतमा पर्नुभयो । एक्सपोज हुनबाट रोक्नको लागि फरक मत राख्नुभएन । उहाँको चलेको भए दुवैपटक संसद् पूनःस्थापना हुँदैन थियो।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?
Facebook Notice for EU! You need to login to view and post FB Comments!

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
भोट माग्न व्यस्त भीम रावल - bhim rawal
00:55
Video thumbnail
एमाले महाधिवेशनको अन्तिम दिन साैराहाकाे चहलपहल
02:12
Video thumbnail
एमालेमा ओलीको डनवाद मात्रै बाँकी छ - gagan thapa
01:57
Video thumbnail
नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा केपी ओलीको सम्बोधन || KP OLI
02:09:11
Video thumbnail
प्रचण्डको घरमा भ्रष्टाचार मात्रै ज्वाईं र बुहारीको रजाइ, घर भित्र छिरेका दुर्गा प्रसाईंले खोले पोल
01:56
Video thumbnail
मन्त्रीले चासो देखाउँदा एजेण्टहरुको ठगिबाट जोगिए बैदेशिक रोजगारीमा जान लागेका युवा
02:33
Video thumbnail
हिन्दी फिल्मको डाइलग प्रसंगमा नेपाललाई ओलीको जवाफ
01:18
Video thumbnail
न्यायिक क्षेत्रमा क्यान्सर भइसकेको छ, उपचार कुखुराको अण्डा र दुबोले मन्साएर गर्न खोजिँदैछः ओली
02:03
Video thumbnail
‌ओलीको टिप्पणी : अरुका नाति नातिनीलाई बर्बाद गरिदिने प्रचण्डका दुई नातिनी बेलायत पढ्छन्
01:18
Video thumbnail
ओलीले सूर्यको धाक नदेखाए हुन्छ, त्यसमा ग्रहण लागिसक्यो - Madhav Kumar Nepal
00:45

सम्बन्धित समाचार

हिसिला-बाबुरामको डिभोर्स

पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई र हिसिला यमीका बिचमा ‘सम्बन्धविच्छेद’ भएको खुलासा भएको छ ।

देशभरका प्रहरीहरुका लागि निकै ठूलो खुसीको खबर आयो, सबैभन्दा ठूलो फाइदा तल्लो दर्जाकालाई !

सरकारले तल्लो दर्जाका प्रहरी कर्मचारीको वृत्तिविकास तथा मनोबल उच्च राख्न वरिष्ठ नायब निरीक्षक ९बसई०, वरिष्ठ हबल्दार ९बह० र सहायक हबल्दार ९सह० गरी तीन पद थप गर्ने निर्णय गरेको छ ।

फिल्म हल नवीकरण मिनाहा गर्ने सरकारको निर्णय, ५० भन्दा बढी हल लाभान्वित हुने

सरकारले कोरोना महामारी प्रभावित फिल्म हलहरुको नवीकरण मिनाहा गर्ने निर्णय गरेको छ ।

अर्को हप्तादेखि काठमाडौंका तीनै प्रशासन कार्यालयबाट ई-पासपोर्ट

सरकारले अर्को साताबाट काठमाडौं उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयबाट विद्युतीय राहदानी (ई-पासपोर्ट) वितरण थाल्ने भएको छ ।

हार्डवेयर गोदाममा आगलागी सिन्धुलीको, करोडौंको क्षति

सिन्धुलीको कमलामाई नगरपालिका–६ रातामाटास्थित एक हार्डवेयर गोदाममा आगलागी हुँदा करोडौंको नोक्सानी भएको छ ।

प्रधानन्यायाधीश जबरालाई कोभिड निमोनिया, स्वास्थ्य अवस्था ‘स्थिर’

कोरोनाभाइरस संक्रमणपछि बलम्बुस्थित एपीएफ अस्पतालमा भर्ना भएका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामा कोभिड निमोनिया देखा देखिएको छ । अहिले उनको अवस्था स्थिर रहेको अस्पतालले बताएको छ ।

ट्रेन्डिङ समाचार

ओलीले सपथ खाए र केन्द्रीय सदस्यलाई खुवाए तर रावल उठेनन्

एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले पद तथा गोपनीयताको सपथग्रहण गरेका छन् । पार्टीको महाधिवेशनस्थल सौराहामा आयोजित कार्यक्रममा उनले सपथ खाएका हुन् ।

‘नैतिक जीत’ भीम रावलको

नेकपा एमालेको महाधिवेशनमा भीम रावलले हार्ने जान्दा जान्दै अध्यक्षमा उम्मेदवारी दिए । मतदान सकिएपछि प्रफुल्लित मुद्रामा आफू जितेजसरी प्रस्तुत भए ।

भेटेरै डा. भीम रावलले दिए अध्यक्षमा निर्वाचित केपी शर्मा ओलीलाई बधाई

अध्यक्षको प्रतिस्पर्धामा हारेका नेता रावल अध्यक्ष ओलीसँगैको कुर्सीमा बसेर ओलीसँग भलाकुसारी गरिरहेका छन्।

ओलीसँग अन्तिमसम्म किन भिडिरहे रावल ?

भीम रावललाई प्रष्ट थाहा छ, उनी चुनाव जित्दैनन्। तर, पनि अन्तिमसम्म पार्टी अध्यक्षमा उठ्ने अडान राखे। रावलकै अडानका कारण एमालेको १० औं महाधिवेशन ‘सहमति’को बन्न सकेन।

भीम रावलले हार्ने कन्फर्म भईभई पनि ओलीसँग अन्तिमसम्म भिडिरहनुको रहस्य अर्कै !

भीम रावललाई प्रष्ट थाहा छ, उनी चुनाव जित्दैनन्। तर, पनि अन्तिमसम्म पार्टी अध्यक्षमा उठ्ने अडान राखे। रावलकै अडानका कारण एमालेको १० औं महाधिवेशन ‘सहमति’को बन्न सकेन। अध्यक्षलगायत पदाधिकारी र केन्द्रीय सदस्य छान्न चुनावी वातावरण बन्यो।

ओलीलाई टक्कर दिइरहेका भीम रावलमाथि गम्भीर षडयन्त्र, के होला अब ?

एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा अध्यक्षका उम्मेदवार भीम रावलमाथि गम्भीर षडयन्त्र भएको खबर छ । ओलीलाई टक्कर दिइरहेका रावल प्यानल सूची वितरण भएकोमा आपत्ति जनाएका छन् ।

ताजा समाचार

यसपाली रित्तो हात फर्किन्नौं : केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गर्दै कांग्रेस चितवनका सभापति श्रेष्ठले भने

नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । चितवनबाट हालसम्म कांग्रेस केन्द्रीय सदस्यमा कोहीपनि निर्वाचित हुन सकेका छैनन् ।

चोलेन्द्रको त भाग्य नै बलियो, फेरि आयो अर्को ठूलो खुसीको खबर !

प्रधानन्यायाधीश चोलेन्द्रको भाग्य नै बलियो रहेको पुष्टि भएको छ । उनको राजीनामालाई बटमलाइन बनाएर आन्दोलनमा उत्रिएको कानुन व्यवसायीहरुको साझा संस्था नेपाल बार एसोसिएसनले आन्दोलनबाट ‘ब्याक’ हुने संकेत दिएको छ ।

आफू हारे तर लोकतन्त्रको बिउ जोगाए : डा. भीम रावल

मंगलबार सम्पन्न नेकपा एमालेको महाधिवेशनबाट पुनः अध्यक्षमा निर्वाचित केपी शर्मा ओलीले एक हजार ८३७ मत ल्याउँदा अध्यक्षका अर्का प्रत्यासी डा. भीम रावलले जम्मा २२३ मत पाए । तर, यसलाई हारेर पनि जितिएको रुपमा अर्थ्याउँछन् डा.रावल पक्षका नेताहरू ।

हिसिला-बाबुरामको डिभोर्स

पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई र हिसिला यमीका बिचमा ‘सम्बन्धविच्छेद’ भएको खुलासा भएको छ ।

भिम रावलले निर्वाचन लड्दा प्रचण्डलाई फाईदा !

नेकपा एमाले को १० औं महाधिवेशन अहिले चितवनमा भईरहेको छ । आज महाधिवेशनको अन्तिम दिन निर्वाचन प्रक्रिया भर्खरै सकिएको छ भने केही क्षण मै मत गणना सुरु हुँदैछ ।

डिभोर्सपछि एक्लै रमाइरहेकी गायिका मिलन नेवारको सुन्दरता, तस्बिरहरू हेराैँ

‘गाला रातै’ गाइरहँदा मिलन अमात्य नेपाली पार्श्व गायनको शीर्ष स्थानमा थिइन् ।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Search